सशस्त्रका ७७ युनिट गाडीविहीन, २६ वटा गाडी भिआइपीलाई

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालका २६ वटा गाडी बहालवाला प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री र पूर्वगृहमन्त्रीले प्रयोग गरेको पाइएको छ । सशस्त्रले सार्वजनिक सुरक्षा गस्तीका लागि आफ्ना ७७ वटा युनिटमा सुरक्षित सवारीको अभाव भएको बताइहेका बेला ती सवारी साधनहरू बहालवाला प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्री, पुर्व उपप्रधानमन्त्री, गृहमन्त्री, पूर्वगृहमन्त्री, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका नाममा प्रयोग भएको पाइएको… Continue reading सशस्त्रका ७७ युनिट गाडीविहीन, २६ वटा गाडी भिआइपीलाई

नेपाल प्रहरीको हाइटी मिसन बन्द हुँदै

काठमाडौँ : नेपाल प्रहरीको हाइटीस्थित राष्ट्रसंघीय शान्ति मिसन आगामी अप्रिलदेखि बन्द हुने भएको छ । हाल हाइटीमा खटिएको फम्र्ड पुलिस युनिट (एफपियू) को टोली नै अन्तिम हुने जानकारी राष्ट्रसंघले नेपाल प्रहरीलाई गराएको छ । प्रहरीले बन्दोबस्तीका सामान फिर्ताको लागि तयारीसमेत थालिसकेको छ । साथै हाइटी मिसनका लागि अघि बढाइएको नाम छनोट प्रक्रियासमेत रोकिएको छ । ,यो… Continue reading नेपाल प्रहरीको हाइटी मिसन बन्द हुँदै

कुबेत हिँडेका महिलाको जोगवनीबाट उद्धार

विराटनगर : कुबेत भनेर दिल्लीतर्फ लैजान लागिएका तीन महिलाको नेपाल प्रहरी र माइती नेपालको सहयोगमा उद्धार गरिएको छ । शुक्रबार दिउँसो उनीहरुको जोगवनी नाकाबाट उद्दार गरिएको हो । नियन्त्रणमा लिइएका उनीहरुलाई प्रहरीले सोधीखोजी गर्दा कुवेत जानका लागि हिँडेको जवाफ दिएका थिए । प्रहरीले तीनै जनाको नाम र ठेगाना गोप्य राखेको बताएको छ ।उनीहरु एक्लाएक्लै वा… Continue reading कुबेत हिँडेका महिलाको जोगवनीबाट उद्धार

सगरमाथा इन्स्योरेन्सको एक्स्टेन्शन कार्यालय विराटनगरमा विस्तार

विराटनगर, पुस १५ सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले विराटनगर–४ खार्जीमा आजबाट एक्स्टेन्शन कार्यालय सञ्चालनमा ल्याएको छ । सरकारले तेस्रो पक्ष बीमा अनिवार्य गरे अनुरुप सगरमाथाले तेस्रो पक्ष बिमाका लागि यातायात कार्यालयको तल्लो तलामा एक्स्टेनशन कार्यालय सञ्चालनमा ल्याएको हो । यातायात कार्यालयको नजिकै भएकोले तेस्रो पक्ष बिमाका लागि सहुलियत हुने सगरमाथा इन्स्योरेन्स कम्पनी विराटनगर शाखाका शाखा प्रबन्धक… Continue reading सगरमाथा इन्स्योरेन्सको एक्स्टेन्शन कार्यालय विराटनगरमा विस्तार

अबैध समान बरामद गरी भन्सारमा बुझाईयो

विराटनगर, पुस १५ मोरङको विराटनगर महानगरपलिका–१४ बाट ९७ हजार रुपयाँ बराबरको अवैध समान बरामद भएको छ । आज दिउँसो ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनीबाट अबैध रुपमा भन्सार छलि ल्याएको किराना समान, लत्ता कपडा र स्टीलको समान गरी उक्त मुल्य बराबरको समान बरामद गरेको हो । बरामद भएको समान आवश्यक कारबाहीको लागि… Continue reading अबैध समान बरामद गरी भन्सारमा बुझाईयो

एकै दिनमा १९ जना फरार प्रतिवादी पक्राउ

विराटनगर, पुस १५ फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले आज एकैदिन १९ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला अदालत मोरङबाट बिभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहदै आएका ब्यत्तिहरुलाई पक्राउ गरिएको हो । अवहेलना मुद्धाका ६ जना… Continue reading एकै दिनमा १९ जना फरार प्रतिवादी पक्राउ

आगलागीबाट २० लाख बराबरको क्षति

ईलाम, पुस १५ ईलामको ईलाम नगरपालिका–१२ साङरुम्बामा भएको आगलागीमा २० लाख बराबरको क्षति भएको छ । आज बिहान साढे ९ बजेको समयमा स्थानीय जित बहादुर नेम्बाङको ढुङगा माटोले बनेको ३ तले कच्ची र भान्सा घर समेत जलेर नष्ट हुँदा घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, गरगहना समेत जलेर नष्ट भई उक्त मुल्य बराबरको क्षति भएको… Continue reading आगलागीबाट २० लाख बराबरको क्षति

नक्कली गहनालाई सक्कली भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ, पुस १५ नक्कलि गहनालाई सक्कली भनि ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका –३२ कोटेश्वरको पेप्सीकोला एरीयाबाट ललितपुर–१२ बस्ने २६ वर्षीय राजु परियारलाई पक्राउ गरिएको हो । रवि तामाङ्ग लगायतका व्यक्तिहलरुाई सुन जस्तो देखिने पहँेलो धातु (नक्कली सुन)का बेरुवा औठी, विभिन्न डिजाईनका सिक्रीहरु देखाई सुनको गहनाहरु हो भन्दै झुक्याएर ठगी… Continue reading नक्कली गहनालाई सक्कली भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

