×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

मनोज पुनको अपराधलाई नेताको साथ: रसियन महिलालाई पुर्याइन्थ्यो भारत

६ बैशाख २०७५

बुटवल – प्रहरी इन्काउन्टरमा मारिएका रुपन्देहीका मनोज पुनको आपराधिक क्रियाकलापमा नेतादेखि व्यवसायीहरूको साथ रहेको पाइएको छ । अपराधमा संलग्न मनोज पुनलाई व्यापारीको हरेक सूचना पुर्‍याउने र रकम असुलीमा सहयोग गरेको तथ्य फेला पारेपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेसहित नेता तथा व्यवसायीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

रुपन्देहीका तत्कालीन युवा संघका अध्यक्ष दुर्गा तिवारी, व्यापारी बलु पौडेललगायतको हत्याका मुख्य अभियुक्त मनोज पुनलाई सीधै सम्पर्क गरेर सूचना पुर्‍याएको प्रमाण फेला पारेपछि नेता तथा व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो । पुन झन्डै एक महिनाअघि प्रहरी इन्काउन्टरमा मारिएका थिए । आजको नयाँ पत्रिकामा समाचार छ ।

Advertisement

यी हुन् पक्राउ पर्ने
रुपन्देही देवदहका लेखनाथ न्यौपानेसहित बुटवल उपमहानगरपालिका वडा नं. ७ शिवनगरका उत्तम आचार्य, देवदह नगरपालिका वडा नं. ५ बस्ने तुल्सी न्यौपाने, स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ४ घर भई बुटवल बस्ने हरिप्रसाद श्रेष्ठ र देवदह नगरपालिका वडा नं. ६ बस्ने रोशन खड्का पक्राउ परेका छन् ।

लेखनाथ न्यौपाने माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । उनी रुपन्देहीका अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्षसमेत भइसकेका थिए । तुल्सी न्यौपाने माओवादी केन्द्रका कार्यकर्ता हुन् । त्यसैगरी आचार्य एमालेनिकटको युथफोर्सको पूर्वनेता हुन् । श्रेष्ठ मदिरा व्यवसायी हुन् । श्रेष्ठले दुईजनाको हत्या गर्नका लागि रकम पुनलाई उपलब्ध गराएको प्रहरीले जनाएको छ । खड्का जग्गा व्यापारी हुन् ।

रसियन महिलालाई भारत पुर्‍याउने गरेको आशंका
प्रहरीले माओवादी नेता नेखनाथ न्यौपानेको रसियन महिलाहरूलाई नेपालको बाटो हुँदै भारत पुर्‍याउने भूमिकामा समेत संलग्नता रहेको आशंका गरेको छ । मनोज पुन भारतमा रहँदा त्यहाँका आपराधिक समूहका नाइके योगेन्द्र सिंहसँग सम्पर्कमा रहेको प्रहरीको भनाइ छ । सिंहसँग न्यौपानेको सीधा सम्पर्क रहेको प्रहरीको आशंका छ । भारतमा रहँदा पुन पनि रसियन युवतीसँग समेत बस्ने गरेको र सिंहसँग रसियन महिला पुग्ने गरेको आशंका प्रहरीको छ । सिंहसँग पुग्ने रसियन महिलाहरू नेपालको बाटो जान न्यौपानेले सहयोगी भूमिका खेलेको प्रहरीको भनाइ छ । एसपी ज्ञवालीले यस्ता अपराधमा केही भारतीय नागरिकको समेत संलग्नता रहेको हुन सक्ने बताए ।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top