पूर्वराजाले यसवर्ष सर्वसाधारणलाई टीका नलगाइदिने

१२ असोज, काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । बडा दशैं तथा तिहारको अवसरमा जारी शुभकामना सन्देशमार्फत उनले यसबारे जानकारी दिएका छन् । जेनजी आन्दोलनका क्रममा सहिद भएका घटनाले देश शोकमग्न भएको र संवेदनशील वातावरणलाई मध्यनजर गर्दै सार्वजनिकरूपमा टिका लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरेको उनले स्पष्ट पारेका छन् ।… Continue reading पूर्वराजाले यसवर्ष सर्वसाधारणलाई टीका नलगाइदिने

ज्ञानेन्द्रविरुद्ध गणतन्त्रवादीहरुको एक स्वर

१८ चैत, काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकहरुको सक्रियतासँगै शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनापछि गणतन्त्र पक्षधर राजनीतिक दलहरू एकजुट भएका छन् । उनीहरुले तीनकुने र आसपास क्षेत्रमा शुक्रबार भएको तोडफोड, आगजनी र लुटपाट घटनामा मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको निष्कर्ष निकालेका छन् । ज्ञानेन्द्रले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था उल्टाउने भूमिका निर्वाह गरिरहेको राजनीतिक… Continue reading ज्ञानेन्द्रविरुद्ध गणतन्त्रवादीहरुको एक स्वर

चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट

११ चैत, काठमाण्डौ। पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्ला गतिविधिले नेपालमा राजनीतिक तरंग ल्याएको छ। गणतन्त्र प्राप्तिको झन्डै दुई दशकपछि, राजावादीहरूको आन्दोलन उच्च बिन्दुमा पुगेको देखिन्छ। पूर्वराजाले जनताको साथ मागेपछि गणतन्त्रको भविष्यबारे बहस पुनः उत्कर्षमा पुगेको छ। यसको प्रतिकारमा गणतन्त्र पक्षधरहरू एकजुट हुँदै चैत १५ गते प्रदर्शनको तयारीमा छन्।एकातिर, समाजवादी मोर्चा छ । जसमा माओवादी केन्द्र, एकीकृत… Continue reading चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट

राजा फर्काउँछु भन्नेहरुको प्रसाईंले सात्तो खाए,तीन जना तीन तिर

२७ फागुन , काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार काठमाडौंका सडकमा उत्रिएको प्रर्दशनको श्रेय लिन राजावादीहरुमा होडबाजी चलिरहेको छ। राप्रपा, राप्रपा नेपाल पूर्वराजाको स्वागत सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै उत्साहित भइरहेको बेला त्यही अभियानमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भने कसैले नसकेको काम आफूले गरेको दाबी गरेका छन् । उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन… Continue reading राजा फर्काउँछु भन्नेहरुको प्रसाईंले सात्तो खाए,तीन जना तीन तिर

ओलीविरुद्ध उभिन विद्या भण्डारीले खुट्टा कमाइन्

१८ फागुन , काठमाण्डौ । नेपालका दुई ठूला दल नेपाली कांग्रेस र एमाले । प्रतिनिधिसभामा पहिलो र दोस्रो ठूला यी दुई दलकै नेतृत्वमा अहिले संघीय सरकारदेखि मधेस प्रदेश बाहेकमा प्रदेश सरकारहरु रहेका छन् । सबैभन्दा पूरानो प्रजातान्त्रिक दल कांग्रेसमा नेता पिच्छेका गुटमाथि गुट रहेका छन् । उनीहरु गुटलाई आन्तरिक लोकतन्त्र ठान्छन् । तर कम्युनिष्ट विचारधाराको… Continue reading ओलीविरुद्ध उभिन विद्या भण्डारीले खुट्टा कमाइन्

राजाबाट रैती बनेका ज्ञानेन्द्रले किन मागे जनताको साथ ?

७ फागुन , काठमाण्डौ , । पूर्वराजा ज्ञानेन्द्र शाहले ७५औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्र बचाउन जनताको साथ आवश्यक रहेको बताएका छन्। उनको यस अभिव्यक्तिले विभिन्न राजनीतिक तरङ्ग उत्पन्न गरेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भइसकेको नेपालमा पूर्वराजाको यस्तो अपिलले अनेक प्रश्न जन्माएको छ— के अब ज्ञानेन्द्र शाह सक्रिय राजनीतिमा फर्कन चाहन्छन्… Continue reading राजाबाट रैती बनेका ज्ञानेन्द्रले किन मागे जनताको साथ ?

पूर्वराजाको सन्देश, सुनको कमण्डलुमा भिख,देशको चिन्तैचिन्ता

२६ पुष, एजेन्सी । पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भिडियो मार्फत शुभकामना सन्देश जारी गर्दै नेपालमा भूराजनीतिक परिस्थिती जटिल बन्दै गएको भन्दै नेपाल कसैको रणमैदान नभएको उल्लेख गरेका छन् । जारी वक्तव्यमा उनले नेपालमा यति बेला सुनको कमण्डलु थापेर अरूसँग भिख माग्दै सीपको दुरुपयोग गर्ने काम भइरहेको उल्लेख गरेका छन्… Continue reading पूर्वराजाको सन्देश, सुनको कमण्डलुमा भिख,देशको चिन्तैचिन्ता

चार दिन भुटानमा के–के गरेर फर्किए पूर्वराजा ?

२० असोज , काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाह चार दिने भुटान भ्रमण सकेर स्वदेश फर्किएका छन् । भुटानी राजपरिवारको निमन्त्रणामा बिहीबार पारिवारिक सदस्यहरूसहित भुटान पुगेका पूर्वराजा शाह आज बिहान स्वदेश फर्किएका हुन् । पूर्व राजा शाहसँगै उनकी छोरी प्रेरणा, भतिजी सितास्मासहित निजी सचिवालयका सहयोगीहरूसहित भुटान गएका थिए । नीजि एवं धार्मिक भ्रमणमा भुटान गएका भनिएका… Continue reading चार दिन भुटानमा के–के गरेर फर्किए पूर्वराजा ?

पूर्वराजालाई बदनाम गराउने को हुन् ? राप्रपा कि प्रसाईँ ?

१ फागुन , विराटनगर । राजनीतिक दलहरूले पूर्वराजालाई बदनाम गराउने काम मात्र गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आरोप लगाएका छन् । राप्रपा नेपालको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन वीरगञ्ज आइपुगेका अध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनौती दिँदै भने, ‘प्रधानमन्त्रीज्यूमा हिम्मत छ भने एकपटक दरबार हत्या काण्डको… Continue reading पूर्वराजालाई बदनाम गराउने को हुन् ? राप्रपा कि प्रसाईँ ?

नेपालीलाई धरापमा पार्ने प्रपञ्च गरियोः पूर्वराजा

१४ असोज, काडमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिकता विधेयकतर्फ संकेत गर्दै बाहिरियाहरुलाई भित्र्याएर वास्तविक नेपालीलाई धरापमा पार्ने प्रपञ्च गरिएको दाबी गरेका छन् । राष्ट्र र राष्ट्रियता सर्वाधिक संकटापन्न स्थितिमा रहेको बताउँदै उनले अहिले बलियो मियो आवश्यक रहेको पनि बताएका छन् । दशैंको अवसरमा भिडियो सन्देश मार्फत शाहले सो कुरा बताएका हुन् । ‘बलियो मियोमा आबद्ध… Continue reading नेपालीलाई धरापमा पार्ने प्रपञ्च गरियोः पूर्वराजा

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.