मोनोरेल बनाउँदा उपत्यकाको १ घर पनि भत्किदैंन, चक्रपथको सेतो धर्कोबाट यसरी गुड्नेछ रेलको डिब्बा

काठमाडौं,पुस १५ उपत्यकामा यातायात व्यवस्थापनका लागि महानगरपालिकाले मोनोरेल निर्माणको योजना सुरु गरेको छ । उच्च सवारी चाप र सार्वजनिक यातायातलाई सहज बनाउन महानगरपालिकाले मोनोरेल सञ्चालन गर्ने योजना अघि बढाएको हो । मोनोरेल निर्माण गर्दा उपत्यकाको एक घर पनि नभत्किने मेयर विद्यासुन्दर शाक्यले बताए । उनका अनुसार रेल सडकको बीच भागबाट गुड्ने भएकोले यसका पुर्वाधार निर्माण… Continue reading मोनोरेल बनाउँदा उपत्यकाको १ घर पनि भत्किदैंन, चक्रपथको सेतो धर्कोबाट यसरी गुड्नेछ रेलको डिब्बा

चितवनमा ६ महिना नपुग्दै २१ गैँडा मरे

चितवन,पुस १५ चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा चालू आर्थिक वर्षको हालसम्म २१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । निकुञ्ज विभागले प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि अनुसन्धानका लागि समिति नै गठन गरेको छ । यस आर्थिक वर्षमा प्राकृतिक कारणले मरेकामध्ये नौ वटा २५ वर्षभन्दा तलका छन् । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका… Continue reading चितवनमा ६ महिना नपुग्दै २१ गैँडा मरे

आज काठमाडौं उपत्यकाको तापक्रम एक डिग्री सेल्सियस

काठमाडौँ, पुस १५ काठमाडौं उपत्यकाको तापक्रम एक डिग्री सेल्सियसमा झरेको छ । आज आइतबार विहान ५ बजेर ४५ मिनेटमा गरिएको तापक्रमको मापन एक डिग्री सेल्सियस रहेको हो । हिजो सामबार एक दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । आज आइतबार काठमाडौंको अधिकतम तापक्रम १६ देखि १८ डिग्रीसम्म रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ… Continue reading आज काठमाडौं उपत्यकाको तापक्रम एक डिग्री सेल्सियस

प्रदेशमा २४ घण्टामा ७ सय २४ वटा सवारी साधनलाई कारबाही

विराटनगर, पुस १५ प्रदेश १ का विभिन्न जिल्लामा शनिबार बिहानदेखि आईतबार बिहानसम्मसवारी नियम उल्लंघन गर्ने ७२४ सवारीसाधन कारबाहीमा परेका छन् । मादक पदार्थ सेवन गरेर सवारी चलाउने २६ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने १० जना, विना हेल्मेट मोटरसाईकल चलाउने ७ जना, छतमा लगेज १ जना र क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ९१… Continue reading प्रदेशमा २४ घण्टामा ७ सय २४ वटा सवारी साधनलाई कारबाही

खैरो हेरोईन सहित ४ जना पक्राउ

झापा, पुस १५ झापाको छुटाछुट्टै स्थानबाट शनिबार प्रहरीले लागूऔषध खैरो हेरोईन सहित ४ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ बाट पाँचथर घर भई दमक नगरपालिका–६ मा डेरा गरी बस्ने ३६ वर्षीय संग्राम लिम्बुलाई ३१ ग्राम खैरो हेरोईन सहित पक्राउ गरेको हो । प्रहरीले लागू औषध ओसार पसारमा… Continue reading खैरो हेरोईन सहित ४ जना पक्राउ

सवारी दुर्घटनामा २ जनाको मृत्यु, १ घाईते

बिराटनगर, पुस १५ १ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाईते भएका छन् । धनकुटाको पात्लेखोलामा भएको सवारी दुर्घटनामा परी १ जनाको को मृत्यु भएको छ । शनिवार साँझ सवा ५ बजेको समयमा धनकुटाबाट धरान तर्फ आउदै गरेको ग ३ ख ६१५१ नम्बरको… Continue reading सवारी दुर्घटनामा २ जनाको मृत्यु, १ घाईते

नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाइँदै

विराटनगर, पुस १५ गुरुङ समुदायले पुरानो वर्षको बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा,… Continue reading नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाइँदै

सशस्त्रका आइजीसँग आठ र अनुसन्धानका प्रमुखसँग पाँच गाडी, श्रीमती र छोरीलाई पनि गाडी

काठमाडौँ : सशस्त्र प्रहरीका आइजी शैलेन्द्र खनालले राज्यकोषबाट किनेका ८ गाडी प्रयोग गर्दै आएका छन् । उनले बा.२ झ ११७४, बा.१ झ ६०९१, बा. झ ८२६६, बा. २ झ ३६८, बा. २ झ ११७१, बा. २ झ २३९१, बा. १ झ ६६१३ र बा. १ झ ९१४३ नम्बरको गाडी प्रयोग गर्छन् । यी सबै गाडीमा… Continue reading सशस्त्रका आइजीसँग आठ र अनुसन्धानका प्रमुखसँग पाँच गाडी, श्रीमती र छोरीलाई पनि गाडी

कर्मचारी समायाेजनका लागि १ लाख ३५ हजार विवरण सार्वजनिक

काठमाडौं : नेपाल सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका लागि करिब एक लाख ३५ हजार दरबन्दीको विवरण सार्वजनिक गरेको छ।,याे खबर आजकाे गाेरखापत्र दैनिकमा छ। यो विवरण सार्वजनिक भएसँगै समायोजनमा जान चाहने कर्मचारीका लागि कहाँ जाने हो, रोज्न बाटो खुला भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाका अनुसार, संघमा… Continue reading कर्मचारी समायाेजनका लागि १ लाख ३५ हजार विवरण सार्वजनिक

