आर्सनल र सिटी विजयीः मेरिनोको २ गोल, मार्मुसको ह्याट्रिक

४ फागुन , एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लेस्टर सिटीलाई हराएको छ । आर्सनलले लेस्टर सिटीलाई २–० गोलले हराएको हो । उसका मिकेल मेरिनोले खेलको दोस्रो हाफमा दुई गोल गरे । तालिकाको दोस्रो स्थानमा रहेको आर्सनलको २५ खेलमा ५३ अङ्क भएको छ । पराजित लेस्टर सिटी समान २५ खेलमा १७ अंकका साथ १९… Continue reading आर्सनल र सिटी विजयीः मेरिनोको २ गोल, मार्मुसको ह्याट्रिक

सिटीकोे नमिठो हार, लेवान्डोव्स्की फेरि नायक

२१ माघ , एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी आर्सनलसँग स्तब्ध भएको छ । आर्सनलले आइतबार प्रिमियर लिगको शीर्षक होडमा सशक्त सन्देश दिँदै साविक विजेता म्यानचेस्टर सिटीलाई ५–१ को फराकिलो अन्तरले हराएको छ । योसँगै शीर्ष स्थानको लिभरपुलसँगको दूरी ६ अंकमा झारेको छ । कप्तान मार्टिन ओडेगार्डले दोस्रो मिनेटमै आर्सनललाई अग्रता दिलाएका थिए ।… Continue reading सिटीकोे नमिठो हार, लेवान्डोव्स्की फेरि नायक

सिटीले तोड्यो हारको शृंखला

२० मंसिर, एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातारको हारको शृंखला तोडेको छ । लिगमा दसौं खेलदेखि लगातार पराजित भएको सिटीले गएराति नटिंघम फरेस्टमाथि तीन गोल गर्दै हारको शृंखला तोडेको हो । इतिहाड स्टेडियममा बर्नार्डो शिल्भा, केभिन डि ब्रुयन र जेरेमी डोकुले गोल गर्दा सिटीले ३–० ले विजयी भएको हो । खेलको आठौं मिनेटमै… Continue reading सिटीले तोड्यो हारको शृंखला

सिटी खराब लयमै, चौथो हार

९ मंसिर ,एजेन्सी । पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार चौथो हार व्यहोरेको छ । सिटीले शनिबार राति भएको खेलमा घरेलु मैदान इत्तिहाद रंगशालामै टोटनहमविरुद्ध ४–० को फराकिलो हार व्यहोरेको हो । टोटनहमको जितमा जेम्स म्याडिसनले दुई गोल गरे । पेड्रो पोरो र ब्रनान जोन्सनले समान एक गोल थपे । खेलको १३औँ… Continue reading सिटी खराब लयमै, चौथो हार

ला लिगामा बार्सिलोना चम्कियो

२ भदौ , एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुल र आर्सनलले विजयी शुरुवात गरेका छन् । गएरातीको पहिलो खेलमा लिभरपुलले नवप्रवेशी इपस्विचलाई तथा अर्को खेलमा आर्सनलले उल्भ्सलाई २–० गोलले हरायो । इपस्विचको घरेलु मैदानमा भएको खेलमा लिभरपुलका डिएगो जोटा र मोहम्मद सलाहले समान एक÷एक गोल गरे । त्यस्तै अर्को खेलमा आर्सनलका काई हाभार्ट र बुकायो… Continue reading ला लिगामा बार्सिलोना चम्कियो

प्रिमियर लिगः आज ६ खेल, युनाइटेडलाई जोशुआ फापे

१ भदौ , एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ । गएराति देखि शुरु भएको नयाँ सिजनमा युनाइटेडले विजयी सुरुवात ग¥यो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा युनाइटेडले फुलहमलाई १–० गोलले हरायो । हालै युनाइटेडमा आबद्ध भएका नेदरल्यान्ड्सका फरवार्ड जोशुआ जिर्कजीले खेलको ८७ औँ मिनेटमा गरेको गोल नै… Continue reading प्रिमियर लिगः आज ६ खेल, युनाइटेडलाई जोशुआ फापे

