कञ्चनपुरमा फेरि कर्फ्यु

कञ्चनपुर, भदौ १० निर्मला पन्तको बलात्कार र हत्यापछि चर्किएको विरोध नियन्त्रण गर्न कञ्चनपुरको महेन्द्रनगरमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु आदेश पाँच घन्टा हटाएर अहिले फेरी लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लगाएको कर्फ्यु जनै पूर्णिमालाई लक्षित गरी विहान ५ बजेदेखि १० बजेसम्म पाँच घण्टाका लागि हटाइएको थियो । भीमदत्त नगरपालिका ४, ६ र १८ नम्बरमा… Continue reading कञ्चनपुरमा फेरि कर्फ्यु

कमला नदीमा डुबेर २ बालक बेपत्ता , एकको शव भेटियो

लहान, भदौ १० सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा डुबेर हिजो साँझबाट बेपत्ता भएका सिरहाका तीन बालकमध्ये एक जनाको शव आज बिहान फेला परेको छ भने दुई जना अझै बेपत्ता छन् । सिरहाको गोलबजारस्थित शिव मन्दिरमा जल चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका गोलबजार नगरपालिका–४ निवासी १५ वर्षीय मञ्जय महरा, सोही ठाउँका… Continue reading कमला नदीमा डुबेर २ बालक बेपत्ता , एकको शव भेटियो

रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै

विराटनगर, भदौ १० जनैपूर्णिमात्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आइतबार विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए… Continue reading रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै

निर्मला हत्या प्रकरण : एक महिनापछि प्रजिअ र प्रहरी प्रमुखले थाले शून्यबाटै अनुसन्धान

कञ्चनपुर : निर्मला पन्तको हत्या भएको एक महिनामा घटनाबारे बल्ल अनुसन्धान सुरु भएको छ। कञ्चनपुरमा खटिएर आएका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले शुक्रबारदेखि घटनाबारे अनुसन्धान थालेका हुन् । अनुसन्धानका क्रममा अदालतको अनुमति लिएर रोशनी बम र बबिता बमलाई पक्राउ गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।… Continue reading निर्मला हत्या प्रकरण : एक महिनापछि प्रजिअ र प्रहरी प्रमुखले थाले शून्यबाटै अनुसन्धान

सेवाग्राहीलाई समेत पोशाक तोक्ने तयारी

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा आउने सर्वसधारणको समेत पोसाक तोक्ने गरी छलफल अघि बढाएको छ ।गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले सेवाग्राहीको पोसाकबारे आन्तरिक छलफल सुरु भएको बताए । आजको कान्तिपुर दैनिकमा यो खबर छ । कर्मचारीको निश्चित पोसाक भएपछि सेवाग्राही पनि मर्यादित पोसाकमा आउनु राम्रो हो, उनले भने, यसबारे केहि निर्णय त भएको छैन, छलफल… Continue reading सेवाग्राहीलाई समेत पोशाक तोक्ने तयारी

एउटा यस्तो गाउँ : जहाँ कुखुरा पाल्दैन् पनि र छुँदैनन् पनि

मकवानपुर : हिमाल, पहाड होस् वा तराई, अधिकांशले कुखुरा पाल्ने गर्छन् तर मकवानपुरको उत्तरी क्षेत्रमा यस्ता गाउँ छन् जहाँ कुखुरा पाल्ने त कुरै छाडौं, छुन पनि छुँदैनन् ।मासु र अन्डा पनि खाँदैनन् । कुुखुराको साटो हाँस पाल्छन् । थाहा नगरपालिका वडा १ र १० का कुन्छाल गाउँ, नुलगाउँ र टौखेलमा प्राय मानिसहरुले हाँस पालेकै हुन्छन्… Continue reading एउटा यस्तो गाउँ : जहाँ कुखुरा पाल्दैन् पनि र छुँदैनन् पनि

पोखरामा पनि शंकास्पद् अवस्थामा किशोरीको शव भेटियो !

विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता एक किशोरीको रहस्यमय मृत्यु भएको छ । पोखरा १९ लामाचौरकी १३ बर्षिया पुष्पा केसीको शव शुक्रबार घरभन्दा साढे दुई किलोमिटर पर भेटिएको हो । विन्ध्यावासिनी मावि बाटुलेचौरमा कक्षा ६ मा अध्ययनरत उनी वहीबारदेखि हराईरहेकी थिइन् ।पारिवारिक श्रोतका अनुसार विद्यालयको बसले साढे ४ बजे भरभन्दा सय मिटर वर छाडेको थियो ।… Continue reading पोखरामा पनि शंकास्पद् अवस्थामा किशोरीको शव भेटियो !

निर्मला हत्या प्रकरण : अम्बाको बोट काटियो, रातभरी पानी पर्दा किताब भिजेन !

निर्मलाको मृत शरीर उखुबारीमा फेला पर्याे । उनको शरीर भिजेको थियो । एउटा चप्पल पनि त्यही भेटियो । त्यहाँ उनले कोठाबाट लिएर गएको बिज्ञान बिषयको पुस्तक पनि सँगै भेटियो तर, घटना भएको रात मुसलधारे पानी परेको छ । तर, पुस्तक भिजेको छैन ।मृत भेटिएकी निर्मलाको शरिर पुरै पानीले भिज्नु तर, पुस्तक नभिज्नु कसरी हुन सक्यो… Continue reading निर्मला हत्या प्रकरण : अम्बाको बोट काटियो, रातभरी पानी पर्दा किताब भिजेन !

