×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

कोरोनाको कहरः नयाँ वर्षमा इतिहासमै पहिलोपटक सुनसान पोखरा

१ बैशाख २०७७

१ बैशाख, पोखरा । 
‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ
पोखरा त साँच्चिकै पो पोखरा नै रैछ’

वरिष्ठ गीतकार प्रेमप्रकाश मल्लको गीतमा मात्रै हैन यो वास्तविकता नै हो, पोखरा साँच्चिकै प्रकृतिको वरदान हो । उत्तरतर्फ चाँदीजस्तै टलक्क टल्कने माछापुच्छ्रे हिमालले डुबुल्की मार्ने फेवातालका साथै यो ठाउँ प्रकृति र संस्कृतिले धनी छ । वर्षेनी ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकले पोखरा आएर यहाँका मनोरम प्राकृतिक छठाको रसस्वादन गर्ने गरेका छन् ।

Advertisement

प्रत्येक नेपाली नयाँ वर्ष होस् वा अङ्ग्रेजी पोखरामा ठूलो सङ्ख्यामा स्वदेशी एवं विदेशी पर्यटक आउने गर्दछन् । दुई चार दिन बिदा हुँदासाथ पूर्वमेचीदेखि पश्चिम महाकालीका बालकदेखि वृद्धसम्मको घुम्न जाने पहिलो रोजाइ पोखरा बनिसकेको छ ।

विडम्बना नै भन्नुपर्छ प्रत्येक नेपाली नयाँ वर्षका अवसरमा विशेषतः आन्तरिक पर्यटकले भरिभराउ हुने पोखरा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण र जारी लकडाउनले यतिखेर भने सुनसान बनेको छ ।

पोखराको प्रमुख पर्यटकीय आकर्षण ‘लेकसाइड’ यतिखेर सुनसान छ भने पोखरामा धार्मिक पर्यटकीयस्थलमा दर्शनार्थी छैनन् । लकडाउनका कारण बाहिरी जिल्लाबाट आउने आन्तरिक पर्यटक त छैनन् नै, यहाँका स्थानीयवासी पनि लकडाउनका कारण घरघरमा नै रोकिएका छन् ।

पोखराको पर्यटकीय इतिहाससँग आरोहणकै जेठो हिमाल अन्नपूर्ण जोडिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवं नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) गण्डकी प्रदेशका अध्यक्ष सोम थापाले बताए । उनका अनुसार सन् १९५० जुन ३ तारिखमा अन्नपूर्ण प्रथमको सफल आरोहण मौरिस हर्जोगको टाली आरोहणमा जाँदा आउँदा पोखरामा बसेका थिए ।

पोखरामा सन् १९६० देखि हिप्पी पर्यटकको आगमन भएसँगै यहाँको पर्यटकीय गतिविधि चलायमान बनेको हो । अन्नपूर्ण हिमाल आरोहणको झण्डै डेढ दशकपछि सन् १९६६ मा विश्व पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरमा पदयात्रा गरेका थिए । त्यसयता यस क्षेत्रको पदयात्रा होस् वा हिमाल आरोहण हरेकमा पर्यटकले केही दिन विताएर तयारी गर्ने र फर्केपछि आराम गर्ने स्थलका रुपमा पोखरा विकास भएको उनले जानकारी दिए ।

विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमण र जारी लकडाउनका कारण पोखराको पर्यटककीय इतिहासमा पहिलो पटक यो पर्यटकविहीन बन्न पुगेको थापाले बताए । सन् १९८० को दशकदेखि पोखराको फस्टाउँदै गएको पोखराको पर्यटनमा भूकम्प, नाकाबन्दी, हुदहुद, अन्नपूर्ण क्षेत्रका हिमपहिरो जस्ता विभिन्न व्यवधानले बेला बेलामा असर गरे पनि अहिलेको जस्तो भने यसअघि भोग्नु नपरेको पर्यटन व्यवसायी बताउँछन् ।

पोखरामा माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालका साथै दृश्यावलोनका लागि सराङकोट, विश्वशान्ति स्तूप, काहुँडाडा, पुम्दीकोट, हुडिकोट, ठूलाकोट जस्ता धेरै स्थान छन् । यहाँका महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफासहित बीचभाग भएर बग्ने सेती नदी र पातले छाँगो महत्वपूर्ण पर्यटकीय गन्तव्य हुन् । यी स्थानका अतिरिक्त पोखराकै कमलपोखरी, लेखनाथ क्षेत्रका वेगनास, रुपा, खास्टे, दिपाङ, मैदी, न्युरेनी जस्ता ताल महत्वपूर्ण स्थल हुन् ।

प्रत्येक नेपाली नयाँ वर्ष होस् वा अङ्ग्रेजी नयाँ वर्ष ठूलो सङ्ख्यामा स्वदेशी एवं विदेशी पर्यटकले पोखरा भरिभराउ हुने गरेको पश्चिमाञ्चल होटेल सङ्घ पोखराका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । पोखरामा पर्यटक लक्षित होटेल ५०० भन्दाबढी सङ्ख्यामा रहेको जानकारी दिँदै उनले होटेल व्यसायमा मात्रै रु एक खर्बभन्दा बढी लगानी भइसेकेको बताए । इतिहासमा नै पहिलो पटक पोखरा पर्यटकविहीन बनेको बताउँदै उनले कोरोना सङ्क्रमणको मारमा यहाँका व्यवसायी परिरहेको बताए । उनका अनुसार पश्चिमाञ्चल होटेल सङ्घले वर्षेनी गर्दै आएको फेवा नववर्ष महोत्सव कोरोनाका कारण यस वर्ष स्थगन गरिएको छ ।

नयाँ वर्षमा पोखरा आउने पर्यटक विगतमा फेवातालमा डुङ्गा शयरका साथै तालका बीचमा रहेको तालबाराही मन्दिर दर्शन गर्न जाने गर्दथे । अहिले भने लकडाउनका कारण यहाँका डुङ्गा व्यवसायीले फेवातालमा डुङ्गा सञ्चालन बन्द गरिसकेका छन् ।

नयाँ वर्षका साथै महत्वपूर्ण चाडपर्व र तिथि मितिमा ठूलै भीडाभाड हुने पोखराको विन्ध्यवासिनी मन्दिर आज भने सुनसान रहेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले बताए । लकडाउनसँगै मन्दिरमा सर्वसाधारणका लागि पूजा अर्चनाका लागि रोक लगाइएको उनले जानकारी दिए ।

‘प्रत्येक नयाँ वर्षमा निकै भिडभाड हुने विन्ध्यवासनी मन्दिर यसपटक भने सुनसान बनेको छ’, संस्कृतिविद्समेत रहेका श्रेष्ठले भने, ‘इतिहासमा नै पहिलो पटक पोखराका धार्मिक पर्यटकीय स्थल दर्शनार्थीविहीन बनेका छन् ।’

Advertisement

–वासुदेव पौडेल/रासस

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top