इंग्लिस प्रिमियर लिगमा आज ४ खेल, आर्सनल शीर्ष स्थानमा

९ वैशाख , एजेन्सी । चेल्सीलाई हराउँदै साविक विजेता म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको पहिलो सेमिफाइनलमा सिटीले चेल्सीलाई १–० गोलले हरायो । सिटीले झिनो जित निकाल्दै उपाधि भिडन्त पक्का गरेको हो । सिटीको जितमा बर्नार्डो सिल्भाले खेलको ८४औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । केभिन डी ब्रुइनले बक्स… Continue reading इंग्लिस प्रिमियर लिगमा आज ४ खेल, आर्सनल शीर्ष स्थानमा

म्यानचेस्टर सिटीको शानदार जित,युनाइटेड हारबाट जोगियो

२ वैशाख , एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शनिबारको खेलमा लुटन टाउनलाई ५–१ ले हराउँदै जित दर्ता गरेको छ । सिटीका माटेओ कोभाए, एर्लिङ हालान्ड, जेर्मी डोकु र जाको गाभ्राडिओलले समान १ गोल गरे । लुटनका लागि रोस ब्राकलेले गोल फर्काए । सिटीले सुरुआती अग्रता आत्मघाती गोलबाट लिएको थियो । दोस्रो मिनेटमा लुटनका… Continue reading म्यानचेस्टर सिटीको शानदार जित,युनाइटेड हारबाट जोगियो

लिड्सको पोष्टमा लिभरपुलको गोलवर्षा

५ वैशाख, काठमाण्डौ । इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको एक मात्र खेलमा लिभरपुलले लिड्स युनाइटेडको पोष्टमा गोलको वर्षा गरेको छ । लिड्सविरुद्ध लिभरपुलले ६–१ को शानदार जित निकालेको छ । लिड्सको मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन मोहमद सलाहा र डिएगो जोटाले २–२ तथा कोडी गाक्पो र डार्विन नुनेजले समान एक–एक गोल गरे ।… Continue reading लिड्सको पोष्टमा लिभरपुलको गोलवर्षा

एस्टन भिल्ला र वेस्टह्याम विजयी/लिभरपुल र चेल्सीको बराबरी

८ माघ,एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले बराबरी खेल्दै अंक बाँडेका छन् । लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । एनफिल्डमा शनिबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगिन पुग्यो । खेलको तेस्रो मिनेटमा नै काई हाभर्टजले गोल… Continue reading एस्टन भिल्ला र वेस्टह्याम विजयी/लिभरपुल र चेल्सीको बराबरी

इंग्लिस प्रिमियरमा चेल्सीको पूनरागमन जित

१५ असार, एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २–१ गोलले हरायो । खेलको सातौं मिनेटमा ओडसोनी इडुआर्डले गोल गर्दै क्रिस्टललाई सुरुआती अग्रता दिलाएका थिए । तर खेलको ३८ औं मिनेटमा पिएरे इमिरिक औवामियाङले गोल गर्दै चेल्सीलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि… Continue reading इंग्लिस प्रिमियरमा चेल्सीको पूनरागमन जित

आज बाट इंग्लिस प्रिमियर लिग २०२२–२३ को नयाँ सिजन सुरु हुँदै

२० साउन,एजेन्सी । इंग्लिस प्रिमियर लिग २०२२–२३ को नयाँ सिजन आज शुक्रबार बाट सुरु हुँदैछ । सिजनको उद्घाटन खेलको लण्डन डर्बी भिडन्तमा आर्सनल र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।पहिलो दिन एक मात्र खेल हुँदा दुबै क्लब जितसहित नयाँ सिजन सुखद् सुरुवात गर्न चाहन्छन् ।

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.