महासंघ अध्यक्षकै गाउँपालिकामा भ्रष्टाचार

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुुगल गाउँपालिकाका अध्यक्ष सहितका स्थानीय तहका पादाधिकारीले बजेट दुरुपयोग गरेको आरोप लगाउँदै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन गरेका छन् । अध्यक्ष होमनारायण श्रेष्ठलगायतका जनप्रतिनिधिले सडक निर्माणमा फर्जी कागजात मिलाएर भ्रष्टाचार गरेको आरोप लगाउँदै स्थानीयले आयोगमा निवेदन दिएका हुन् । १४४२ नम्बरमा दर्ता भएको उजुरीमा स्थानीयले हस्ताक्षर गरेका छन् ।यो समाचार आजको… Continue reading महासंघ अध्यक्षकै गाउँपालिकामा भ्रष्टाचार

मिस्टर एण्ड मिस थारुको अडिसन सम्पन्न

विराटनगर,भदौ ९ थारु समुदायका युवायुवतीको प्रतिभा उजागर गर्ने उद्देश्यले विराटनगरमा मिस्टर एण्ड मिस थारुको अडिसन सम्पन्न भएको छ ।नोबेल मेडिकल कलेजको सहयोगमा थारुकला केन्द्रले आयोजना गरेको मिस्टर एण्ड मिस थारु आईकन’ विराटनगर अडिसनमा ३८ जनाको सहभागीता रहेको थियो । आइकनमा भदौ ५ गते सुनसरीको झुम्कामा भएको पहिलो अडिसनमा ४५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ… Continue reading मिस्टर एण्ड मिस थारुको अडिसन सम्पन्न

तेइस सय मेगावाट क्षमताका सय बढी आयोजना निर्माणमा

काठमाडौँ, भदौ ९ दुई हजार ३५६ मेगावाट क्षमताका करीब १०७ वटा आयोजना निर्माणको चरणमा रहेको पाइएको छ ।नेपाल विद्युत् प्राधिकरणकाअनुसार ती आयोजना निर्माणका विभिन्न चरणमा रहेका छन् । वित्तीय व्यवस्थापन गरी निर्माणमा रहेका ती आयोजनामध्ये अधिकांश आगामी वर्ष निर्माण सम्पन्न गर्ने जानकारीसमेत प्राधिकरणलाई गराएका छन् । प्राधिकरणले ३३ औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित गरेको विवरणअनुसार राष्ट्रिय… Continue reading तेइस सय मेगावाट क्षमताका सय बढी आयोजना निर्माणमा

कञ्चनपुर घटनामा संयमित हुन आग्रह

धनगढी, भदौ ९ प्रदेश नं ७ को सरकारले कञ्चनपुरमा भएको घटनामा सम्बद्ध सबै पक्षलाई संयमित भई शान्ति सुव्यवस्था कायम राख्न र घटनाको अनुसन्धान कार्यमा सहयोग पु¥याउन आग्रह गरेको छ । कञ्चनपुर जिल्ला केही दिनयता अशान्त बनेको परिपे्रक्ष्यमा प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर… Continue reading कञ्चनपुर घटनामा संयमित हुन आग्रह

सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवान राँखीको बन्धनमा

झापा, भदा ९ झापाको भद्रपुर नगर क्षेत्रका मारवाडी समुदायका महिलाहरुले सशस्त्र प्रहरी र नेपाल प्रहरीका कर्मचारीहरुलाई राँखी बाँधेका छन् । हिन्दु धर्मावलम्बीहरुले भोलि आइतबार मनाउने रक्षाबन्धन एवम जनैपूर्णिमाको अवसरमा भद्रपुर मारवाडी महिला मञ्च तथा मारवाडी युवती मञ्चमा आवद्ध महिलाहरुले सशस्त्र प्रहरी र नेपाल प्रहरीका कर्मचारीहरुलाई राँखी बाँधीदिएका हुन् । सशस्त्र प्रहरी बल हेकुवा गण परिसरमा… Continue reading सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवान राँखीको बन्धनमा

ग्रामथान गाँउपालिकालाई यसैवर्ष बालविवाहमुक्त क्षेत्र घोषणा गरिने

मोरङ, भदौ ८ मोरङको ग्रामथान गाँउपालिकालाई बालविवाहमुक्त क्षेत्र बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन । ग्रामथान गाँउपालिका २ झोराहाटस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सहभागि सरोकारवालाले चालुबर्ष २०७५ भित्र गाँउपालिकालाई बालविवाहमुक्त क्षेत्र बनाउने प्रतिबद्धता जनाएका हुन । वडा बाल संरक्षण तथा सम्र्बद्धन समिति,झोराहट–२, वल्र्ड भिजन र नारी विकास संघले संयुक्तरुपमा आयोजना गरेको प्रतिबद्धता घोषणा सभाका… Continue reading ग्रामथान गाँउपालिकालाई यसैवर्ष बालविवाहमुक्त क्षेत्र घोषणा गरिने

माघ ७ गते मेची स्पोट्र्स अवार्ड

विराटनगर,भदौ ९ नेपाल खेलकुद पत्रकार मञ्च झापाले आगामी माघ ७ गते मेची स्पोट्र्स अवार्ड ‘२०७५’ गर्ने भएको छ । मञ्चले झापा, इलाम, पाँचथर र ताप्लेजुङ्ग गरी चार वटा जिल्लालाई लक्षित गरी मेची स्पोट्र्स अवार्ड गर्न लागेको झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मलेनमा खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष रमेश समदर्शी राईले जानकारी दिए । अञ्चलभरि उत्कृष्ट… Continue reading माघ ७ गते मेची स्पोट्र्स अवार्ड

दक्षिण एशियामै पहिलो पटक कमलादीमा शिसाको टावर बन्दै, ३ वर्षभित्र निर्माण सम्पन्न हुने

काठमाडौं,भदौ ९ निजी लगानीमा राजधानीको कमलादीमा २ अर्ब लागतमा २५ तल्ले शिसाको स्काईवाक टावर निर्माण हुने भएको छ । वन्डर्स नेपाल प्राइभेट लिमिटेडले कमलादीको १३.२ रोपनी क्षेत्रफलमा शिसाको टावरको निर्माण गर्न लागेको हो । शिसाको टावर बनाउन कम्पनीले सरकारसंग २३ वर्षका लागि जग्गा भाडामा लिइसकेको छ । टावर दक्षिण एशियामै पहिलो पटक निर्माण हुने आयोजकले… Continue reading दक्षिण एशियामै पहिलो पटक कमलादीमा शिसाको टावर बन्दै, ३ वर्षभित्र निर्माण सम्पन्न हुने