परिसरको युनिटलाई आयुक्त कार्यालयको अविश्वास : उपत्यकामा प्रहरीको दोहोरो चेकजाँच

काठमाडौँ : काठमाडौं उपत्यकामा नेपाल प्रहरीको दोहोरो चेकिङ प्रणाली सुरु भएको छ।  उपत्यकाका तीनवटै प्रहरी परिसरको चेकिङ प्रणालीको अनुगमन गर्ने नाममा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले विभिन्न स्थानमा आफ्नो युनिट खटाएर चेकजाँच गर्ने गरेको छ। महानगरीय प्रहरी कार्यालयमातहतका तीनवटै परिसरले प्रत्येक दिन आफ्ना युनिटमार्फत चेकजाँच गरिरहेका हुन्छन्। काठमाडौं, ललितपुर र भक्तपुरमा गरी परिसरका करिब एक… Continue reading परिसरको युनिटलाई आयुक्त कार्यालयको अविश्वास : उपत्यकामा प्रहरीको दोहोरो चेकजाँच

आगलागी स्थानमै एकीकृत बस्ती

सुर्खेत : कर्णाली प्रदेश सरकारले कालिकोटको पलाँताका अग्निपीडितका लागि एकीकृत बस्ती निर्माण गर्ने भएको छ। प्रदेश सरकारले अग्निपीडित परिवार पुनःस्थापना कार्यक्रमअन्तर्गत बस्ती जलेकै ठाउँमा नमुना बस्ती बनाउने निर्णय गरेको हो। नमुना बस्ती निर्माणका लागि प्रदेश सरकारले ४ करोड ३५ लाख रुपियाँ छुट्याएको छ। ‘अग्निपीडितहरूको आवास निर्माणका लागि प्रतिपरिवार पाँच लाखका दरले चार करोड ३५ लाख… Continue reading आगलागी स्थानमै एकीकृत बस्ती

सरकारले छोरी जोगाउन जन्मँदै बिमा गरिदिने

रौतहट : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सार्थक बनाउन माघ १ देखि जन्मिने छोरीको एक लाख रुपैयाँको जीवन बीमा सरकारले गरिदिने घोषणा गरेका छन् । रौतहट जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न शनिबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले यस्तो घोषणा गरेका हुन् ।,यो समाचार आजको नागरिक दैनिकमा छ ।

गरिबी निवारण कोष विघटन हुँदै, १९ अर्ब लगानी दुरुपयोग हुने सम्भावना

काठमाडौँ : पिछडिएका र गरिब समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने उदेश्यले १५ वर्षअघि स्थापना गरिएको गरिबी निवारणको कोष अब नाम मात्रको रहने छ। कानुनी अड्चनका कारण सरकारले कोषलाई औपचारिक विघटन नगरे पनि सोमबारदेखि कोष निस्क्रिय झैँ रहनेछ। सोही कारण कोषले अहिलेसम्म विभिन्न सामुदायिक संस्थामा गरेको गरेको १९ अर्ब लगानी दुरुपयोग हुने सम्भावना बढेको छ।,याे खबर… Continue reading गरिबी निवारण कोष विघटन हुँदै, १९ अर्ब लगानी दुरुपयोग हुने सम्भावना

चीनसँगको सीमाक्षेत्रमा थपिँदै सशस्त्र प्रहरीको सुरक्षा

काठमाडौँ : उत्तरी छिमेकी चीनसँगको सीमाक्षेत्रमा तस्करीलगायत सुरक्षा चुनौती बढेपछि सशस्त्र प्रहरी बलको उपस्थिति बढाइँदै छ । आठ हिमाली जिल्लाका सीमाक्षेत्रमा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गर्न लागिएको हो । उत्तरी नाकाहरुमा बिओपी स्थापनाका लागि प्रक्रिया अघि बढेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरज श्रेष्ठले बताए ।यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

चिसोका कारण देशभरको जनजीवन प्रभावित, चिसो अझै बढ्ने

विराटनगर, पुस १५ केही दिन यता देशभर अत्याधिक चिसो बढेको छ । बढ्दै गएको चिसोका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । उत्तरपश्चिमी वायुको प्रभावका कारण न्यूनतम तापक्रम घट्दै गएकाले चिसो बढेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । अझै चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ । मौसमविद् सुजन सुवेदीका अनुसार उच्च हिमाली र… Continue reading चिसोका कारण देशभरको जनजीवन प्रभावित, चिसो अझै बढ्ने

काठेपुलमा पनि करः प्रत्येक पटक हिँडेर पुल तर्दा १५ रुपैयाँको टिकट

धनगढी : जम्मा एक लाख लगानी गरे काठेपुल बन्न सक्छ । जनता सजिलै आवतजावत गर्न सक्छन् । तर, कैलालीको कैलारी गाउँपालिकाले पुललाई आम्दानीको स्रोत बनाएको छ । स्थानीय जनताले प्रत्येक पटक हिँडेर पुल तर्दा १५ रुपैयाँ र मोटरसाइकलबाट तर्दा ३५ रुपैयाँको टिकट काट्नुपर्छ । पुल बनाउन र सञ्चालन गर्न ठेकेदारलाई जिम्मा दिएर गाउँपालिकाले चारवटा काठेपुलबाट… Continue reading काठेपुलमा पनि करः प्रत्येक पटक हिँडेर पुल तर्दा १५ रुपैयाँको टिकट

३५ वर्षमा पनि पूरा भएन लुम्बिनी गुरुयोजना, ठूला परियोजना अझै बाँकी

रुपन्देही,पुस १५ लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजना छिटो सक्न ग्लोबल बोलपत्र प्रक्रिया शुरु गरेको छ । गुरुयोजनाको काम शुरु भएको ३५ वर्ष पुग्दापनि निर्माण सम्पन्न नभएको भन्दै सर्वत्र आलोचना भएपछि कोषले आगामी तीन वर्षभित्र गुरुयोजनाका सबै काम सम्पन्न गर्न ग्लोबल बोलपत्र प्रक्रिया शुरु गरेको हो । सन् १९७८ सालमा जापानका वास्तुकलाविद् केन्जो टांगेले निर्माण गरेको… Continue reading ३५ वर्षमा पनि पूरा भएन लुम्बिनी गुरुयोजना, ठूला परियोजना अझै बाँकी

