×

NEPAL TIMES UPDATES

Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

२८ फाल्गुन २०८२

२८ फागुन , काठमाण्डौ।

अमेरिका र इजरेलले आफ्नो भएभरको शक्ति लगाएर अहिले इरानलाई काबुमा पार्ने खोजिरहेका छन् । परमाणु शक्ति सम्पन्न दुवै देशभन्दा इरान कमजोर देखिन्छ । तर जति कमजोर अमेरिका र इजरेलले इरानलाई ठानेका थिए त्यति कमजोर इरान देखिएको छैन् ।

इरानले आक्रमणको जवाफ गतिलो रणनीतिक प्रतिक्रामणबाट दिइरहेको छ । यसका लागि इरानले आधुनिक शस्त्रअस्त्रबाट गुरिल्ला युद्धको रणनीति अपनाइरहेको छ । मध्यपूर्वका ९ खाडी राष्ट्रहरुमा आक्रमण गरेको इरानले ऊर्जाका परिवहनका लागि संसारको सबैभन्दा महत्वपूर्ण जलक्षेत्र होर्मुजको जलडमरुमध्यमा इरानले धराप थाप्न थालेको छ ।

गुरिल्ला युद्ध भनेको सानो र कमजोर सैन्य समूहले ठूलो वा शक्तिशाली सेनाविरुद्ध प्रयोग गर्ने असामान्य युद्ध रणनीति हो। यसमा सीधा ठूलो युद्ध नगरी धराप लगाउने, अचानक आक्रमण गर्ने, छिटो भाग्ने र लुकेर लड्ने तरिका प्रयोग गरिन्छ ।

ठूलो सेनासँग सीधा भिड्न नसक्दा सानो समूहले चलाखी र रणनीतिले लड्ने युद्धलाई गुरिल्ला युद्ध भनिन्छ। यो परापूर्वकालदेखि नै सफल युद्ध रणनीति मध्येको एक हो । अमेरिकी टेलिभिजन सीएनएनले गुप्तचर अधिकारीलाई उद्धृत गर्दै दिएको जनाएअनुसार स–साना डुङ्गाबाट धराप थाप्न थालेको हो ।

यद्यपि हालसम्म व्यापक नभएपनि इरानले सो जलक्षेत्रमा केही दर्जन धराप थापिसकेको जनाइएको छ । अमेरिका र इजरायलले इरानी नौसेनालाई लक्षित गरी हमलालाई तीव्र बनाएपनि इरानसँग ८० देखि ९० प्रतिशत समुद्री धराप थाप्ने डुङ्गा अझै सुरक्षित रहेको दाबी गरिएको छ ।

यसो भएमा इरानले सो क्षेत्रमा सयौँ धराप थाप्ने साम्मथ्र्य राख्ने सीएनएनले जनाएको छ । उता अमेरिकी सेन्ट्रल कमाण्डले होर्मुज जलडमरूमध्य नजिकै १६ वटा इरानी माइन बिछ्याउने जहाजहरूमाथि आक्रमण गरेको बताएको छ । अमेरिकी सेनाले मार्च १० मा होर्मुज जलडमरूमध्य नजिकै १६ वटा माइन बिछ्याउने जहाजसहित धेरै इरानी नौसेनाका जहाजहरू नष्ट गरेको बताइएको हो ।

९ वटा जहाजहरूमा हतियार प्रहार भएको देखिएको छ । जसमध्ये धेरैजसो आक्रमणको समयमा किनारमा बाँधिएका जस्ता देखिन्थे । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि भीषण आक्रमण गरेयता इरानले पानीमा नौसेनाका माइनहरू बिछ्याएको थियो वा थिएन भन्ने कुरा तत्काल स्पष्ट हुन सकेको छैन ।

इरानले होर्मुज जलडमरूमध्य हुँदै जाने अमेरिका र यसका सहयोगी देशहरूको फ्लीट (नौसेनाको समूह) को आवागमन रोक्न मिसाइल र पनडुब्बीहरूको प्रयोग गर्नेछ, इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सका नौसेना कमाण्डर अलिरेजा तांगसिरीले बताएका छन् ।

अहिले होर्मुजको जलक्षेत्र इरानको शक्तिशाली सैन्य दस्ता रिभल्युसनरी गार्ड कोर (आईआरजीसी) को नियन्त्रणमा छ । होर्मुजको खाडी विश्वव्यापी ऊर्जा आपूर्तिका लागि निकै महत्वपूर्ण मानिन्छ । आईआरजीसीले कुनै पनि यस क्षेत्र भएर कुनै पनि व्यवसायिक तथा सैन्य जहाजलाई यहाँबाट आवतजावत गर्न बन्देज लगाएको छ ।

यहाँबाट विश्व तेल आपूर्तिको पाँच भागको एक भाग आपूर्ति हुँदै आएको थियो । मध्यपूर्वमा जारी तनावका कारण सो क्षेत्रबाट जहाजको आवतजावत व्यवहारिक रुपमा पूर्णतयाः ठप्प छ । होर्मुजको जलक्षेत्र ठप्प भएकाले फारसको खाडीमा १ करोड ५० लाख ब्यारेल कच्चा तेल प्रतिदिन र ४५ लाख ब्यारेल प्रशोधित तेल अलपत्र रहेको जनाइएको छ ।

खाडी देशबाट निर्यात हुन नसकेका कारण तेलको भण्डारण भरिएको छ भने उत्पादन पनि ठप्प छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसम्म इरानले धराप थापेकोबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन् । उनले इरानलाई धराप थापेको भए तत्काल हटाउन पनि उर्दी जारी गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘यदी इरानले होर्मुजको जलडमरुमध्यमा कुनै धराप थापेको हो भने, र अहिलेसम्म त्यसो भएकोबारे हामीलाई रिपोर्ट छैन, हामी त्यो हटोस् भन्ने चाहन्छौँ, तत्कालै ! यदी केही कारण धराप थापिएको हो र हटाइएन भने इरानविरुद्ध सैन्य नतिजा यसअघि कहिल्यै नदेखिएको स्तरमा हुनेछ ।

यदी अर्कोतर्फ, उनीहरुले थापिसकेको धराप हटाए भने सही दिशामा ठूलो कदम हुनेछ ।’ अर्काे तर्फ पछिल्लो समय पनि इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल आक्रमण गरेको दाबी गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा कतार, कुवेत र इराकस्थित अमेरिकी अड्डाहरूलाई लक्षित गर्दै मिसाइल प्रहार गरिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिअनुसार कतारको अल उदैद एयरबेस, कुवेतको क्याम्प अरिफजान तथा इराकको हरिर सैन्य अड्डामा आक्रमण गरिएको बताइएको छ । इरानी सरकारी समाचार संस्था आईएसएनएले सेयर गरेको उक्त विज्ञप्तिमा खाडी क्षेत्रस्थित अमेरिकी पाँचौँ नौसैनिक बेडाको संरचनालाई समेत निशाना बनाइएको दाबी गरिएको छ ।

आईआरजीसीले यसलाई युद्ध सुरु भएयताकै सबैभन्दा ठुलो र विनाशकारी सैन्य अभियान भएको बताएको छ । यस आक्रमणमा अमेरिकी सेनाको सञ्चालनात्मक संरचना नष्ट गरिएको दाबी इरानको छ । तर हालसम्म अमेरिकी अधिकारीहरूले उक्त आक्रमणबारे कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

भर्खरको समाचार

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

सम्बन्धित खबरहरु

Scroll to Top