बंगलादेशलाई हराउँदै नौ वर्षअघिको इतिहास दोहोर्‍याउने नेपालको लक्ष्य

१२ भदौ, विराटनगर । काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनल खेल बुधबार (आज) हुँदै छ । उपाधिका लागि घरेलु टोली नेपालले साविकको उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल सातदोबाटोस्थित एन्फा मैदानमा दिउँसो २ः३० बजेदेखि सुरु हुने छ । फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ… Continue reading बंगलादेशलाई हराउँदै नौ वर्षअघिको इतिहास दोहोर्‍याउने नेपालको लक्ष्य

दशरथ रंगशालाको अवस्था सुध्रिएन, नेपाल र बंगलादेशको फाइनल खेल एन्फा कम्प्लेक्समै हुने

११ भदौ, विराटनगर । काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपको फाइनल खेल एन्फा कम्प्लेक्समै हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको अवस्था नसुध्रिएका कारण फाइनल खेल एन्फा कम्प्लेक्सै हुने जनाएको हो । यसअघि समूह चरण र सेमिफाइनल एन्फा कम्प्लेक्समै भए पनि फाइनल भने दशरथ रंगशालामा गराउने… Continue reading दशरथ रंगशालाको अवस्था सुध्रिएन, नेपाल र बंगलादेशको फाइनल खेल एन्फा कम्प्लेक्समै हुने

फाइनल पुग्न भारत र बंगलादेश भिड्दै, विजेताले उपाधिका लागि नेपालसँग खेल्नुपर्ने

१० भदौ, विराटनगर । काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलअन्तर्गत सोमबार (आज) दोस्रो सेमिफाइनलको खेल हुँदै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेदेखि सुरु हुने खेलमा डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् । गत संस्करणमा भारतले पेनाल्टी सुटआउटमा बंगलादेशलाई पराजित गर्दै उपाधि जितेको थियो । अब, भारत र बंगलादेशबीचको विजेता टोलीले… Continue reading फाइनल पुग्न भारत र बंगलादेश भिड्दै, विजेताले उपाधिका लागि नेपालसँग खेल्नुपर्ने

साफ यु-२० च्याम्पियनसिप : सेमिफाइनल एन्फा कम्प्लेक्समा, फाइनल दशरथ रंगशालामा

८ भदौ, विराटनगर । आइतबारदेखि सुरु भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने भएको छ । एन्फाका प्रवक्ता सुरेश शाहले दशरथ रंगशाला खेल्न नमिल्नेगरी बिग्रिएकोले च्याम्पियनसिप एन्फा मैदान सातदोबाटो मै हुने छ । साफले पठाएको म्याच कमिस्नरले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदान अझै खेलाउन योग्य नदेखिएको रिपोर्ट दिएपछि… Continue reading साफ यु-२० च्याम्पियनसिप : सेमिफाइनल एन्फा कम्प्लेक्समा, फाइनल दशरथ रंगशालामा

साफ यु-२० च्याम्पियनसिप : नेपालले फाइनल पुग्न भुटानसँग खेल्ने

७ भदौ, विराटनगर । घरेलु टोली नेपालले काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा भुटानसँग खेल्नुपर्ने भएको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा भारतले माल्दिभ्सलाई हराएर समूह ‘बी’ को विजेता बनेसँगै नेपालले भुटानलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो । दुवै खेल हारेको माल्दिभ्स बाहिरिएसँगै समूह उपविजेता बनेको भुटानले फाइनल प्रवेशका… Continue reading साफ यु-२० च्याम्पियनसिप : नेपालले फाइनल पुग्न भुटानसँग खेल्ने

साफ यू-२० च्याम्पियनसिप : आज भारत र माल्दिभ्सले खेल्ने

७ भदौ, विराटनगर । काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलमा आज भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्दै छन् । एन्फा मुख्यालय सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराह्न ३ बजेदेखि सुरु हुने खेलमा दुवै टोली एक-अर्कालाई हराउने दाउमा हुने छन् । आज समूह ‘बी’ अन्तर्गत भारत र माल्दिभ्सले खेल्न आँटेका हुन् । जारी प्रतियोगितामा… Continue reading साफ यू-२० च्याम्पियनसिप : आज भारत र माल्दिभ्सले खेल्ने

समूह विजेता बन्न नेपाल र बंगलादेश भिड्दै

६ भदौ, विराटनगर । काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपको समूह ‘ए’ को विजेता बन्न घरेलु टोली नेपाल र बंगलादेशले बिहीबार (आज) प्रतिस्पर्धा गर्दैछन् । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार अपरान्ह्र ३ बजेबाट सुरु हुने छ । नेपाल र बंगलादेश यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् । मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–०… Continue reading समूह विजेता बन्न नेपाल र बंगलादेश भिड्दै

आजदेखि साफ, श्रीलंकाविरुद्ध खेल्दै नेपाल, लक्ष्य उपाधि

२ भदौ , एजेन्सी । साफ यु–२० च्याम्पियनसिप प्रतियोगिता  आजदेखि सुरु हुँदैछ । आजको उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दैछन् । एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजेबाट सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।  १२ भदौसम्म चल्ने प्रतियोगितामा आयोजक नेपालसहित नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरी ६ देशले… Continue reading आजदेखि साफ, श्रीलंकाविरुद्ध खेल्दै नेपाल, लक्ष्य उपाधि

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.