मेरो छोरा म जस्तै खेलाडी बनोस् : रोनाल्डो

मेरो छोरा म जस्तै खेलाडी बनोस् : रोनाल्डो

एजेन्सी, भदौ ७
फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो छारा आफु जस्तै फुटबल खेलाडी बनेको देख्न चाहेको बताएका छन् । उनले आफ्नो ठूलो छोरा आफु जस्तै खेलाडी भएको सपना देखेको स्वीकार गरेका हुन् । यद्यपी उनले खेलाडी बन्नकै लागि भने दबाब नदिने बताएका छन् ।

८ वर्षे क्रिस्टियानो जुनियरले बेर्नाबेउमा हुँदा देखाएको खेल कौशललाई रोनाल्डोले आफ्नो इन्स्टाग्राम पेजमा समेत राखेका थिए । उनमा पनि आफ्नो बाबुकै जस्तो क्षमता रहेको छनक देखिन्छ । आफु सानो हुँदा जस्तै छोराले पनि फुटबल कौशल देखाउने गरेको उल्लेख गर्दै रोनाल्डोले उनी खेलाडी हुने सम्भावना रहेको बताएका छन् । उनले त्यसमा छोराको चाहनामा बढी निर्भर गर्ने पनि प्रष्ट पारेका छन् ।

रियल म्याड्रिडबाट यहि सिजन १ सय मिलियन पाउन्डमा युभेन्ट्स पुगेका उनले अघिल्लो साता डेब्यू गरेका थिए । उनले गोल गर्न नसकेपनि युभेन्ट्सले त्यो खेलमा कियभोलाई ३–२ ले हराएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.