सृष्टि दैनिकका प्रधानसम्पादक सम्मानित

विराटनगर, पुस १४ विराटनगरबाट प्रकाशित हुने न्यु सृष्टि दैनिकका अध्यक्ष तथा प्रधान सम्पादक शंकर खरेललाई अन्तराष्ट्रिय बिधापति महोत्सब –२०१८ मा सम्मानित  गरिएको छ । अन्तरास्टिय विधापति महोत्सब २०१८ का संयोजक पत्रकार बरुण मिश्राले शनिवार जोगबनीमा आयोजना गरेको महोत्सबमा विहार सरकारका मन्त्री विनोद नारायण झाले खरेललाइ सम्मान गरेका हुन् ।

हातेमालोका विराटनगरबाहिरका शाखाले थाले सरसफाई अभियान

विराटनगर, पुस १४ समाज परिवर्तन युवाको काँधमा भन्ने मूल नाराका साथ बिगत ४७ औ हप्ता देखि बिराटनगर सरसफाई अभियानमा जुटेको परिवर्तनका लागि हातेमालोले बिराटनगर बाहिर पनि शाखा विस्तार गरी सरसफाई अभियान सञ्चालन गर्न सुरु गरेको छ । साप्ताहिक रुपमा सरसफाई गर्दै आईरहेको हातेमालोका आज विराटनगर बाहिरका दुई वटा शाखा कमिटीले सरसफाई गरेका अभियान सञ्चालन गरेका… Continue reading हातेमालोका विराटनगरबाहिरका शाखाले थाले सरसफाई अभियान

क्यान इन्फोटेकको स्टल बुकिङको तयारी अन्तिम चरणमा

विराटनगर, पुस १४ पुस १९ गतेदेखि विराटनगरमा हुन गइरहेको बृहत प्रविधी मेला(क्यान इन्फोटेक)को स्पोन्सर र स्टल बुकिङको तयारी अन्तिम चरणमा पुगेको छ ।स्पोन्सर र स्टल बुकिङको तयारी अन्तिम चरणमा पुगेको तथा अन्य तयारी तीब्र गतिमा भइरहेको क्यान महासंघ मोरङका अध्यक्ष राजन यादवले बताए । इन्फोटेकमा विज्ञान प्रविधि तथा सेमिनार र कन्फरेन्स समेत गरिने भएको छ… Continue reading क्यान इन्फोटेकको स्टल बुकिङको तयारी अन्तिम चरणमा

सडक निर्माण रोकिएपछि जामुनगाछीका स्थानीय आन्दोलित

विराटनगर,पुस १४ लामो समयदेखि सडक र नालाको निमार्णकार्य रोकिएपछि विराटनगर महानगरपालिका वडा नं ४ र ५ का स्थानीयबासी विरोधमा उत्रिएका छन । एक हप्ताभित्र सडक तथा नालाको काम अगाडि नबढाए सडक जाम गरेर आन्दोलन गर्ने चेतावनी दिएका छन् । विराटनगर महानगरपालिकाको वडा नं ४ र ५ को सीमामा एकवर्ष अघिदेखि रोकिएको निर्माणको काम अघि नबढेपछि… Continue reading सडक निर्माण रोकिएपछि जामुनगाछीका स्थानीय आन्दोलित

इन्द्रमोहन गुठीद्वारा विभिन्न ब्यक्ति पुरस्कृत

विराटनगर, पुस १४ इन्द्रमोहन स्मृति गुठी धनकुटाले विभिन्न क्षेत्रमा योगदान पु¥याउने तीनजना व्यक्तिलाई पुरस्कृत गरेको छ । विराटनगर भृकुटीचोकस्थित विमला श्रेष्ठ सेवा भवनमा आज आयोजित कार्यक्रममा गुठीले साहित्य, पत्रकारिता र गीतसंगीतका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई पुरस्कृत गरेको हो । लामो समयदेखि कविता लेखनमा सक्रिय कवि विश्वमोहन श्रेष्ठलाई ‘डा. विमला श्रेष्ठ साहित्य पुरस्कार’, पत्रकार रमेशचन्द्र अधिकारीलाई… Continue reading इन्द्रमोहन गुठीद्वारा विभिन्न ब्यक्ति पुरस्कृत

नेपाली श्रमिकलाई खुशीको खबरः मलेसियामा आप्रवासी कामदार सामाजिक सुरक्षाको दायरामा

काठमाडौँ ,पुस १४ नेपालीको लागि श्रम गन्तव्य मध्ये मलेसिया एक प्रमुख देश हो । हालै नेपाल र मलेसियाबीच श्रम संझौतापनि भएको छ । केही समय यतादेखि मलेसियामा कामदार जान पाएका छैनन् । केही समयपछि मलेसियाको बैदेशिक रोजगारी खुल्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यधपी श्रम संझौतापछि मलेसियाको बैदेशिक रोजगारी थप व्यवस्थित… Continue reading नेपाली श्रमिकलाई खुशीको खबरः मलेसियामा आप्रवासी कामदार सामाजिक सुरक्षाको दायरामा

विराट ट्रेड एक्स्पो २०१८ आज सकिँदै

विराटनगर,पुस १४ मोरङ ब्यापार संघको आयोजनामा विराटनगरमा जारी विराट ट्रेड एक्स्पोको आज अन्तिम दिन । आजबाट एक्स्पो समापन हुंदैछ । एक्सपोले आफ्नो लक्ष्य अनुसार आम उपभोक्ता र उत्पादकलाई एकै ठांउमा जमघट गराउन सफल भएको आयोजकको दावी छ । एक्स्पो समापनको पुर्व सन्ध्यासम्म १७ करोडको विक्रि भएको छ भने १ लाख बढी दर्शकले प्रत्यक्षरुपमा एक्स्पोको अवलोकन… Continue reading विराट ट्रेड एक्स्पो २०१८ आज सकिँदै

