×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कांग्रेसमा ‘टाउको दुखाइ’ बन्यो महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदन !

१५ भाद्र २०८१

१५ भदौ, विराटनगर ।

नेपाली कांग्रेसभित्र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको प्रतिवेदनलाई लिएर पटकपटक छलफल भइसकेको छ । पछिल्लो समय कांग्रेसमा टाउको दुखाइकै विषय बनेको महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनका विषयमा गहन छलफलका लागि सभापति शेरबहादुर देउवा लागिपरेका छन् ।

आफू अफ्ठेरोमा पर्ने छाँटकाँट देखिएपछि सत्तारूढ दल कांग्रेसका सभापति देउवा महामन्त्री शर्मा र थापाको प्रतिवेदनमा मध्यमार्गी विकल्पको खोजीमा छन् । किनकि, महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुने छ । यसैले पनि तातिएका देउवा प्रतिवेदनप्रति गम्भीर भएर लागिपरेका छन् ।

केही दिनअघि केन्द्रीय समितिको बैठकमा प्रतिवेदनउपर पक्ष–विपक्षमा आवाज उठेपछि देउवाले शर्मा र थापालाई छुट्टाछुट्टै बोलाएर छलफल गरे । उनले यसबीचमा पनि धेरै पटक शीर्ष नेताहरूसँग छलफल गरे । तर, अझै पनि प्रतिवेदन पारित गर्ने वा परिमार्जनसहित पारित गर्ने भन्नेबारे देउवा निर्णयमा पुग्न सकेका छैनन् ।

आज शनिबार बुढानिलकण्ठमा पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीहरूबीच छलफल पनि ठोस सहमतिमा पुग्न सकेनन् । अब आइतबार केन्द्रीय समितिको बैठकअघि फेरि प्रतिवेदनका विषयमा छलफल हुने बताइएको छ ।

गत वर्षको फागुनमा ललितपुरको गोदावदरीमा भएको महासमिति बैठकमा महामन्त्रीद्वय थापा र शर्माले प्रतिवेदन पेस गरेका थिए । महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरू एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेका थिए ।

उनीहरूको प्रतिवेदनलाई लिएर अहिले कांग्रेसमा विवाद चर्किएको छ । सभापति देउवाले दुवै महामन्त्रीका प्रस्तावलाई परिमार्जित गरेर पारित गर्न चाहेका छन् । सभापति देउवाले चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा रहेका छन् ।

त्यस्तै देउवा पक्षले महामन्त्री शर्माले राखेको प्रस्ताव मान्य नहुने भन्दै सो प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राख्दै आएका छन् । महामन्त्रीद्वयको प्रस्तावमा सहमति हुन नसक्दा गत मंगलबार नै बस्नुपर्ने केन्द्रीय समितिको बैठक भोलि आइतबारका लागि बोलाइएको छ ।

भोलि बस्ने केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाको प्रतिवेदन परिमार्जनसहित पेस गरिनेछ । थापाको प्रतिवेदन केही परिमार्जनसहित अन्तिम रूप दिएर पेस हुँदा अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन अहिलेलाई यथावत राखिने छ । विश्वप्रकाशको प्रतिवेदनमा संविधान संशोधनसँग सम्बन्धित कुरा भएकाले पनि संविधान संशोधनको कुरा उठेको बेला छलफल गरिने बताइएको छ ।

त्यसबाहेक शर्माको प्रतिवेदनमा प्रधानमन्त्री जतिसुकै लोकप्रिय बनेपनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था छ । यसले गर्दा कठिनाइमा परेका देउवाले शर्मा प्रतिवेदनउपर छलफल गर्न पनि आनाकानी गरेका हुन् ।

तर, शर्मा भने दुई पटक मात्रै प्रधानमन्त्री बन्ने प्रस्ताव आइतबार बस्ने केन्द्रीय समितिको बैठकबाटै पास हुने दाबी गर्छन् । उक्त नीति साझा दृष्टिकोण र सहमतिबाट पास हुने उनको भनाइ छ ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top