२० भदौ,विराटनगर ।
विराटनगरका थप २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । विराटनगर– ४ बस्ने ६४ वर्षीया महिलाको विराटनगरस्थित कोशी अस्पतालमा र विराटनगर–११ की ४३ वर्षीया महिलाको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
शुक्रबार करिब ८ बजे विराटनगर–४ की महिला बिरामी भई कोशी अस्पताल लगिएकोमा उपचारको क्रममा साढे ९ बजे मृत्यु भएको थियो । उनको मृत्यु पश्चात कोरोना परीक्षण गरिएकोमा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यस्तै बिराटनगर–११ की महिला बिहीबार कोरोना पोजेटिभ भई बीपीको आईसोलेनमा उपचार गराईरहेकोमा शुक्रबार साँझ साढे ६ बजे मृत्यु भएको जनाईएको छ ।