भोजपुरमा बस दुर्घटना : एकको मृत्यू, ८ जना घाईते

भोजपुर,पुस १४ भोजपुरको देउरालीमा यात्रुवहाक बस दुर्घटना हुँदा एकको मृत्यू भएको छ । भोजपुर सदरमुकाको बसपार्कबाट धरानका लागि छुटेको को १ ख ३०५९ नम्बरको यात्रुबस देउरालीको चौकछेउमा ब्रेक फेल भई दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यू भएको छ । बसमा सवार यात्रुमध्ये चालक सहित अन्य आठजना यात्रु गम्भिर घाईते भएका छन् । सदरमुकामबाट विहान ११… Continue reading भोजपुरमा बस दुर्घटना : एकको मृत्यू, ८ जना घाईते

निजामती विधेयक मस्यौदा तयार, पुन: केन्द्रमा आउन पाउने बाटाे खुला

काठमाडौं : कर्मचारीका मुख्य मागलाई सम्बोधन गर्ने गरी सरकारले संघीय निजामती सेवासम्बन्धी विधेयकको मस्यौदालाई अन्तिम रुप दिएको छ।,याे खबर आजकाे राजधानी दैनिकमा छ। सरकारले प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई केन्द्रमा आउन सक्ने गरी सबै किसिमका बढुवा प्रणालीमा सहभागी हुन पाउने गरी संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार पारेको हाे। सरकाले प्रदेश र… Continue reading निजामती विधेयक मस्यौदा तयार, पुन: केन्द्रमा आउन पाउने बाटाे खुला

एकै गाउँका तीन किशोरी चारदिनदेखि वेपत्ता

सुर्खेत : दिउँसोको स्कुल छुट्टीमा कापी बिर्सियो भनेर घर आएर फर्केका बालिका सम्पर्कविहिन छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत तीन बालिका ४ दिनदेखि बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सिम्ता गाउँपालिका– खानिखोलाका १४ वर्षीया निशासिंह ठकुरी, सोही ठाउँ बस्ने एकै घरका दुई बहिनी १५ वर्षीया यमुना खत्री र उनकी बहिनी १२ वर्षकी रिचिमा छन्… Continue reading एकै गाउँका तीन किशोरी चारदिनदेखि वेपत्ता

फोहोर उठाउनका लागि विहानै टाेलटाेलमा पुग्छन् वडा अध्यक्ष

पाँचथर : फिदिम बजारमा विहानै फोहोर उठाउने गाडीको साईरन बज्छ। जाडोले विहान अबेर उठ्नेहरु हतार हतार फोहोरका बोरा, कार्टुन बोकेर दौडन्छन् फोहोर गाडीमा राख्न। कतिपयको त यो साईरनले बल्ल निन्द्रा खुल्छ। त्यतिवेला फोहोर उठाउने ट्याक्टर चलाईरहेका भेटिन्छन् फिदिम नगरपालिका–४ का वार्ड अध्यक्ष प्रकाश गुरुङ। उनले आफै ट्याक्टर चलाएर फोहोर उठाउन थालेको एक महिना पुग्न लागेको… Continue reading फोहोर उठाउनका लागि विहानै टाेलटाेलमा पुग्छन् वडा अध्यक्ष

हिउँमा चिप्लिएर ट्याक्टर पल्टिँदा एकको मृत्यु

रुकुम : रुकुम पुर्वको पुथाउत्तरगंगा गाँउपालिका १२ गर्खानीमा हिउँमा चिप्लिएर ट्याक्टर पल्टिँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन ।,यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । पुथाउत्तरगंगा गाउँपालिका–१० तकबाट १२ नम्बर वडाको कोलतर्फ जाँदै गरेको रा १ त १६९४ नम्बरको ट्याक्टर वडा नम्बर १२ गर्खानीमा पल्टिँदा रुकुम पूर्व भूमे गाउँपालिका–१,… Continue reading हिउँमा चिप्लिएर ट्याक्टर पल्टिँदा एकको मृत्यु

क्रिश्चियन धर्मका कारण विवादित संस्था ‘टिच नेपाल’ निलम्बित, बैंक खाता रोक्का

ललितपुर : ललितपुरको भनिमण्डलमा पाँच वर्षदेखि संचालित ‘टिच नेपाल’ नामक गैह्र सरकारी संस्थालाई हालका लागि निलम्बन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संस्थाले प्रशिक्षार्थी शिक्षकको लागि केही साताअघि खुलाएको विज्ञापनका कारण विवादमा आएको थियो ।, यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरका प्रमुख प्रेमराज जोशीका अनुसार संस्थालाई हालको… Continue reading क्रिश्चियन धर्मका कारण विवादित संस्था ‘टिच नेपाल’ निलम्बित, बैंक खाता रोक्का

माटोबिनै तरकारी खेती गर्न सकिने प्रविधि नेपालमै सुरु

Greenhouse

बुटवल : खेती गर्न चाहनुहुन्छ तर जमिन छैन भने चिन्ता नगर्नुस् । माटोबिनै तरकारी खेती गर्न सकिने प्रविधि नेपालमै सुरु भइसकेको छ। बगर होस् या घरको छत । जहाँ पनि यो तरिकाबाट प्रशस्त खेती गर्न सकिन्छ ।,यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ । रूपन्देहीका किसान ईश्वर पौडेल यही प्रविधिबाट खेती गरिरहेका छन् । उनले… Continue reading माटोबिनै तरकारी खेती गर्न सकिने प्रविधि नेपालमै सुरु

