×

NEPAL TIMES UPDATES

Playing
मधेसको मसिहा बन्न खोज्दै गगन, सुनाए १०० रुपैयाँमाथिको करको पीडा || Nepal Times
Apr 30, 2026
Playing
World News: ५० करोड डलरको इरानी क्रिप्टो जफत,नाकाबन्दी लम्ब्याउने, अमेरिकी पासपोर्टमा ट्रम्पको फोटो
Apr 30, 2026
Playing
चीनमा रोबोट कुकुरप्रति बढ्दो आकर्षण|| Nepal Times
Apr 30, 2026
Playing
नयाँ खतर नाक हतियार प्रयोग गर्ने इरानी धम्कीले ट्रम्प–नेतन्याहू तना वमा || Nepal Times
Apr 30, 2026
Playing
Top 15 Afternoon News || April-30-2026 || Nepal Times
Apr 30, 2026
Playing
रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने|| Nepal Times
Apr 30, 2026
Playing
गगनले यसरी लिए सिटौलासँग बदला, पूर्णबहादुरले भने अशुभ ! || Nepal Times
Apr 30, 2026
Playing
नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि || Nepal Times
Apr 30, 2026
Playing
आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी|| Nepal Times
Apr 30, 2026
Playing
Americaविरुद्ध Iranको उजु री, नाकाबन्दीले नै Iranलाई वार्तामा ल्याउने Trumpको निष्कर्ष|| Nepal Times
Apr 30, 2026

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

१७ बैशाख २०८३

१७ वैशाख , काठमाण्डौ।

सामान्य मानवीय दृष्टिकोणबाट हेर्दा पनि, कोहि घरबार हुनु, कसैको बस्ती उजाडिनु, हुँदाखाँदाको घरबाट बिचल्ली बनाउनु… कत्ति पनि राम्रो देखिने कुरा हैनन्। सरकारले खाली गराएका काठमाडौंका थापाथली, गैरीगाउँ, मनोहरा क्षेत्रमा सुकुमबासीहरू थिए। आफ्नै पाखुराको भरमा, पेट काटेरै भएपनी जसोतसो बाँचिरहेका थिए।

Advertisement
Advertisement

उनीहरू बाँचेका थिए तर असह्यै पीडा थियो, समस्याका चाङ थिए । कतिबेला बाढीले डुबाउने हो भन्ने त्रास देखि वातावरणकै कारण स्वास्थ्य जीवन नै संकटमा थियो । तर बालेन सरकारले वर्षाैदेखिको यो समस्यालाई मलम पट्टीलगाउन ३ दिनभित्र १९ सय बढी सुकुम्बासी परिवारको बस्ती भत्काइदियो ।

वर्षाैदेखिको थातथलो एकैक्षणमा माटोमा बिलिन हुन् कसैका लागि पनि असह्य पीडा हो । तर राज्यले नै सुकुम्बासीहरुको त्यो पीडा र बस्ती उजाडिएपछि खसेका आँसुलाई अब दोहोरिन नदिने भन्दै अन्तिम बनाउने वचन दिएपछि त्यही आशामा सुकुम्बासीहरु दिन गनेर आशाका साथ बसिरहेका छन् ।

ती क्षेत्रहरूमा केही नेता बन्न चाहने, वर्षौंदेखि सुकुम्बासीको नाम लिएर राजनीति गर्ने अनि त्यही आडमा करोडौंको सम्पत्ति र शक्ति आर्जन गर्ने व्यक्तिहरू नभएका हैनन्। तिनीहरूले सार्वजनिक जग्गा अतिक्रमण गरेनन् भन्न सकिंदैन। तर त्यहींनीर अर्को सत्य के हो भने, प्रायजसो त्यहाँ बस्ने व्यक्तिहरू दलित, जनजाति अनि उत्पीडित समुदायका व्यक्तिहरू थिए। उनीहरु कुनै रहरले त्याहा बसेका थिएनन्।

कतिपय आफ्नो परिवारको अन्य सबै सदस्य द्वन्दको क्रममा बितेर बाध्य भएर ती बस्तीहरूमा आएर बसेका थिए। कतिपय बाढीबाट विस्थापित भएर आएका मानिस थिए। कतिपय सामाजिक सीमा पार गरेपछि बहिष्करणमा परेपछि छाक टार्नका लागि दैनिक ज्याला मजदुरी गर्ने व्यक्तिहरू थिए।

बागमती सभ्यताले संकलन गरेको विवरणअनुसार थापाथलीका बासिन्दाहरूको मुख्य काम भनेकै निर्माण क्षेत्रमा काम गर्ने साधारण मजदुरहरू थिए। त्यसमा पनि अधिकांश सडकमा नाङ्लोमा सामान बेचेर एक छाक टारेर बसोबास गर्नेहरू थिए। प्राय त्यहाँका परिवारहरू संयुक्त परिवार थिए, जसले गर्दा त्यो ठाउँ छोड्न चाहेर पनि छोड्न सकेका थिएनन् उनीहरूले।

त्यहीकारण यो जटिल विषयलाई आयोग बनाएर दिगो समाधान खोज्नुपर्ने विज्ञहरूको सुझाव थियो। यसका लागि विभिन्न आयोगहरु नबनेका पनि होइनन्, तर अहिलेसम्मका आयोगले सुकुम्बासीका समस्या समाधानमा गर्न सकेनन् ।अहिले सरकारले सुकुम्बासी समस्यालाई जरा देखिनै समाधान गर्ने प्रयास स्वरुप बस्तीहरु हटाएपनि यसले सुकुम्बासीहरुलाई ठूलो मानसिक चोट पनि दिएको छ ।

