१४ पौष ,काठमाडौं । देशभर थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८५८ जनाको नमुना पुष्टि गर्दा पीसीआर विधिबाट सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ । यही अवधिमा थप १३ हजार ३३८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । कोरोना महामारी… Continue reading आज थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि
Category: समाचार
एमबाप्पेको महानताः मार्टिनेजबारे मुख खोले
१४ पौष, एजेन्सी । फ्रान्सेली फरवार्ड किलीयन एमबाप्पेले फिफा विश्वकप कतार २०२२ उपाधि जितेको खुसियाली मनाउने क्रममा अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले देखाएको खुसियाली मनाउने शैलीप्रति आफ्नो प्रतिक्रिया दिएका छन् । बुधबार फ्रान्सेली लिग वनमा स्ट्रासबर्गविरुद्ध खेलपछि बोल्दै एमबाप्पेले मार्टिनेजको खुशीयाली मनाउने शैलीबारे आफ्नो प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘कसले कस्तो खुशीयाली मनायो मलाई मतलब… Continue reading एमबाप्पेको महानताः मार्टिनेजबारे मुख खोले
नेता र राजदूत भेट्न सुरक्षा अधिकारीले अनुमति लिनु पर्ने
१४ पौष, काठमाण्डौ । सरकारले सुरक्षानिकायका अधिकारीहरुलाई दलका नेताहरु तथा राजदूतहरुलाई आफूखुसी भेट्न रोक लगाएको छ । आफ्नो कामको सिलसिला बाहिर गएर भेट्दा पनि अब सुरक्षा निकायका अधिकारीहरुले अनिवार्य विभागीय स्वीकृति लिनुपर्ने भएको हो । गृहमन्त्रालयले बिहीबार एक सूचना जारी गरेर कूटनीतिक निकायका अधिकारी, दलका कार्यालयमा जान र नेताहरुलाई भेट्न कारण खुलाएर स्वीकृति लिनुपर्ने नियम… Continue reading नेता र राजदूत भेट्न सुरक्षा अधिकारीले अनुमति लिनु पर्ने
कसरी फैलियो पेलेको निधन भएको अफवाह ?
१४ पौष, एजेन्सी । ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । ८२ वर्षीय पूर्व फुटबल खेलाडी पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था गम्भीर रहेको स्पेनी सञ्चार माध्यम एल स्पानोलले जनाएको छ । “पेले अझै अस्पतालमा छन्, डर बढ्दै गएको छ,” एल स्पानोलले उनको पछिल्लो स्वास्थ्यस्थिति अद्यावधिक गर्दै लेखेको… Continue reading कसरी फैलियो पेलेको निधन भएको अफवाह ?
प्रहरीले रुपन्देहीमा मृत भेटिएकी युवतीको जाहेरी लिन नमानेपछी…..
१२ पौष, काठमाण्डौ । रुपन्देहीमा मृत भेटिएकी युवतीको प्रहरीले जाहेरी लिन नमानेको आफन्तले गुनासो गरेका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १३ भैरहवा हाटबजार कोठा भाडामा लिई बस्ने प्युठान नगरपालिका–५ जुम्रिकाँढा पूर्णगाउँकी २२ वर्षीय लालमती खत्री क्षेत्री आफ्नै कोठामा मृत फेला परेपनि प्रहरीले जाहेरी लिन नमानेको आफन्तले गुनासो गरेका छन् । कोठामा झुण्डिएको अवस्थामा फेला परेको… Continue reading प्रहरीले रुपन्देहीमा मृत भेटिएकी युवतीको जाहेरी लिन नमानेपछी…..