यस्ताे बन्दैछ ‘प्रदेश लोकसेवा आयोग’, संसदमा पुग्याे विधेयक

काठमाडौं : कानुन नबनेकाले प्रदेश लोकसेवा गठन गर्न नसकिएको र आवश्यक कर्मचारीको व्यवस्था नभएको भन्दै प्रदेश सरकारले असन्तुष्टि जनाइरहेको वेला सरकारले विधेयक संघीय संसदमा पुर्याएको छ। प्रदेश लोकसेवा आयोग गठन गर्ने आधार र मापदण्डसहितको विधेयक आइतबार दर्ता हुने क्रममा रहेको संसद् सचिवालयले जनाएको छ।,याे खबर नयाँ पत्रिका दैनिकमा छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार प्रतिनिधिसभामा… Continue reading यस्ताे बन्दैछ ‘प्रदेश लोकसेवा आयोग’, संसदमा पुग्याे विधेयक

बोक्सी आरोपमा सानीमाबाटै डामिइन् किशोरी

काठमाडौं : ‘म आन्टीको घरमा बस्थेँ । उहाँकी सानी छोरी बिरामी भई । आइतबार राती आन्टीले आमालाई बोलाउनुभयो । आमा आएपछि तैँले बोक्सी लगाइस् भन्दै मलाई कुट्न थाल्नुभयो । आमाकै अगाडि काम्दै तातो पन्यूँले डाम्नुभयो । मैले हारगुहार गरेँ । आमाले पनि केही भन्नु भएन । मलाई कसैले बचाएनन् ।’ यो कुनै कथाको पात्रको भनाई… Continue reading बोक्सी आरोपमा सानीमाबाटै डामिइन् किशोरी

राजमार्गमा उड्यो हजार र पाँच सयको नोट,अझै पत्ता लागेन पैसा उडाउने

मोरङको बेलबारीस्थित वेतना सिमसार नजिकै पुर्व–पश्चिम राजमार्गमा दिउँसो हजार ५ सयका नोट हावामा उड्न थाले । पैसा उडाउने को थिए पहिचान भएको छैन । सुन्दरहरैँचाका राजन निरौला र उत्सव दाहालले यसरी हावामा त्यसरी हावामा पैसा उडेको देखेका हुन् । उनीहरुका अनुसार, पुर्वबाट पश्चिमतर्फ तीव्र गतिमा कुदिरहेको मोटरसाईकल चालकको गोजीबाट हजार र पाँच सयको नोट हावामा… Continue reading राजमार्गमा उड्यो हजार र पाँच सयको नोट,अझै पत्ता लागेन पैसा उडाउने

यी हुन् आफ्नै पौरखले उद्यममा चम्केका नेपाली महिला

काठमाडौं : देशभरका उद्योगी–व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा भवानी राणा छिन् । महासंघको नेतृत्वमा पुग्ने उनी नै पहिलो महिला हुन् ।,यो खबर आजको नयाँपत्रिका दैनिकमा छ । राणा जस्तै उद्यममा चम्केका महिला भने अरु पनि छन् । कसैले पाँच तारे होटल चलाएका छन्, कसैले उत्कृष्ट बुटिक, कोही विश्वका प्रिमियर ब्राण्ड हाँकिरहेका छन्… Continue reading यी हुन् आफ्नै पौरखले उद्यममा चम्केका नेपाली महिला

राष्ट्रसेवक सहकारीले झमक कुमारी घिमिरेलेलाई पुरस्कृत गर्ने

विराटनगर,पुष १३ राष्ट्रसेवक बहुमुखि सहकारी संस्था लि. विराटनगरले झमक कुमारी घिमिरेलेलाई पुरस्कृत गर्ने भएको छ ।घिमिरेलाई भोली(पुस १४ गते) हुने साधारणसभामा १६ हजार १ सय ११ रुपैँया पुरस्कार राशीबाट पुरस्कृत गरिने संस्थाले आज विराटनगरस्थित आफ्नो कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।संस्थाले सो अवसर विभिन्न विधाका अन्य ब्यक्तिलाई पनि सम्मान गर्ने जनाएको छ ।… Continue reading राष्ट्रसेवक सहकारीले झमक कुमारी घिमिरेलेलाई पुरस्कृत गर्ने

मनाङमा निरन्तर हिमपात, तापक्रम माइनस २० डिग्री सेल्सियस पुग्यो

काठमाडौँ, पुस १३ चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ भने तापक्रम घटेर माइनस २० डिग्री सेल्सियस पुगेको छ । बिहीबार दिउँसोदेखि हिउँ पर्न थालेको जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल, मनाङ गाउँलगायत ठाउँमा बाक्लो हिउँ जमेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार बिहीबार बिहानदेखि यहाँको मौसममा खराबी देखिदा हिमालको वरिपरि कालो बादल… Continue reading मनाङमा निरन्तर हिमपात, तापक्रम माइनस २० डिग्री सेल्सियस पुग्यो

वातावरण संरक्षणमा प्रदेश सरकार सचेतः मुख्यमन्त्री राई

विराटनगर,पुस १३ प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले वातावरण संरक्षणमा प्रदेश सरकार सचेत रहेको बताएका छन् । सबैका लागि घर–घरमा मानव अधिकारः शान्ति र विकासको आधार भन्ने प्रमुख नाराका साथ राष्ट्रिय मानव अधिकार आयोगद्धारा शुक्रबार विराटनगरमा आयोजित वातावरण, विकास र मानव अधिकार बिषयक एक दिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले प्रदेश सरकारले वातावरणमैत्री भएर… Continue reading वातावरण संरक्षणमा प्रदेश सरकार सचेतः मुख्यमन्त्री राई

