पूर्वाञ्चल बाल सेवा आश्रमलाई गोयलको खाजा सहयोग

विराटनगर, मंसिर ६ समाजसेवी दीनबन्धु गोयलले विराटनगरस्थित पूर्वाञ्चल बाल सेवा आश्रमका आश्रित बालबालिकालाई एक बर्षको खाजाको ब्यवस्थापन गर्ने भएका छन् । आश्रम परिसरमा बुधबार आयोजित कार्यक्रमकाबीच उनले सो आश्रमका आश्रित बालबालिका र जेष्ठ नागरिककालागि एकबर्षको खाजा ब्यवस्थापन गर्ने घोषणा गरेका हुन् । घोषणासंगै उनले पहिलो चरणमा एक महिनाको खाजाकालागि आवश्यक पर्ने ८ बोरा चिउराभुजा उपलब्ध… Continue reading पूर्वाञ्चल बाल सेवा आश्रमलाई गोयलको खाजा सहयोग

धनपालथान गाँउपालिका खुल्ला दिसामुक्त घोषणा

विराटनगर, मंसिर ६ मोरङको धनपालथान गाँउपालिकालाई बुधबार खुल्ला दिसामुक्त गाउँपालिका घोषणा गरिएको छ । धनपालथान गाँउपालिका, सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजनामा धनपालथान गाउपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । ७ हजार ९ सय १८ घरधुरी रहेको गाँउपालिकामा सबै घरमा शौचालय निर्माण गरी खुल्ला दिशामुक्त घोषणा गरिएको धनपालथान गाँउपालिकाका कार्यकारी प्रमुख बाबुराम लुईटेलले जानकारी दिए… Continue reading धनपालथान गाँउपालिका खुल्ला दिसामुक्त घोषणा

फिदा हुसेन हत्या प्रकरण : हत्यारा पत्ता लगाउन माग राख्दै दुहबी क्षेत्र तनावग्रस्त(फोटो फिचर)

विराटनगर, मंसिर ५ अज्ञात समूहले सुनसरीको दुहबीका स्थानीय मोहम्मद फिदा हुसेनको बुधबार विहान गोली हानी हत्या गरेपछि दुहवी क्षेत्र तनावग्रसत बनेको छ । दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर हुसेनलाई मोटरसाइकलमा आएका दुई व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा गोली हानेका थिए । गोली लागी घाइते बनेका हुसेनलाई तत्काल उपचारलागि अस्पताल लाने… Continue reading फिदा हुसेन हत्या प्रकरण : हत्यारा पत्ता लगाउन माग राख्दै दुहबी क्षेत्र तनावग्रस्त(फोटो फिचर)

दुहबीमा इँटा उद्योगका सुपरभाइजरको गोली हानी हत्या

विराटनगर, मंसिर ५ सुनसरीको दुहबीमा एक व्यक्तिको अज्ञात समुहले गोली प्रहार गरि हत्य गरेको छ । दुहबी–९ स्थित जय बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा हुसेनको अज्ञात समूहले बुधबार बिहान ६ः३० बजे गोली हानी हत्या गरेको हो । मोटरसाइकलमा आएका दुई व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा चलाएको गोली लागी हुसेन घाइते भएका थिए… Continue reading दुहबीमा इँटा उद्योगका सुपरभाइजरको गोली हानी हत्या

काठमाडौं महानगरले २०० शय्या अस्पताल चलाउने

काठमाडौं: काठमाडौं महानगरपालिकाले आफैँ अस्पताल चलाउने तयारी थालेको छ । महानगरवासीलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै महानगरले दुई सय शय्याको अस्पताल सञ्चालन गर्नेभएको छ । महानगरपालिकाभित्रै अस्पताल सञ्चालन गर्न मिल्ने भवन वा चलिरहेको अस्पताल खरिद गर्नेबारे अध्ययन थालिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

राष्ट्रपतिलाई गाडी खरिदबारे लेखा समितिले छलफल गर्ने

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्न लागेको विषयबारे सार्वजनिक लेखा समितिले छलफल गर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा समिति सभापति शाहले राष्ट्रपतिको निवास विस्तार गर्न महाराजगन्जस्थित नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान हटाउने तथा उपराष्ट्रपतिको निवास समाजकल्याण परिषद्को भवन लैनचौर सार्नेबारेसमेत छलफल गरिने बताए । २१ भदौको मन्त्रिपरिषद् बैठकले… Continue reading राष्ट्रपतिलाई गाडी खरिदबारे लेखा समितिले छलफल गर्ने

पप्पुलाई नयाँ ठेक्कामा रोक, राष्ट्र बैंक निर्माणको ठेक्का अन्योलमा

काठमाडौं: सरकारले पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्कामा सहभागी हुन रोक लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै यस्तो रोक लगाएको हो । पप्पुलाई नयाँ ठेक्कामा रोक लगाएसँगै राष्ट्र बैंकको बालुवाटारस्थित भवन निर्माणको ठेक्का अन्योलमा परेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणअन्तर्गतको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाले पप्पु विवादित… Continue reading पप्पुलाई नयाँ ठेक्कामा रोक, राष्ट्र बैंक निर्माणको ठेक्का अन्योलमा

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बाेलाए

हेटौंडा: १२ वर्षकै उमेरमा आमा बन्न लागेकी एक चेपाङ बालिकाको स्वास्थ्यमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई सुरक्षित प्रसुति गराउन मंगलबार काठमाडौं लगिएको हो । प्रधामन्त्री कार्यालयले चासो दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङको पहलमा चेपाङलाई सोमबार… Continue reading १२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बाेलाए