४६० गाउँपालिकामा हेलिप्याड बनाउन गृहकार्य सुरु,२५ लाखमै सम्पन्न हुने

काठमाडौं,भदौ ९ प्रत्येक गाउँपालिकामा १ हेलिप्याड बनाउन नागरिक उडड्यन प्राधिकरणले तयारी सुरु गरेको छ । सरकारले आर्थिक वर्ष २०७५÷०७६ मा प्रत्येक गाउपालिकामा हेलिप्याड बनाउन बजेट बिनियोजन गरेपछि प्राधिकरणले काम अघि बढ्न लागेको हो ।हेलिप्याड निर्माणका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ मा १९ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेका छन् । विपदमा परेका… Continue reading ४६० गाउँपालिकामा हेलिप्याड बनाउन गृहकार्य सुरु,२५ लाखमै सम्पन्न हुने

प्रदेश १ को सबैभन्दा ठूलो बसपार्क निर्माण सम्पन्न

गाईघाट, भदौ ९ उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाट–११ स्थित बरुवा नदी किनारमा प्रदेश नं १ कै ठूलो बसपार्कको निर्माण सम्पन्न भएको छ । पुर्णरुपमा निर्माण सम्पन्न भएको बरुवा बसपार्क असोज १ गतेबाट सञ्चालनमा आउने भएको छ । बसपार्क निर्माणको लागि शहरी विकास मन्त्रालय र त्रियुगा नगरपालिकाले गरी कूल रु एक करोड बजेटमा बसपार्क निर्माण सम्पन्न… Continue reading प्रदेश १ को सबैभन्दा ठूलो बसपार्क निर्माण सम्पन्न

मिक्लाजुङ र चुलाचुली गाउँपालिका बीचको नुनसरी खोलामा झोलुङ्गे पुल निर्माण

उर्लाबारी, भदौ ९ मोरङको मिक्लाजुङ गाउँपालिका र इलामको चुलाचुली गाउँपालिकाबीच भएर बग्ने नुनसरी खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ ।मिक्लाजुङ–२ र चुलाचुली–६ को कुइनेटारमा रु ३२ लाख ३९ हजार ९४० को लागतमा निर्माण गरिएको सो पुल १२० मिटर लामो छ । उक्त पुल निर्माणका लागि जिल्ला समन्वय समितिले रु २७ लाख ७२ हजार ९४०, मिक्लाजुङ… Continue reading मिक्लाजुङ र चुलाचुली गाउँपालिका बीचको नुनसरी खोलामा झोलुङ्गे पुल निर्माण

कञ्चनपुरको आन्दोलनमा प्रशासनले संयमता गुमायो

काठमाडौंः बिहीबार प्रहरीको गोली लागेर चार युवा घाइते भएपछि कञ्चनपुरका स्थानीयवासी थप आक्रोशित बनेका थिए । यसकारण पनि उनीहरू शुक्रबार आन्दोलन चर्काउने योजनामा थिए । तर, शुक्रबार बिहान पानी परेकाले दिउँसोबाट मात्रै आन्दोलन सुरु भयो । शुक्रबार पनि प्रहरी संयमित बन्न सकेन, गोली नै चलायो । बिहीबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई तानेर… Continue reading कञ्चनपुरको आन्दोलनमा प्रशासनले संयमता गुमायो

अब १८ वर्षसम्म बालबालिका, १० वर्ष मुनिकालाई मुद्दा नलाग्ने

काठमाडौं : यसअघि १६ वर्ष उमेर पूरा नगरेकालाई मात्र बालबालिका मानिन्थ्यो भने भदौ १ बाट कार्यान्वयनमा आएको मुलुकी फौजदारी संहिता, २०७४ ले बालबालिकाको उमेर हदलाई दुई बढाएको छ । साथै मौलिक हक कार्यान्वयन गर्न संसदमा सरकारले ल्याएको बालबालिकासम्बन्धी कानुन संशोधन गर्ने विधेयकमा ‘१८ वर्ष उमेर पूरा नगरेकालाई बालबालिकाका रुपमा मानिने’ भनिएको छ ।कसुरजन्य अभियोग लागे… Continue reading अब १८ वर्षसम्म बालबालिका, १० वर्ष मुनिकालाई मुद्दा नलाग्ने

धार्मिक संघसंस्थालाई पनि कर

काठमाडौं ः दक्षिणकाली नगरपालिकाले धार्मिक संघसंस्था, भजनमण्डली, चर्च, मन्दिर र गुम्बालाई पनि करको दायरामा ल्याएको छ । धार्मिक संघसंस्थाको गतिविधिको निगरानी तथा तथ्यांक राख्न आर्थिक विधेयकमार्फत स्थानीय तहमातहत ल्याइएको नगरपालिकाको भनाइ छ । आजको कान्तिपुरमा समाचार छ । व्यवसाय सञ्चालन भएकालाई करको दायरामा ल्याउने प्रयास मात्र हो’, नगर उपप्रमुख वसन्ती डंगोल तामाङले भनिन्, ‘सुरुवातमा कम… Continue reading धार्मिक संघसंस्थालाई पनि कर

अनुमति नलिएको भन्दै तत्कालीन माओवादीका पूर्वबाल सैनिक विष्टलाई विमानस्थलमा रोक

काठमाडौँ ः विदेश जान लागेका तत्कालीन माओवादीका पूर्वबाल सैनिक लेनिन विष्टलाई सरकारले विमानस्थलबाट फिर्ता गरेको छ । माओवादी लडाकुको प्रमाणीकरणका क्रममा कम उमेरका कारण बहिर्गमनमा परेका विष्टलाई गृह मन्त्रालयको आदेशमा अध्यागमनले शुक्रबार बिहान विमानस्थलबाट फिर्ता गरेको हो । अध्यागमनले सरकारलाई नसोधीकनै थाइल्यान्ड जान लागेकाले प्रस्थान अनुमति दिन नमिलेको पत्र विष्टलाई दिएको छ ।‘थाइल्यान्डको जुन कार्यक्रममा… Continue reading अनुमति नलिएको भन्दै तत्कालीन माओवादीका पूर्वबाल सैनिक विष्टलाई विमानस्थलमा रोक

