×

NEPAL TIMES UPDATES

Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026
Playing
चिमोरिया प्रकरणमा तुलसाले सत्य खोलिन्, कति स्वीकारिन् ? || Nepal Times
Apr 05, 2026

रुसका ९२ गाउँ युक्रेनको कब्जामा, शिथिल बन्दै गएको हो रुस ?

८ भाद्र २०८१

८ भदौ, एजेन्सी ।

रुस–युक्रेन युद्ध सुरु भएको करिब अढाइ वर्ष नाघिसकेको छ । दुई राष्ट्रबीचको युद्ध नीतिले गर्दा रुस र युक्रेनमा युद्ध दैनिकीजस्तो बनिसकेको छ । दुई देशका जनता युद्धसँग अभ्यस्त भइसकेका छन् । युद्धका कारण कतिले ज्यान गुमाए र कति अंगभंग भए भन्नेबारे यकिन तथ्यांक कसैसँग छैन ।

Advertisement

रुस–युक्रेन युद्धको सुरुआततिर युक्रेनमाथि रुसले निरन्तर धावा बोलेको थियो । तर, पछिल्लो समय भने युक्रेनको प्रतिआक्रमणले गर्दा रुस दुर्बल नै भएको अनुमान लगाउन सकिन्छ । अत्याधुनिक हतियारका साथमा रुसमाथि जाइलागेको युक्रेनले उल्लेखनी सफलता हात पारिरहेको अवस्था छ भने रुस शिथिल अवस्थामा देखिएको छ ।

यसैकारण पनि रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनप्रति नागरिकले प्रश्न उठाउन थालेका छन् । पछिल्लो समय पुटिनविरुद्ध सामाजिक सञ्जालमा नागरिकले आक्रोश ब्यक्त गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । न्युयोर्क टाइम्सका अनुसार रुसको कुर्स्कमा युक्रेनी आक्रमणपछि पुटिनको लोकप्रियता घटेको दाबी गरिएको छ ।

युक्रेनी सेनाको आक्रमणलाई रुसी सरकार र विशेषगरी पुटिनको असफलताका रूपमा हेरिएको छ । पुटिनको युद्ध नीति असफल भएको भन्दै मानिसले उनको राजीनामा माग गरिरहेका छन् । युक्रेनी सेनाले रुसको सुदजा शहरमा प्रवेश गरेर लेनिनको मूर्ति भत्काएका छन् । गत वर्ष रुसको निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको नेतृत्वमा भएको विद्रोहपछि पुटिनको लोकप्रियता घटेको थियो ।

सन् २०२२ मा मस्कोले युक्रेनमाथि धावा बोलेयता रुसी भूभागमाथि युक्रेनले सर्वाधिक ठूलो आक्रमणमा तल्लीन छ । युक्रेनले अगस्ट ६ मा युक्रेनले पहिलोपटक रुसको भूभागमा प्रवेश गरी आक्रमण गरेको थियो । त्यसयता युक्रेनले दुई हप्तामा रुसबाट १२६३ वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।

उनका अनुसार युक्रेनी सेना कुर्स्कमा २८–३५ किलोमिटर अगाडि बढेको छ भने ९२ गाउँ कब्जा गरिसकेको छ । अगस्ट १६ मा सुदजामा रुसी र युक्रेनी सेनाबीच युद्ध भएपछि त्यहाँबाट रुसी सेना पछि हट्नु परेको थियो । सन् २०२४ को ८ महिनामा रुसले कब्जा गरेको भन्दा युक्रेनले २ हप्तामा बढी जमिन कब्जा गरेको युक्रेनले दाबी गरेको छ । दोस्रो विश्वयुद्धपछि कुनै पनि देशले रुसको यति ठूलो भूभाग कब्जा गरेको यो पहिलो पटक हो ।

यही कारण रुसी जनताले पुटिनसँग युद्ध नीतिमा परिवर्तनको माग गरिरहेका छन् । कुर्स्कमा भएको आक्रमणका कारण जनतामा त्रास फैलिएको उनीहरूको भनाइ छ । युक्रेनले रुसको कुर्स्क क्षेत्रमा रणनीतिक महत्व भएको दोस्रो पुल पनि ध्वस्त पारेको थियो । उक्त क्षेत्रमा आकस्मिक आक्रमण गरेपछि युक्रेनले त्यहाँ सैन्य कारबाहीलाई निरन्तरता दिएको छ भने ज्भानेस्थित सेम नदीमा रहेको पुल पनि ध्वस्त पारेको थियो ।

अब, अझै युक्रेनले पश्चिमा देशहरूबाट पहिलो खेपमा पाएको एफ–१६ लडाकु विमानहरू प्रयोग गर्न लागेको छ । रुससँग युद्ध गरिरहेको युक्रेनले सन् २०२५ सम्ममा ६५ वटा त्यस्ता विमान प्राप्त गर्ने ठानिएको छ । दुई वर्षदेखि युक्रेनी नेताहरूले पश्चिमा देशहरूसमक्ष संयुक्त राज्य अमेरिकामा निर्मित लडाकु विमान उपलब्ध गराउन अनुरोध गर्दै आएका थिए ।

Advertisement

यद्यपि, त्यस्ता विमानहरू निकै कम संख्यामा उपलब्ध गराइएकाले तिनको प्रयोगबाट रुसविरुद्धको लडाइँमा युक्रेनलाई ठूलो फाइदा पुग्न नसक्ने देखिएको छ ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top