विदेश शयरमै रमाउँछन् मेयर

काठमाडौँ : विदेश भ्रमणलाई अक्सर वृत्ति विकासँग जोडिएर लिने गरिन्छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको अहिलेसम्मको विदेश भ्रमणले उहाँको व्यक्तित्व विकासमा के कस्तो प्रभाव पारेको छ, कुन्नि ? तर महानगरपालिकाकोे कार्यसम्पादनले भने नगरबासीमा खासै उत्साह जगाउन सकेको छैन । कार्यसम्पादन सुस्त रहे पनि प्रमुख महर्जनको विदेश भ्रमण तेज गतिमा भइरहेको छ । स्थानीय तहमा… Continue reading विदेश शयरमै रमाउँछन् मेयर

विस्तृत शान्ति सम्झौताको १२ वर्ष, ६३ हजार उजुरीको चाङ

काठमाडौं : विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । तर, अझै द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका त्यूँ छन् । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा झन्डै ६३ हजार थान उजुरीहरु छन् । ती उजुरी निरुपणमा आयोगले प्रभावकारी भूमिका नखेलेको द्वन्द्वपीडितको… Continue reading विस्तृत शान्ति सम्झौताको १२ वर्ष, ६३ हजार उजुरीको चाङ

वाइड बडी खरिद प्रकरणः लेखा समितिले अनियमितता भएको ठहर गर्दै सरकारलाई बोलायो

काठमाडौं: संघीय संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान ल्याउँदाको अनियमितताबारे छलफल गर्न सरकारलाई डाकेको छ। मंगलबारको समिति बैठकले दुवै विमान ल्याउँदा व्यापक अनियमितता भएको ठहर गर्दै सरोकारवाला मन्त्रालयसहित निगमका पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो । समितिका सभापति भरत साहले दुवै ठूला जहाज ल्याउँदाका सम्पूर्ण प्रक्रियाको कागजातसहित पर्यटन तथा नागरिक उड्डयन… Continue reading वाइड बडी खरिद प्रकरणः लेखा समितिले अनियमितता भएको ठहर गर्दै सरकारलाई बोलायो

२२ बर्षीया युवती भारतीय शिक्षकद्धारा पटक-पटक बलात्कृत !

काठमाडौं : विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले भारत कलकत्ताका ५४ बर्षीय बडिसतो गौतम भट्टचार्यलाई पक्राउ गरेको छ । लेखा विषयपढाउने बहानामा विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका उनलाई महनगरीय प्रहरी वृत्त बौद्धले अदालतबाट म्याद थप गराएर अनुसन्धान गरिरहेको छ । वृत्तका प्रमुख उपरीक्षक डिएसपी नरेन्द्र चन्दका अनुसार उपत्यकाका विभिन्न कलेजमा लेखा विषय पढाउने उनले प्रलोभन… Continue reading २२ बर्षीया युवती भारतीय शिक्षकद्धारा पटक-पटक बलात्कृत !

मेलम्ची ठेकेदारलाई ३५ करोड क्षतिपुर्ति

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाले ठेकेदार कम्पनीलाई ३५ करोड रुपैयाँ क्षतिपुर्ति भुक्तानी गर्नुपर्ने भएको छ । आयोजना र ठेकेदारबीच भएको विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले ३५ करोड क्षतिपुर्ति दिनुपर्ने निर्णय गरेको हो ।, आजको नागरिक दैनिकमा यो खबर छ । ठेकेदार कम्पनी ईटालियन को—अपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी सिएमसी ले भुकम्प, नाकाबन्दीलगायतका कारणले काम गर्न नपाएको भन्दै… Continue reading मेलम्ची ठेकेदारलाई ३५ करोड क्षतिपुर्ति

शनिबारदेखि विराटनगर विमानस्थलबाट माउन्टेन फ्लाईट

विराटनगर : आउँदो शनिबार (मंसिर ८) देखि विराटनगर विमानस्थलबाट व्यावसायिक रुपमा माउन्टेन फ्लाईट हुने भएको छ । विराटनगरका होटल, पर्यटन तथा ट्राभल्ससम्बद्ध व्यवसायीहरुले विराट हेलिजेड्जका नाममा व्यवसायिकरुपमा माउन्टेन फ्लाईट गर्ने मंगलबार आयोजित पत्रकार सम्मलेनमा जानकारी दिए । विराटनगर ट्राभल्स एशोसिएसनका अध्यक्ष फडिन्द्र अधिकारीले फ्लाईटमा जानेले कञ्चनजङ्घादेखि सगरमाथासम्मको हिमश्रङ्खला अवलोकन गर्न पाउने बताए । विराटनगरबाट एयर… Continue reading शनिबारदेखि विराटनगर विमानस्थलबाट माउन्टेन फ्लाईट

निर्वाचन क्षेत्र विकास कार्यक्रम : मोरङका ६ क्षेत्रमा ९६ योजना

विराटनगर : प्रतिनिधिसभातर्फ ६ वटा क्षेत्र रहेको मोरङमा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षका लागि ९६ वटा योजना छनौट गरिएको छ । स्थानीय पुर्वाधार विकास कार्यक्रम अन्तरगत २४ करोड रुपैँया बजेट खर्च गर्नका लागि ९६ वटा योजना छनौट गरिएको हो । निर्वाचन क्षेत्र विकास कोष सञ्चालन निर्देशिका अनुसार सडक, नदी, नियन्त्रण एवंम भौतिक… Continue reading निर्वाचन क्षेत्र विकास कार्यक्रम : मोरङका ६ क्षेत्रमा ९६ योजना

नोबेल हस्पिटलले मनायो १४ औं बार्षिकोत्सव,विश्वकै उदाहरणीय बनाउने संचालकको दाबी

विराटनगर, मंसिर ५ विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिभिन्न कार्यक्रम गरेर आफनो १४ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी र बिद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथै सांस्कृतिक प्रस्तुति पनि देखाईएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नोबेल शिक्षण अस्पताल स्वास्थ्य र शिक्षा क्षेत्रमा उदाहरणीय बन्दै गएको बताए ।… Continue reading नोबेल हस्पिटलले मनायो १४ औं बार्षिकोत्सव,विश्वकै उदाहरणीय बनाउने संचालकको दाबी