मंसीरदेखि काठमाडौंमा विद्युतीय बस सञ्चालनमा आउने

काठमाडौं ः मंसिरदेखि काठमाडौं उपत्यकामा विद्युतीय (इलेक्ट्रिक) बस सञ्चालनमा आउने भएका छन् । चीनबाट ल्याउन लागिएको बसको खरिद प्रक्रिया सुरु भएको छ । यो समाचार आजको गोरखापत्रको अर्थ बजार पृष्ठमा छापिएको छ । बस सञ्चालनका लागि गोर्खा इको प्यानल नामको कम्पनीले सम्भावनाका बारेमा चीनको विद्युतीय बस निर्माण कम्पनीका प्रतिनिधिलाई नेपाल ल्याएर सडकको अध्धयन गराएको छ… Continue reading मंसीरदेखि काठमाडौंमा विद्युतीय बस सञ्चालनमा आउने

तेस्रो किस्ता माग गर्न भुकम्प पीडितको सिफारिस आएन

भोजपुर : नेपाल सरकारले भुकम्प पीडितलाई घर निर्माण गर्नका लागि तीन किस्ता झिक्न मिल्ने गरी ३ लाख अनुदान दिएको छ ।भुकम्प गएको डेढ वर्ष बितिसक्दा पनि भोजपुरमा तेस्रो किस्ता निकासीको लागि कुनै सिफारिस परेको छैन । जिल्लाबाट पहिलो किस्ताबापत १ लाख रुपैँया ५ हजार तीन सय जना भुकम्प पीडितले लिएका थिए ।त्यसपछि दोस्रो किस्ता १… Continue reading तेस्रो किस्ता माग गर्न भुकम्प पीडितको सिफारिस आएन

दुव्र्यासनमा अधिकांश युवा सक्रिय

इनरुवा ः सुनसरीमा लागुऔषध दुव्र्यासनीमा युवा जमात बढी संलग्न हुने गरेको पाईएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आर्थिक वर्ष २०७२ देखि २०७५ को चालु अवस्था सम्ममा लागुऔषधको मुद्धामा ९ सय बढी पक्राउ परेका छन् ।जसमा अधिकांश युवायुवती रहेका छन् । जिल्ला प्रहरी कायौलय सुनसरीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवत्ता ज्ञानेन्द्र फुयालले दुव्र्यासनीमा युवा… Continue reading दुव्र्यासनमा अधिकांश युवा सक्रिय

लियो क्लव अफ इनोभेटिभ विराटनगरले गर्यो दन्त परीक्षणसम्बन्धी कार्यशाला

विराटनगर,भदौ ८ विराटनगरको अर्पण स्कुलमा शुक्रबार निःशुल्क दन्त परीक्षण र परामर्शसम्बन्धी कार्यशाला गरिएको छ ।लियो क्लव अफ इनोभेटिभ विराटनगरले सञ्चालन गरेको उक्त कार्यशालामा ९० जना जना विद्यार्थी तथा युवा समुहहरुको सहभागिता रहेको थियो । कार्यशालामा बाल–बालिका तथा युवाहरुको निशुल्क दन्त परिक्षण गरिनुका साथै दाँत कसरी सफा राख्ने र मुखको हेरचाह कसरी गर्ने भन्नेबारे जानकारी गराईएको… Continue reading लियो क्लव अफ इनोभेटिभ विराटनगरले गर्यो दन्त परीक्षणसम्बन्धी कार्यशाला

बाघको आक्रमणबाट मृत्यु

चितवन, भदौ ८ माडी नगरपालिका–९ गोविन्दबस्तीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोबिन्दवस्ती निवासी ५६ वर्षीय जीतबहादुर राई रहेका छन् । राई बिहीबार गाईभँैसी चराउनका लागि गोविन्देश्वर सामुदायिक वनमा गएका थिए । वस्तु चराउन गएका राई साँझ अबेरसम्म घर नआएपछि खोजतलासका क्रममा आज बिहान ११ बजे शब भेटिएको जिल्ला प्रहरी कार्यालय… Continue reading बाघको आक्रमणबाट मृत्यु

‘प्रकाण्ड’लाई तीन दिन थुनामा राख्न म्याद थप

नुवाकोट, भदौ ८ नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई यहाँको जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ । काठमाडौंँबाट आज बिहान ३ बजे यहाँ ल्याइएका विश्वकर्मालाई आज नै नुवाकोट जिल्ला अदालतले अनुसन्धानका लागि थुनामा राख्न म्याद थप गरेको हो । उनलाई विहीबार सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएसँगै गिरफ्तार गरी नुवाकोट ल्याइएको… Continue reading ‘प्रकाण्ड’लाई तीन दिन थुनामा राख्न म्याद थप

श्रीमान–श्रीमतीद्वारा एकैदिन झुण्डिएर आत्महत्या !

भीमदत्तनगर, भदौ ८ कञ्चनपुरको महाकाली नगरपालिका–६ मा एक दम्पतीले आफ्नै घरको कोठामा झण्डिएर आज आत्महत्या गरेका छन् ।आफ्नै सुत्ने कोठामा झुण्डिएर स्थानीय २२ वर्षीय मनोज थापा र २१ वर्षीया दीपा थापाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दोधराचाँदनीले जनाएको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक नारायण गिरीले श्रीमान्/श्रीमती अलग/अलग चुन्नीमा झुण्डिएको अवस्थामा… Continue reading श्रीमान–श्रीमतीद्वारा एकैदिन झुण्डिएर आत्महत्या !

