×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

६० लाखमा बनेको उल्टो घर कस्तो छ ?

२९ पुष २०८०

२९ पुष,काठमाण्डौ ।

मुलुक संघीयतामा गएपछि गाउँ गाउँमा सरकार पुगे । सानो कामका लागि सदरमुकाम र संघीय राजधानी धाउनुपर्ने समस्या धेरै हदसम्म न्युनिकरण भएका छन् । नेताहरुले भनेजस्तो सिंहदरबारको सबै अधिकार गाउँगाउँसम्म नपुगेपनि त्यसको सुरुवात भने भइसकेको छ । गाउँमै सरकार आएपछि जे जस्तो भएपनि गाउँमा विकासको मुल फुटेको छ ।

सरकारी योजनाहरुसँगै निजी क्षेत्रहरुबाट समेत गाउँमै संभावना पहिचान गरी लगानी गर्ने क्रम बढेको छ । स्थानीय सरकार आएपछि चहलपहल सँगै पर्यटकीय क्षेत्रहरुको समेत विकास भएको छ । कतै ठाउँको नामअनुसारका स्तम्भ बनाएर अनि कतै दुर्लभ वन्यजन्तुको मूर्ति बनाएर पर्यटकलाई आकर्षित गर्ने गरिएको छ ।

तर मोरङको मिक्लाजुङमा भने पर्यटकलाई आकर्षित गर्न अर्को अनौठो जुक्ति अपनाइएको छ । पछिल्लो समय मिक्लाजुङ्ग वडा नम्बर –३ निसेलुङमा बनेको उल्टो घरका कारण चर्चामा छ । संम्भवतः नेपालमा पहिलोपटक बनेको उल्टो घरले स्थनीयस्तरमा पर्यटकको केन्द्र बनेको छ ।

परैबाट हेर्दा अरु सामान्य घरभन्दा ठिक उल्टो पाराको संरचना रहेको घरले दैनिक सयौँ पर्यटक आकर्षित गरिरहेको छ । घरको छानो भुईँमा, जगको भाग आकाशतिर देखिन्छ । घरभित्र प्रवेश गर्दा पनि शयन कक्ष, शौचालय, भान्सा कोठा सबै उल्टो देखिन्छ । टेबल, दराज, कुर्सीहरू सबै उल्टो छन् ।

मिक्लाजुङ्ग गाउँपालिका फरक हावापानी र भौगोलिक वनावटका कारण पर्यटकीय हिसावले कोशी प्रदेशकै एक उत्कृष्ट गन्तव्य मानिन्छ । केही प्रतिशत भू–भाग पहाडको काखमा रहेको यस पालिकामा खुडी, मिक्लाजुङ्ग डाँडा, चुलीपोखरी, मिक्लुबेतेनी लगायतका ठाउँहरु घुम्न योग्य रहेका छन् ।

अझ पछिल्लो समय संचालनमा आएको निसेलुङ फर्न पार्क अर्काे पर्यटकीय गन्तव्य बनेको छ । यस पार्क भित्र उल्टो घर, फाउन्टेन, भ्यूटावर, पिरतीको गाउँ, बाल उद्यानका सामग्री लगायत निर्माण गरिएको छ । देश तथा विदेशमा पर्यटकीय रुपमा यसको प्राकृतिक सुन्दरतालाई परिचित गराउन यस पार्कको सुरुवात गरेको निसेलुङ फर्न पार्क प्रालिका सञ्चालक इन्द्रमणी भट्टराईले बताएका छन् ।

पार्कका लागि हालसम्म एक करोड खर्च भइसकेको उनले बताएका छन् । उनले ६० लाख खर्च गरेर बनाएको उल्टो घर यसभन्दा अघि थाइल्यान्ड, भारतका केहि स्थानमा निर्माण भइसकेको र आफूहरुले पनि त्यहीबाट साभार गरेर निर्माण गरेको बताएका छन् ।निसेलुङ पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष खगेन्द्र मादेनका अनुसार यस्तो उल्टो आकर्षक भवन बनाउनका लागि भारतको जलपाइगुढीबाट इन्जिनियर र मिस्त्री ल्याइएको थियो ।

यस पार्कमा रहेको भ्यूटावरबाट उर्लाबारी, लेटाङ, दमक, पथरी शनिश्चरे पालिका, मिक्लाजुङ्गका सम्पूर्ण वडाहरु नियाल्न सकिनेछ । मोरङको उर्लाबारीदेखि मधुमल्ला हुँदै टाँडी पुगेपछि करिब एक किलोमिटर पूर्व लागेपछि सुन्दर निसेलुङ पुग्न सकिने छ ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top