बागलुङमा दुई वर्षमा १९० महिला तथा बालबालिका बेपत्ता

गलकोट,मंसिर ४ दुई वर्षको अवधिमा बागलुङ जिल्लामा १८९ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३–७४ मा ८६ महिला २४ बालबालिका हराएका छन् । आव २०७४–७५ मा ७९ महिला तथा बालबालिकामध्ये ६७ महिलासहित १२ बालबालिका हराएका प्रहरीको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक रेग्मीका… Continue reading बागलुङमा दुई वर्षमा १९० महिला तथा बालबालिका बेपत्ता

विश्वमै लोपोन्मुख तीन प्रजातिका चरा गोरखामा भेटिए

????????????????????????????????????

गोरखा,मंसिर ४ गोरखामा विश्वमै लोपोन्मुख अवस्थामा रहेका तीन प्रजातिका चरा भेटिएका छन् । गोरखा नगरपालिका–८ आहालेस्थित लुदी दामगाडे सामुदायिक वनमा विश्वकै दुर्लभ मानिएका डङ्गर गिद्ध, लोभीपापी गरुढ र गोमाया महाचिल भेटिएको अनुसन्धानकर्ता कुशल श्रेष्ठले जानकारी दिए । उक्त सामुदायिक वनमा भेटिएका ९९ प्रजातिका चरामध्ये तीन प्रजातिका चरा भने अहिले विश्वमै लोपोन्मुख अवस्था रहेको श्रेष्ठले बताए ।गएको… Continue reading विश्वमै लोपोन्मुख तीन प्रजातिका चरा गोरखामा भेटिए

उर्लाबारीमा भीषण आगलागी

विराटनगर, मंसिर २ मोरङको उर्लाबारी नगरपालिकामा भीषण आगलागी भएको छ । उर्लाबारी–७ इटहरा रोडमा भक्तिराम अधिकारीको पसलमा आगलागी भएको हो। करिब पौने २ बजेतिर एउटा किराना पसलबाट सुरु भएको आगलागि विर्तामोड, र इटहरीबाट आएका दमकलको सहयोगमा आगो निभाइएको थियो । आगलागीबाट अधिकारीको हेलसेल किराना पसलमा पूर्ण रुपमा क्षति भएको छ । आगलागीबाट भएको क्षतिको बिषयमा… Continue reading उर्लाबारीमा भीषण आगलागी

शनिवारदेखि विराटनगरबाटै माउण्टेन फ्लाईट , ९ हजार ९ सयमा अब हिमालको दृश्यावलोकन

विराटनगर,मंसिर४ आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गर्दै विराटनगरबाट व्यावसायिक रुपमा माउन्टेन फ्लाईट सुरु हुने भएको छ । विराटनगरका पर्यटन व्यवसायीहरुको पहलमा विराटनगर विमानस्थलबाट चार्टर विमानमार्फत हप्ताको एक दिन शनिबार माउन्टेन फ्लाईट गराईने भएको हो । जसका लागि भारत र बंगलादेशसहित आन्तरिक पर्यटकलाई काठमाण्डौं भन्दा सस्तोमा विराटनगरबाट माउन्टेन फ्लाईटको साप्ताहिक उडान गरिन लागेको हो । ‘विराट… Continue reading शनिवारदेखि विराटनगरबाटै माउण्टेन फ्लाईट , ९ हजार ९ सयमा अब हिमालको दृश्यावलोकन

रक्सौल-काठमाडौं रेलमार्ग ५० प्रतिशत सुरुङमा, जनकपुरको रेल गुडाउन नेपाली टोली भारत जाँदै

काठमाडौं ,मंसिर ४ रक्सौल–काठमाडौं रेलमार्गको ५० प्रतिशत खण्ड सुरुङ मार्गभित्र निर्माण हुने भएको छ । हाल भारत सरकारको प्राबिधिक टिमले रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन गरिरहेको छ । भारतीय प्राबिधिकहरुले सो रेलमार्गलाई १४० किलोमिटर वा १९० किलोमिटर लम्बाईको दुई वटा विकल्प पेश गरेका छन् । दुबै विकल्पमा ५० प्रतिशत रेलवे सुरुङमा हुने रेल विभागका महानिर्देशक बलराम… Continue reading रक्सौल-काठमाडौं रेलमार्ग ५० प्रतिशत सुरुङमा, जनकपुरको रेल गुडाउन नेपाली टोली भारत जाँदै

भोलि प्रदेश २ मा विदा

जनकपुर, मंसिर ४ प्रदेश २ सरकारले बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ । मंसिर ५ गते मुस्लिम धर्मावलम्बीहरुको विशेष दिन अर्थात् पैगम्बर मोहम्मदको जन्मदिन परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सरकारको २०७४ साल चैत २४ गते बसेको मन्त्रीपरिषदको निर्णयअनुसार प्रदेश २ मा बुधबार बिदा दिइएको कानुन मन्त्रालयले जनाएको छ । बुधबार प्रदेश २… Continue reading भोलि प्रदेश २ मा विदा

खुल्दै पूर्वराजाका अतिगोप्य कक्ष

काठमाडौँ, मंसिर ४ पूर्वराजा ज्ञानेन्द्र र स्वर्गिय राजा वीरेन्द्रले कार्यालय समयपछि विशेष परिस्थितमा राजनितिक र कुटनीतिक भेटघाटका लागि निजी कार्यालयको रुपमा प्रयोग गर्दै आएको नारायणहिटी संग्रहालय अन्तर्गत गणेश हिमाल तर्फका ९ वटा कक्ष खुल्ने भएको छ । लामो समयको प्रयासपछि पुरातत्व विभागले ती कक्ष खुला गर्न लागेको हो । देशमा विषम परिस्थिति हुदा पूर्वराजा ज्ञानेन्द्रले… Continue reading खुल्दै पूर्वराजाका अतिगोप्य कक्ष