पुस २५ मा प्रचण्डको फैसला! आए महान्यायाधिवक्ता
१२ पौष, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसदका दुवै संसदको बैठक आह्वान गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि दुवै संसदको बैठक आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपराधा १ बमोमित संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।… Continue reading पुस २५ मा प्रचण्डको फैसला! आए महान्यायाधिवक्ता
आज काठमाडौँमा यो वर्षकै बढी चिसो
१२ पौष , काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको यो सबैभन्दा कम तापक्रम हो । सोमबार उपत्यकाको तापक्रम पाँच दशमलव पाँच डिग्री सेल्सियस थियो । मौसमविद् विनु महर्जनका अनुसार तापक्रम निरन्तर… Continue reading आज काठमाडौँमा यो वर्षकै बढी चिसो
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुस २५ गते संघीय संसद्को अधिवेशन आह्वान
१२ पौष, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिले आगामी पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । प्रतिनिधिसभाको ज्येष्ठ सदस्यलाई सम्बोधन गर्दै राष्ट्रपति कार्यालयबाट पठाइएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सम्वत् २०७९ साल पुस २५ गते सोमबारका… Continue reading राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुस २५ गते संघीय संसद्को अधिवेशन आह्वान
अब वैदेशिक रोजगारीमा जानेले श्रमिकले अनिवार्य तालिम लिनुपर्ने
१२ पौष , काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागबुद्धनगर, काठमाडौंले आग्रह गरेको छ ।वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको विभागले जनाएको छ । अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नभएको भन्दै विभागले देशका विभिन्न ठाउँमा रहेका तालिम प्रदायक संस्थामा… Continue reading अब वैदेशिक रोजगारीमा जानेले श्रमिकले अनिवार्य तालिम लिनुपर्ने
आज पनि नेप्सेमा झण्डै ६० अंकको वृद्धि
१२ पौष, काठमाडौं । मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । प्रचण्ड नेतृत्वको नयाँ सरकार गठनभए लगत्तै सोमबार ५६ अंकले बढेको नेप्सेमा पुनः दोस्रो दिन ५९.८७ अंकको वृद्धि भएको हो ।योसँगै दुई दिनमा नै ११५ अंकमाथिले बढ्दै नेप्से सूचक १९ सय ८३ विन्दुमा उक्लिएको छ । उसो त लामो समयपछि… Continue reading आज पनि नेप्सेमा झण्डै ६० अंकको वृद्धि
गृहमन्त्री बन्नासाथ एक्सनमा उत्रिए रवि ,निजी सुरक्षाका सुरक्षाकर्मी फिर्ता
१२ पौष ,काठमाण्डौ । गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा तैनाथ सबै सुरक्षाकर्मी ४८ घण्टाभित्र फर्काउन निर्देशन दिएको छ । रवि लामिछाने गृहमन्त्री भएलगत्तै नेता र उच्च पदस्थहरुको निजी सुरक्षामा खटाइएका सबै सुरक्षाकर्मी फिर्ता गर्न गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका निकायलाई निर्देशन दिएका हुन् ।… Continue reading गृहमन्त्री बन्नासाथ एक्सनमा उत्रिए रवि ,निजी सुरक्षाका सुरक्षाकर्मी फिर्ता
अदालतको कठघरामा गृहमन्त्री,रविको सुनुवाई २२ गते
१२ पौष, काठमाण्डौ । गृहमन्त्री रबि लामिछाने विरुद्धको रिटमा पुस २२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । अधिवक्ता रविराज बसौला लगायतले मंसिर २८मा लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुस ६ गते नै सुनुवाइ भए पनि मंगलबार मात्र आदेशको प्रमाणित कपी आएको… Continue reading अदालतको कठघरामा गृहमन्त्री,रविको सुनुवाई २२ गते
रोनाल्डोलाई क्रिसममा प्रेमिकाले दिइन ५ करोडको कार
१२ पौष,एजेन्सी । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोकी प्रेमिका जर्जिना रोड्रिग्वेजले क्रिसमसको शुभ अवसरमा आफ्ना प्रेमी रोनाल्डोलाई नयाँ रोल्स रोयस कन्भर्टेबल कार उपहार दिएकी छन् । पोर्चुगलका सुपरस्टार खेलाडी इपिएल क्लब म्यानचेस्टर युनाइटेडसँगको सम्झौता झण्डै एक महिनाअघि समाप्त भएपछि अहिले क्लबविहीन छन् । साउदी अरेबियाको क्लब अल–नासरमा उनको सर्ने सुझावको वरिपरि रिपोर्टहरू फुटबल खबर भित्र प्रमुखताका… Continue reading रोनाल्डोलाई क्रिसममा प्रेमिकाले दिइन ५ करोडको कार
बार्सिलोनाबाट खेलेका खेलाडीसँग नेपालले खेल्ने
१२ पौष, एजेन्सी । स्पेनिस महारथी बार्सिलोना र रियल मड्रिडका पूर्व खेलाडी रुबेन डे ला रेड र युलियो सालिनास सहितको टोली मैत्रिपूर्ण खेलका लागि मंगलवार नेपाल आएको छ । रुबेन डे ला रेड र युलियो सालिनास दुई मैत्रिपूर्ण खेलका लागि कासेरेन्यो फुटबल क्लवको टोलीसँगै नेपाल आएको हो । नेपाल आएको टोलीले पुस १३ गते गण्डकी… Continue reading बार्सिलोनाबाट खेलेका खेलाडीसँग नेपालले खेल्ने
पहिलो पटक दौरासुरुवालमा प्रचण्डको सत्तारोहण
११ पौष, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४४ औ प्रधानमन्त्रीका रुपमा सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइन्। प्रधानमन्त्रीसहित सोमबार ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीहरुले पनि शपथ लिए। उपप्रधानमन्त्रीहरु विष्णुप्रसाद पौडेल, नारायणकाजी श्रेष्ठ र रवि… Continue reading पहिलो पटक दौरासुरुवालमा प्रचण्डको सत्तारोहण
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन
११ पौष, काठमाण्डौ । नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति निवास शितल निवासमा सोमबार दिउँसो प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । शपथ ग्रहण समारोहमा प्रचण्ड दौरा सुरूवालमा सजिएका थिए । उनले पहिलो पटक दौरा सुरूवाल लगाका हुन् । यसभन्दा अघि २ पटक प्रधानमन्त्रीको शपथ लिँदा… Continue reading प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन
कहाँ चुके देउवा ? को हो दोषी ?
