×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

जिरोनामाथि रियलद्धारा ४–१ को जित

११ भाद्र २०७५

एजेन्सी, भदौ ११
स्पेनिस जाइन्ट रियल मड्रिडले ला लिगामा फुटबलमा फराकिलो जित निकालेको छ । ला लिगा अन्र्तगत आइतबार राति भएको खेलमा रियलले जिरोनामाथि ४–१ को फराकिलो जित निकालेको हो ।

जिरोनाको घरेलु मैदानमा भएको खेलमा रियलका करिम बेन्जेमाले दुई तथा ग्यारेथ बेल र सर्जियो रामोसले समान एक गोल गरे । जिरोनाका बोर्जा गार्सियाले एक गोल फर्काए । रियलले खेलमा पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो ।

Advertisement

१६औं मिनेटमा बोर्जाले गोल गरेपछि रियल खेलमा पछि परेको थियो । रियलका डिफेन्डरले फल अपिल गरिरहँदा लोजानको प्रहारलाई गोलरक्षकले बचाएपनि अर्काे प्रयासमा बोर्जा गोल गर्न सफल भएको हो ।

एक गोलले पछि परेपछि रियल खेलमा थप आक्रमक बन्दै पहिलो हाफमा पेनाल्टीमार्फत बराबरी गोल गर्न सफल भयो । ३९औं मिनेटमा डि–बक्समा मार्काे एसेन्सियोलाई मुनिइसाले लडाएपछि रियलले पेनाल्टीको मौका पाएको थियो । जसमा कप्तान सर्जियो रामोस चुकेनन् ।

५२औं मिनेटमा फेरि एसेन्सियोलाई डि–बक्सभित्र पल गरेपछि रियलले अर्काे पेनाल्टी पायो । यसपटक करिम बेन्जेमाले सहज गोल गर्न सफल भए । ५९औं मिनेटमा ग्यारेथ बेलले इस्कोको पासलाई गोलमा परिणत गरेपछि रियलले खेलमा ३–१ को अग्रता बनाउन सफल भयो ।

त्यसअघि रियलका गोलरक्षक केलर नाभासले रियललाई बराबरी गोलबाट बचाएका थिए । ८०औं मिनेटमा करिम बेन्जेमाले व्यक्तिगत दोस्रो तथा टिमको लागि चौथो गोल गर्दै रियललाई ४–१ को आरामदायी अग्रता दिलाए । बेलको पासमा बेन्जेमाले गोल गर्न सफल भएका हुन् । त्यसपछि थप गोल निस्कन नसक्दा रियलले खेल ४–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

यो खेलमा पनि रियलले आफ्ना पूर्व खेलाडी क्रिस्टियानो रोनाल्डोको कुनै अभाव हुन दिएन । रियलले यसअघि पहिलो खेलमा गेटाफेमाथि २–० को जित निकालेको थियो । ला लिगाकै अर्काे खेलमा सेभिल्ला र भिल्ला रियलले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

Advertisement

जितसँगै रियल दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । रियलले गोल अन्तरमा साविकको विजेता बार्सिलोनालाई पछि पारेको हो । जिरोना एक अंकसहित १६औं स्थानमा छ ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top