प्रहरीमा चेक बाउन्स मुद्दाका चाङ

काठमाडौँ: दोलखाका दिनेश कोइराला काठमाडौँ प्रहको हिरासतमा छन् । चेक बाउन्स मुद्दामा समातिएका उनीविरुद्ध झन्डै एक करोड रुपैयाँ ठगी गरेको मुद्दा परेको छ । कोइरालाको ठग्ने काइदाबाट प्रहरीसमेत चकित परेको छ ।पछिल्लो समयमा प्रहरीमा चेक बाउन्स उजुरी गर्नेको संख्या बढ्दो छ । साउन १ देखि हालसम्म काठमाडौंमा एक हजार एक सय १६ वटा उजुरी प्रहरीमा… Continue reading प्रहरीमा चेक बाउन्स मुद्दाका चाङ

राष्ट्रिय गौरवका आयोजनामा अख्तियारको निगरानी

काठमाडौं: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवका आयोजनामाथि निगरानी बढाएको छ। जिम्मा लिएर तोकिएको समयमा काम नसक्ने ठेकेदार र सरकारी अधिकारीमाथि अख्तियारले सूक्ष्म अनुसन्धान थालेको हो। अर्बौं लगानीका आयोजना सम्पन्न गर्न पटकपटक समय थप्दा पनि अलपत्र परेका कारण छानबिन थालिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए। आयोजना प्रमुखकै गैरजिम्मेवारीका कारण काम ढिलासुस्ती भएको प्रारम्भिक… Continue reading राष्ट्रिय गौरवका आयोजनामा अख्तियारको निगरानी

बैदेशिक रोजगारः शुन्य लागतमा कामदार पठाउने सहमति

कामठमाडौं : रोजगारदाताले नै सबै भर्ना खर्च बेहोर्ने गरी कामदार पठाउने सहमति स्रोत मुलुकले गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका अनुसार यसका लागि गन्तब्य मुलुकसँग द्धिपक्षीय श्रम सम्झौता गर्न उनीहरु सहमति भएको जानकारी दिएका हुन् । उनका अनुसार वैदेशिक रोजगारका लागि कामदार पठाउने १२ देशहरुको बैठक कोलम्बो प्रोसेसमा यस्तो सहमति भएको… Continue reading बैदेशिक रोजगारः शुन्य लागतमा कामदार पठाउने सहमति

भारतमा तेलको मूल्य २८ पटक घट्यो, नेपालमा स्थिर

काठमाडौँ: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको छ । भाउ घट्न थालेपछि भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिएको छ । तर, भारतबाटै तेल खरिद गर्ने नेपाल आयल निगमले दुई महिनाअघिकै मूल्यमा नेपाली उपभोक्तालाई पेट्रोल, डिजेल बिक्री गरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य ६५.९ डलर प्रतिब्यारेल कायम भएको छ ।… Continue reading भारतमा तेलको मूल्य २८ पटक घट्यो, नेपालमा स्थिर

दिनमा पटक–पटक घुस लिइन्छ, दिइन्छ !

काठमाडौँ : टेबलमा फाइलसँगै सयको नोट। महिला कर्मचारीले हतपत टेबलमूनी घुसारिन्। तुरुन्तै ३० रुपैयाँ फिर्ता दिइन्। सेवाग्राहीले हतपत गोजीमा हाले। ‘उता जानुस् अब,’ उत्तरतर्फ संकेत गर्दै कर्मचारीले भनिन्। त्यसपछि घोसेमुन्टो लगाई कतै नहेरी भनिन् ‘अर्को आउनुस्, अर्को।’ त्यतिबेला बिहानको ११ बजेर २५ मिनेट गएको थियो। एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयको कोठा नम्बर १२ मेडिकल शाखाको दृश्य… Continue reading दिनमा पटक–पटक घुस लिइन्छ, दिइन्छ !

छपाइ बिग्रेका नोट बजारमा

काठमाडौँ : छपाइ बिग्रेका नोट आजकल बजारमा बढी भेटिन थालेका छन् । त्यस्ता नोटमध्ये केहीमा गभर्नरको हस्ताक्षर छैन, केहीमा एकतर्फ सादा कागज मात्र छ भने केहीमा नबुझिने खालको मधुरो प्रिन्ट छ । बजारमा भेटिएका त्यस्ता नोटमध्ये धेरैजसो पाँच सय र एक हजार दरका छन् ।नोट छपाइका लागि अधिकार पाएका केन्द्रीय बैंक पर्याप्त सजकता अपनाउन नसक्दा त्यस्ता… Continue reading छपाइ बिग्रेका नोट बजारमा

बाह्र वर्षमा आमा बन्दै गरेकी गङ्गामाया अस्पतालमा

हेटौँडा : गङ्गामाया चेपाङ १२ वर्षको उमेरमा आमा बन्दै गरेको सञ्चार माध्यममा सार्वजनिक भएपछि उपचारार्थ अस्पताल लगिएको छ । प्रधानमन्त्री कार्यालयले गङ्गामायाको उद्धार तथा उपचार गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई निर्देशन दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्याक्ष निर्मला हिम्डुङ्गको समन्वयमा सोमबार साँझ हेटौँडा अस्पताल ल्याइएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ… Continue reading बाह्र वर्षमा आमा बन्दै गरेकी गङ्गामाया अस्पतालमा