११ पौष, काठमाण्डौ । भनिन्छ नि भाग्यमा छ भन्दैमा डोकामा दुध दोएर अडिदैन् । अनि भाग्यमै मात्रै भर पर्ने हो भने मुखमा आएको बाली पनि अर्केले खाइदिन्छ । भाग्य र वास्तविक जीवनका यी जनश्रुतिहरुसँग अहिले नेपालको राजनीति र प्रधानमन्त्रीबाट शेरबहादुर देउवाको बर्गिमन जोडिएको विश्लेषण गरिएको छ । आइतबार दिनभर भएको राजनीतिक दौडधुपले गर्दा नेपाली कांग्रेस… Continue reading कहाँ चुके देउवा ? को हो दोषी ?
विश्वकपले रोकिएका प्रिमियर लिगका खेलहरु सुरु
११ पौष,एजेन्सी । कतारमा भएको फिफा विश्वकप २०२२ का कारण बीचमै रोकिएको प्रिमियर लिग फुटबल आजदेखि फेरि सुरु हुँदैछ । नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा विश्वकप हुँदा लिगमा मिड सिजन ब्रेक भएको थियो । पहिलो पटक जाडो मौसममा विश्वकप फुटबल हुँदा घरेलु लिगको चर्चित इंग्लिस प्रिमियर लिगका खेलहरु रोकिएका थिए । ६ सातापछि… Continue reading विश्वकपले रोकिएका प्रिमियर लिगका खेलहरु सुरु
विष्णु पौडेलको कमब्याकसंगै सेयर बजारमा हरियाली
११ पौष,काठमाण्डौ । नेकपा एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफ्नो नेतृ्त्वमा मन्त्रिमण्डल गठन गदैगर्दा आज सेयर बजारमा हरियाली छायो । प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्ने चर्चासँगै सोमबार बिहानैदेखि सेयर बजार चम्किएको हो । लगानीकर्ताहरुले रुचाइएका अर्थमन्त्रीभित्र पौडेल पर्छन् । उनको… Continue reading विष्णु पौडेलको कमब्याकसंगै सेयर बजारमा हरियाली
प्रचण्डको सरकारमा सघाउने रविको निर्णयले पार्टीमा विवाद
११ पौष,काठमाण्डौ । पटक पटक परिक्षण र असफलसिद्ध भइसकेका शीर्ष नेता खासगरि पूर्व प्रधानमन्त्रीहरुलाई ठाउँका ठाउँ हराउने अभिब्यक्ति दिदै मंसिरको प्रतिनिधिसभा चुनावमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने अहिले तिनै नेताहरुलाई सघाउने गरि सरकारमा सहभागि हुने भएका छन् । रविकै नेतृत्वमा रास्वपा सरकारमा जाने भएको छ । अघिल्लो साता बसेको रास्वपाको बैठकले सरकारमा जाने… Continue reading प्रचण्डको सरकारमा सघाउने रविको निर्णयले पार्टीमा विवाद
सिके राउतलाई पनि सत्ताको नशा चढ्यो
११ पौष, काठमाण्डौ । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल (प्रचण्ड)लाई समर्थन गर्ने निर्णय गरेका जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्ता (राजनीति)को पहिलो क्लास (कक्षा)बाट ज्ञान र वितृष्णा दुवैको अनुभव हासिल गरेको टिप्पणी गरेका छन्। आइतबार दिउँसो सरकार गठनका लागि बैठक चलिरहँदा राउत पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास, भक्तपुरको बालकोट पुगेका थिए। प्रचण्डले बोलाएपछि… Continue reading सिके राउतलाई पनि सत्ताको नशा चढ्यो
फोहोरी राजनीतिको बालेनले चिरफार गरे
१० पौष, काठमाण्डौ । निर्वाचन पछिको नयाँ सरकार निमार्णका लागि नेपालको राजनीति उथलपुथल बनिरहेको बेला काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पछिल्लो राजनीतिक अवस्था र सांसदहरुको भूमिकालाई लिएर कडा टिप्पणी गरेका छन् । सामाजिक संजालमार्फत पछिल्लो अवस्थालाई केन्द्रित गर्दै बालेनलले नवनिर्वाचित सांसदहरूलाई ‘नयाँ गफाडी’को उपमा दिएका छन्। स्वतन्त्र उम्मेदवार बनेर काठमाडौँ महानगरको मेयर पदमा विजयी… Continue reading फोहोरी राजनीतिको बालेनले चिरफार गरे
विराटनगरका पत्रकार सोनुकुमार दास सम्मानित
१० पौष, विराटनगर । विराटनगरलाई कार्यक्षेत्र बनाएर लामो समयदेखि पत्रकारितामा सक्रिय रहदै आएका पत्रकार सोनुकुमार दास सम्मानित भएका छन् । विराटनगरको सामाजिक संस्था ‘साना पाइला’ ले उनलाई पत्रकारिता र समाजसेवामा सक्रिय रहेको भन्दै प्रशंसापत्रसहित सम्मान गरेको हो । मोरङको धनपालथान गाँउपालिकाको ७ नं वडामा रहेका रिसिदेव बस्तीमा स्थानीय रामधारी रिसिदेवले सो ठाउँका विद्यालय जानबाट बन्चित… Continue reading विराटनगरका पत्रकार सोनुकुमार दास सम्मानित
पुस १५ देखि प्राधिकरणमा दर्ता नभएका मोबाइल सेट नचल्ने
