दुई दिनको बाढी पहिरो र डुबानले कहाँ कति क्षति भयो ?

१४ असोज , काठमाण्डौ । नेपालीहरुको महान चाड दशैैं नजिकिरहेको छ । अध्ययन, रोजगारीदेखि व्यापार व्यवसाय र राजनीतिको गढ मानिएको काठमाडौंमा बसोबास गर्नेहरु दशैंमा आआफ्नै थाकथलो फर्किने गर्दछन् । हरेक वर्ष काठमाडौंबाट २० लाखको हाराहारीमा सर्वसाधारणले उपत्यका छाड्ने गर्दछन् । अर्काेतर्फ यातायात व्यवसायीका लागि समेत सबैभन्दा बढी कमाउने अवसर दशैं रहने गर्दछ । गत बिहिबार… Continue reading दुई दिनको बाढी पहिरो र डुबानले कहाँ कति क्षति भयो ?

लगातारको ठूलो वर्षाका कारण पोखेरामा कतै पहिरो, कतै डुबान

१६ साउन, कास्की । पोखरामा गएरातिदेखि नै ठूलो पानी परिरहेको छ । लगातारको ठूलो वर्षाका कारण कतै पहिरो गएको छ भने कतै डुबान भएको छ । पोखरा महानगरपालिका–१३ कमल पोखरी क्षेत्रका करिब एक सय घर डुबानमा परेको वडा अध्यक्ष किरण बरालले जानकारी दिए । उनले गएराति १० बजेदेखि घरहरु डुबानमा पर्न थालेको र आफू रातभर… Continue reading लगातारको ठूलो वर्षाका कारण पोखेरामा कतै पहिरो, कतै डुबान

भारत र बङ्गलादेशमा भीषण बर्षाले जनजीवन प्रभावित, ५९ जनाको मृत्यु

६ असार, एजेन्सी । भिषण वर्षाका कारण भारत र बङ्गलादेशको जनजीवन प्रभावित भएको छ । बाढी र पहिरो तथा चट्याङ्गमा परेर ५९ जनाको ज्यान गएको छ । कयौँ बाढी पहिरोमा फसेका छन् । बाढी पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने जनाइएको छ । त्यहाँको मौसम विभागले अझै केही दिन भिषण वर्षाको चेतावनी दिएको अन्तर्राष्ट्रिय… Continue reading भारत र बङ्गलादेशमा भीषण बर्षाले जनजीवन प्रभावित, ५९ जनाको मृत्यु

झापाको रतुवा खोलामा आएको बाढीले १३ परिवार विस्थापित, २५ घर डुबानमा

६ असार, झापा । झापाको रतुवा खोलामा अविरल वर्षापछि आएको बाढीले जमिन कटान गर्दा १३ परिवार विस्थापित भएका छन् भने २५ घर डुबानमा परेका छन् । दमक नगरपालिका–७ रेडक्रस भवन पछाडिको खोला किनार नजिक रहेको बस्तीमा बाढीले कटान गर्दा १३ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए… Continue reading झापाको रतुवा खोलामा आएको बाढीले १३ परिवार विस्थापित, २५ घर डुबानमा

ताप्लेजुङमा पहिरोले आठ घर बगायो

५ असार, ताप्लेजुङ । ताप्लेजुङमा आठ वटा घर पहिरोले बगाएको छ । निरन्तर वर्षा भएसँगै गएको पहिरोले आठ वटा घर बगाएको हो । गएको बिहीवारयता जिल्लामा वर्षाका कारण बाढी–पहिरोले क्षति गर्न थालेको हो । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरीजङ्घा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी तीन घर पहिरोले… Continue reading ताप्लेजुङमा पहिरोले आठ घर बगायो

मुग्लिन–आँबुखैरेनी सडकमा पहिरो गएको ठाउँमा २ जनाको शव फेला

jiff{n] efl;Psf] ;8s bdf}nL, @& h]7 M k[YjL/fhdfu{ cGtu{t tgx'Fsf] cfFa'v}/]gL ufpFkflnsf–$, ;fFv/l:yt 8ofd glhs jiff{sf sf/0f z'qmaf/ laxfg efl;Psf] ;8s . ;8s efl;Pkl5 k[YjL/fhdfu{ k"0f{ ?kdf cj?4 ePsf] 5 . tl:a/ M s[i0f Gof}kfg]÷/f;;

२७ जेष्ठ, तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा पहिरो गएको ठाउँमा २ जनाको शव भेटिएको छ । राति सडक नै टुट्ने गरी पहिरो जाँदा कार र मोटरसाइकल नदीमा खसेको डीएसपी युवराज खड्काले जानकारी दिए । मृतक दुवैको परिचय खुल्न नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए । त्यहाँ कार… Continue reading मुग्लिन–आँबुखैरेनी सडकमा पहिरो गएको ठाउँमा २ जनाको शव फेला

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध

२७ जेष्ठ, चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोलामा सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । बागमती ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरका अनुसार आज बिहान पौने ९ बजेको समयमा इच्छाकामना गाउँपालिका–६ तोपेखोला नजिकै सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । हिजो पनि पहिरोका कारण सवारी साधन बीचबाटोमै रोकिएका थिए… Continue reading सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध

मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति

२६ जेष्ठ, काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची नगरपालिका ७ र ११ लाई जोड्न ह्युमपाइप राखेर बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रकाश सापकोटाका अनुसार फड्केश्वरी भन्ने स्थानमा ह्युमपाइप राखेर बनाइएको स्थानमा बाढीले क्षति पुर्याएको हो । अहिले त्यहाँ डोजर प्रयोग गरेर मर्मत गर्ने काम भइरहेको उनले जानकारी… Continue reading मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति

आज पनि देशका धेरै ठाउँमा वर्षा, पूर्वी क्षेत्रमा बाढीपहिरोको जोखिम

२६ जेष्ठ, काठमाडौँ । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा रातिदेखि नै परेको पानी रोकिएको छैन । अहिले पानी पर्न रोकिएका काठमाण्डौ लगायतका ठाउँमा दिउँसो फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताए । उनका अनुसार पछिल्लो समय प्रदेश १, वाग्मती, गण्डकी र मधेस प्रदेशका धेरै ठाउँमा… Continue reading आज पनि देशका धेरै ठाउँमा वर्षा, पूर्वी क्षेत्रमा बाढीपहिरोको जोखिम

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.