भिडियो खिचेर बारम्बार बलात्कार

काठमाडौँ : जबर्जस्ती करणीको भिडियो खिचेर त्यसैलाई हतियार बनाई बारम्बार बलात्कार गरेको उजुरीपछि प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । आफूलाई हाउजिङ व्यवसायी बताउने रेशमबहादुर पाख्रिनलाई प्रहरी परिसर ललितपुरले कात्तिक २७ मा पक्राउ गरेको हो । उनीविरुद्ध एक २५ वर्षीया युवतीले कात्तिक १४ गते उजुरी दिएकी थिइन् । ,यो समाचार कान्तिपुर दैनिकमा छ ।

खुल्दै पुर्वराजाका अतिगोप्य कक्ष

काठमाडौ : पुर्वराजा ज्ञानेन्द्र र स्वर्गिय राजा वीरेन्द्रले कार्यालय समयपछि विशेष परिस्थितमा राजनितिक र कुटनीतिक भेटघाटका लागि निजी कार्यालयको रुपमा प्रयोग गर्दै आएको नारायणहिटी संग्रहालय अन्तर्गत गणेश हिमाल तर्फका ९ वटा कक्ष खुल्ने भएको छ । लामो समयको प्रयासपछि पुरातत्व विभागले ती कक्ष खुला गर्न लागेको हो । देशमा विषम परिस्थिति हुदा पूर्वराजा ज्ञानेन्द्रले समेत… Continue reading खुल्दै पुर्वराजाका अतिगोप्य कक्ष

३३ किलो सुन तस्करीको मुद्दा सर्वोच्च जाँदै

विराटनगर : साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीको सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको ३३ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका हाईप्रोफाईल प्रहरी विरुद्ध सरकारी वकिल सर्वोच्च अदालत जाने भएका छन् । उच्च अदालत विराटनगरको आदेश पछि साधारण तारेखमा छुटेका पुर्व डिआईजी गोविन्द निरौला, वहालवाला एसपी विकासराज खनाललाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने… Continue reading ३३ किलो सुन तस्करीको मुद्दा सर्वोच्च जाँदै

१०१ वर्षीया भगवती भण्डारीले पाइन् नेपालको पहिलो राष्ट्रिय परिचयपत्र

पाँचथर,मंसिर ३ संघीय सरकारले आजदेखि राष्ट्रिय परिचय पत्र वितरणको शुरुवात गरेको छ । गृहमन्त्री रामबहादुर थापाले नेपालको पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षकी भगवती भण्डारीलाई प्रदान गरेका छन् । पाँचथरको फिदिम बजारको शहीद मञ्चमा आयोजित विशेष समारोहबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको सुरुवात भएको हो । फिदिम नगरपालिका–४, शान्तिपुरकी १०१ वर्षीय भगवती भण्डारीलाई गृहमन्त्री थापाले परिचयपत्र वितरण… Continue reading १०१ वर्षीया भगवती भण्डारीले पाइन् नेपालको पहिलो राष्ट्रिय परिचयपत्र

पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म

सुर्खेत,मंसिर ३ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएका छन् । रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३ः१५ बजे जुम्ल्याहा बालिकाको जन्म दिएकी हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिनुभएका डा राजीव शाह नेतृत्वमा डा रवीन खातुङ, डा महेश पौडेल, शल्यक्रिया… Continue reading पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म

सजाय भुक्तानी नगरे सार्वजनिक सेवा नपाइने

काठमाडौं : अदालतको फैसला पालनामा अटेर गरे अब सार्वजनिक सेवाबाट वञ्चित हुनुपर्ने भएको छ ।  अदालतलाई ढाँटेर, लुकेर बसेमा पानीको धारा, बिजुली, टेलिफोन लाइन काटिन सक्छ, विदेश जान रोकिन सक्छ, जग्गा किनबेचमा बाधा पर्न सक्छ । , यो खबर आजको नागरिक दैनिकमा छ । त्यसैगरी वडा, गाउँपालिका, नगरपालिकाबाट लिनुपर्ने कुनै पनि सिफारिस सहितका सबै काम रोकिन सक्छन् ।… Continue reading सजाय भुक्तानी नगरे सार्वजनिक सेवा नपाइने

चिनीमा कालोबजारी गर्ने सांसदलाई ५ हजार जरिवाना

काठमाडौं : सरकारले तोकेभन्दा बढी मुल्य लिने प्रदेश ३ का सांसद राजेश शाक्यलाई ५ हजार रुपैयाँ जरिवाना तिराईएको छ । , आजको कारोबारदैनिकमा यो खबर छ । सांसदको सार्वजनिक लेखा समितिले चिनीको मुल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको र सरकारले अधिकतम मुल्य ७० रुपैयाँ लागु गरेको थियो । तर, सांसद शाक्यले ताहाचलमा रहेको आफ्नो… Continue reading चिनीमा कालोबजारी गर्ने सांसदलाई ५ हजार जरिवाना

नगरपालिकामा जानै मान्दैनन् बरिष्ठ उपसचिव

काठमाडौँ– सरकारले कनिष्ठ कर्मचारीको माहतमा वरिष्ठ कर्मचारी व्यवस्थापन गर्न खोजेपछि शिक्षाका झन्डै १ सय उपसचिवले नगरपालिकामा जान अस्वीकार गरेका छन् । मन्त्रालयले आफूहरुलाई मनपरीरुपमा व्यवस्थापन गर्न खोजेको आरोप लगाउँदै शिक्षाका उपसचिवहरु स्थानीय तहमा जान नचाहेका हुन् ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चार दिनअघि १ सय ५५ उपसचिवलाई विभिन्न कार्यालय र नगरपालिकामा खटाएको थियो । तर… Continue reading नगरपालिकामा जानै मान्दैनन् बरिष्ठ उपसचिव

पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राखियो

काठमाडौं : नहर निर्माण कार्य समयमा गर्न नसकेका कारण ठेक्का तोडेको सिक्टा सिँचाइ आयोजना कार्यालयले कोस्टाल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। कालोसूचीमा राख्ने निर्णय गरेको आयोजना कार्यालयले उक्त निर्णय सदरका लागि सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) मा सिफारिस गरेको छ । आयोजना कार्यालयले सम्झौताअनुसार काम हुन नसकेको भन्दै कात्तिक २१ गते पप्पुसँगको… Continue reading पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राखियो

प्रहरीको १०० मा अब एसएमएस पनि

काठमाडौँ: नेपाल प्रहरीलाई १०० नम्बरमा एसएमएस गरी घटना र अपराधको जानकारी दिन सकिने भएको छ । यो समाचार आजको कान्तिपुरमा छ । प्रहरीले आइतबारदेखि ‘एसएमएस सेवा’ थालेको हो । यो सेवाले अपराध नियन्त्रणका लागि सूचना लिन सहज हुने विश्वास प्रहरीले व्यक्त गरेका छ । निमित्त महानिरीक्षक पुस्कर कार्कीले १३ औँ महानगरीय प्रहरी दिवसको अवसर पारेर… Continue reading प्रहरीको १०० मा अब एसएमएस पनि

सरकारसँगै छैन वाइडबडी किनेको प्रमाण,पर्यटनमन्त्री भन्छन्– मसँग कागज छैन, भाडामा त नहुनु पर्ने हो !

काठमाडौं: नेपाल एयरलाइन्सको पहिलो वाइड बडी विमान आएको ५ महिना भयो। दोस्रो– ४ महिना। पर्यटनमन्त्री स्वयं अझै दोधारमा छन्– यी किनिएका हुन् कि भाडामा ! प्रमाण मागेर तुरुन्त हेर्न सक्ने मन्त्री रवीन्द्र अधिकारी बरु ‘ब्रह्म’ ले अनुमान गर्छन्, ‘भाडामा त नहुनु पर्ने हो !’ उनले आफूसँग किनेको ठोस प्रमाण भने नभएको प्रस्ट पारे। एपी वान… Continue reading सरकारसँगै छैन वाइडबडी किनेको प्रमाण,पर्यटनमन्त्री भन्छन्– मसँग कागज छैन, भाडामा त नहुनु पर्ने हो !

सात सहरमा वायुको गुणस्तर खस्कियो

काठमाडौं : एक सातादेखि सात सहरमा वायुको गुणस्तर खस्कँदै गएको पाइएको छ। काठमाडौं, चितवन, नेपालगन्ज, दाङ, पोखरा, ललितपुर र सिमराको वायु प्रदूषण राष्ट्रिय मापदण्डभन्दा पाँच गुणासम्म बढेको वातावरण विभागको तथ्यांक छ। यी सहरमा दुई दशमलव पाँच माइक्रोनका वायुको स्तर ६० पीपीएम पार्ट पर मिलियन भन्दा माथि काटेको छ। यो वायु २४ सै घण्टा श्वासप्रश्वासका लागि… Continue reading सात सहरमा वायुको गुणस्तर खस्कियो

नेपाली युवाको माग बढाउँदै कोरिया

काठमाडौं : रोजगार अनुमति प्रणाली एपीएस मार्फत माग गर्ने नेपाली युवाको संख्या गत बर्षभन्दा बढाउने भएको छ । कोरियाका रोजगारदाताले नेपाली कामदार ईमान्दार, मेहेनेती र अवैधानि बस्नेको संख्या कम रहेको जनाउँदै मा बढाउँदै लगेको हो । , आजको कारोवार दैनिकमा यो खबर छ । कोरिया इपीएस मार्फत नेपाली कामदारको माग बढाउन थप ४ हजार युवाको नाम कोरिया पठाएको… Continue reading नेपाली युवाको माग बढाउँदै कोरिया

विराटनरमा पुस १९ देखि क्यान इन्फोटेक प्रदर्शनी

विराटनगर,मंसिर ३ सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विकास गर्न कम्प्यूटर एशोसिएसन नेपाल मोरंङ शाखाले विराटनगरमा क्यान इन्फोटेक २०१९ प्रदर्शनी गर्ने भएको छ । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी विराटनगर महानगरपालिकाको गौरवलाई माथि उठाउदै आई.टी.हवको रुपमा चिनाउने उद्धेश्यले पर्दशनी गर्न लागिएको जानकारी दिइएको छ । मेलामा आई.सि.टी.कन्फरेनस,सोसलमुभमेन्ट लगायतका क्षेत्रमा आएको नयाँ–नयाँ प्रविधिको जानकारी गराइने छ । पुष… Continue reading विराटनरमा पुस १९ देखि क्यान इन्फोटेक प्रदर्शनी

विराटनगरका लुटेरा प्रहरी नियन्त्रणमा

विराटनगर,मंसिर २ पछिल्लो समययता विराटनगर क्षेत्रमा भएका श्रृंखलाबद्ध लुटपाटका घटनामा संलग्न २ अभियुक्तलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएका अभियुक्तहरुलाई मोरङ प्रहरीले आज पत्रकार सम्मेलनगरी सार्वजनिक गरेको छ । पक्राउ गरिएका अभियुक्तहरुमा सप्तरी शम्भुनाथ घर भई विराटनगर १२ शान्तिचोकमा डेरागरि बस्दै आएका २३ बर्षिय शिवराम चौधरी र विराटनगर ८ का २५ बर्षिय समिर… Continue reading विराटनगरका लुटेरा प्रहरी नियन्त्रणमा

३५ किलोका खुकुरी निर्माण, मुल्य एक लाख रुपैँया

lxpFb ;dosf] nflu j:t'efpnfO{ e08f/0f ul/Psf] 3fF; ?s'd -k"j{_ df ds}sf] gN7f -8fF7_ / kf]S;/nfO{ af/Ls} 5]p5fplt/ 6fF/ agfP/ o;/L /fVg] ul/G5 . t:jL/ M l;h{gf sfsL{, ?s'd, /f;;