९ पौष,काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो पुस १५ गतेदेखि भन्सार घोषणा नगरिएका मोबाइल फोन सेट नचल्ने बताएको छ । आज एक सूचना जारी गर्दै प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण कार्यान्वयनमा ल्याउने र उक्त प्रणालीमा नजोडिएका मोबाइल सेट नचल्ने बताएको हो । ’मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप… Continue reading पुस १५ देखि प्राधिकरणमा दर्ता नभएका मोबाइल सेट नचल्ने
अमेरिकामा विशाल हिम आँधी
९ पौष, एजेन्सी । शीतलहर र हिम आँधीका कारण अमेरिकामा लाखौँ मानिसहरु प्रभावित भएका छन् । शुक्रबार १५ लाखभन्दा बढी मानिस विद्युतविहीन हुनुका साथै हजारौँ उडान रद्द भएका छन् । साउथ डकोटामा हिउँमा परेका केही अमेरिकीहरूले इन्धन सकिएपछि न्यानोको लागि लुगाहरू जलाएका विवरण सार्वजनिक भएका छन् । क्यानडामा, ओन्टारियो र क्युबेक आँधीको चपेटामा परेका थिए… Continue reading अमेरिकामा विशाल हिम आँधी
महामारीमा विश्व रेकर्ड बनाउँदै चीन
९ पौष,एजेन्सी । यो हप्ता चीनमा लगभग ३ करोड ७० लाख मानिस एकै दिन कोभिड–१९ बाट सङ्क्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ । यसलाई विश्वमा एकै दिन सबैभन्दा ठुलो सङ्ख्यामा महामारी बताइएको छ । डिसेम्बरको पहिलो २० दिनमा करिब २४ करोड ८० लाख मानिस वा जनसङ्ख्याको झन्डै १८ प्रतिशतमा यो… Continue reading महामारीमा विश्व रेकर्ड बनाउँदै चीन
एक एसपी जो भ्रष्टाचारमा चुर्लुम्म डुबे
८ पौष ,काठमाण्डौ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादवलाई ४ महिना कैदको सजाय निर्धारण गरिएको छ। सर्वोच्च अदालतले उनलाई ४ महिना कैद र ९७ हजार ५० रुपैयाँ जरिवानाको फैसला सुनाएको हो। सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले एसपी यादवसहित ढकबहादुर गुरुङलाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको हो।… Continue reading एक एसपी जो भ्रष्टाचारमा चुर्लुम्म डुबे
चार्ल्स शोभराजलाई भोलि फ्रान्स पठाइने
८ पौष,काठमाडौं । १९ वर्ष जेल बसेर छुटेका चार्ल्स शोभराजलाई भोलि मात्र फ्रान्स पठाइने भएको छ।अधिवक्ता निहिता विश्वासले आज कागजी प्रक्रिया नसकिएकोले भोलि मात्र फ्रान्स पठाइने बताइन्।‘मलाई गृह मन्त्रालयबाट फोन आएको थियो। उताबाट आजै सबै कागजी प्रक्रिया नसकिएकोले शोभराजलाई भोलि मात्र फ्रान्सलाई पठाइने भएको छ’, उनले भनिन्, ‘आज एयरपोर्टको इमिग्रेसनमा राख्ने कुरा छ।’ अहिले शोभराजलाई… Continue reading चार्ल्स शोभराजलाई भोलि फ्रान्स पठाइने
बालेन लाई आफूले नफुट्ने मेटलको तबला उपहार दिएको ओलीको भनाई
८ पौष,काठमाण्डौ । स्वतन्त्र उम्मेदवारी दिई काठमाडौं महानगरको मेयरमा जितेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन लाई तबला उपहार दिएका थिए । र्याप गायकलाई तबला उपहार दिएपछि धेरैले चासो व्यक्त गरेका थिए । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा गैरराजनीतिक कुराकानी गर्न आएका ओलीलाई एक पत्रकारले र्याप गायकलाई तबला किन उपहार दिनु भएको… Continue reading बालेन लाई आफूले नफुट्ने मेटलको तबला उपहार दिएको ओलीको भनाई
एकीकृत समाजवादीकी अर्घाखाँची जिल्ला सहइन्चार्ज यमुना भुसालको निधन
८ पौष,काठमाडौं । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सहइन्चार्ज यमुना भुसालको निधन भएको छ । लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा लागेकी नेतृ भुसालको काठमाडौं न्यूरो अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको हो ।भुसालको शुक्रबार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । भुसालको पार्थिव शरीरमा पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली… Continue reading एकीकृत समाजवादीकी अर्घाखाँची जिल्ला सहइन्चार्ज यमुना भुसालको निधन
नेपाल पत्रकार महासंघको साधारणसभा सुरु
