×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

निजी विद्यालयले एक सातापछि नयाँ भर्ना र परीक्षाफल प्रकाशित गर्न शुरू गर्ने

९ बैशाख २०७७

९ वैैशाख, काठमाडौं । निजी विद्यालयले एक सातापछि अर्थात् वैशाख १५ देखि नयाँ भर्ना र परीक्षाफल प्रकाशित गर्न शुरू गर्ने भएका छन् । कोरोना संक्रमणका कारण करिब एक महिनादेखि देशभरका विद्यालयका परीक्षा र भर्नालगायतका सम्पूर्ण काम ठप्प छ । सरकारले यही १५ गतेसम्म लकडाउन कायम राखेको छ ।

अधिकांश विद्यालयले कक्षा १–९ को परीक्षा सम्पन्न गरे पनि परीक्षाफल प्रकाशित गर्न पाएका छैनन् । चैत पहिलो साता केही ठँला विद्यालयले कक्षा १ र माथिल्लो कक्षाको प्रवेश परीक्षाको मिति तय गरेका थिए । चैत ६ गतेबाट विद्यालय बन्द भएपछि प्रवेश परीक्षा लिएका केही विद्यालयले परीक्षाफल प्रकाशित गर्न सकेका छैनन् भने केहीको परीक्षा रद्द भएको थियो ।

Advertisement

निजी तथा आवासीय विद्यालय अर्गनाइनेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीले लकडाउन लम्बिए वा नलम्बिए पनि यही १५ गतेबाट बाँकी रहेका विद्यालयको परीक्षाफल प्रकाशित गर्न पत्राचार गर्ने बताए । सरकारले लकडाउन खुला गरे पनि तत्काल विद्यालय खोल्न अनुमति दिँदैन ।

प्याब्सन अध्यक्ष पुरीले हिजो सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिरराजमणि पोखरेललाई कक्षा सञ्चालन र प्रवेश परीक्षा लिने विषयमा जानकारी गराइसकेको बताएका छन् ।

प्याब्सनको हिजो भएको अनलाइन बैठकले कक्षा सञ्चालन गर्ने विषयमा कुराकानी गरेको थियो । प्याब्सनले सबै प्रदेश, जिल्ला, स्थानीय कमिटीलाई पत्राचार गरी नयाँ परीक्षा सञ्चालन, प्रवेश परीक्षा र नयाँ भर्ना गर्ने विषयमा निर्देशन दिने भएको छ ।

एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले अनलाइन वा अफलाइन (टिभी, एफएम) लगायतका माध्यमबाट पढाइ शुरू गर्नुको विकल्प नभएको बताउँदै त्यसका लागि सरकारसँग सामग्री माग गरिएको जानकारी दिए ।

देशभर करिब ९ हजार निजी विद्यालयमा करिब २० लाख विद्यार्थी अध्ययन गरिरहेको तथ्यांक छ । प्याब्सन र एनप्याब्सनले विभिन्न सरोकारवाला निकायसँग छलफल गरी अनलाइनबाट कक्षा सञ्चालन गर्ने विषयमा निर्णय गरिसकेको छ ।

Advertisement

कतिपय विद्यालयले हिजैबाट अनलाइन कक्षा सञ्चालन गरिसकेका छन् । अधिकांश विद्यालयले कक्षा ११ र १२ का विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । सरकारले भने अबको एक सातामा अनलाइन वा अन्य विधिबाट कक्षा शुरू गर्ने तयारी गरिरहेको जनाएको छ । (रासस)

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top