बागलुङ ,मंसिर २ हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि रु. ९९ हजार ९९९ तोकिएको खुकुरी हेर्नेको भीड बिक्री कक्षमा छ । कालिगड मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा फुर्सद छैन । अहिले बडिगाड महोत्सव छिर्नेहरूको ध्यान खुकुरीले खिचेको छ । स्थानीय सीपबाट बनेको खुकुरी महोत्सवको आकर्षण बनेको हो । उक्त खुकुरी बनाउन आठ दिन… Continue reading ३५ किलोका खुकुरी निर्माण, मुल्य एक लाख रुपैँया

उद्योगी महेन्द्र गोल्छाको स्मृति दिवसमा विभिन्न कार्यक्रम

विराटनगर, मंसिर २ विराटनगरका उद्योगपति महेन्द्र गोल्छाको नवौंं बार्षिक स्मृति दिवसका अवसरमा आइतबार उद्योग संगठन मोरङले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।दिवसका अवसरमा उद्योग संगठन मोरङ परिसरमा रहेको गोल्छाको अर्ध कदको सालीकमा माल्र्यापण गरिएको छ । माल्र्यापण गर्दे उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले स्वर्गीय महेन्द्र गोल्छाले औधोगिक र आर्थिक क्रान्ति बिना देशको विकास सम्भव… Continue reading उद्योगी महेन्द्र गोल्छाको स्मृति दिवसमा विभिन्न कार्यक्रम

लायन्सको पदस्थापन, युनिकमा सुजन थापा, सिटीमा नमिता न्यौपाने

विराटनगर, मंसिर २ लायन्स क्लब अफ विराटनगर युनिक र लायन्स क्लब अफ विराटनगर सिटीको पदस्थापन कार्यक्रम आज विराटनगरमा सम्पन्न भएको छ । लायन्स क्लब अफ विराटनगर युनिक र लायन्स क्लब अफ विराटनगर सिटीका पदाधिकारीहरुलाई लायन्स ३ सय २५ ए वानका गर्भनर अनन्तप्रसाद भेटवालले पदस्थापन गराएका हुन् । पदस्थापन गर्दे लायन्स क्लब अफ विराटनगर युनिकका अध्यक्ष… Continue reading लायन्सको पदस्थापन, युनिकमा सुजन थापा, सिटीमा नमिता न्यौपाने

बिराटनगरनगरको विभिन्न स्थानबाट लुटपाट गर्ने २ जना सार्वजनिक

विराटनगर, मंसिर २ मोरङको बिराटनगर महानगरपालिकाको बिभिन्न स्थानबाट भएको लुटपाटको घटनामा संलग्न २ जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । लुटपाटको घटनामा संलग्न भएको आरोपमा प्रहरीले सप्तरी शम्भुनाथ नगरपालिका–१२ घर भई मोरङ बिराटनगर महानगरपालिका–१२ शान्तिचौकमा डेरा गरी बस्ने बर्ष २३ को शिवराम चौधरी र मोरङ बिराटनगर महानगरपालिका–८ बस्ने बर्ष २५ को समीर कामतलाई सार्वजनिक… Continue reading बिराटनगरनगरको विभिन्न स्थानबाट लुटपाट गर्ने २ जना सार्वजनिक

ग्यारेजमा आगलागीबाट ५ लाखको क्षति

इटहरी, मंसिर ०२ सुनसरीको इटहरी उप–महानगरपालिका– १७ स्थित पकली चौक शनिबार मोटरसाईकल ग्यारेजमा आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट सोही स्थान बस्ने तुल बहादुर मगरको घरको सटरमा भारत सुपौल बिरपुरथाना बलभद्रपुर घर भई ईटहरी बस्ने मोहम्मद आम्जाद मियाँले खोलेको मोटरसाईकल ग्यारेजमा साँझ सवा ५ बजे बिद्युत लाईन सर्ट भई… Continue reading ग्यारेजमा आगलागीबाट ५ लाखको क्षति

जुनियर जेसीजको साताब्यापी कार्यक्रम सम्पन्न(फोटो फिचरसहित)

विराटनगर, मंसिर २ विराटनगर जुनियर जेसीजले २३ औँ बार्षिक उत्सवको अवसर पारेर सञ्चालन गरेको साताव्यापी कार्यक्रम सम्पन्न भएको छ । बार्षिक उत्सवको अवसरमा कात्तिक २८ गतेबाट सुरुवात साताव्यापी कार्यक्रम शनिबार एक भव्य समारोह बिच विराटनगरको होटल नमस्कारमा सम्पन्न भएको हो ।   जुनियर जेसीजले कार्यक्रमको पहिलो दिन उद्घाटन तथा जेसीज हाजिरीजवाफ, दोस्रो दिन साधारण बेकरी… Continue reading जुनियर जेसीजको साताब्यापी कार्यक्रम सम्पन्न(फोटो फिचरसहित)

प्रदेश १ का एक महिनामै चिया कफी विकास बोर्ड गठन गरिने

विराटनगर,मंसिर २ एक नं प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङम्बोले प्रदेश सरकारले समग्र प्रदेशको अर्थतन्त्रलाई बिकास गर्ने कुरालाई महत्वपूर्ण भूमिका निर्वाहा गर्न सक्ने चिया र कपीको विकास र बिस्तारका लागि एक महिना भित्रै चिया कफी विकास बोर्ड गठन गरिने जानकारी दिएका छन्। उनले चियाको विकास र बिस्तारको लागि आवश्यक पर्ने बोर्ड संघीय सरकारले… Continue reading प्रदेश १ का एक महिनामै चिया कफी विकास बोर्ड गठन गरिने