८ पौष ,काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा कर्णालीको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सभाका उद्घाटन गरेकी हुन् ।कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन्। साधारण सभा भोलिसम्म चल्नेछ। राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादीका कृष्ण महरा लगायतका नेताहरु सहभागी भएका छन्।
भारतमा मास्क अनिवार्य, नेपालमा लगाउन आग्रह
८ पौष, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम रहेकोले मास्क प्रयोग गर्न आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले फरक स्वरूपमा कोरोना संक्रमणको जोखिम देखिएकोले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सबैमा मास्कको प्रयोग गर्न आग्रह गर्दै विज्ञप्ति निकालेका छन्। ‘मास्क प्रयोग गर्नु हुन, एक अर्कामा भौतिक रूपमा दुरी कायम राख्नु हुन र… Continue reading भारतमा मास्क अनिवार्य, नेपालमा लगाउन आग्रह
३९ चिनियाँ लडाकु विमान एकसाथ ताइवानमा
८ पौष, एजेन्सी । ताइवान विरुद्धको चीनको आक्रोश शान्त हुने नाम लिइरहेको छैन । साउथ चाइना सीमा एक महिना लामो अभ्यासपछि चीनले फेरि ताइवानको हवाई क्षेत्रमा घुसपैठ गरेको छ । ३९ चिनियाँ लडाकु विमानले एकैपटक ताइवानको हवाई क्षेत्रको उल्लङ्घन गरेका छन् । जवाफमा ताइवानले पनि आफ्ना लडाकु विमानहरू पठायो र एन्टी–एयरक्राफ्ट मिसाइलहरूको मुख खोल्यो। रेडियो… Continue reading ३९ चिनियाँ लडाकु विमान एकसाथ ताइवानमा
टी–२० लिग जिते आधा करोड बढीको पुरस्कार
८ पौष,एजेन्सी । पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिताको विजेताले ५५ लाख नगद पुरस्कार पाउने भएको छ । शुक्रवार काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराएको हो । प्रतियोगिताको उपविजेताले ३० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टिमले १० लाख र चौथोले ५… Continue reading टी–२० लिग जिते आधा करोड बढीको पुरस्कार
७ हजार ३२ दिन जेल बसेर निस्किए शोभराज
८ पौष,काठमाण्डौ । फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्ष ३ महिना ७ दिनपछि जेलबाट छुटेका छन् । दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई केन्द्रीय कारागारमा रहेका शोभराजलाई बुधबार सर्वोच्चले जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाउन आदेश दिएको थियो । भक्तपुर जिल्ला अदालतको फैसलाअनुसार शोभराजलाई २०६० असोज २ देखि २०८०… Continue reading ७ हजार ३२ दिन जेल बसेर निस्किए शोभराज
करेन्ट लागेर श्रीमतीको मृत्यु, श्रीमान घाईते
८ पौष, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१५ ज्यामिटारमा बस्ने स्थानीय एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । ज्यान गुमाउने महिलाका श्रीमान घाईते भएका छन् । मृत्यु हुनेमा २८ बर्षीया पार्वती बिश्वाकर्मा रहेकी छन् । हिजो बिहान साढे १० बजे आफ्नै बारीमा कोदो टिप्ने क्रममा बिजुलीको पोलमा छुन पुग्दा करेन्ट लागि घटनास्थलमै उनको मृत्यु भएको… Continue reading करेन्ट लागेर श्रीमतीको मृत्यु, श्रीमान घाईते
धरानमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
८ पौष, सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–९ स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१९ का ४३ बर्षीय विरेन्द्र लिम्बु रहेका छन् । बिहिबार दिउँसो ३ बजे को ३२ प ८२३७ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका लिम्बुको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको… Continue reading धरानमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
माओवादी बाट संसदीय दलको नेतामा प्रचण्ड चयन
७ पौष, काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो । बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गरेको सांसद सुदन किरातीले दिए जानकारी । त्यसअघि पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले… Continue reading माओवादी बाट संसदीय दलको नेतामा प्रचण्ड चयन
जब शिक्षकले कक्षाकोठामै विद्यार्थीलाई अश्लिल भिडियो देखाए………..