बजाज अटोको म्यासी–सी पिक अप लोडर अब विराटनगरमा

विराटनगर, भदौ ८ बजाज अटोको म्यासी–सी पिक अप लोडर भ्यानको विक्री वितरण विराटनगरमा सुरु भएको छ । शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रममा २ सय ३६ सिसिको फोर स्ट्रोक डिटिएस आई इन्जिनको पिक अप लोेडरले ५ सय १५ किलोतौल ग्रामको भार वहन गर्न सक्ने वितरक कम्पनी केसरीचन्द भवरलालले जनाएकोे छ । कम्पनीका प्रमुख प्रशान्त तातेडले १२… Continue reading बजाज अटोको म्यासी–सी पिक अप लोडर अब विराटनगरमा

मोरङमा मलको अभाव नहुने, पर्याप्त रासायनिक मलको मौज्दात

विराटनगर, भदौ ८ मोरङ जिल्लामा मलको अभाव हुन नदिन पर्याप्त मात्रामा रासायनिक मल मौज्दात राखिएको छ ।वर्षे धानबालीका लागि रासायनिक मलको अभाव नभएको साल्टटे«डिङ कर्पोरेशन लिमिटेडको कार्यालय विराटनगरले जनाएको छ । कार्यालयले मोरङका अतिरिक्त सुनसरी, झापा, सप्तरी र सिराहामा रासायनिक मल वितरण गर्छ । वर्षे धानबालीका लागि मोरङमा ५० हजार ७१ बोरा युरिया खपत भएकामा… Continue reading मोरङमा मलको अभाव नहुने, पर्याप्त रासायनिक मलको मौज्दात

प्राधिकरण र सहायक कम्पनीका ८ आयोजनाबाट डेढ वर्षभित्र ८३० मेगावाट विद्युत

काठमाडौं,भदौ ८ नेपाल विद्युत प्राविधिकरण तथा प्राधिकरणका सहायक कम्पनीका ८ आयोजनाबाट आगामी डेढ वर्षभित्र ८ सय मेगावाटभन्दा बढी विद्युत उत्पादन हुने भएको छ ।उक्त अवधिमा निमार्णाधिन अवस्थामा रहेका प्राधिकरणका आफ्नै आयोजना १४ मेगावाटको कुलेखानी तेस्रो, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’, पूरा हुनेछन् भने सहायक कम्पनीले निर्माण गरिरहेका ४ सय ५६ मेगावाट माथिल्लो तामाकोसी, ५७.३ मेगावाट… Continue reading प्राधिकरण र सहायक कम्पनीका ८ आयोजनाबाट डेढ वर्षभित्र ८३० मेगावाट विद्युत

खोला पार गर्दैगर्दा बाढी आएपछि यस्तो भयो ………

बाँके, भदौ ८ छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सल्यानको बनगाड खोला पार गर्दैगर्दा बाढी आएपछि यात्रु हाम फालेर बाँच्न सफल भएका छन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको किया गाडी बनगाड खोला पार गर्ने क्रममा बाढी आएर बगाएको थियो । सबै यात्रु छिटो–छिटो हाम फालेर भागेका थिए । यात्रुको झोला सरसमान भने खोलाले बगाएको छ । गाडी ढुङ्गामा… Continue reading खोला पार गर्दैगर्दा बाढी आएपछि यस्तो भयो ………

सांसद निरु पाल धम्की प्रकरणः तीन सातासम्म अनुसन्धान अपुरो

काठमाडौं : १५ साउन साँझ ८ बजे नयाँ बानेश्वरको थापागाउँस्थित गल्लीमा सांसद निरुदेवी पाललाई एक अपरिचितले पेस्तोल ताकेर ज्यान मार्न धम्की दिएको खबर सार्वजनिक भयो ।तेस्रो दिन महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको संयोजकत्वमा छानबिन टोली पनि गठन भयो । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ । छानबिनको २० दिन बितिसक्दा पनि समितिले… Continue reading सांसद निरु पाल धम्की प्रकरणः तीन सातासम्म अनुसन्धान अपुरो

निर्मला हत्या प्रकरणमा प्रहरी घटना मोड्नमै तल्लीन !

साउन १० गते बिहान साथी रोशनी बमको घरमा गएकी छोरी निर्मला पन्त साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवी आत्तिईन । उनले प्रहरी गुहारिन् ।गाउँलेले पनि खोजी गरिदिन प्रहरीलाई आग्रह गरे । दुर्गादेवीले प्रहरीचौकीमा राति दुई बजेसम्म बसेर छोरी खोजिदिन अनुनयविनय गरिन्, तर, प्रहरीले आनाकानी गरेर उनको अनुरोध मानेन् ।प्रहरीले त्यही साँझ छोरीको खोजी गरिदिएको भए सास… Continue reading निर्मला हत्या प्रकरणमा प्रहरी घटना मोड्नमै तल्लीन !

स्थानीय तहमा मनपरी : बिरामीलाई एम्बुलेन्स छैन, प्रमुख चढ्न लाखौंका गाडी !

जनतालाई सुविधा दिने बाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधि सर्वसाधारणका आधारभूत आवश्यकतामा खर्चिनुपर्ने पैसा धमाधम आफ्नो सुविधामा लगानी गरिरहेका छन्।स्थानीय तहको नेतृत्वमा पुग्नासाथ जनप्रतिनिधि आफ्नो सुविधा थप्ने ध्येयमा मात्रै भुलिँदा परिवर्तन अनुभव गर्ने सर्वसाधारणको आशामा तुसारापात भएको छ। प्रदेश १ का अधिकांश पहाडी जिल्लाका गाउँमा अझै पनि भरपर्दो उपचार सुविधा छैन। विशेषज्ञ चिकित्सकको सेवा… Continue reading स्थानीय तहमा मनपरी : बिरामीलाई एम्बुलेन्स छैन, प्रमुख चढ्न लाखौंका गाडी !

नगरपालिकाले खोलिदिन्छ छोरी जन्मिए बैँक खोता !

वीरेन्द्रनगर — ६, बुद्धपथकी सुशीला थापाले असोज पहिलो साता छोेरी प्रतिज्ञालाई जन्म दिइन ।परिवारले जन्म दर्ता गरिदिएको सातामै नगरपालिकाले प्रतिज्ञाको नाममा बैँक खाता खोलिदियो । परिवारले अन्नप्राशनमा जम्माा भएको ७ हजार रुपैयाँ पनि खातामै जम्मागरिदिए ।नगरपालिकाले खाता खोलिदिएपछि छोराका लागि बचत गर्ने प्रेरणा मिल्यो, आमा सुशीलाले भनिन्, छोरी विद्यालय जाँदासम्म ५० हजार रकम जम्मा गरिदिने… Continue reading नगरपालिकाले खोलिदिन्छ छोरी जन्मिए बैँक खोता !

