×

NEPAL TIMES UPDATES

Playing
चिमोरिया प्रकरणमा तुलसाले सत्य खोलिन्, कति स्वीकारिन् ? || Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026

सुनिता र बुचको पृथ्वी यात्रा सुरु, कहिले हुन्छ अवतरण ?

४ चैत्र २०८१

५ चैत , एजेन्सी ।

अमेरिकी अन्तरिक्ष संस्था नासाकाअन्तरिक्ष यात्री सुनिता विलियम्स आफ्ना क्रू सदस्यहरू बूच विल्मोर, निक हेग, र रुसी अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभसँग पृथ्वी फर्किँदै छिन्। उनीहरूको पृथ्वी फर्कने यात्रा सुरु भइसकेको छ ।

Advertisement

सुनिता नौ महिना अन्तरिक्षमा बिताएपछि नेपाली समयअनुसार बुधबार बिहान पृथ्वीमा अवतरण गर्नेछिन्। सुनिता विलियम्स र उनका साथीसँगै स्पेसएक्सको क्रू ड्र्यागन क्राफ्टमार्फत फर्किरहेका छन्।

स्पेसएक्सको ड्र्यागन क्राफ्ट नेपाली समयअनुसार बुधबार बिहान पनौ ४ बजे पृथ्वीमा अवतरण गर्नेछ। यसको प्रत्यक्ष प्रसारणसमेत गरिनेछ। नासाले जानकारी दिएअनुसार, स्पेसएक्स ड्र्यागन अन्तरिक्षयान सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अलग भइसकेको छ, जसले पृथ्वीमा फर्किने १७ घण्टाको यात्रा सुरु गरिसकेको छ।

मार्च १८ तारिख बिहान १०ः३५ बजे अन्तरिक्षयान अन्तराष्ट्रिय स्टेशनबाट अलग भएको थियो। ड्र्यागन हार्मोनी मोड्युलको अगाडिको पोर्टबाट अलग भएपछि त्यसलाई नियन्त्रित थ्रस्टर फायरिङ गरेर विस्तारै टाढा पठाइएको थियो।

अब क्याप्सुलले आफ्नो महत्वपूर्ण प्रणालीको जाँच गर्नेछ र बुधबार बिहान तोकिएको डी–अर्बिट बर्नको लागि तयार हुनेछ। ड्र्यागन क्याप्सुल पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्दा अत्यधिक तापक्रमको सामना गर्नुपर्नेछ।

नेपाली समयअनुसार मार्च १९ बिहान अटलान्टिक महासागरमा सुरक्षित अवतरण गर्नका लागि ड्र्यागन क्याप्सुलले प्याराशुट खोल्नेछ। सुनिता विलियम्सलाई लिन स्पेसएक्स क्रू ड्र्यागन क्याप्सुल आइतबार अन्तरिक्षमा पुगेको थियो।

नासाले फाल्कन ९ रकेटमार्फत क्रू–१० मिशन प्रक्षेपण गरेको थियो, जुन आइएसएसमा नयाँ क्रू पु¥याउनका लागि गरिएको थियो । यसै मिशनमार्फत विलियम्स र उनकी टोलीलाई फर्कनका लागि क्रू ड्र्यागन उपलब्ध भएको हो ।

फर्किने प्रक्रिया सोमबार साँझ सुरु भएको थियो, जब क्रू ड्र्यागनको ढोका बन्द गरिएको थियो। त्यसपछि अन्तरिक्षयान आइएसएसबाट अलग भएर पृथ्वी फर्कने यात्रामा लागेको नासाले जनाएको छ ।

फ्लोरिडामा क्याप्सुलको अवतरणपछि सुनिता विलियम्स र उनको क्रूलाई नासाको जॉनसन स्पेस सेन्टर, टेक्सास लगिनेछ। त्यहाँ उनीहरूको मेडिकल परीक्षण गरिनेछ। साथै, पृथ्वीको गुरुत्वाकर्षणसँग पुनः अनुकूल हुन रिकभरी प्रक्रिया अपनाइनेछ।

त्यतिमात्र होइन, मिशनका महत्वपूर्ण जानकारीहरू उनीहरूबाट संकलन गरिनेछ। नासाले विलियम्स र उनका टोलीको पृथ्वी फर्किने प्रक्रियाको प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेको छ। अन्तरिक्षबाट ड्र्यागन क्याप्सुलको अनडकिङदेखि समुद्रमा अवतरणसम्मको दृश्य नासाको आधिकारिक युट्युब च्यानलमा प्रत्यक्ष हेर्न सकिनेछ।

विशेषज्ञहरूको भनाइअनुसार, पृथ्वी फर्किएपछि अन्तरिक्ष यात्रीहरूलाई यहाँको वातावरणमा अनुकूल हुन केही समय लाग्न सक्छ। नौ महिनासम्म शून्य गुरुत्वाकर्षणमा बस्दा शरीरका मांसपेशीहरू विशेषगरी खुट्टाका मांसपेशीहरू कमजोर हुन्छन्।

यसकारण, पृथ्वीको गुरुत्वाकर्षणमा फर्किएपछि हिँडडुल गर्नसमेत कठिन हुन सक्छ। उनीहरूलाई पूर्ण रूपमा सामान्य हुन केही हप्ता वा महिनासम्म पुनःस्थापना आवश्यक पर्ने बताइएको छ।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top