×

NEPAL TIMES UPDATES

Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

१३ बैशाख २०८३

१३ वैशाख , काठमाण्डौ।

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाडौंसहित देशका केही स्थानमा पानी परिरहेको छ । धेरै स्थानमा आज वर्षाको पूर्वानुमान छ । ‘मध्यम’सम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement
Advertisement

आज कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने तातो दिन हुने सम्भावना रहेको छ । आज राति देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पश्चिम तराईका कतिपय भूभागमा भने वर्षाको सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् । “आज दिनभरिको लागि विशेष गरी कोसी, वाग्मती, गण्डकी प्रदेशका केही स्थानहरूमै वर्षा हुनेजस्तो देखिन्छ । मधेस, लुम्बिनीको पहाडी र हिमाली भूभाग, कर्णालीको भूभाग र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागमा पनि वर्षाको सम्भावना देखिन्छ ।

काठमाडौंमा हाल परिरहेको पानी केही समयमा रोकिने सम्भावना छ । तर, दिउँसो फेरि पर्ने सम्भावना रहेको छ । आज लुम्बिनी प्रदेशको पूर्वी तराई भूभागमा वर्षाको सम्भावना छ । तर, लुम्बिनीको पश्चिमी तराईमा पानी पर्ने सम्भावना कम छ ।

“सुदूरपश्चिम प्रदेशको पनि तराईका जिल्लाहरू कैलाली, कञ्चनपुरतिर वर्षाको सम्भावना कमकमै देखिन्छ,” मौसमविद्ले भने । देशका धेरै स्थानमा दिनभरिजसो बादल लाग्ने भए पनि लगातार पानी नपर्ने पनि महाशाखाले जनाएको छ । मौसमविद् भन्छन्, “झरी भनेर लगातार पानी पर्ने सम्भावना कमकमै छ,” “अहिलेको सिस्टम बिस्तारै पूर्वतिर सरिरहेको देखिन्छ । यो बिस्तारै सकिएपछि नै फेरि अर्को सिस्टमहरूले वर्षा गराउने देखिन्छ ।”

देशमा हाल पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव देखिएको मौसमविद् डेभिड ढकालले जानकारी दिए । “यी तीन प्रणालीको संयुक्त प्रभावले यस्तो भएको हो,” उनले भने । काठमाडौंमा पनि लगातार पानी पर्ने सम्भावना नरहेको उनले बताए ।

घाम लाग्ने सम्भावना पनि कमै रहेको उनको भनाइ छ । “काठमाडौंमा पनि लगातार पानी पर्नेजस्तो देखिँदैन । घाम लाग्ने सम्भावना कमकमै छ, घाम लाग्न पनि सक्छ,” उनले भने, “घाम पनि छोटो समयको लागि देख्न सकिन्छ कतैकतै । तर, सबैतिर हिजोअस्तिको जस्तो बादल नदेखीकन घाम लाग्ने सम्भावनाचाहिँ छैन ।”

देशका अरू भूभागमा पनि यस्तै खालको मौसम हुने उनले उल्लेख गरे । “अन्त पनि उस्तैउस्तै सम्भावना हो । कोसी प्रदेशतिर घामको सम्भावना कठिन नै देखिन्छ,” उनले भने, “नत्र अरू स्थानमा कतैकतै छोटो समय घाम देखिन सक्छ।” तर, सुदूरपश्चिमको तराई भूभागमा घाम लाग्न सक्छ ।

“लुम्बिनी प्रदेशको पनि पश्चिमी तराईहरूमा घाम देखिने सम्भावना छ । अन्तको लागि सम्भावना कमकमै छ,” उनले भने । आजको तुलनामा भोलि (वैशाख १४) मौसममा ‘सुधार’ हुने सम्भावना रहेको उनले बताए । यसबीच गत २४ घण्टामा भने सबैभन्दा धेरै वर्षा प्युठानको फोप्लीमा भएको छ ।

फोप्लीमा ९७.६ मिलिमिटर वर्षा भएको विभागको रेकर्ड छ । यसैगरी लमजुङको फालेनी भन्ने स्थानमा ८८.२ मिलिमिटर वर्षा मापन भएको छ । शनिबार साँझको वर्षाका कारण काभ्रेमा बाढी आउँदा बीपी राजमार्गका डाइभर्सन बगेका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यो साताभर वर्षाको सम्भावना छ ।

मधेश, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा वर्षाको गतिविधि देखिने भएकाले तापक्रममा केही गिरावट आउने हुँदा शीतल महसुस हुनेछ । साथै तुवाँलो तथा वायु प्रदूषणमा पनि केही सुधार हुने अपेक्षा छ । विभागकी मौसमविद बिनु महर्जनले भनिन्, ‘यो साता मध्यम वर्षाको पानी पर्ने सम्भावना भएकाले गर्मी केही कम हुने देखिन्छ ।’

तराई भेगमा आज आइतबारदेखि मंगलबारभित्र कोशी, मधेश, बागमती प्रदेशका थोरै ठाउँमा तथा गण्डकी र लुम्बिनीका तराईका एक÷दुई ठाउँमा मध्यमसम्म पानी पर्ने सम्भावना छ । यसैगरी बुधबारदेखि विहीबारभित्र भने कोशी प्रदेशका धेरै ठाउँहरुमा र मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यम खालको पानी पर्ने प्रक्षेपण विभागले गरेको छ ।

पहाडी भेगमा पनि आइतबारदेखि मंगलबारभित्र कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा मध्यम खालको पानी पर्ने सम्भावना छ । बुधबारदेखि विहीबारभित्र भने कोशी, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यमसम्म पानी पर्ने सम्भावना छ ।

मौसमविद महर्जनका अनुसार हिमाली भेगमा पनि आइतबारदेखि मंगलबारभित्र कोशी, बागमती, गण्डकी प्रदेशका केही ठाउँहरुमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा पनि मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना छ ।

बुधबारदेखि बिहीबारभित्र कोशी, बागमती र गण्डकीका धेरै ठाउँहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । अहिले प्रिमनसुनको समय भएकाले पानी र हिउँसँगै मेघगर्जन चट्याङ् सहित असिना र हावाहुरीको पनि सम्भावना हुने भएकाले सावधानी अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ ।

Advertisement

भर्खरको समाचार

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top