×

NEPAL TIMES UPDATES

Playing
दलीय भागबन्डाका नियुक्तिमा बालेनको कैँची, क–कसको जान्छ जागिर ? || Nepal Times
Apr 30, 2026
Playing
बालेन सरकारलाई सुकुम्बासीकै सहयोग,बस्ती खाली गर्न चटारो, कहाँको अवस्था कस्तो छ ? || Nepal Times
Apr 30, 2026
Playing
नेताहरूलाई डण्डा बर्साएर कस्तो कांग्रेस बनाउन खोज्दैछन् गगन ? || Nepal Times
Apr 30, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-17-2083 || Nepal Times
Apr 30, 2026
Playing
मेलामा गएको जिप भयानक दु र्घ ट नामा, १८ जनाको घटनास्थलमै मृ त्यु || Nepal Times
Apr 30, 2026
Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026
Playing
खामेनीले अमेरिकालाई हप्काए, परमाणु र क्षेप्यास्त्रमा सम्झौता नहुने|| Nepal Times
Apr 30, 2026
Playing
द्व*न्द्व, नाका*बन्दी र महँगो ऊर्जाः कता जाँदैछ विश्व बजार?|| Nepal Times
Apr 30, 2026
Playing
६ अध्यादेशमा सहकारी अध्यादेश जारी, ५ वटा होल्ड,रोके सरकारसँग टकराव || Nepal Times
Apr 30, 2026
Playing
सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु || Nepal Times
Apr 30, 2026

नवविवाहिताले उल्लासमय ढंगले मनाइरहेका छन् मधुश्रावनी पर्व

७ श्रावण २०७७

७ साउन, धनुषा ।

मिथिलाञ्चलमा मधुश्रावणी पर्वको रौनक छाएको छ । धार्मिक एवम् सांस्कृतिक पहिचान बोकेका यो पर्वलाई नवविवाहिताले अपार श्रद्धाका साथ उल्लासमय वातावरणमा मनाइरहेका कारणले रौनक छाएको हो । मौना पञ्चमी तिथिबाट शुरु भई साउन कृष्णपक्षको तृतीया तिथिमा विधिवतरुपमा यो पर्व बिहीबार सम्पन्न हुनेछ । यस पर्वका अवसरमा लगातार तेह्र दिनसम्म दाम्पत्य जीवन सुखमय बनाउन र पतिको दीर्घायूको कामनाका साथ विभिन्न देवीदेवताको पूजा गरिन्छ । खासगरी, अराध्यदेव महादेवकी अर्धाङ्गनी गौरीको विशेष पूजा हुने गर्दछ ।

Advertisement
Advertisement

यस पर्वको अवधिमा नवविवाहिताले प्रतिदिन अपराह्नको समयमा टोलमा भ्रमण गरी भोलि गर्ने पूजाका लागि फूल टिप्छन् । सो बासी फूलबाट पूजा गर्ने नियम रहेको छ । नवविवाहिता आआफ्ना सङ्गिनीको साथ फूल टिप्ने गर्छन् । यसलाई ‘फूल लोढ्न’ विधि भनिन्छ ।

विवाह भएको पहिलो साउन महिनामा मनाइने गरिएको यस पर्वको मुख्य उद्देश्य दाम्पत्य जीवनलाई सुमधुर एवं सुखमय बनाउनुनै हो । यो पर्वको धार्मिक एवं सांस्कृतिक महत्व आफ्नो ठाउँमा जेजस्तो भए पनि पत्नीको जिम्मेवारी, कर्तव्य, ससुरालीमा बसाईको क्रममा निर्वाह गर्नुपर्ने भूमिका र पारवारिक दायित्व साथै पतिव्रत धर्मलगायतका विषयमा जानकारी गराइन्छ ।

धार्मिकग्रन्थमा उल्लेख गरिएका पतिपत्नी, सन्तानको लालनपालन सम्बन्धित कथा सुनाएर सोअनुरुप पारवारिक सम्बन्धलाई प्रगाढरुपमा बलियो बनाउन र जिम्मेवारीको बोध गराउनका लागि एक किसिमको तालिम प्रदान गर्नु नै यस पर्वको मुख्य उद्देश्य देखिन्छ ।

