अब गाडी चलाउँदा जुत्ता अनिवार्य लगाउनु पर्ने

अब गाडी चलाउँदा जुत्ता अनिवार्य लगाउनु पर्ने

२१ पुस, काठमाडौं ।
अब सवारी चालकले गाडी चलाउँदा अनिवार्यरुपमा जुत्ता लगाएर चलाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा सञ्चालित यात्रुबहाक बसका चालकसँग गरेको छलफलमा जुत्ता लगाएर मात्र गाडी चलाउने प्रतिवद्धता व्यक्त गरिएको हो ।

महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालका अनुसार योसहित १९ बुँदे प्रतिबद्धता व्यक्त भएको छ । जुत्ता नलगाइ सवारी चलाउनु पनि दुर्घटनाको एउटा कारण भएको भन्दै ट्राफिक प्रहरीले अनिवार्य रुपमा जुत्ता लगाउन आग्रह गरेको थियो ।

उनका अनुसार प्रतिबद्धता पालना भएरनभएको विषयमा अनुगमनका लागि प्रहरी उपरीक्षक (एसपी) राजकुमार वैदवारको नेतृत्वमा यातायात व्यवसायी, मजदुर, कम्पनीरप्रा।लि।का प्रतिनिधिसहित ८ सदस्यीय अनुगमन समिति पनि गठन गरिएको छ । ढकाल भन्छन्, ‘पैतालामा पसिना आउने हुँदा ब्रेक लगाउने वेला चप्पल चिप्लिन्छ । अलिकति चिप्लिने वित्तिकै मनस्थितिले काम गर्दैन । त्यही भएर यो प्रतिबद्धता गराइएको हो ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.