×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

को हुन् शिख ? किन खोजे छुट्टै देश ?

४ आश्विन २०८०

४ असोज,एजेन्सी ।

हरदीप सिंह निज्जरको ज्यान गएको विषयलाई लिएर भारत र क्यानडाबीच कुटनीतिक द्वन्द बढ्दै गएको छ । दुवैदेश कुटनीतिज्ञ निकाल्नेदेखि भिसा बन्द गर्नेसम्मको अवस्थामा उत्रिसकेका छन् । अहिलेसम्म यी दुई देशको समस्या सुझाउन कुनै पनि तेस्रो पक्षले हिम्मत जुटाएको छैन् । यसबीच खालिस्तानको विषय पुनः एक पटक सतहमा आएको छ । तर यो विषय नयाँ भने होइन ।

खालिस्तान आन्दोलनले भारतमा शिखहरूका लागि छुट्टै राज्य स्थापना गर्न चाहेको छ । सन् १९८० मा भारतको पन्जाब राज्यमा उक्त आन्दोलन उत्कर्षमा पुगेको थियो । त्यहाँ शृङ्खलाबद्ध हिंसात्मक आक्रमण भए र हजारौँ मानिसको ज्यान गयो । उक्त आन्दोलन दमन गर्न भारतको सशस्त्र फौजले एउटा विशेष कारबाही चलायो । त्यसपछि उक्त आन्दोलन केही निस्तेज भयो ।

अहिले आधुनिक पन्जाबको राजनीतिमा परिवर्तन आएको छ । तर प्रवासमा रहेको शिख समुदायभित्रका मानिसहरूले छुट्टै राज्यका लागि निरन्तर रूपमा पैरवी गर्दै आएका छन् । केही वर्षयता उक्त माग चर्किँदै गएको छ । भारतले खालिस्तान आन्दोलनलाई राष्ट्र विखण्डनको रुपमा हेर्दै सशक्त रूपमा विरोध गर्दै आएको छ । पन्जाबसहित देशको मूलधारमा रहेका राजनीतिक दलहरूले हिंसा र पृथक्तावादको आलोचना गरेका छन् ।

भारतको इतिहासमा सर्वाधिक विवादास्पद मानिएका दुई घटना अमृतसरस्थित स्वर्ण मन्दिरमा भएको आक्रमण र इन्दिरा गान्धीको हत्याका कारण लामो समयदेखि तनाव चल्दै आएको छ । सन् १९८४ को जुन महिनामा भारतीय सेनाले शिखहरूको पवित्र स्थल स्वर्ण मन्दिरमा धावा बोलेर त्यहाँ आश्रय लिएर बसेका पृथक्तावादीहरूलाई त्यहाँबाट हटायो ।

त्यस क्रममा धेरै मानिसको ज्यान गयो र स्वर्ण मन्दिरमा ठूलो क्षति पुग्यो । पदासीन प्रधानमन्त्री इन्दिरा गान्धीको निर्देशनमा सेनाले उक्त कारबाही गरेको थियो। त्यसको केही महिनापछि आफ्नै अङ्गरक्षकहरूले इन्धिरा गान्धीको ज्यान लिए । आक्रमण गर्ने दुवै अङ्गरक्षक शिख थिए । त्यसपछि चार दिनसम्म दङ्गा र साम्प्रदायिक हिंसा फैलिँदा हजारौँ मानिसको ज्यान गयो । तीमध्ये धेरै जना शिख थिए ।

उक्त घटनामा लागेको घाउ अझै आलै भएका कारण भारतका लागि खालिस्तान लक्षणरेखा हो । शिख स्वतन्त्रताविरुद्ध भारतका सबै राजनीतिक दलहरू एकताबद्ध भएका कारण भारत सरकारले खालिस्तानसम्बन्धी विषयलाई द्विपक्षीय कूटनीतिक सम्बन्धको विषय मान्दैन । तर शिखको राम्रो जनसङ्ख्या भएका क्यानडा, अस्ट्रेलिया र यूकेका सरकारलाई भारतले दबाव दिँदा कूटनीतिक तनाव बढ्ने गरेको छ ।

छुट्टै राज्यको मागसँग सम्बद्ध विषयलाई भारत सरकारले “शिख अतिवाद” को सङ्ज्ञा दिएको छ । उसले त्यसलाई ती देशले नियन्त्रण नगरे द्विपक्षीय सम्बन्ध बिग्रिने चेतावनी पनि दिँदै आएको छ । अस्ट्रेलियाका अधिकारीहरूले खालिस्तानवादीहरूले हिन्दू मन्दिरहरूमा गरेको तोडफोडबारे अनुसन्धान गरिने बताएका छन् । तर उनीहरूले स्वतन्त्र राज्यबारे उनीहरूको अभिव्यक्ति रोक्न नसकिने जनाएका छन् ।

खालिस्तान आन्दोलनको विरोध नगरेकोमा दिल्लीले क्यानडाको खुलेरै आलोचना गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले जारी हिंसा बन्द गर्ने बताए पनि “विदेशी हस्तक्षेप” को विरोध गरेका छन्। गत मार्चमा लन्डनस्थित भारतीय उच्चायोगबाहिर विरोधप्रदर्शनहरू भएपछि त्यहाँ विवाद उत्पन्न भयो ।

त्यतिबेला भिडले ’खालिस्तान’ लेखिएका पहेँलो रङ्गका ब्यानरहरू देखाएका थिए । एक जनाले कूटनीतिक नियोग रहेको भवनको एउटा बार्दलीबाट भारतको झण्डा निकालिदिएका थिए । शिख धर्म विश्वको एउटा मुख्य धर्ममध्ये एक हो ।

यो धर्म अहिलेको भारत र पाकिस्तानमा पर्ने पन्जाब क्षेत्रमा सोह्रौँ शताब्दीमा सुरु भएको हो । विश्वभरि झन्डै दुई करोड ५० लाख शिखहरू छन् । धर्मप्रति आस्था राख्ने विश्वको यो पाँचौँ ठूलो समूह हो । अधिकांश शिखहरू भारतमा बस्छन् । एक अर्ब ४० करोड जनसङ्ख्या रहेको भारतमा झन्डै दुई प्रतिशत जनसङ्ख्या शिखहरूको छ ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top