७ पौष,काठमाण्डौ। धनुषाको मिथिलाबिहारी नगरपालिका ४, स्थित कजरा रमौलकका मावि शिक्षक ५० वर्षीय विनोद यादवले विद्यार्थीलाई कक्षाकोठामा नै मोबाइलबाट अश्लिल भिडियो देखाएको घटना बाहिरिएको हो । दश दिनअघि उनले कक्षा ८ का विद्यार्थीलाई कक्षाकोठामै एक घण्टी भिडियो देखाएका थिए । उनले अश्लिल भिडियो विद्यार्थीलाई देखाइरहेको क्लिप बाहिरिएपछि स्थानीयले शिक्षक यादवलाई कारबाहीको माग गरेका छन् ।मिथिला… Continue reading जब शिक्षकले कक्षाकोठामै विद्यार्थीलाई अश्लिल भिडियो देखाए………..
अर्जेन्टिनी १००० को नोटमा मेसीको तस्विर राख्ने तयारी
७ पौष, एजेन्सी । कतारमा आयोजित विश्वकप फुटबलको उपाधि जिताउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका लियोनेल मेसीको सम्मानमा अर्जेन्टिनाले उनको तस्बिरअंकित नोट जारी गर्ने तयारीको खबर र काल्पनिक नोट अहिले विश्वभर भाइरल भएको छ । फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि उचालेर घर फर्किएलगत्तै अर्जेन्टिनाले मेसीको तस्बिरअंकित त्यहाँको मुद्रा पेसोको एक हजारको नोट जारी गर्ने तयारी गरेको छ… Continue reading अर्जेन्टिनी १००० को नोटमा मेसीको तस्विर राख्ने तयारी
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने
७ पौष,एजेन्सी । युक्रेनमा जारी युद्धको बीचमा रुसका रक्षामन्त्रीले देशको सैनिकको संख्या १० लाखबाट बढाएर १५ लाख पु¥याउने बताएका छन् । रक्षामन्त्री सर्गेई शोइगुले बुधबार भने कि यसमा ६,९५,००० स्वयम्सेवक अनुबंध सैनिकहरू समावेश हुनुपर्नेछ। यद्यपी सेनाले यो संख्या कहिले बढाउने योजना बनाएको भन्ने चाँही उल्लेख गरेका छैनन् । युक्रेन युद्धका कारण रुसी सेनाले ठूलो क्षति… Continue reading रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने
आज नेप्सेमा सामान्य गिरावट
७ पौष,काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सामान्य गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन आज ०.०१ अंकले घटेर बन्द भएको हो । उक्त अंकको गिरावटसँगै नेप्से परिसूचक १८ सय ६७ अंकमा आइपुगेको छ ।आज नेप्सेमा १ अर्ब ११ करोड ९७ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज ३ लाख… Continue reading आज नेप्सेमा सामान्य गिरावट
जनार्दनले खोलिदिए राष्ट्रपतिको नाम/ रामचन्द्र कि माधव ?
७ पौष, काठमाण्डौ । नवनिर्वाचित सांसदहरुको समथग्रहण सम्पन्न भएसँगै दलहरुले नयाँ सरकार गठनलाई प्राथमिकताका साथ अघि बढाएका छन् । राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरिसकेको अवस्थामा अनौपचारिक रुपमा छलफललाई अघि बढाएका दलहरुले आजदेखि औपचारिक र घनिभूत रुपमा सरकार गठनको छलफललाई अघि बढाउने बताएका छन् । पहिले सरकार गठन हुने भएपनि अझै दुई महिना कार्यकाल बाँकी… Continue reading जनार्दनले खोलिदिए राष्ट्रपतिको नाम/ रामचन्द्र कि माधव ?
बाटो मर्मतका कारण आगामी एक हप्ता उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने
७ पौष, काठमाडौं । बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने भएको हो । सहरी विकास मन्त्रालयले फोहरका… Continue reading बाटो मर्मतका कारण आगामी एक हप्ता उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने
जेलेन्स्कीलाई लिन गएको थियो अमेरिकी सिक्रेट फौज
७ पौष, एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की रुसी आक्रमण सुरु भएयता पहिलो पटक देश छोडेर बुधबार अमेरिका पुगेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले जेलेन्स्कीलाई न्यानो स्वागत गरेका छन् । जेलेन्स्कीले अमेरिकी संसदलाई सम्बोधन गर्दै रसियासमक्ष आत्मसमर्पण नगर्ने घोषणा गरे। रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणको वर्षाको बीचमा युक्रेनबाट जेलेन्स्कीलाई हटाउनु सुपर पावर अमेरिकालगायत नेटो… Continue reading जेलेन्स्कीलाई लिन गएको थियो अमेरिकी सिक्रेट फौज
हर्कलाई अदालतको लगाम, वनमा साबुन उद्योग खोल्ने हर्कको सपना अधुरै
७ पौष,विरमटनगर । लामो समयदेखि धरान उपमहानगरले आफ्नै पहलमा जनश्रमदानबाट रोजगारी सृजनाका लागि भन्दै साबुन उद्योग निमार्ण गर्ने मेयर हर्क साम्पाङ राईको योजनामा कानुन बाधक बनेको छ । साबुन उद्योग निर्माण कार्य नगर्न मेयर हर्क र धरान उपमहानगरपालिकाविरुद्ध अन्तरिम आदेश जारी भएको छ । उच्च अदालत विराटनगरका न्यायाधिश रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलाशले… Continue reading हर्कलाई अदालतको लगाम, वनमा साबुन उद्योग खोल्ने हर्कको सपना अधुरै
हरर थ्रिलर ‘चि मुसी चिः कस्तो छ ? आयुष्मानले कहिलेकाहीँ प्रियंकामा भुतको रुप देख्छन् ?