यातायात अवरुद्ध भएपछि केरुङमा रोकिए करोडौंका सामान

रसुवागढी नाकासहित तीन स्थानमा गएको पहिरोले यातायात अवरुद्ध भएपछि नेपाल ल्याउन लागिएका व्यापारिक सामान चीनको केरुङमा थन्किएका छन् । रसुवागढीको नाका नजिकैके पहिरो, घटटेखोलाको पुललार्य बाढीले पुर्याएको क्षति र गोसाइँकुण्ड नगरिपालिका ५ को खोपाङ भीरको पहिरोले यातायात अवरुद्ध भएको हो । आजको कान्तिपुर दैनिकमा यो खबर छ । तीन सातअघिबाट यातायात अवरुद्ध भएपछि हलसम्म झन्डै… Continue reading यातायात अवरुद्ध भएपछि केरुङमा रोकिए करोडौंका सामान

मलेसियामा कामदार पठाउन श्रमसम्झौता : अव नेपाली कामदारलाई यस्तो सहज

मलेसियामा सहज रुपमा नेपाली कामदार पठाउन दुई मुलुकबीच श्रमसम्झौता हुने भएको छ ।सम्झौतापछि तीन महिनादेखि रोकिएको मलेसिया कामदार पठाउने प्रक्रिया खुल्नेछ । अब मलेसिया कामदार पठाउने प्रक्रियामा बिचौलिया कम्पनी र एजेन्टहरुले प्रवेश गर्न पाउनेछैनन् ।बायोमेट्रिक, स्वास्थ्य परीक्षण भिसा प्रोेसेसिङलगायत नाममा यसअघि बिचौलिया कम्पनी र एजेन्टहरुले पठाउँदै आएको अतिरिक्त शुल्क पनि कामदारले तिर्नुपर्नेछैन ।आजको कान्तिपुर दैनिकमा… Continue reading मलेसियामा कामदार पठाउन श्रमसम्झौता : अव नेपाली कामदारलाई यस्तो सहज

अब ८ तले घर बनाउन पाइने

काठमाडौं : राजधानीको भित्री र मिश्रित पुरानो बसोबास क्षेत्रमा अब आठ तले घर बनाउन पाइने भएको छ ।घरको उचाइ कम हुँदा पुरानो शहरी क्षेत्रका बासिन्दालाई समस्या पर्दै आएको गुनासो बढेपछि काठमाडौं महानगरपालिकाले नयाँ मापदण्ड लागू गरेको हो । यससँगै ४५ फिट अर्थात ५ तले घर बनाउन पाइने मुरानो मापदण्ड खारेज भएको छ । यो समाचार… Continue reading अब ८ तले घर बनाउन पाइने

चितवनमा ८२ जनामा स्क्रब टाइफसको संक्रमण

चितवन,भदौ ७ चितवनमा यो बर्षपनि स्क्रब टाइफसको संक्रमण भेटिएको छ । ४ सय ३१ जना बिरामीको गएको साउनमा नमूना परीक्षण गर्दा जिल्लामा ८२ जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । मुसामा हुने किरा (माइट)को टोकाइबाट यो रोग लाग्ने गर्दछ । गत आर्थिक वर्ष २०७४∕७५ मा दुई हजार २ सय ३७… Continue reading चितवनमा ८२ जनामा स्क्रब टाइफसको संक्रमण

रंगेलीमा २ सय लिटर अबैध घरेलु मदिरा नष्ट

मोरङ,भदौ ७ मोरङको रंगेलीमा सशस्त्र प्रहरी बल रंगेलीले घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । सशस्त्र प्रहरीले विहीबार करिव २ सय लिटर अबैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो । सशस्त्र प्रहरी बल रंगेलीका सशस्त्र प्रहरी निरिक्षक विश्वनाथ पोखरेलका अनुसार घरेलु मदिरा ओसार पोसार गरी रहेको अवस्थामा गस्ती टोलीले विभिन्न स्थानबाट सो परिमाणको… Continue reading रंगेलीमा २ सय लिटर अबैध घरेलु मदिरा नष्ट

मोरङको सुन्दरहरैँचा नगरमा १८ प्रकारका कर निशुल्क (सुची सहित)

विराटनगर, भदौ ७ देशभर बृद्धि भएको करको बिरोध भईरहेका बेला मोरङको सुन्दरहरैँचा नगरपालिकाले भने १८ वटा शिर्षकमा कर निशुल्क गरेको छ । नगरपालिकाले पञ्चेबाजा दर्ता,अपांगता भएका ब्यक्तिहरुको सिफारिस,जन्मदर्ता,मृत्युदर्ता,बसाईसराई दर्ता,बिवाह दर्ता,सम्बन्ध बिच्छेद दर्ता,बैदेशिक रोजगारीमा मृत्यु भएका ब्यत्तिको सिफारिस, घर टहरामा आगलागी भएको सिफारिस, अल्पसंख्यक दलित, गरिब र पिछडाबर्गको लागी नागरिकता सिफारिस, सबै प्रकारका अनुसुचि फारम,पुर्णत कृषिमा… Continue reading मोरङको सुन्दरहरैँचा नगरमा १८ प्रकारका कर निशुल्क (सुची सहित)

नारायणगढ–मुग्लिन सडकमा चालिस मिटर सडक भाँसियो

चितवन, भदौ ७ नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भाँसिने क्रम जारी रहेको छ । एक महिनादेखि विस्तारै भाँसिन शुरु गरेकामा हालसम्म आइपुग्दा १ दशमलब ५ मिटर सडक भाँसिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो ठाउँमा नौ मिटर सडक चौडा छ । जसमध्ये पाँच मिटर भाग भाँसिएको छ । चार मिटरबाट एकतर्फीरुपमा… Continue reading नारायणगढ–मुग्लिन सडकमा चालिस मिटर सडक भाँसियो