सांसदले संसदमा मागे ९० करोडको स्रोत

काठमाडौँ,पुस १३ सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले कर्मचारी समायोजन अध्यादेश फिर्ता गरि प्रदेश र स्थानीय तहको कानुन निर्माण गर्न ,निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न तथा उखुको समर्थन मूल्य निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद पुष्पा भुसाल गौतमले निर्मला पन्तको बलात्कार पछि हत्याका दोषिलाई… Continue reading सांसदले संसदमा मागे ९० करोडको स्रोत

कटहरीका जेष्ठ नागरिकले पाए न्यानो कपडा

विराटनगर,पुस १३ मोरङको कटहरी गांउपालिकाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । चिसो बढदै गएका कारण जेष्ठ नागरिकले सामना गर्नुपरिरहेको समस्यालाई ध्यान दिदै कटहरी गाउँपालिकाले पालिकाभरिका जेष्ठ नागरिकहरुलाई न्यानो लुगा वितरण गर्न थालेको हो । गाउँपालिकाको वडानम्बर ४ का जेष्ठ नागरिकहरुलाई ब्ल्यांकेट र बिस्कुट वितरण गरिएको छ । सो वडामा रहेका ७० बर्षमाथिका १… Continue reading कटहरीका जेष्ठ नागरिकले पाए न्यानो कपडा

विराटनगरका ईन्जिनियरका लागि प्रशिक्षण

विराटनगर,पुस १३ विराटनगर तीनदिने विद्युतिय खरिद प्रकृया सम्बन्धि प्रशिक्षण सुरु भएको छ । ईन्जिनियरहरुको ब्यवसायिक क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले प्रशिक्षण आयोजना गरिएको हो । डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल मोरङ जिल्ला कार्यसमितिको आयोजनामा सुरु भएको प्रशिक्षणमा ३५ जना ईन्जिनियरहरु सहभागी भएका छन् । नेपाल सरकारले बोलपत्रमा विद्युतीय एकद्वार प्रणाली लागू गरेपछि त्यस बिषयमा ईन्जिनियरहरुलाई जानकार बनाउन… Continue reading विराटनगरका ईन्जिनियरका लागि प्रशिक्षण

१३१ मालपोत कार्यालय अनलाइन प्रणालीमा, दलालबिना नै यसरी गर्नुस् जग्गा पास

काठमाडौं,पुस १३ देशभरका १३१ मालपोत कार्यालयमा अनलाईन प्रणाली सुरुवात भएको छ । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले मालपोत कार्यालयमा अधिक भ्रष्ट्राचार हुने गरेको गुनासो आएपछि अनलाइन प्रणाली शुरु गरेको हो । हालसम्म ४३ कार्यालयमा अनलाइन प्रणाली लागू भैसकेको छ । २९ जिल्लाको ४३ कार्यालयमा अनलाइन प्रणाली सुरु गरेको हो । बाँकी कार्यलयहरुमा कर्मचारी अभावका… Continue reading १३१ मालपोत कार्यालय अनलाइन प्रणालीमा, दलालबिना नै यसरी गर्नुस् जग्गा पास

वादविवाद हुँदा खुकुरी प्रहार

ताप्लेजुङ, पुस १३ ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ ओदाकमा धारीलो हतियार(खुकुरी) प्रहारबाट १ जना घाईते भएका छन् । बिहिवार बेलुका ५ बजेको समयमा स्थानीय ओमदी शेर्पा र दावा शेर्पा बिच बादबिबाद हुँदा दावा शेर्पाले ओमदी शेर्पालाई धारिलो हतियार प्रहार गर्दा घुडा मुनी गम्भीर चोट लागि घाईते भएका छन् । घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाईएकोमा जिल्ला… Continue reading वादविवाद हुँदा खुकुरी प्रहार

आगलागीमा परी बालकको मृत्यु

उदयपुर, पुस १ उदयपुरको कटारी नगरपालिका–८ मा भएको आगलागीमा परी ४ बर्षीय बालकको मृत्यु भएको छ । बिहिवार बिहान १० बजेको समयमा कटारी नगरपालिका–८ सेतिटार खेतमा स्थानीय रामजी तामाङले आफैले बनाएको सानो गोठमा आफ्नै छोरालाई छाडी खेतमा काम गर्न गएकोमा बालकले बाबुले छाडेको लाईटर खेलाउने क्रममा अचानक आगलागी भएको थियो । उक्त आगलागीमा परी ४… Continue reading आगलागीमा परी बालकको मृत्यु

आगलागीमा परी २२ घर जलेर नष्ट

झापा, पुस १३ झापाको मेचीनगर नगरपालिका–६ गोसलाईनमा भएको आगलागीमा परी २२ घर जलेर नष्ट भएका छन् । बिहिवार बेलुका साढे ८ बजेको समयमा स्थानीय छबिलाल आङ्दम्बेको घरमा खाना पकाउने क्रममा अचानक आगलागी हुँदा सो वस्तीमा रहेका २२ घर जलेर नष्ट भएका हुन् । उक्त आगलागी ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोली, शशस्त्र प्रहरी, नेपाली… Continue reading आगलागीमा परी २२ घर जलेर नष्ट

पाँच ठाउँमा सुन खाेज्न अनुमति, राेल्पा र बैतडीमा सुनखानी रहेकाे प्रतिवेदन, उत्खनन् कहिले हुन्छ ?

काठमाडौ,पुस १३ खानी तथा भूगर्भ विभागले आर्थिक वर्ष २०७४/७५ मा संभावित सुनखानीको अनुसन्धानका लागि पाँच स्थलमा अनुमति प्रदान गरेको छ । विभागले प्रदेश ३, प्रदेश ५ र कर्णाली प्रदेशमा रहेका खानीहरुको अध्ययन गर्ने अनुमति दिएको हो । तीमध्ये कर्णाली प्रदेशमा तीनवटा, प्रदेश नम्बर ३ र प्रदेश ५ मा १–१ स्थल गरी ५ ठाउँमा खानी अध्ययनको… Continue reading पाँच ठाउँमा सुन खाेज्न अनुमति, राेल्पा र बैतडीमा सुनखानी रहेकाे प्रतिवेदन, उत्खनन् कहिले हुन्छ ?

