विराटनगर,साउन ३१
नेपाल दोस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग २–१ ले पराजित भएको छ । चाम्लिङथाङ रंगशालामा बिहिबार भएको खेलमा उपाधिको दावेदार भारतसँग उच्च प्रदर्शन गरेपनि जित निकाल्न सकेन ।
प्रतिस्पर्धात्मक बनेको खेलको ३० औं मिनेटमा लेन्डा कोमको गोलबाट भारतले खेलमा अग्रता बनाएको थियो । त्यसको ७ मिनेटपछि रजनी थोकरले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको ७५ औं मिनेटमा क्रिटिनाले गोल गरेपछि भारत खेलमा २–१ ले अघि बढ्यो । त्यसपछि थप गोल निस्कन नसक्दा नेपाल भारतसँग २–१ ले पराजित हुन पुग्यो ।
भारतले फाईनलमा १८ अगस्टमा बंगलादेश र भुटानबीचको विजेता सँग खेल्नेछ । अब नेपालले तेस्रो स्थानको लागि बंगलादेश र भुटानबीचको पराजित हुने टिमसँग १८ अगस्टमा खेल्नेछ ।