NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग  शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट शुक्रबार अशोज २४ , २०८२
नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै शुक्रबार अशोज २४ , २०८२
विपिनको अवस्था अझै अज्ञात,४६ जनाको अवस्था सार्वजनिक शुक्रबार अशोज २४ , २०८२
Next
Prev

समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बुधबार फाल्गुन २८ , २०८१
Reading Time: 1 min read
A A
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ फागुन , काठमाण्डौ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको साझेदारीमा दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको सात महिना बितिसकेको छ।

सुशासन र स्थायित्वको प्रतिबद्धतासहित गठन भएको भनिएको सरकारले सात महिना पूरा गर्दा पनि न प्रधानमन्त्री, न त मन्त्रीहरूले अझै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । सरकारमा रहेकाहरुका सम्पत्ति विवरण सार्वजनिक गरिनु सुशासनकै एक पाटो हो ।

LS Auto

तर सुशासन दिने र भ्रष्टाचारीको मुख पनि नहेर्ने कसम खाएका प्रधानमन्त्री र उनका मन्त्रीपरिषदका सदस्यहरु कति सम्पत्ति लिएर सपथ ग्रहण गरेका थिए, तिनको स्रोत के थियो र अहिले ७ महिना कुर्सीमा रहँदा उनीहरुको सम्पत्ति कति थपघट भयो भन्ने खुलाउन जरुरी नै ठानिएको छैन ।

सुशासनको रटान लगाउने सरकारबाट सम्पत्ति विवरण नै सार्वजनिक नभएपछि यो विषयमा आज संसद्मा पनि उठेको छ । प्रतिनिधिसभामा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक अगाडि बढाउने प्रस्तावमाथिको छलफलमा यो विषय उठेको हो ।

यो विधेयकलाई सभामा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल र हितराज पाण्डेले विरोधको सूचना दर्ता गरेका थिए । विरोध गर्नुको कारणबारे बोल्दै सांसद शाहले सोधे, ‘मन्त्रीहरू र प्रधानमन्त्रीको सम्पत्ति विवरण कहिले सार्वजनिक हुन्छ ?’

सरकार बनेको एक महिनामै सार्वजनिक हुनुपर्नेमा नभएको उनले बताए । सुशासन सरकारको व्यवहारमा समेत देखिनुपर्ने उनको आग्रह छ । शाहले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकले भ्रष्टाचार र कुशासनलाई बढावा दिएको पनि आरोप लगाएका छन् ।

‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’,लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दिँदै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले वर्तमान सरकार नै कुशासन र अपारदर्शीतामा लिप्त रहेको आरोप लगाए । सरकार गठन भएको सात महिना बित्दा समेत सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पति विवरण सार्वजनिक नगर्नुले सरकार पारदर्शितामा जिम्मेवार नरहेको पुष्टि भएको उनको भनाइ छ ।

उनले सरकारले संसदलाई छलेका कारण सुशासनको सोच कहीँ पनि नभएको बताए । यस्तै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले पनि मन्त्रीहरू र प्रधानमन्त्रीको सम्पत्ति विवरण खोजेका छन् ।

‘सरकार बनेको सात महिनासम्म आफूले कमाएको सम्पत्ति बुझाउन नसक्ने सरकारले, नचाहने सरकारले ठूला ठूला कुरा र गफ गरेर किन दुनियाँ हसाउनु ?’ सांसद केसीको प्रश्न छ। केसीले अध्यादेशबाट सरकार चलाउन खोज्ने सरकारले सुशासनका कुरा गर्दा पत्याउन नसकिने बताए । सरकारको सम्पत्ति कति छ र आजसम्म सार्वजनिक गर्न सक्नु भएन ? भन्दै उनले प्रश्न गरे ।

उनले सरकारको यही आचरण र शैलीको कारण लोकतन्त्र र गणतन्त्र खतरामा रहेको बताए । विरोधको सूचनाका प्रस्तावक सांसदहरूले सरकारले आफ्नो सम्पति विवरण समेत सार्वजनिक गर्न नसक्दा सुशासन कायम गर्ने कुरा हास्यास्पद रहेको टिप्पणी गरेका छन् ।

यस्तै एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक सुशासनलाई खुम्च्याउने विधेयक भएको आरोप लगाए । विधेयकको नियत र उद्देश्य नै ठिक नभएको आफ्नो निष्कर्ष रहेको उनको भनाइ छ ।

उनले विधेयका गैरआवासीय नेपालीको परिभाषा समेत स्पष्ट नरहेको बताए । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद छलेर अध्यादेश जारी गरेको कारण पहिलो दृष्टिमै विधेयकको विरोध गर्नुपरेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूले करिब ७ महिनासम्म पनि सम्पत्ति सार्वजनिक गरेका छैनन् । कानुनतः सार्वजनिक पद धारण गरेका व्यक्तिले नियुक्त भएको दुई महिना (६० दिन)भित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ भने प्रधानमन्त्री तथा मन्त्रीहरूले नैतिक आचरण र पारदर्शिताका लागि सम्पत्ति सार्वजनिक गर्ने प्रचलन रहेको छ ।

Tags: #मन्त्रीहरुको सम्पत्ति सार्वजनिक#सरकार सुशासनको गफ दिनेpaisa

लोकप्रीय

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

शुक्रबार अशोज २४ , २०८२

विचार

थप समाचार

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै
खेलकुद

नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै

शुक्रबार अशोज २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

World News: Pakistanलाई Americaको घात*क मिसाइल, कार्नी अमेरिकामा–स्टार्मर भारतमा || Nepal Times

00:17:20

World News: जर्जियाको प्रदर्शनमा नेपाली झण्डा, इजिप्ट वार्ता जारी || Nepal Times

00:22:34

World News: Bangladeshले तैनाथ गर्यो यु*द्धपोत, चटगाउँ हिं*साबारे Indiaको खण्डन || Nepal Times

00:18:45

World News: गभर्नमेन्ट सटडाउन नै Trumpको हति*यार,Gazaमा रोकियो ब*म*बारी || Nepal Times

00:19:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु

शनिबार अशोज १८ , २०८२

हालका पोस्टहरू

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

शुक्रबार अशोज २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.