×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

नुवाकोट सिन्दूरले रंगियो

२१ चैत्र २०८२

२१ चैत , काठमाण्डौ ।

आज बैशाख कृष्ण द्वितीया । नुवाकोट दरवार क्षेत्रमा सिन्दूरे जात्रा हर्षोल्लासपूर्वक मनाइएको छ । जिल्लाका सरकारी कार्यालय प्रमुखहरूको उपस्थितिमा नेपाली सेनाद्वारा निशान झण्डा र भैरवी सलामी सलामी अर्पण गर्दै विशेष बढाइँ गरिएको थियो।

Advertisement
Advertisement

देवी भैरवी मन्दिर दक्षिणतर्फ रहेको महिषासुर मर्दिनी (दुर्गा) मन्दिर अगाडि बज्राचार्य पुरोहितद्वारा विशेष पूजाआजा गरेपश्चात विजय उत्सवका रूपमा जात्रा अघि बढाइएको हो। सो अवसरमा द्वारेले धामी–धामीनीलाई सिन्दूर र गाजल लगाइदिने परम्पराले जात्रालाई विशेष आकर्षकको रुपमा लिइन्छ ।

किंवदन्ती अनुसार जालपा देवी (भैरवीकी दिदी) को आगमनको अवसरमा यो जात्रा सुरु भएको मानिन्छ। त्यसपछि परम्परागत बाजागाजा, नाचगान र हातहातमा चिराग ९बत्ती० लिएर नाइकेको अनुमतिमा खट (रथ) उचाल्दै यात्रा तुलजा भवानीतर्फ अघि बढाइएको थियो।

जात्रा बैशाख कृष्ण तृतीय अर्थात् भोली बिहान भैरवी मन्दिर पछाडि रहेको डबलीमा अष्टमातृकाको खट अगाडि धामीलाई विशेष भोग दिने कार्य सुरु हुन्छ । सरकारी वकिलको तर्फबाट एक बोका र दुई राँगाको बलि दिने परम्परा समेत रहेको छ। सो अवसरमा धार्मिक आस्था अनुसार देवता धारण गरेका धामीले भोग चढाइएको बोका र राँगाको रगत पिउन डरलाग्दो गरी झम्टन्छन ।

त्यस्तै, वैशाख कृष्ण अष्टमीका दिन बाहिर खटमा रहेका देवीदेवताका मूर्तिहरूलाई मन्दिरमा पुनःस्थापना गर्ने कार्य गरिन्छ । अन्तमा, बाह्रभाइ खलकबाट भैरबी मन्दिर र तलेजु मन्दिरमा क्षमापुजा सम्पन्न भएपछी यो देवी जात्राको कार्यक्रम समाप्त हुन्छ ।

Advertisement
Advertisement

ढुङ्गा, धातु तथा काठका मूर्तिहरूमा मात्र देवताको न्यास गर्ने परम्पराबाट फरक, जीवित मानिसमै देवता चढाउनेु अवधारणालाई देवी जात्राले स्मरण गराउँदै आएको छ। तत्कालीन सिद्धहरूले सुरु गरेको मानिने यस अभ्यासले देवत्वलाई मूर्तिमा मात्र सीमित नराखी मानवमै प्रत्यक्ष रूपमा अवतरण गराउने सांस्कृतिक प्रयोगको झल्को दिन्छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top