×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दियालो र तोरीको तेल बालेर निर्माण गरिएको ऐतिहासिक सुरुङ

४ फाल्गुन २०७७

४ फागुन, खोटाङ ।
चन्दा तथा अन्नबाली सङ्कलन गरेर निर्माण गरिएका सिँचाइ कुलोले रावाबेँसी गाउँपालिका–६ हौँचुरका ३५ घर किसानको खेतबारी सिञ्चित हुन्छ ।

हौँचुरस्थित कट्टीका नौ घर स्थानीय बासिन्दाले विसं २०४४ असोज १५ गतेदेखि निर्माण शुरु गरेर विसं २०४८ मा सञ्चालनमा ल्याएका ५०० मिटर लामो सिँचाइ कुलोमा अहिले बाह्रै महिना उत्तिकै मात्रामा पानी सञ्चालन हुन्छ ।

Advertisement
Advertisement

बिनाप्राविधिक स्थानीय कामदार लगाएर निर्माण गरिएका सिँचाइ कुलोमा १२० मिटर लामो पहाड छेडिएको सुरुङसमेत पर्दछ । स्थानीय लोचाखोला मुहान भएको सिँचाइ कुलोको हौँचुरस्थित प्रिमाकोटगढीमा पर्ने सुरुङ दियालो (सल्लाको चोइटा), तोरीको तेल र मैनबत्ती बालेर निर्माण गरिएको स्थानीय बासिन्दाले बताएका छन् ।

करिब चार वर्षमा सञ्चालनमा ल्याइएको सिँचाइ कुलो निर्माण सम्पन्न गर्न रु एक लाख २० हजार नगद र ८० मुरी अन्नबाली खर्च भएको तत्कालीन हौँचुर गाउँ पञ्चायतका उपप्रधानपञ्च एवं निर्माण उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र कार्कीले बताए ।

“हाम्रो गाउँमा सिँचाइ नहुँदा मकै, कोदो, फापरलगायत वर्षे बालीमात्र उत्पादन हुन्थ्यो”, उनले भने, “चन्दा सङ्कलन र श्रमदान गरेर निर्माण गरिएको सिँचाइ कुलो सञ्चालनमा ल्याइएपछि दुई बाली धान, मकै, गहुँ, जौलगायत बाह्रै महिना तरकारी, फलफूलसमेत उत्पादन गरिरहेका छौँ ।”

हौँचुरका स्थानीय बासिन्दा खगेन्द्र कार्की, प्रल्हाद कार्की, डम्बरबहादुर कार्की, बाबुराम कार्की, लोकबहादुर श्रेष्ठ, दलबहादुर कार्की, हीरालाल विश्वकर्मा, कुमार विश्वकर्मा र ताराबहादुर ढकालले चन्दा तथा अन्नबाली सङ्कलन गरेर सिँचाइ कुलो निर्माण गरेको जनाइएको छ ।

ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१ कुइभिरका बीर्खबहादुर मगरले जिम्मा लिएको सुरुङ निर्माणमा हौँचुरका बीर्खबहादुर कार्की र तम्बरबहादुर कार्की (दुवैको मृत्यु भइसकेको) तथा चङ्खु नेपाली र सरुने नेपाली (जीवितै) कामदार रहेका थिए ।

सुरुङ निर्माणमा खटिएका कामदार भारतको सिलाङ गएर कोइला काटेर फर्किएका व्यक्ति रहेको उपभोक्ता समितिका सदस्य डम्बरबहादुर कार्कीले बताए ।

“कोइला काट्दा सुरुङभित्रै पसेर काट्नुपर्छ”, पूर्व भारतीय सेनासमेत रहेका कार्कीले भने, “सुरुङभित्र काम गर्न सामान्य व्यक्तिमा ज्ञान नहुने भएकाले उनीहरुलाई हाम्रो सिँचाइ कुलोको लागि निर्माण गरिएका सुरुङको पनि जिम्मा दिएका हौँ ।”

मुहानतर्फको कुलो रु ५० हजार र चालीस मुरी अन्नमा निर्माण सम्पन्न गरिएको सिँचाइ योजनामा १२० मिटर सुरुङ रु ३५ हजार नगद र चालीस मुरी अन्नमा सम्पन्न भएको उपभोक्ता समितिले जनाएको छ ।

“अध्यारो सुरुङभित्र कामदारका लागि उज्यालो बनाउन दियालो (सल्लाको चोइटा), तोरीको तेल र मैनबत्ती प्रयोग गरेका थियौँ”, अध्यक्ष कार्कीले भने, “कुटोकोदालो, झम्पल र गैँती प्रयोग गरेर निर्माण शुरु गरिएको सुरुङ करीब वर्षदिन नपुग्दै सम्पन्न गरेर सञ्चालनमा ल्याइयो ।”

सिँचाइ कुलो निर्माणका लागि कृषि विकास बैंक शाखा कार्यालय खोटाङबाट रु ६० हजार ऋण लिएर काम सम्पन्न गरेपछि फिर्ता गरिएको जनाइएको छ ।

