×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सवारी कर्जा खुकुलो पार्न अर्थमन्त्रालयको निर्देशन

११ माघ २०७६

११ माघ, काठमाडौं ।
निजी सवारीसाधन ऋणमा गरिएको कडाइलाई खुकुलो पार्न अर्थमन्त्रालयले राष्ट्र बैंकलाई निर्देशन दिएको छ।

ऋण कडाइले सवारी आयातमा कमी आएर राजस्व संकलनमै असर गरेपछि अर्थले सवारी कर्जा खुकुलो पार्न निर्देशन दिएको हो। चालु आर्थिक वर्षको ६ महिनामा भन्सार महसुल गत वर्षभन्दा कम असुली भएपछि सवारी आयात बढाउने रणनीति अर्थले लिएको हो।

सवारीको डाउन पेमेन्ट बढाउन राष्ट्र बैंकलाई निर्देशन दिइसकेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए। नेपाल समुद्रपार निकासी पैठारी संघको ४० औं साधारण सभामा मन्त्री खतिवडाले भने, हामीले सवारीको डाउनपेमेन्ट बढाउन राष्ट्र बैंकसँग आग्रह गरिसकेका छौं।

अब मिल्नेसम्म डाउन पेमेन्ट घटाउन राष्ट्र बैंकले काम थाल्नेछ।‘ अहिले ३० लाखको गाडी किन्नु पर्‍यो भने १५ लाख ग्राहक आफैंले हाल्नु पर्छ। बाँकी १५ लाख रूपैयाँ मात्र बैंकले ऋण दिन्छन्। पहिले ८० प्रतिशतसम्म बैंकले ऋण दिन्थे।

यसरी डाउन–पेमेन्टमा कडाइ गरेपछि सवारीसाधन खरिदका लागि ऋणमा कमी आएको थियो। गाडी बिक्न छाडेपछि ब्यवसायीले आयात गर्न पनि छाडेका थिए। यही कारण राजस्वमा उल्लेख्य कमी आएपछि सरकारले केही खुकुलो हुन आग्रह गरेको हो।

राष्ट्र बैंकले बैंकहरूले ऋण दिने सीमा ५० प्रतिशतलाई बढाएर ६५ देखि ७० प्रतिशतसम्म पुर्‍याउने तयारी गरेको छ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top