कात्तिक २९ : ग्याष्ट्रिक प्राय नेपालीहरुको रोग हो भन्दा फरक नपर्ला । खराब खानपानका कारण नेपालीहरुमा ग्याष्ट्रिक बढेको पाईन्छ ।
खाना र खाना खाने शैलीको कारण नेपालीहरु यस समस्याबाट ग्रसित छन् । पेटसँग सम्बन्धित यो समस्याले समग्र स्वास्थ्यमा प्रतिकुल असर पार्छ । समयमा नै यसबाट छुटकारा पाउन सकिएन भने दीर्घकालिन पीडा बन्छ यो । ग्याष्ट्रिकले अरु संकटको जन्म दिन्छ ।
के हो ग्याष्ट्रिक ?
गाउँघरतिर यसलाई ‘ग्याँस’ वा ‘गानो’ पनि भनिन्छ । पेटको भित्री भाग सुन्निनु नै ग्याष्ट्रिक हो । ग्यासट्राइटिस भएमा फुलेको, पेटमा हावा भरिएको अनुभव हुने, राम्रासँग खाना नपच्ने, लामो समय खाना नखादा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहनेलगायतका समस्या हुने गर्छ ।
यसले पाचन प्रकियामा पनि बाधा उत्पन्न गर्छ । जसले गर्दा शरिरमा रगत, क्याल्सीयमको कमी हुनेदेखि विस्तारै अल्सर र क्यान्सरसम्म समस्या निम्त्याउने गर्छ । त्यसैले ग्यासट्राइटिसको समयमै उपचार गर्न जरुरी हुन्छ ।
यी खानाबाटै पनि ग्याष्ट्रिक निको पार्न सकिन्छ ः
प्रोबायोटिकयुक्त खाना
ग्यास्ट्राइटिसको मख्य कारणमध्येको एक हो हेलिकोब्याक्टर पाइलोरी ब्याक्टेरिया । प्रोवायोटिकयुक्त खानाले त्यस्ता व्याक्टेरियालाई नष्ट गर्छ । दही, मोही, प्रोबायोटिक सप्लीमेण्ट आदी खाद्यपदार्थमा प्रोवायोटिकको मात्रा अत्याधिक हुने गर्छ ।
एन्टिअक्सिडेन्टयुक्त खानेकुरा
एन्टिअक्सिडेन्टयुक्त खानेकुराले सुन्निएको पेटेको पेटको भित्रि तहलाई कम गर्छ । एन्टिअक्सीयाण्टयुक्त खाना भनेका भिटामिन सी, ए, फ्ल्याभोनोइड, क्यारोटेनोइड, फाइटोकेमिकल हुने गर्छन् । ताजा फलफूलहरु, सागसब्जी, प्याज, लसुन, अदुवा, बेसार, ब्रोकाउली, बन्दाकोबी, कालो चामललगायतका खाद्यपदार्थमा एन्टिअक्सिडेन्ट मात्रा अत्याधिक हुने गर्छ ।
लसुन
लसुलाई आयुर्वेदले पनि निकै महत्वपूर्ण खानाको रुपमा लिने गर्छ । यसलाई वर्षौदेखि घरेलु औषधीको रुपमा पनि प्रयोग गरिदै आइएको छ । लसुनलाई काँचै पनि सेवन गर्न सकिन्छ ।
यसमा प्राकृतिक एन्टीबायोटिक, एन्टीइन्फ्लामेटरीलगायतका तत्व हुने गर्छन् । जसले हेलिकोब्याक्टर पाइलोरी ब्याक्टेरियालाई नष्ट गर्नमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ । त्यतिमात्र नभएर लसुनले ग्यास्ट्राइटिसले पेटमा पार्ने असरलाईसमेत कम गर्दै लैजान्छ ।
स्वस्थकर प्रोटिन
प्रटिनयुक्त खानाको प्रयोगले मात्र ग्यासट्राईटिसको समस्या समाधान हुँदैन । हर्मोन र एन्टीवायोटिक वढी प्रयोग गरिएको मासुबाट स्वस्थकर प्रोटिन प्राप्त गर्न सकिदैन । यस्ता प्रोटिनले ग्यास्ट्राइटिसको असरलाई झन बढाउने काम गर्र्छ । घाँस खुवाइएको पशु, खुला पालिएका कुखुराको मासु, खोर वाहीरको अण्डा, गेडागुडी, स्पाइरुलिना आदिबाट स्वस्थकर प्रोटिन प्राप्त गर्न सकिन्छ ।
फाइबरको प्रयोग
ग्यास्ट्राईटिसको समस्या समधानमा फाइवरयुक्त खानाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यस्ता प्रकारका खानाले पाचन पक्रियासम्बन्धि समस्यालाई पनि निराकरण गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।
हार्बड स्कुल अफ पब्लीक हेल्थको खोजअनुसार बढी फाइबर भएका खानाको सेवन गर्दा अल्सरको सम्भावना ६० प्रतिशतले कमी भएर जाने गर्छ । अल्मोण्ड, आँटा, ब्राउन राइस, चिया सिड, आलस, पानीमा भिजाइएको गेडागुडी, टुसा उमारिएको गेडागुडी, फलफूल, सागसब्जीलगायतका खाद्यपदार्थमा फाइवरको मात्रा बढी हुने गर्छ ।
स्वस्थकर फ्याट
बढी तताइएको तेलयुक्त खानेकुराहरु जस्तो की ससेज, आलु, चिप्स, समोसा, जुलेवी र मासुमा पाइने वोसोलाई अस्वस्थकर फ्याटको रुपमा लिइन्छ ।
यस्ता प्रकारका फ्याटलाई सकेसम्म आफ्नो दैनिकीबाट टाढा राख्न जरुरी हुन्छ । त्यसको सट्टामा उमेगा ३ फ्याटी एसीडको प्रयोग गर्न सकिन्छ । जुन स्वस्थकर फ्याट हो । यसको दिनहु सेवनले ग्यास्ट्राइटिसको असर विस्तारै कम भएर जाने गर्छ । माछाको तेल, अल्मोण्ड, काजु, एभोकाडो, आलस, चिया सिडआदिबाट उमेगा ३ प्राप्त गर्न सकिन्छ ।