×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोरोनापछि फेरियो मनाङको परिचय

७ भाद्र २०७७

७ भदाै, मनाङ ।

हिमाल पारिको जिल्ला मनाङको परिचय पछिल्लो समय फेरिन थालेको छ । पर्यटन र पशुपालन मात्र नभई अहिले तरकारी खेतीतर्फ समेत स्थानीय वासिन्दा आकर्षित हुन थालेका छन् । विगतमा फापर, जौ, आलु, गहुँ मात्र उत्पादन हुने ठाउँमा स्थानीय किसानको मिहेनत र परिश्रमका कारण अहिले तरकारीसमेत मनग्य फल्ने गरेको छ ।

मौसमी र बेमौसमी तरकारी खेती गरेर अहिले यहाँका किसानहरुले राम्रो आम्दानीको बाटो पहिल्याएका छन् । ङिस्याङ गाउँपालिका–५, भ्राकाको मस्र्याङ्दी नदी किनारमा फलेका बन्दा, गोलभेंडा र गाजर हेर्दा जो कोहीको मन लोभिन्छ । पहिले आलु र फापर मात्रै हुने यस ठाउँमा अहिले तरकारी राम्रोसँग उत्पादन भएको देख्दा यहाँका किसानहरु मख्ख छन् । वडाध्यक्ष तथा पर्यटन व्यवसायी कर्मछिरिङ गुरुङको बारीमा लगाएको बन्दा, काउली एउटै करिब पाँचदेखि सात किलोग्रामसम्म र एउटै गाजर पनि करिब एक केजी बराबरको फलेका छन् ।

अध्यक्ष गुरुङ भन्छन्, “मैले आफूलाई पुग्ने मात्र होइन, केही बेच्ने गरी तरकारी लगाएको थिएँ, तर सडक अवरुद्ध भएकाले गर्दा बजार प¥याउन सकिएन, तरकारी भने राम्रो उत्पादन भएको छ ।” आफ्नो बारीमा पूर्ण रुपमा अर्गानिक तरकारी उत्पादन भएको बताउँदै उनले अघिल्लो पुस्ताले तरकारीको नाममा आलु मात्र रोप्ने गरेकामा अहिले मनाङका धेरै स्थानमा विभिन्न तरकारी खेती हुने गरेको जानकारी दिए ।

समुन्द्र सतहबाट तीन हजार ४८० मिटरमा उचाइमा रहेको भ्राकामा फलफूलको रुपमा स्याउ फल्ने गरेको छ । माथिल्लो मनाङबाट लमजुङ बेंशिसहरसम्म पुग्न करिब १० घण्टा सवारी साधनबाट यात्रा गर्नु पर्दछ । त्यसैले पनि उत्पादन भएका तरकारी र स्याउ बजारसम्म लगेर बिक्री गर्न समस्या हुने गरेको उनको भनाइ छ ।

त्यस्तै मनाङ गाउँका पर्यटन व्यवसायी विनोद गुरुङ पनि देशैभरि कोरोना महामारीका कारण आफ्नो व्यवसाय धरापमा परेपछि खेतीपातीमा लागेका छन् । अहिले उहाँको बारीमा फलेका तरकारी जिल्लाकै नमूना बनेका छन् । काउली, बन्द, गाजार, प्याज उतिकै राम्रा फल लागेका छन् । झन्डै १० किलोका काउली र बन्दा रहर लाग्दा देखिन्छन् ।

हुन त यहाँका सबै मानिसहरु होटल व्यवसायसँगै खेतीपातीमा पनि संलग्न रहेका छन् । आफू खानलाई आफ्नै उत्पादनबाट नै पुर्याउने गरेको व्यवसायी गुरुङले बताए । माछा, मासु र चामल बाहिरबाट ल्याउने गरेपनि तरकारी आफ्नै उत्पादनबाट पुग्ने गरेको उनको भनाइ छ । पहिले बेंशिसहर, डुम्रेबाट हप्तौं लगाई बोकाएर लगेको तरकारी खान बाध्य यहाँका वासिन्दा अहिले आफ्नै बारीको ताजा र अर्गानिक तरकारी खान पाउँदा खुशी छन् ।

पहिले आलु मात्र खेती गरेको र अहिले आलुसँगै काउली, बन्द, गाजरलगायतका तरकारी उत्पादन गर्दा होटल व्यवसायमा सहयोग पुगेको उनको भनाइ छ । पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष समेत रहेका उनी जिल्लालाई कृषि पर्यटनको रुपमा पनि विकास गर्न सकिने बताउँछन् । उनी भन्छन्, “बन्दाबन्दीले पर्यटकको आगमन नभएपनि फुर्सदको समयमा तरकारी खेती गर्न सक्षम भएका छौंँ, अब पर्यटकहरुलाई पनि स्थानीय तरकारी खुवाउन सकिनेछ ।”रासस

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top