३ असार, नेपालगन्ज ।
बाँकेमा कोरोना भाइरस (कोभिड १९) बाट एक महिलाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
उनको सोमबार साँझ साढे ६ बजेतिर निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । ती महिलाको मंगलबार ८ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको हो । उनी ३० जेठमा अस्पतालमा भर्ना भएकी थिइन् ।
यसअघि बाँके जिल्लामा ४ जेठमा नरैनापुर गाउँपालिका ५ का २५ वर्षका युवाको कोरोनाबाट मृत्यु भएको थियो ।