×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

च्याम्पियन्स लिगमा कसको खेल कोसँग ?

१४ भाद्र २०८१

१४ भदौ ,  एजेन्सी ।

नयाँ फरम्याटमा हुन लागेको च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ । गएराति मोनाकोमा भएको हाइ टेक ड्र अनुसार साविक विजेता रियाल मड्रिड र लिभरपुल लिग चरणमा नै आमने सामने हुनेछन् । प्रविधीको उच्च प्रयोग भएको ड्र मा पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डो र इटालिका पूर्व गोलकिपर बुफन सहभागी थिए ।

रियाल र साविक उप विजेता बोरुसिया डर्टमन्डले पनि लिगमा प्रतिस्पर्धा गर्नेछन् । गत सिजनमा रियाल, डर्टमन्डमाथि दुई शून्य गोलको जित हात पार्दै च्याम्पियन भएको थियो । फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी)ले, जर्मन क्लब बायर्न म्युनिखको सामना गर्नेछ । पिएसजीले एट्लेटिको मड्रिडसँग पनि खेल्नेछ ।

बार्सीलोनाले डर्टमन्ड र बायर्न विरुद्ध मैदान उत्रनु पर्नेछ । म्यानचेस्टर सिटीले पनि लिगमा पिएसजी र युभेन्टसबाट चुनौती पाउनेछ । लिग चरणको खेल तालिका भोलि सार्वजनिक हुनेछ । यो पटकदेखि च्याम्पियन्स लिगमा कुल ३६ टिम सहभागी हुनेछन् । प्रत्येक टिमले चार होम र चार अवे गरी आठ खेल खेल्नेछन् ।

यसले पूरानो फरम्याटको समूह चरणलाई प्रतिस्थापन गरेको छ । शीर्ष आठमा रहने टिम राउन्ड अफ सिक्सटिनमा छनौट हुनेछन् । नौ देखि २४ औं स्थानमा रहने टिमले प्ले अफ खेल्ने अवसर पाउनेछन् । सो भन्दा कम स्थानमा रहने टिम भने युरोपा लिगमा पनि छनौट हुने छैनन् । राउन्ड अफ सिक्सटिनबाट भने च्याम्पियन्स लिग आफ्नो पुरानै फरम्याटमा फर्कनेछ । नयाँ फरम्याटमा प्रतियोगिता गएसँगै खेल संख्या १२५ बाट १८९ पुगेको छ । १७ सेप्टेम्बरबाट शुरु हुने च्याम्पियन्स लिग जनवरी २९ मा सकिने छ ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top