साहित्यकार पोखरेललाई २१ हजारको पुरस्कार

विराटनगर, भदौ ७ विराटनगरमा बसेर विगत चार दशकभन्दा लामो समयदेखि साहित्य सेवामा सक्रिय प्राज्ञ विवश पोखरेल पुरस्कृत हुने भएका छन् । मातृभूमि साहित्य समाज हेटौंडाले २१ हजार नगदसहित पोखरेललाई पुरस्कृत गर्ने निर्णय गरेको छ । यति विकास बैंक (महालक्ष्मी विकास बैंक) संस्थापक रहेको पुरस्कारसहित सम्मानपत्र रहेको छ । पोखरेलका कविता, कथा, निबन्ध, बालसाहित्यका एक दर्जनभन्दा… Continue reading साहित्यकार पोखरेललाई २१ हजारको पुरस्कार

कञ्चनपुरमा हवाइ फायर, पूर्वपश्चिम जोड्ने महेन्द्र राजमार्ग अबरूद्ध

कञ्चनपुर, भदौ ७ कञ्चनपुरमा निर्मला पन्त हत्याको विरोधमा आज पनि प्रदर्शन भएको छ । बिहानैदेखि प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायर गरेको छ । पन्तको बलात्कारपछि हत्या भएको र स्थानीय प्रशासनले वास्तविक हत्यारालाई उम्काउन खोजेको भन्दै स्थानीय आन्दोलित छन् । बुधबारको प्रदर्शन उग्र भएपछि प्रहरीले बल प्रयोग गरेको… Continue reading कञ्चनपुरमा हवाइ फायर, पूर्वपश्चिम जोड्ने महेन्द्र राजमार्ग अबरूद्ध

यसरी कृषि उद्यममा रमाउँछन् करोडपति

बजार नजिक चलनचल्तीको मुल्यमा करोडौँ रुपैयाँ पर्ने नौ कट्टा जमिन र घर भएका हेटौँडा ११ नवलपुरका मधुसुदन अर्याल राम्रो लगानी गरेर अन्य उद्योग व्यवसाय गर्न पनि सक्थे । अझ आफ्नो जग्गा भडामै लगाएर पनि मनग्य आम्दानी लिन सक्थे, तर उनले आफ्नै नङ्ग्रा खियाएर खेती किसानी गर्नेबाहेक अरु सोचेनन् ।पुर्वपश्चिम राजमार्ग नजिकै रहेको जग्गामा तरकारी खेती… Continue reading यसरी कृषि उद्यममा रमाउँछन् करोडपति

बाल क्लबले घरै पुगेर राक्यो बाल विवाह

लेटाङ : मोरङको लेटाङ– २ को लक्ष्मी माध्यामिक विद्यालयमा रहेको बालक्लवले बिहे गर्ने तयारी गर्दै गरेको अवस्थामा रहेको बाल बिबाहलाई बुधबार रोकेको छ । लक्ष्मी बालप्रकृती क्लवले विद्यालयमा अध्ययनरत १५ बर्षीय बालिकालाई बिबाह गर्नबाट रोकेको हो । आफ्नै विद्यालयमा अध्ययनरत साथीको बिहे गर्ने उमेर नै नपुगी बिहे हुन लागेको थाहा पाएपछि क्लबका पदाधिकारीहरुले घरमा नै… Continue reading बाल क्लबले घरै पुगेर राक्यो बाल विवाह

प्रदेशले दिएको विदालाई दोश्रो पटक पनि स्वीकारेनन् सिडियोले

विराटनगर,भदौ ६ प्रदेश १ का प्रमुख जिल्ला अधिकारीहरुले दोश्रो पटक पनि प्रदेश सरकारले घोषणा गरेको विदालाई अस्विकार गरेका छन् । प्रदेश १ को मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले बकर इदका अवसरमा बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार १४ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर विदा… Continue reading प्रदेशले दिएको विदालाई दोश्रो पटक पनि स्वीकारेनन् सिडियोले

लोहन्द्रामा पुल बनाउँछौं : उर्जामन्त्री पुन

विराटनगर,भदौ ६ उर्जा मन्त्री वर्षमान पुन अनन्तले मोरङको लोहन्द्रा खोलाले गत वर्ष बगाएको सिंचाई नहरसहितको पुलको आज स्थलगत अवलोकन गरेका छन् । पुल बगाएपछि मोेरङको कसेनी र सिसवनीबीचको सडक सञ्जाल अझै जोडिन सकेको छैन भने मोरङ जिल्लाको आधाजस्तो कृषि भूमिमा सिंचाई सुविधा टुटेको छ । स्थलगत अनुगमन निरीक्षण पछि मन्त्री पुनले यसै वर्ष पुल निर्माणको… Continue reading लोहन्द्रामा पुल बनाउँछौं : उर्जामन्त्री पुन

बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु, ३३ घाइते

चितवन, भदौ ६ नारायणगढ मुग्लिन सडकखण्डको खहरेखोला भन्ने ठाउँमा आज दिउँसो बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।मृत्युहुनेमा बसका चालक गोरखा आरुपोखरीका ४० वर्षीय काजिराम योगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना४ख ७५१३ नंको बस र विपरीत… Continue reading बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु, ३३ घाइते

१ अर्बमा १६० वटा कार अट्ने ८ तले स्मार्ट पार्किङ बन्दै

काठमाडौं,भदौ ६ काठमाडौं महानगरले स्मार्ट पार्किङको लागि आगामी सोमबार बोलपत्र आब्हन गर्ने भएको छ । महानगरले स्वदेशी वा विदेशी दुबै कम्पनीहरुलाई काम गर्न पाउने गरी बोलपत्र आब्हन गर्न लागेको हो ।बोलपत्रको अन्तिम तयारी भैरहेको महानगरका पुर्वाधार प्रमुख महेश काफ्लेले बताए । “हामीलाई जनता र मेयरबाट यति दबाब आइसक्यो कि हामीले कुनै हालतमा यो काम गर्नु… Continue reading १ अर्बमा १६० वटा कार अट्ने ८ तले स्मार्ट पार्किङ बन्दै

सुन तस्करी प्रकरण : निलम्बित एसएसपी श्यामबहादुर खत्रीका सहयोगीलाई थुनामा राख्न आदेश