रसिदका भरमा गाडी चलाइरहेका चालकले तत्काल स्मार्ट लाइसेन्स नपाउने

काठमाडौँ , मंसिर २ रसिदका भरमा गाडी र मोटरसाइकल चलाइरहेका चालकले तत्काल स्मार्ट लाइसेन्स नपाउने भएका छन् । डेढ महिनामा ५ लाख लाइसेन्स छपाइ गर्ने दाबी गर्दै छपाइको जिम्मा दिए पनि निजी कम्पनीले १ महिनामा ६० हजार मात्र लाइसेन्स छापेको छ । यातायात व्यवस्था विभागले मात्र छाप्न नपुगेको भन्दै निजी कम्पनी मालिका इनकर्पोरेट लिमिटेडलेस्मार्ट लाइसेन्स… Continue reading रसिदका भरमा गाडी चलाइरहेका चालकले तत्काल स्मार्ट लाइसेन्स नपाउने

गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

रुकुम,मंसिर २ रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन् । बुढाले शनिबार राति २ बजेको समयमा श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा स्वयमप्रकाशलाई खकुरी प्रहार गरी… Continue reading गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

जेसीजको ४५ औं राष्ट्रिय महाधिवेशन जनकपुरधाममा

विराटनगर, मंसिर २ नेपाल जेसीजको ४५ औं राष्ट्रिय महाधिवेशन जनकपुरधाममा आयोजना हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जेसीजले यहि पौष ७ गतेदेखि १० सम्म हुने ४५ औं राष्ट्रिय अधिवेशनको तयारीबारे जानकारी दिएको हो । स्थानीय तिरहुतिया गाछिमा हुन लागेको चार दिने महाधिवेशनमा देशभरबाट २५ सयभन्दा बढी जेसीजहरु उपस्थिती हुने महाअधिवेशन निर्देशक जेसी… Continue reading जेसीजको ४५ औं राष्ट्रिय महाधिवेशन जनकपुरधाममा

पूर्वउपसभामुखले नै छोरीसरह बुहारीलाई अन्माएपछि…

बाँके,मंसिर २ सङ्घीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाएका छन् । बुहारीले नै रोजेको बरका साथ विवाह गरी समाजलाई चुनौती दिँदै एकल बुहारीको इच्छाअनुसार विवाह गरी अन्माएका हुन् । विसं २०७२ को महाभूकम्पमा… Continue reading पूर्वउपसभामुखले नै छोरीसरह बुहारीलाई अन्माएपछि…

भिडियो देखाएर बलात्कृतसँगै बार्गेनिङ

वीरगन्ज : टोलकै चार जनाले एक महिलालाई सामुहिक बलात्कार गरे । वीरगन्ज महानगरपालिका १८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरीबाजुर गर्न गईनन् । डरले मौन बसिन् । श्रीमान ३ बर्षदेखि वैदेशिक रोजगारमा छन् । बलात्कृत भएको दुई दिनपछि एक युवकले मोवाईलमा भिडियो देखाउँदै पैसा मागे । , आजको कान्तिपुर दैनिकमा यो खबर… Continue reading भिडियो देखाएर बलात्कृतसँगै बार्गेनिङ

सर्वसाधारणले बोक्ने पासपोर्टको रंग फेरिँदै

काठमाडौँस् सर्वसाधारणलाई जारी गरिने रहादानीको बाहिरी रंंग परिवर्तन हुने भएको छ । ई–पासपोर्टमा जाने क्रममा पासपोर्टको कलर पनि फेरिन लागेको हो । सरकारले दुई वर्षभित्र ई–पासपोर्टमा गइसक्ने नीति लिएको छ । सुरक्षित बनाउन राहदानीमा चिप्स राख्न र रंग परिवर्तन गर्न लागिएको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो ।,यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

सांसदको नाममा फेसबुक खोल्दै, रिचार्ज कार्ड माग्दै

डोटी : डोटीमा सांसद प्रेम आलेको नक्कली फेसबुक अकाउन्ट बनाएर ठगी भएको खुलेको छ । आफ्नो नाममा भएको समस्या लिएर हालै सांसद आले प्रहरीमा पुगेका छन ।, आजको नयाँ पत्रिकामा यो खबर छ । उनको नक्कली नाममा विभिन्न व्यक्तिसँग रिचार्ज कार्ड मागिएको खुलेको छ । उनकै मोबाईल नम्बर प्रयोग गरी सो अकाउन्ट खोलिएको प्रहरी अनुसन्धानबाट… Continue reading सांसदको नाममा फेसबुक खोल्दै, रिचार्ज कार्ड माग्दै

विराटनगरका उद्योगी राउत सम्मानित

विराटनगर, मंसिर २ विराटनगरका उद्योगी राजेन्द्र राउत सम्मानित भएका छन् ।लायन्स क्लब डिस्ट्रिक ३२५ एवानद्धारा शनिबार विराटनगरमा आयोजित दोस्रो क्याविनेट वैठकको अवसर पारेर राउतलाई सम्मान गरिएको हो । उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्षसमेत रहेका राउतलाई लायन्स क्लबका गभर्नर अनन्त भेटवालले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका हुन् । राउतलाई उद्योग व्यवसाय तथा सामाजिक… Continue reading विराटनगरका उद्योगी राउत सम्मानित

अनुमति नलिई नेपाली भूमिमा बाटो बनाउँदै भारत

दार्चुला : भारतले अनुमति नलिई नेपाल क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका २ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको हो ।, आजको नयाँ पत्रिकामा यो खबर छ । भारतीय क्षेत्रमा सडक निर्माण भईरहेको । त्यहाँको घटियाबगर—लखनपुर लिपुलेख सडक निर्माणका लागि खटिएका भारतीय सेना र उत्तरतिरको बस्तीका लागि खाद्यान्न लगायत… Continue reading अनुमति नलिई नेपाली भूमिमा बाटो बनाउँदै भारत