×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

बार्सिलोना ४ खेल अगावै ला लिगा च्याम्पियन

१ जेष्ठ २०८०

१ जेठ, एजेन्सी ।
क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । आइतबार राति इस्पानियोललाई ४–२ ले हराएसँगै बार्सिलोनाले २७औँ स्पेनिस ला लिगाको उपाधि जितेको हो । बार्सिलोनाले चार खेल अगावै उपाधि जितेको हो । बार्सिलोनाको सफल इतिहासमा आकर्षक आक्रमक फुटबल ब्रान्ड जोडिन्छ । तर, जारी सिजन बार्सिलोना फरक शैली अपनाएको छ ।

मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले परम्परागत शैलीलाई अलग राख्दै बलियो रक्षापंक्तिमा ध्यान केन्द्रित गरेका थिए । जारी सिजन बार्सिलोनाले ३४ मध्ये २७ खेल जितेको छ । त्यसमा बार्सिलोनाले ६४ गोल गरेको छ भने १३ गोलमात्र खाएको छ । जुन युरोपकै शीर्ष पाँच लिगमा सबैभन्दा राम्रो नतिजा हो । बार्सिलोनाले घरेलु मैदानमा त अझ दुई गोलमात्र खाएको छ ।

Advertisement

त्यसमध्ये एक आत्मघाती र अर्को पेनाल्टीमा गोलमा खाएको हो । बार्सिलोनाको रक्षापंक्ति बलियो हुनुमा गोलकिपर मार्क आन्द्रे टेर–स्टेगन र रक्षकद्वय रोनाल्ड अराउजो र जुलेस कौन्डेको भुमिका मुख्य रह्यो । बार्सिलोनाले २०१८÷१९ सिजनपछि पहिलोपटक उपाधि जितेको हो ।

त्यतिबेला बार्सिलोनाको अग्रपंक्तिमा लियोनल मेसी र लुइस स्वारेज थिए । यसपटक भने जाभीले लेवानडोवस्कीलाई प्रयोग गरेका थिए । कप्तान सर्जियो बुस्केट र जोर्डी अल्बाको अनुभवले बार्सिलोनालाई अझ बलियो बनायो । गएराति पनि स्पानियोलको घरेलु मैदानमा लेवानडोवस्कीको गोलबाट ११औँ मिनेटमा अग्रता लिएको थियो ।

२०औँ मिनेटमा एलेक्स बाल्डेले अग्रता दोब्बर बनाए । ४०औँ मिनेटमा लेवानडोवस्कीले व्यक्तिगत दोस्रो गोल थपे । ५३औँ मिनेटमा कौन्डेले चौथो गोल गरे । ७३औं मिनेटमा जाभियर पाउडो र इन्जुरी समयमा जोसेलुले गरेको गोलबाट स्पानियोलले पुनरागमनको प्रयास गरे पनि धेरै ढिला भइसकेको थियो ।

लियोनेल मेसीले अगस्ट २०२१ मा क्लब छोडेपछि बार्सिलोनाको यो पहिलो ला लिगा उपाधि हो र जाभी हर्नान्डेज नोभेम्बर २०२१ मा प्रशिक्षक बनेपछि बार्सिलोनाले पहिलो पल्ट ला लिगाको उपाधि जितेको हो । यस्तै बार्सिलोनासँगको हारसँगै स्पान्योल चार सिजनपछि रेलिगेसनमा जाने खतरामा छ ।

Advertisement

जितपछि बार्सिलोनाले ३४ खेलबाट ८५ अंक जोडेको छ । जुन दोस्रो स्थानको रियाल मड्रिडभन्दा १४ अंकले अगाडि हो । लिगमा अब १२ अंकको खेलमात्र बाँकी छ । त्यसकारण बार्सिलोनाले चार खेल अगावै लिग उपाधि पक्का गरेको हो ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top