NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

कोरोनाको कहरः नयाँ वर्षमा इतिहासमै पहिलोपटक सुनसान पोखरा

सोमवार बैशाख १ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
कोरोनाको कहरः नयाँ वर्षमा इतिहासमै पहिलोपटक सुनसान पोखरा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१ बैशाख, पोखरा । 
‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ
पोखरा त साँच्चिकै पो पोखरा नै रैछ’

वरिष्ठ गीतकार प्रेमप्रकाश मल्लको गीतमा मात्रै हैन यो वास्तविकता नै हो, पोखरा साँच्चिकै प्रकृतिको वरदान हो । उत्तरतर्फ चाँदीजस्तै टलक्क टल्कने माछापुच्छ्रे हिमालले डुबुल्की मार्ने फेवातालका साथै यो ठाउँ प्रकृति र संस्कृतिले धनी छ । वर्षेनी ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकले पोखरा आएर यहाँका मनोरम प्राकृतिक छठाको रसस्वादन गर्ने गरेका छन् ।

प्रत्येक नेपाली नयाँ वर्ष होस् वा अङ्ग्रेजी पोखरामा ठूलो सङ्ख्यामा स्वदेशी एवं विदेशी पर्यटक आउने गर्दछन् । दुई चार दिन बिदा हुँदासाथ पूर्वमेचीदेखि पश्चिम महाकालीका बालकदेखि वृद्धसम्मको घुम्न जाने पहिलो रोजाइ पोखरा बनिसकेको छ ।

Advertisement

विडम्बना नै भन्नुपर्छ प्रत्येक नेपाली नयाँ वर्षका अवसरमा विशेषतः आन्तरिक पर्यटकले भरिभराउ हुने पोखरा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण र जारी लकडाउनले यतिखेर भने सुनसान बनेको छ ।

पोखराको प्रमुख पर्यटकीय आकर्षण ‘लेकसाइड’ यतिखेर सुनसान छ भने पोखरामा धार्मिक पर्यटकीयस्थलमा दर्शनार्थी छैनन् । लकडाउनका कारण बाहिरी जिल्लाबाट आउने आन्तरिक पर्यटक त छैनन् नै, यहाँका स्थानीयवासी पनि लकडाउनका कारण घरघरमा नै रोकिएका छन् ।

पोखराको पर्यटकीय इतिहाससँग आरोहणकै जेठो हिमाल अन्नपूर्ण जोडिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवं नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) गण्डकी प्रदेशका अध्यक्ष सोम थापाले बताए । उनका अनुसार सन् १९५० जुन ३ तारिखमा अन्नपूर्ण प्रथमको सफल आरोहण मौरिस हर्जोगको टाली आरोहणमा जाँदा आउँदा पोखरामा बसेका थिए ।

पोखरामा सन् १९६० देखि हिप्पी पर्यटकको आगमन भएसँगै यहाँको पर्यटकीय गतिविधि चलायमान बनेको हो । अन्नपूर्ण हिमाल आरोहणको झण्डै डेढ दशकपछि सन् १९६६ मा विश्व पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरमा पदयात्रा गरेका थिए । त्यसयता यस क्षेत्रको पदयात्रा होस् वा हिमाल आरोहण हरेकमा पर्यटकले केही दिन विताएर तयारी गर्ने र फर्केपछि आराम गर्ने स्थलका रुपमा पोखरा विकास भएको उनले जानकारी दिए ।

विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमण र जारी लकडाउनका कारण पोखराको पर्यटककीय इतिहासमा पहिलो पटक यो पर्यटकविहीन बन्न पुगेको थापाले बताए । सन् १९८० को दशकदेखि पोखराको फस्टाउँदै गएको पोखराको पर्यटनमा भूकम्प, नाकाबन्दी, हुदहुद, अन्नपूर्ण क्षेत्रका हिमपहिरो जस्ता विभिन्न व्यवधानले बेला बेलामा असर गरे पनि अहिलेको जस्तो भने यसअघि भोग्नु नपरेको पर्यटन व्यवसायी बताउँछन् ।

पोखरामा माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालका साथै दृश्यावलोनका लागि सराङकोट, विश्वशान्ति स्तूप, काहुँडाडा, पुम्दीकोट, हुडिकोट, ठूलाकोट जस्ता धेरै स्थान छन् । यहाँका महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफासहित बीचभाग भएर बग्ने सेती नदी र पातले छाँगो महत्वपूर्ण पर्यटकीय गन्तव्य हुन् । यी स्थानका अतिरिक्त पोखराकै कमलपोखरी, लेखनाथ क्षेत्रका वेगनास, रुपा, खास्टे, दिपाङ, मैदी, न्युरेनी जस्ता ताल महत्वपूर्ण स्थल हुन् ।

प्रत्येक नेपाली नयाँ वर्ष होस् वा अङ्ग्रेजी नयाँ वर्ष ठूलो सङ्ख्यामा स्वदेशी एवं विदेशी पर्यटकले पोखरा भरिभराउ हुने गरेको पश्चिमाञ्चल होटेल सङ्घ पोखराका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । पोखरामा पर्यटक लक्षित होटेल ५०० भन्दाबढी सङ्ख्यामा रहेको जानकारी दिँदै उनले होटेल व्यसायमा मात्रै रु एक खर्बभन्दा बढी लगानी भइसेकेको बताए । इतिहासमा नै पहिलो पटक पोखरा पर्यटकविहीन बनेको बताउँदै उनले कोरोना सङ्क्रमणको मारमा यहाँका व्यवसायी परिरहेको बताए । उनका अनुसार पश्चिमाञ्चल होटेल सङ्घले वर्षेनी गर्दै आएको फेवा नववर्ष महोत्सव कोरोनाका कारण यस वर्ष स्थगन गरिएको छ ।

नयाँ वर्षमा पोखरा आउने पर्यटक विगतमा फेवातालमा डुङ्गा शयरका साथै तालका बीचमा रहेको तालबाराही मन्दिर दर्शन गर्न जाने गर्दथे । अहिले भने लकडाउनका कारण यहाँका डुङ्गा व्यवसायीले फेवातालमा डुङ्गा सञ्चालन बन्द गरिसकेका छन् ।

नयाँ वर्षका साथै महत्वपूर्ण चाडपर्व र तिथि मितिमा ठूलै भीडाभाड हुने पोखराको विन्ध्यवासिनी मन्दिर आज भने सुनसान रहेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले बताए । लकडाउनसँगै मन्दिरमा सर्वसाधारणका लागि पूजा अर्चनाका लागि रोक लगाइएको उनले जानकारी दिए ।

‘प्रत्येक नयाँ वर्षमा निकै भिडभाड हुने विन्ध्यवासनी मन्दिर यसपटक भने सुनसान बनेको छ’, संस्कृतिविद्समेत रहेका श्रेष्ठले भने, ‘इतिहासमा नै पहिलो पटक पोखराका धार्मिक पर्यटकीय स्थल दर्शनार्थीविहीन बनेका छन् ।’

–वासुदेव पौडेल/रासस

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.