१ सय हात्तीले छुट्टीमा नुहाएर वनभोज खाए

सौराहा : पर्यटकलाई जंगल घुमाउन भ्याइनभ्याइ हुने हात्तीले बिहीबार छुट्टी पाए । राप्ती नदीमा नुहाइधुवाइपछि करिव १ सय हात्तीले वनभोज खाए । दर्शक यो दृश्य हेरेर रमाइरहेका थिए । हखुला चउरमा हात्तीको खानेकुरा टेबलमा राखिएका थिए । अगाडि हात्तीको लस्कर थियो । उखु, भेली, कुची, फर्सी, हरियो घाँस, गाँजर, सुन्तला, केरा, बन्दा राखिएको थियो ।… Continue reading १ सय हात्तीले छुट्टीमा नुहाएर वनभोज खाए

विप्लव भेटिएनन्, राउत खोजिएनन्

काठमाडौं : देशमा द्वन्द्वरत समूहलाई मूलधारमा ल्याउने कार्यादेश पाएको उच्चस्तरीय सरकारी वार्ता टोलीले चार महिनामा ४५ भूमिगत तथा अर्धभूमिगत समूहको पहिचान गरी २३ सँग वार्ता गरेको छ । तीन चरणको वार्तापछि २२ समूह शान्तिपूर्ण राजनीतिमा अवतरण हुन सहमत भएका छन् भने तीन समूहले राज्यलाई हतियार बुझाएका छन् । पटकपटक वार्तामा बसेर सहमतिमा पुगेको जनमुक्ति सेना… Continue reading विप्लव भेटिएनन्, राउत खोजिएनन्

‘कृपा घर’मा राखिएका महिलालाई चरम यातना, ९ महिलाले गुमाए मानसिक सन्तुलन

बूढानिलकण्ठमा सञ्चालित सुधार केन्द्र ‘कृपा घर’ मा राखिएका महिलालाई यातना दिने गरेको पाइएको छ । अवैध तवरबाट सञ्चालित सुधार केन्द्रका सञ्चालकले दिएको यातना सहन नसकेर भागेका दुई महिला प्रहरीको शरणमा पुगेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । बुधबार शरणमा दुई महिला आएपछि महानगरीय प्रहरीले सुधार केन्द्रमा छापा मारेको छ । ‘अमानविय… Continue reading ‘कृपा घर’मा राखिएका महिलालाई चरम यातना, ९ महिलाले गुमाए मानसिक सन्तुलन

प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र शमशेरविरुद्ध ९ थान उजुरी

काठमाडौँ : संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराविरुद्ध ९ थान उजुरी परेको जनाएको छ । यसमा ८ थान व्यक्तिगत र १ सैद्धान्तिक उजुरी रहेको हो । समितिको सचिवालय सिंहदरबारमा बिहीबार बसेको बैठकले राणविरुद्ध परेका उजुरीबारे अध्ययनका लागि समितिका सदस्यहरुलाई वितरण गरको थियो ।,यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सपथ ग्रहणका लागि गुण्डा नाइके मनाङेले दिए निवेदन, पाउँछन् त सपथ खान ?

काठमाडौं : सर्वोच्चको आदेशमा अघिल्लो सातामात्रै थुनामुक्त भएका गुण्डा नाइके राजिव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहणका लागि निवेदन दिएका छन् । मनाङेले बिहीबार अर्का व्यक्तिमार्फत प्रदेशसभामा लिखित निवेदन दर्ता गराएका हुन् ।,यो खबर आजको नागरिक दैनिकमा छ । प्रदेशसभा सचिवालयका उपसचिव नारायणप्रसाद अधिकारीका अनुसार सपथग्रहण गरिपाउँ भन्ने निवेदन प्रदेशसभा सचिवालयमा दर्ता भएको छ… Continue reading सपथ ग्रहणका लागि गुण्डा नाइके मनाङेले दिए निवेदन, पाउँछन् त सपथ खान ?

बूढानीलकण्ठस्थित पुनर्स्थापना केन्द्रबाट ५१ महिलाको उद्धार

काठमाडाैं : काठमाडौंको बुढानिलकण्ठ हाइटस्थित ‘कृपाघर’ नामक पुनर्स्थापना केन्द्रबाट ५१ महिलाको उद्धार गरिएको छ । समाचारकाे अनुसार श्रुती गुरुङ सञ्चालक रहेको सो केन्द्रमा रहेका महिलाहरुलाई यातना दिने, दुर्व्यवहार गर्ने गरिएको भन्दै उजुरी परेको थियो । पीडितका आफन्तले दिएको उजुरीका आधारमा एक रसियन सहित ५१ जना महिलाको रेस्क्यू गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त… Continue reading बूढानीलकण्ठस्थित पुनर्स्थापना केन्द्रबाट ५१ महिलाको उद्धार

बम्जनको तपस्यास्थलबाट हराएकाको खोजी सुरु

मकवानपुर : ‘लिटिल बुद्व’ भनेर प्रचार गरिएका रामबहादुर बम्जनको तपस्यास्थलबाट हराएकाहरुको खोजी प्रहरीले तीब्र पारेको छ । उनीहरु बेपत्ता भएको भन्दै परिवारका सदस्यले उजुरी दिएपछि प्रहरीको सक्रियता बढेको हो । हराएकाहरुबारे परिवारसँग विस्तृत रुपमा बुझ्ने र बम्जनको तपस्यास्थलबारे तथ्यांक लिने काम भइरहेको प्रहरी उपरिक्षक बुद्विबहादुर गुरुङले बताए । ‘बम्जन अहिले सिन्धुलीस्थित आश्रममा रहेको अपुष्ट जानकारी… Continue reading बम्जनको तपस्यास्थलबाट हराएकाको खोजी सुरु