बिमस्टेकको पाँचौं शिखर सम्मेलन आजदेखि कोलोम्बोमा सुरू हुँदै

बिमस्टेकको पाँचौं शिखर सम्मेलन आजदेखि कोलोम्बोमा सुरू हुँदै

१६ चैत, काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलन आजदेखि श्रीलंकाको राजधानी कोलोम्बोमा सुरू हुँदैछ ।

सम्मेलनमा आयोजक श्रीलंका, बंगलादेश, भारत, भुटान, नेपाल, थाइल्यान्ड र म्यानमार सहभागी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट बिमस्टेकको सम्मेलनलाई केहीबेरमा भर्चुअल माध्यममार्फत सम्बोधन गर्नेछन् ।

बिमस्टेक सम्मेलनमा सहभागी हुन भने परराष्ट्र मन्त्री नारायण खड्का भने श्रीलंकाको राजधानी कोलोम्बो पुगिसकेका छन् ।

सदस्य राष्ट्रका विदेशमन्त्री तथा अधिकारी सहभागी सम्मेलनको अध्यक्षता श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले गर्नेछन् ।

आयोजक बाहेक अन्य सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुले भने सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नेछन् ।

बिमस्टेको चौथों शिखर सम्मेलन सन् २०१८ मा काठमाडौंमा भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.