विराटनगर,भदौ ६ मोरङ उर्लाबारीका सनम शाक्यको हत्या अनुसन्धानका क्रममा खुलेको करिव ३८ क्वीन्टल सुन तस्करी प्रकरण मुद्दामा जिल्ला अदालत मोरङबाट  धरौटी र साधा तारिकमा छुटेका दुई प्रहरीलाई उच्च अदालत विराटनगरले थुनामा राखेर मुद्धाको प्रकृया अघि बढाउन आदेश दिएको छ ।सुन तस्करी प्रकरणमा मुछिएका निलम्बित एसएसपी श्यामबहादुर खत्रीका सहयोगी र सवारी चालक प्रहरी हवल्दार अम्बरबहादुर थापा… Continue reading सुन तस्करी प्रकरण : निलम्बित एसएसपी श्यामबहादुर खत्रीका सहयोगीलाई थुनामा राख्न आदेश

परिमाण ल्याउने गरी दिन दुई गुणा रात चौगुणा काम गर्नुपर्छ : मन्त्री पण्डित

काठमाडौँ, भदौ ६ सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनताले अनुभूति हुने किसिमले परिमाण आउने गरी कर्मचारीले काम गर्नुपर्ने बताएका छन् ।आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज मन्त्रालयमा आयोजित कार्यक्रममा उनले भने, “जनताले बुझ्ने भनेको कामको परिमाण हो । दराज कहाँ छ, फाइल कहाँ पुग्यो… Continue reading परिमाण ल्याउने गरी दिन दुई गुणा रात चौगुणा काम गर्नुपर्छ : मन्त्री पण्डित

१८१ भूकम्प पीडित परिवारलाई एकिकृत बस्ती: बत्ति, पानी, विद्यालय र खेल मैदान पनि

काठमाडौं,भदौ ६ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक जिल्ला गरी पाँचवटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएपछि पहिलो पटक बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले तीन जिल्लाका पाँच ठाउँमा एकिकृत बस्ती बसाउने निर्णय गरेको हो । पहिलो एकिकृत बस्ती सिन्धुपाल्चोक जिल्ला हेलम्बु… Continue reading १८१ भूकम्प पीडित परिवारलाई एकिकृत बस्ती: बत्ति, पानी, विद्यालय र खेल मैदान पनि

मोरङको चिसाङ खोलामा सिंचाईको व्यवस्था : प्रधानमन्त्री ओली

विराटनगर,भदौ ६ प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिबाट कुनै आर्थिक लाभ नलिने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीले बुधबार विहान मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको सभामा बोल्दै प्रधानमन्त्री ओलीले आफू आर्थिक लाभ लिन सत्तामा नगएको उल्लेख गरे । उनले मुलुक बदल्ने प्रतिज्ञाका साथ मुलुकको बागडोर सम्हालेको बताए । उनले भ्रष्टाचार हुन नदिने प्रतिबद्धता जनाउँदै सबैलाई इमान्दारिताका साथ… Continue reading मोरङको चिसाङ खोलामा सिंचाईको व्यवस्था : प्रधानमन्त्री ओली

पूर्वदेखि पश्चिम चुरे क्षेत्रमा भारी वर्षा भई बाढी आउने खतरा, सतर्क रहन आग्रह

विराटनगर,भदौ ६ मध्य बर्षाका महिना असार साउन सकिएर भदौ पहिलो साता पनि सकिन लागेको छ । तर पनि बर्षाका कारण देशभर नदी तथा खोलामा बाढीको खतरा अझै घटेको छैन ।जल तथा मौसम विज्ञान विभागका अनुसार विशेष गरी चुरे पहाडबाट उत्पत्ति भएर बग्ने नदी तथा खोलामा बाढी आउने सम्भावना अझै उच्च रहेको छ । तिनको बहाब… Continue reading पूर्वदेखि पश्चिम चुरे क्षेत्रमा भारी वर्षा भई बाढी आउने खतरा, सतर्क रहन आग्रह

मोरङका मदिरा उद्योगबाट रु एक अर्ब ६२ करोड राजश्व

विराटनगर, भदौ ६ मोरङ जिल्लामा रहेका तीन वटा मदिरा उद्योगले गत आव ०७४/७५ मा रु एक अर्ब ६२ करोड ३७ लाख अन्तशुल्क बुझाएका छन् । यसरी अन्तशुल्क बुझाउनेमा मोरङको बूढीगङ्गा गाउँपालिका टंकिसिनबारीमा रहेको नेपाल लिकर्स प्रालिले रु एक अर्ब २२ करोड ५५ लाख रहेको छ भने बूढीगङ्गा मोरङमै रहेको गोल्डेन लिकर्स प्रालिले रु २५ करोड… Continue reading मोरङका मदिरा उद्योगबाट रु एक अर्ब ६२ करोड राजश्व

मोरङका डेढ सय परिवारलाई सुकुम्बासी बनाइँदै !

आफ्नो नामको जमिन कित्ताबाट भएर सुटुक्क नामसारी हुन थालेपछि रंगेली १ बबियाबिर्ताका झन्डै डेढ सय परिवार सुकुम्बासी हुने अवस्थामा छन् । आजको नयाँ पत्रिकामा यो खबर छ । अदालतको आदेश भन्दै मलपोतले २० बर्षअघि जग्गा बेच्नकै नाममा कित्ताकाट गरेर नामसारी गरिरहेको छ ।जग्गा खरिद गरेक सबै परिवारले नियमित मालपोत तिरिरहेक छन् ।

बकर–इदले समृद्ध नेपाल निर्माण गर्ने संकल्प पूरा गरोस्ः राष्ट्रपति

काठमाडौँ, भदौ ६ राष्ट्रपति विद्यादेवी भण्डारीले बकर–इद (इदुल जोहा) पर्वले सामाजिक–आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् भनी सबैमा शुभकामना व्यक्त गरेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो जारी गरेको शुुभकामना सन्देशमा सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम रहेको हाम्रो देशमा सो पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता,… Continue reading बकर–इदले समृद्ध नेपाल निर्माण गर्ने संकल्प पूरा गरोस्ः राष्ट्रपति