×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा प्लाज्मा थेरापी विधिबाट उपचार गरिने

७ भाद्र २०७७

७ भाद्र, नेपालगञ्ज । 
नेपालगञ्जस्थित भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजले प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचारको तयारी गरेको छ।

कोरोना संक्रमितको उपचार प्लाज्मा थेपारी विधिबाट प्रभावकारी देखिएपछि नेपालगञ्जका अस्पतालबाट पनि सेवा सुरु गर्न लागिएको भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. खगेन्द्रजंग शाहले बताए। स्वास्थ्य मन्त्रालयले भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजलाई प्लाज्मा थेपारीको विधिबाट उपचार हुने अस्पताल तोकेपछि तयारी सुरु भएको हो।

प्लाज्मा थेपारीको विधिबाट उपचार सुरु गर्न भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा शाहको संयोजकत्वमा मेडिकल कलेजका चिकित्सक, ब्लड बैंक, बाँकेका कोरोना फोकल पर्सन र स्वास्थ्यकर्मी सम्मिलित समिति बनाइएको छ। समितिले प्लाज्मा दान गर्ने दाताहरुको नामहरु संकलन गरी प्लाज्मा संकलनका लागि तयारी गरिरहेको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताए।

पछिल्ला दिनहरुमा संक्रमितहरुमा लक्षण देखिने र सिरियस बिरामीहरु आउने क्रम बढ्दै गएकाले मृत्यु दर कम गर्न प्लाज्मा थेरापी विधिबाट उपचारको तयारी सुरु गरिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउँछन्। संक्रमणपछि निको भएर फर्किएका करिब २५ जना पूर्वसंक्रमितहरु प्लाज्मा दान गर्न इच्छुक देखिएका छन्। प्लाज्मा मानिसको रगतमा पाइने एक किसिमको तरल पदार्थ हो।

प्लाज्माले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पु¥याउने चिकित्सकहरु बताउँछन्। प्लाज्मा थेरापीका लागि कोरोना संक्रमित भई निको भएका व्यक्तिको २८ दिनपछि पुनः पिसिआर परिक्षण गरिन्छ । पिसिआर रिपोट नेगेटिभ आए ती व्यक्तिबाट रगत लिएर कम्पोनेन्ट मसिनको सहयोगबाट प्लाज्मा बनाउँछन।

त्यो प्लाज्मालाई चिकित्सकहरुको सिफारिसमा ब्लड गु्रप मिल्ने कोरोना संक्रमित सिरियस बिरामीमा चढाएर उपचार गरिन्छ। बाँकेमा हालसम्म ७८७ जना संक्रमित भएका छन्। तीमध्ये २८७ जनाको उपचार भइरहेको छ भने ४९६ जना निको भएर घर फर्किएका छन्।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top