७ पौष,काठमाण्डौ । नेपाली चलचित्र ‘चि मुसी चिः भन डेड डिजायर बिल्डिङ’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । आगामी पुस २२ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी लगायतका कलाकारको अभिनय रहेको छ । ट्रेलर रिलिजपछि सञ्चारकर्मीहरुसँग कुरा… Continue reading हरर थ्रिलर ‘चि मुसी चिः कस्तो छ ? आयुष्मानले कहिलेकाहीँ प्रियंकामा भुतको रुप देख्छन् ?
हुस्सुरकुहिरोका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित
७ पौष , काठमाडौं । काठमाडौं उपत्यकामा बिहीवार बिहानैदेखि हुस्सुरकुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् । बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । उनले भने,‘खराब मौसमका कारण केही विमानलाई… Continue reading हुस्सुरकुहिरोका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित
पाल्पामा ठूलो संख्यामा तोपका गोला फेला
४ पौष, काठमाण्डौ । पाल्पाको तानसेनमा घडेरी खन्ने क्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका छन् । तानसेन नगरपालिका वडा नं। ४ गोलाखानामा घडेरी खन्ने क्रममा ती गोला फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । अहिलेसम्म ३०० गोला फेला परेका छन् । गोला भेटिएको जग्गा पाल्पास्थित… Continue reading पाल्पामा ठूलो संख्यामा तोपका गोला फेला
गोल्डेन ग्लोभसँगको अश्लील हर्कतको कारण के हो ?
अर्जेन्टिनी किप्परले अश्लील हर्कत किन गरे ? ५ पौष, एजेन्सी । कतारको लुसेल रंगशालामा आइतबार भएको फिफा विश्वकपको फाइनल खेलमा अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेज चर्चामा आए । प्रस्तुति पोडियममा प्रतियोगितामा शीर्ष खेलाडीहरूलाई उनीहरूको उत्कृष्ट खेलको लागि सम्मान गरिएको थियो जब गोलकिपरले गोल्डेन ग्लोभ (टूर्नामेंटको सबैभन्दा उत्कृष्ट गोलकिपरलाई दिइने ट्रफी) हातमा राखेर अश्लील इशारा गरे। उनले… Continue reading गोल्डेन ग्लोभसँगको अश्लील हर्कतको कारण के हो ?
सुदूरपश्चिम प्रदेशसभाका नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण ११ गते
५ पौष , काठमाडौं । सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण कार्यक्रम पुस ११ गते हुने भएको छ । यहाँ ५३ जना प्रदेशसभा सदस्यहरू छन् । यसैबीच सचिवालयले ११ गते नै नवनिर्वाचित प्रदेशसभा सदस्यको स्वागतमा चियापान कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।प्रदेशसभा सचिवालय धनगढीका सूचना अधिकारी यूवराज जैशीले नवनिर्वाचित प्रदेशसभा सदस्यलाई ११ गते पद… Continue reading सुदूरपश्चिम प्रदेशसभाका नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण ११ गते
राप्रपा बाट संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन
५ पौष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले लिङ्देनलाई सर्वसम्मत रुपमा नेता चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् । जसमध्ये ७ जना प्रत्यक्ष र ७ जना समानुपातिक पद्धतिबाट निर्वाचित भएका हुन् ।
विश्वकपको हारपछि बेन्जिमा भावुक, लिए सन्यास
५ पौष, एजेन्सी । फ्रान्सका फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । सोमबार बेन्जेमाले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएका हुन् । ३५ वर्षीय बेन्जेमाले चोटकै कारण विश्वकप फुटबल गुमाएका थिए । विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित भएसँगै फ्रान्सले तेस्रो पटक विश्वकप फुटबलको उपाधि जित्न सकेन । बेन्जेमाले विश्वकपमा आफ्नो… Continue reading विश्वकपको हारपछि बेन्जिमा भावुक, लिए सन्यास
प्रतितोला १ सय रुपैयाँले सस्तियो सुन / कतिमा हुँदैछ कारोबार ?