स्थानीय बासिन्दाको आफ्नै लगानीमा निर्माण गरिएको सिँचाइ कुलो सञ्चालनमा आएको लामो समयपछि चार वर्षअघि सिँचाइ डिभिजन कार्यालय खोटाङको आर्थिक लगानीमा स्तरोन्नति गरिएको उपभोक्ता समितिले जनाएको छ ।

हिउँद÷वर्षा उत्तिकै पानी सञ्चालन हुने सिँचाइ कुलोले हौँचुरवासीको जीवनशैलीमा नै परिवर्तन आएको वडाध्यक्ष यज्ञनारायण श्रेष्ठ ‘राजु’ले बताए ।

“पिउनसमेत धारा तथा कुवाको पानी उपभोग गर्न बाध्य हौँचुरबासी सिँचाइ कुलो सञ्चालन भएपछि हर्षित छन्”, उनले भने, “पानी अभावमा बसाइँ सरेकाहरु पनि पुनः गाउँ फर्किएर खेतीपाती लगाएर जीवन निर्वाह गरिरहेका छन् ।”

सिँचाइ कुलोबाट आएको पानी धान, गहुँ, मकै, आलुलगायत विभिन्न प्रजातिका तरकारी तथा फलफूलमा उपयोग गरेर बढी भएपछि बेँसी क्षेत्रमा समेत पठाउने गरिएको उपभोक्ता समितिले जनाएको छ ।

कार्की, विश्वकर्मा, भुजेज, ढकाल, सार्की, श्रेष्ठलगायत मिश्रित जातजातिको बस्ती रहेको हौँचुर कृषि उत्पादनका लागि मुख्य भूभाग मानिन्छ । पर्यटकीय क्षेत्र प्रिमाकोटगढीमा पर्ने सिँचाइ कुलोको सुरुङमाथि तीन घर भुजेल परिवारको स्थायी घरसमेत रहेका छन् ।

परापूर्वकालदेखि नै बसोबास गर्दै आएका उक्त भुजेल परिवारलाई सुरुङको कुनै असर नरहेको जनाइएको छ । माना घोप्ट्याएको जस्तो आकार देखिने प्रिमाकोटगढीभन्दा करिब ३०० मिटर उत्तरी क्षेत्रमा निर्माण गरिएको सुरुङ जमिनभन्दा २५० मिटरमुनिबाट खनिएको छ ।

चट्टान खोपेर सुरुङ निर्माण गरिएकाले बाहिरी भागमा रहेको बस्तीलाई कुनै असर नगर्ने प्राविधिक प्रतिवेदनले देखाएको छ । मानवनिर्मित सुरुङ वारपार गर्न तथा सरसफाइ गर्नका लागि अनिवार्य बत्ती (उज्यालो) को प्रयोग गर्नुपर्नेहुन्छ ।

स्थानीय बासिन्दाले करिब ३० वर्ष पहिले बिनाप्राविधिक निर्माण गरेर सञ्चालनमा ल्याएको सुरुङ हेर्न तथा अध्ययन÷अवलोकन भ्रमण गर्न पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकसमेत आउने गरेका छन् ।

भौतिक पूर्वाधार निर्माणपछि कृषि उपज उत्पादनसँगै पर्यटन विकासमा लागेको उक्त गाउँपालिकाले पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन तथा स्तरोन्नतिको काम गरिरहेको छ ।

बिनाप्राविधिक तथा राज्यकोषको बिनालगानीमा स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर निर्माण गरेको हौँचुरस्थित उक्त सिँचाइ कुलोको सुरुङ पनि ऐतिहासिक भएकाले संरक्षणमा लागिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

पर्यटन विकासका लागि गाउँपालिकाभित्र रहेका धार्मिक, पर्यटकीय तथा ऐतिहासिकस्थलहरुको प्रवद्र्धनमा जोड दिने गरी नीतिगतरूपमै काम शुरु गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताए ।

“किराँती राजाहरुले शासन सत्ता सञ्चालन गरेको ऐतिहासिकस्थलहरुको संरक्षणले भावी पुस्तालाई इतिहासको बारेमा जानकारी दिन सकिन्छ”, उनले भने, “ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धनले गाउँपकालिकाको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।”

छ वडा रहेको उक्त गाउँपालिकामा प्रिमाकोटगढीसँगै डुम्रेकोटगढी र कोटगढी रहेका छन् । करिब ३०० वर्षअघि बाइसे÷चौबीसे राज्यको पालामा किराँत वङ्शीय शासकहरुले राज्य सञ्चालन गरेको गढीहरुको संरक्षण एवं स्तरोन्नति गर्दै पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले नीतिगतरूपमै काम शुरु गरेको हो ।

दश स्थानीय तह रहेको जिल्लामा अन्य स्थानीय तहले पनि ऐतिहासिक तथा पर्यटकीयस्थलहरुको संरक्षण तथा स्तरोन्नतिको काम गरिरहेका छन् ।

Advertisement

त्रिधार्मिकस्थल हलेसीसमेत रहेको जिल्लामा विश्वभरबाट आउने पर्यटकलाई केही दिन जिल्लामै राखेर आ–आफ्नो क्षेत्रको धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराउने उद्देश्यले पर्यटकीय क्षेत्रहरुको स्तरोन्नति थालेका हुन् ।(रासस)

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top