आजका प्रमुख खबरहरुः
१.(नयाँ नभेटिएको दिन)
परीक्षण दायरा बढेपनि शुक्रबार नयाँ संक्रमित थपिएनन्/हालसम्म कोरोना संक्रमितको संख्या ४८ /१० जना निको भएर घर फर्किए/४७ हजार ४ सय ९६ परीक्षण / आइसोलेसनमा ८९ जना /१२ हजार ९ सय ८५ जना क्वारेन्टाइनमा ।
२.(ट्रेसिङ टोली)
कोरोना नियन्त्रणका लागि ट्रेसिङ तथा ट्रयाकिङको काम व्यवस्थित गर्न स्थानीय तहमा सहजीकरण टोली गठन/हरेक गाउँपालिकामा एक, नगरपालिकामा २ , उपमहानगरमा ३ र महानगरपालिकामा ५ वटा समूह परिचालन हुने ।
३.(भोजपुरमा संत्रास)
भोजपुरको हतुवागढीका २६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका सिल /संक्रमित युवकसँग सिधा सम्पर्कमा आएका व्यक्तिहरूको स्वाब राख्न भाँडोको अभाव/१४ जनाको मात्र स्वाब लिएको प्रमुख जिल्ला अधिकारीको भनाई ।
४.(मेसिनको मसला)
प्रादेशिक अस्पताल जनकपुरधामस्थित पीसीआर प्रयोगशालाको रिपोर्टमा शंका उत्पन्न भएपछि तत्कालका लागि परीक्षण बन्द / दुई पटक गरिएको स्वाब परीक्षणमा नेगेटिभ देखाएपनि काठमाडौंमा पोजिटिभ रिपोर्ट आएपछि मेसिनको विश्वसनियता माथि प्रश्न ।
५.(लकडाउनको रमजान)
शनिबारदेखि सुरु मुस्लिम धर्मावलम्बीहरुको रमजान पर्वमा लकडाउनको पूर्णपालना गर्दै घरमै बसेर नमाज पढ्न र सामाजिक दुरी कायम गर्न मुस्लिम आयोगको अपील /संक्रमितको सम्पर्कमा आएका कोही छुटेको भए तत्काल परीक्षण गराउन आग्रह ।
६.(झुकेको ओली सरकार)
आफ्नै दलभित्रबाट समेत व्यापक असन्तुुुष्टि आएपछि दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने सरकारको निर्णय/सरकारको पत्रपछि राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुवै अध्यादेश खारेज ।
७.(काग्रेसको हुंकार)
सरकारले ४ दिनअघि ल्याएका दुवै विवादित अध्यादेश फिर्ता गरेको निर्णयको प्रमुख प्रतिपक्षी दल कांग्रेसद्वारा स्वागत/सरकारले गल्ती सच्याएको र अब अपहरण शैलीमा सांसद उठाउनेलाई कारवाही गर्नुपर्नेमा प्रवक्ता विश्वप्रकाश शर्माको जोड ।
८.(कस्ता दिन आए)
१६ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा विराटनगरका चारजना मोरङको बूढीगंगा गाँउपालिकाबाट प्रहरी नियन्त्रणमा /जबर्जस्ती घारीमा लगेर धम्क्याउँदै सामूहिक बलात्कार गरेको पीडितको उजुरी ।
९.(दुःखी भूकम्प)
२०७२ सालमा गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पको पाँच वर्ष पूरा /खरबौंको नोक्सानी हुनेगरी क्षति भएका भौतिक संरचनाहरुको पुननिर्माणको काम भूकम्प गएको पाँच वर्ष पुग्दा समेत सम्पन्न हुन सकेन ।
१०.(मृगौलाको पिडा)
भक्तपुरको सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले लकडाउनको समयमा पनि डायलासिसका विरामीलाई सेवा दिँदै / दैनिक ७५ जनाको डाइलासिस हुदै/ एकसय ८७ बिरामीहरु अझै प्रतिक्षासूचीमा ।
११.(सरकारले सुनोस्)
कोरोना महामारी नियन्त्रणमा मात्रै ध्यान केन्द्रीत गर्न सरकारलाई राष्ट्रियसभाको दिगो विकास समितिको निर्देशन /जनताको भोट र नोट लिने सरकारले उनीहरुको जीवनमाथि खेलवाड गर्न नहुने सांसद दिनानाथ शर्माको माग ।
१२.(कोरोनाको पीर)
लकडाउनका कारण भारतका विभिन्न ठाउँमा अलपत्र परेका नेपालीहरु नेपाल भित्रिने क्रम रोकिएन / शुक्रबार दुईजना नेपाली मजदुर भारतबाट महाकाली नदी तरेर नेपाल प्रवेश / दुवैलाई क्वारेन्टाइनमा बुझाइयो ।
१३.(शंकास्पद मृत्यु)
कैलालीमा एन प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष ४० वर्षीय कृष्णप्रसाद भुसाल मृत अवस्थामा फेला / भुसालको हत्या भएको भन्दै दोषीलाई पक्राउ गर्न स्थानीयबासीको माग /घटनाबारे थप अनुसन्धान जारी ।
१४.(घर फर्किए श्रीलंकाली)
लकडाउनका कारण नेपालमा अलपत्र परेका ७६ जना श्रीलंकाली नागरिकको श्रीलंका दुतावासद्वारा विमान चार्टर्ड गरी उद्दार /लकडाउन यताकै ३३ औं अन्तर्राष्ट्रिय चार्टर्ड उडान रहेको प्राधिकरणको भनाई ।
र,
१५.(कहरको कथा)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण अहिलेसम्म एक लाख ९१ हजार बढीको मृत्यु /२७ लाख ४५ हजार बढी संक्रमित / ७ लाख ५५ हजार बढी उपचारपछि घर फर्किए ।