घरमा डोजर चलाइनुअघि १७ वर्षीय रविन तामाङले आफैले आफ्नो ज्यान लिएको घटनालाई अहिले सुकुम्बासीको मानसिक पीडाको घटनाका रुपमा जोडेर हेर्ने गरिएको छ । गत साता सुकुम्बासी बस्ती खाली गर्न सरकारले दुई दिनको म्याद दिएपछि हस्तबहादुर तामाङका १७ वर्षीय छोरा रविन मानसिक रूपले आहत भए।

हस्तबहादुरका अनुसार सिन्धुपाल्चोक बार्हबिसेको आफ्नो गाउँमा जीविकोपार्जन गर्न मिल्ने जायजेथा केही नभएको र मनोहरामा पनि बसिरहेको ठाउँबाट एकाएक बाहिरिनुपर्दा कसरी गुजारा चलाउने होला भनेर उनका छोरा रविन मानसिक रूपले पिरोलिएका थिए। वैशाख १० मा मनोहरा सुकुम्बासी बस्तीको आफ्नै घरको शौचालयमा रविनले प्राण त्यागे।

एकातिर छोरा गुमाएको शोक अनि अर्कोतिर बस्तीमा डोजर चलाइएको, यी दुवै शोकमा रहेका हस्तबहादुर भन्छन्, ’गाउँमा केही छैन, अब यो बस्तीमा पनि डोजर चल्यो भने कसरी बाँच्ने होला भन्ने चिन्तामा ऊ सधैं पिरोलिन्थ्यो,’ हस्तबहादुरले भने, ’त्यही चिन्ताले यस्तो निर्णय लिएको हुन सक्छ।’

उनकी श्रीमती कान्छी तामाङ दमकी दीर्घरोगी छन्। आमा पक्षघातका कारण ओछ्यानमै थलिएकी छन्। बुबा मुटुरोगबाट पीडित छन्। बहिनी रेलीमाया तामाङ पनि त्यही बस्तीमा अर्कै झुपडीमा बस्थिन्। यस्तै अर्काे घटना बाहिरिएको छ,प्रवेश परियारको ।

शनिबार बिहान थापाथलीको सुकुमवासी बस्तीमा सरकारले डोजर चलाएपछि गर्भवती पत्नी अनि ६ जनाको परिवार लिएर प्रवेश परियार कीर्तिपुरस्थित आश्रम पुगे। ‘जाने ठाउँ कही छैन। कोठा खोज्ने समय पुगेन । श्रीमतीलाइ सुत्केरीका लागि यही ३० गते समय दिएको छ । यहाँ आएपछि विरामी भइरहेको छ,’ उनले चित्कार सुनाए।

९ महिना पुग्नै लागेकी गर्भवती पत्नीलाई दुखाई बढ्दै गएपछि प्रसूति गृह लगेका थिए। ज्यामी काम गरेर गुजारा गर्दै गरेका उनलाई अस्पतालमा औषधि उपचार गर्ने पैसा समेत छैन। उदयपुरबाट २० वर्षअघि प्रवेशलाई आमाले थापाथलीको सुकुमवासी बस्तीमा ल्याएकी थिइन।

यही बस्तीमा हुर्किएका प्रवेशले विवाह गरेको धेरै भएको छैन। यो सुकुम्बासी बस्ती खाली गर्ने अभियानमा केही थान तथाकथित हुकुम्बासीहरूले जग्गा–जमिन जोडेको बास्तविक खबरहरुले प्रवेशजस्ता सुकुम्बासीहरूको मर्कालाई छाँयामा पारिदिएको छ ।

नेपालको भूमिहीन वा सुकुम्बासी हुनु रहर हैन। यो त राज्य प्रणाली र भूस्वामित्व वितरण ऐतिहासिक रूपमै अन्यायपूर्ण थियो। राणा–शाह शासनको बिर्ता, जागिर, जमिन्दारीजस्ता प्रथा, दलित समुदायप्रतिको उपेक्षा र बहिष्करणले आम नागरिकको एक हिस्सालाई शताब्दिऔंदेखि भूमिहीन राख्यो।

यस्ता नागरिकलाई एकपटक राज्यले निःशुल्क भूस्वामित्व प्रदान गरेर ऐतिहासिक गल्तीलाई सच्याउने प्रतिबद्धता संविधानको मौलिक हकमा व्यवस्था छ। तर, संविधान जारी भएको दशक बित्दासमेत लागू भएको छैन। यो बीचमा जति पनि सरकार बने तिनले यो समस्यालाई समाधान गर्नुको साटो आफ्नो सुरक्षित भोट बैंकका रुपमा रुपान्तरण गरे ।

आज बालेन सरकारले यसको दीर्घकालीन समाधानको बाटो समाएको छ ।अनि पटक पटक सत्तामा पुगेर पनि समस्या समाधान गर्न नसकेका, सरकार परिवर्तन पिच्छे भूमि आयोगमा आफ्ना नेता कार्यकर्ता भर्ती केन्द्र बनाएका तिनै दलले आज सरकारको कदमप्रति विरोध स्वरुप प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाका विपक्षी दलहरूले सरकारलाई ९ बुँदे ध्यानाकर्षण गराएका छन् । आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतकको संयुक्त बैठकले देशका विभिन्न स्थानमा सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकको छानबिन, लगत सङ्कलन र पहिचान तथा वैकल्पिक आवासको व्यवस्था नगरी डोजर चलाएकोप्रति आपत्ति जनाएको छ । बैठकले सरकारको यस्तो रवैया तत्काल रोक्न माग गरेको छ ।

Advertisement

भर्खरको समाचार

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top