विराटनगर, फागुन २९
श्रीलंकामा जारी टी–ट्वेन्टी त्रिकोणात्मक श्रृङ्खलाको चौथो खेलमा भारतले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङको निम्तो दिएको भारतले श्रीलंकालाई १ सय ५२ रनमा समेटेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंककाले १९ ओभरमा ९ विकेट गुमाउँदै भारतलाई १५३ रनको लक्ष्य दिएको थियो ।
१५३ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले ४ विकेटको क्षतिमा १७ ओभर ३ बलमा विजयी लक्ष्य रार ग¥यो । सुरुमै कप्तान रोहित शर्मा र शिखर धवनलाई गुमाएको भारतको ईनिङ मनिष पाण्डे र दिनेश कार्तिकले सम्हालेका थिए ।
मनिषले नटआउट रहँदै ४२ र दिनेश कार्तिकले ३९ रन बनाउदै भारतलाई सहज जित दिलाए । रोहित शर्मा ११ रनमै धनन्जयको बलमा क्याचअआउट भएका थिए । त्यसपछि सुरेश रैना र केएल राहुलले भारतीय पारी सम्हाल्न खोजे पनि लामो समय टिक्न सकेनन् । सुरेश रैना २७ रन र राहुल १८ रन बनाएर आउट भए ।
श्रीलंकामा भैरहेको यो त्रिकोणीय श्रृङ्खलामा भारतको यो दोस्रो जित हो । पहिलो खेल श्रीलंकासँगै हारेको भारतले दोस्रो खेलमा भने बंगलादेशलाई हराएको थियो ।
श्रीलंकाका लागि मेन्डिसले सर्वाधीक ५५, उपल थरंगाले २२ तथा गुणतलिकाले १७ रनको योगदान दिए । भारतका लागि शार्दुल ठाकुरले उत्कृष्ट बलिङ गरे । उनले २७ रन दिएर चार विकेट लिए । उत्कृष्ट बलिङ गरेका ठाकुर म्यान अफ् द म्याच पनि घोषित भए ।