५ पौष , काठमाण्डौ । स्थानीय बजारमा सोमबार स्थिर रहेको सुन–चाँदीको मूल्य आज मंगलबार भने भने सामान्य घटेको छ।आज छापावाल सुन प्रतितोला एक लाख चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ र… Continue reading प्रतितोला १ सय रुपैयाँले सस्तियो सुन / कतिमा हुँदैछ कारोबार ?
टर्कीएले बनायो हावाबाट हावामा हान्ने जेट इन्जिन रहेको संसारको पहिलो ड्रोन
५ पौष , एजेन्सी । टर्कीएको बायरकटार टिबी २ ड्रोन निर्माता कम्पनी बायकरले नयाँ जेट इन्जिनबाट संचालित ड्रोन निर्माण गरेको छ। यो नयाँ ड्रोनले आफ्नो पहिलो उडान पूरा गरेको बाइकरले बताएको छ । यो ड्रोनलाई किजिलेल्मा नाम दिइएको छ । बाइकरले किजिलेल्मा अर्थात (गोल्डेन एप्पल) यूसिएभी उडेको र त्यसपछि एयरबेसमा फर्किएको भिडियो जारी गरेको छ… Continue reading टर्कीएले बनायो हावाबाट हावामा हान्ने जेट इन्जिन रहेको संसारको पहिलो ड्रोन
नेप्सेमा आज १४.२२ अंकको वृद्धि
५ पौष, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक १४.२२ अंकले उकालो लागेर १८७३.११ विन्दुमा पुगेर रोकिएको छ । सोमबार भने सेयर बजारमा करिब चार अंकले वृद्धि भएको थियो । मंगलबार २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको र ९३ करोड… Continue reading नेप्सेमा आज १४.२२ अंकको वृद्धि
बस र माइक्रो जुध्दा एक जनाको मृत्यु, १५ घाइते:धादिङ
५ पौष , काठमाडौं । धादिङमा बस र माइक्रो ठोक्किँदा एक जनाको मृत्यु भएको छ।मंगलबार दिउँसो साढे १ बजे गजुरी गाउँपालिका २ बिहानीपम्पस्थित पृथ्वी लोकमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ।काठमाडौंबाट बेसिशहर जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रो ९हाइस० र विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २६४४ नम्बरको बस ठोक्किएका हुन्। माइक्रोमा सवार… Continue reading बस र माइक्रो जुध्दा एक जनाको मृत्यु, १५ घाइते:धादिङ
अस्वस्थताका कारण माधव नेपाल टिचिङ अस्पतालमा भर्ना
५ पौष ,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । अध्यक्ष नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएकोले मंगलबार त्रि।वि। शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ । अध्यक्ष नेपालको उपचारमा त्रि।वि। शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा। सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली… Continue reading अस्वस्थताका कारण माधव नेपाल टिचिङ अस्पतालमा भर्ना
रास्वपाको आवासीय बैठक भोली बुधबारसम्म चल्ने
५ पौष ,काठमाडौं । सोमबार बिहानदेखि बुढानीलकण्ठको होटल पबेरामा राखिएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको आवासीय बैठक भोलिसम्म चल्ने भएको छ ।अध्यक्ष लामिछानेसहित निर्वाचित सांसद र केन्द्रीय सदस्य समेतलाई राखेर बैठक चलिरहेको एक केन्द्रीय सदस्यले बताए ।लामिछाने नेतृत्वको पार्टीको आवासीय बैठकमा संसदीय प्रक्रिया, संसदको भुमिका, संविधान र कानुन, पार्टीले लिने लाइन र योजनाका विषयमा… Continue reading रास्वपाको आवासीय बैठक भोली बुधबारसम्म चल्ने
१५ वर्षीया किशोरी बलात्कारको आरोपमा २९ वर्षीय युवक पक्राउ : भक्तपुर
५ पौष ,काठमाडौं । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पुरूषलाई प्रहरीले पक्राउ गरेको छ।सूर्यविनायक नगरपालिका ४ मोर्डन चोक बस्ने सर्लाही हरिपुर नगरपालिका ६ का २९ वर्षीय महमद आरिफ शेखलाई प्रहरीले पक्राउ गरेको हो। उनी सोमबार साँझ पक्राउ परेका हुन्। उनले ती किशोरीलाई सूर्यविनायक नगरपालिका ४ मोर्डन चोकमा लगेर आइतबार राति बलात्कार गरेको… Continue reading १५ वर्षीया किशोरी बलात्कारको आरोपमा २९ वर्षीय युवक पक्राउ : भक्तपुर
३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु :बारा
४ पौष,काठमाडौं । बारामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। निजगढ नगरपालिका १ स्थित सडकमा प्र .२-०३-००९ प ३९४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।आइतबार साँझ उक्त मोटरसाइकल प्र.२-०३-००१ ख ४२२९ ट्रकमा ठोक्किएको एसपी होबिन्द्र बोगटीले जानकारी दिए। दुर्घटना हुँदा मोटरसाइकल चालक रौतहट… Continue reading ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु :बारा