लगातार १३ दिनसम्म चल्ने यस पर्वमा विभिन्न देवीदेवताको कथा सुनाउने गरिन्छ । टोलभरका महिला नवविवाहिताका साथ पूजास्थलमा बसेर कथा सुन्ने गरिन्छ । यस पर्वका विभिन्न कथाको सम्बन्धमा जानकार महिलाले शिक्षिकाको भूमिका निर्वाह गर्दै विधिपूर्वक पूजा गराउनुका साथै कथा उदाहरणसहित श्रवण गराउने गरिएको अमिता झा बताउँछन् ।

यस पर्वको पहिलो दिनमा नवविवाहिताले मौना पञ्चमीको कथा र विसहराको जन्मको कथा श्रवण गर्छन् । सर्पदंशबाट पतिका साथै परिवारको रक्षाका लागि नागनागिनको पूजा गरी पर्वको शुभारम्भ गर्छन् । त्यसपछि, क्रमिकरुपमा दोस्रो दिन महादेवको मानसपुत्री बिहुलाको कथा, बिसहरा कथा, मङ्गला– गौरीको कथा र तेस्रो दिन पृथ्वीको जन्म र समुद्र मन्थनको कथाको सम्बन्धमा विस्तारमा जानकारी गराइन्छ ।

त्यसपछि, चौथो दिन सतिको कथा, कुमरव्रता र पतिव्रता कथा, दन्त्य कथामा आधारित महादेवको पारवारिक कथा, छैँटो दिन गङ्गाकी कथा, गौरीकी जन्म, सातौँ दिन गौरीकी तपस्या र आठौँ दिन गौरीको विवाहको कथा श्रवण गराइन्छ ।

त्यस्तै, नवौं दिन गौरीकी माता मैनाकी मोह भङ्गको कथा, दशौँ दिन कात्तिक र गणेशको जन्म, एघाऔँ दिन सन्ध्याको विवाह र लिलीको जन्म, विवाह, पतिव्रता सुकन्याकी कथा, बाह्रो दिन बाल– वसन्त, गोसाउनीको कथा र तेह्रो दिन राजा किरकको कथा र गणेशद्वारा सोहाग मन्थन र वितरणको सम्बन्धमा विस्तृतमा बताइन्छ ।

यो पर्व मनाउनका लागि नवविवाहिताको ससुरालीबाट कोसेलीका साथै पूजाको सामग्री पठाइन्छ । यसका साथै, नवविवाहिताको नयाँ बस्त्र, चामल, मिठाइ, बदामलगायत सामग्रीका साथै पकवान र बिसहरा पूजाका लागि माटोको कलात्मक पञ्चमुखी नागनागिन पनि पठाइन्छ । यसका साथै दुल्हाको घरबाट नवविवाहिताकी आमा, दिदी, बहिनी, काकीलगायत परिवारका सम्पूर्ण महिलाका लागि पनि नवबस्त्र उपहारको रुपमा कोसेलीको रुपमा पठाउने गरिन्छ ।

मधुश्रावनीका दिन गाउँभरका आफ्ना जातका साथै आफन्तलाई दुल्हाका पक्षबाट दुल्हीको घरमा पुगेर आफ्नो तर्फबाट भोज खुवाउने गरिन्छ । सो भोजमा आधिकारिकरुपमा महिलालाई मात्रै निम्तो गरिन्छ । मैथिल समुदायको यो एकमात्र महिलाको अधिकारिक भोजको रुपमा चिनिन्छ । यो पर्व मैथिल समुदायको ब्राह्मण, कायस्थ, व्यास र स्वर्णकार जातिका नवविवाहित महिला अनिवार्यरुपमा मनाउने गरिन्छ । यसका साथै यी जातकी सधवा महिला पनि मधुश्रावणी पर्वका दिन पूजापाठ गरी पतिको दीर्घायूको लागि दिनभर उपवासमा बसेर पर्व मनाउँछन् ।

Advertisement

मधुश्रावणी पर्वका दिन अनिवार्यरुपमा नवविवाहिता आफ्ना पतिका साथ पूजामा बस्ने गर्छन् । पूजा सम्पन्न भएपछि महिलालाई भोज खुर्वापछि विधिवत्रुपमा पर्व सम्पन्न हुन्छ ।–प्रभाषचन्द्र झा/रासस

भर्खरको समाचार

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सम्बन्धित खबरहरु

Scroll to Top