NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने आइतवार अशोज ५ , २०८२
पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास आइतवार अशोज ५ , २०८२
प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ आइतवार अशोज ५ , २०८२
अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ? आइतवार अशोज ५ , २०८२
अन्नतः युएईले क्रिकेटरलाई दियो भिसा, नेपाली टोली भोलि उड्ने आइतवार अशोज ५ , २०८२
Next
Prev

समाचार

ओलीले शक्तिशाली शासक बन्न खिचेका ३ विभाग ८ वर्षपछि फिर्ता

आइतवार अशोज ५ , २०८२
Reading Time: 1 min read
A A
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

५ असोज , काठमाण्डौ ।

सुशीला कार्की नेतृत्वको नागरिक सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेका शक्तिशाली तीन विभाग सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई पुनः मन्त्रालय मातहत नै फर्काउने भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग पुनः अर्थ मन्त्रालय मातहत आउन लागेको हो भने राष्ट्रिय अनुसन्धान विभाग पनि गृह मातहत नै फर्किन लागेको हो । अब यी विभागहरू सम्बन्धित मन्त्रालयमा फर्काउन कार्यविभाजन नियमावली संशोधन हुनेछ ।

२०७४ सालको निर्वाचनपछि करिब दुई तिहाइ बहुमतसहित एमाले–माओवादी गठबन्धन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले यी विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगेका थिए । शक्ति केन्द्रीकरण गर्ने प्रयासस्वरूप यी निकायहरू ओलीले आफूमातहत राखेका थिए ।

तर, अनुसन्धान र अभियोजन कमजोर भएसँगै ती निकाय सम्बन्धित मन्त्रालयमै फर्काउनुपर्ने माग उठेको थियो । अर्थ मन्त्रालयसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्ने दुई विभाग प्रधानमन्त्री कार्यालय मातहत स्वतन्त्र निकायजस्तै बनेपछि प्रभावकारी काममा समस्या आएको अर्थ मन्त्रालयको दाबी छ ।

सम्पत्ति शुद्धीकरणबारे निगरानी गर्ने फाइनान्सियल एक्सन टास्क फोर्सले पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्न नहुने सुझाव दिएको थियो । अन्ततः ८ वर्षपछि ती निकाय सम्बन्धित मन्त्रालय मातहतमा आएका छन् ।

प्रधानमन्त्री कार्कीले यी तीन विभागलाई पुरानै मन्त्रालयमा फर्काउने तयारी गरेर फाइल पेस गर्न शासकीय सुधार महाशाखालाई निर्देशन दिएकी हुन् । मन्त्रिपरिषद्को आज बस्ने बैठकले यसबारे निर्णय गर्ने भनिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले शक्तिशाली मानिएका ती निकाय २०७५ फागुन १६ गते प्रधानमन्त्री कार्यालय मातहत लगेका थिए । २०७८ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला पनि फिर्ता गराउने बहस चलेको थियो ।

तर उनले पनि पहल गरेका थिएनन् । २०७९ सालको निर्वाचनपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले पनि विभागहरूलाई पुरानै स्थानमा फर्काउने प्रयास गरेनन् । त्यो बेला मुलुक सङ्घीयतामा गएको बेलामा महत्त्वपूर्ण विभाग विकेन्द्रीकरण गर्नुपर्नेमा केन्द्रीकृत गरेको भन्दै ओलीको आलोचना भएको थियो ।

यसैबीच प्रधानमन्त्री सुशीला कार्की मन्त्रिपरिषद् विस्तारदेखि न्यायिक जाँचुबुझ आयोग बनाउनेसम्मको तयारीमा जुटेकी छिन् । सरकार बनेको एक सातासम्म मन्त्रिपरिषद्ले पूर्णता नपाएकोमा प्रधानमन्त्री कार्की दबाबमा परेकी छिन् ।

गत शुक्रबारसम्म मन्त्रीहरू नियुक्त गर्ने तयारी भए पनि निर्णय भने हुन सकेको थिएन । प्रधानमन्त्री कार्कीको प्रस्तावलाई केही व्यक्तिले भने मन्त्री बन्न अस्वीकार गरेका थिए । कार्कीको चाहना भएका व्यक्तिले नमानेको र केही व्यक्तिहरूले अनावश्यक चासो राखेर मन्त्रीका लागि ‘लबिङ’ गरेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो ।

मन्त्रिपरिषद् विस्तारमा ढिला हुँदा जेन–जी आन्दोलनलाई बद्नाम गर्नेहरू बढ्न आशंकामा पनि कार्की रहेकी छिन् । त्यसैले, भोलिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेकी छिन् । यद्यपि, नामहरू टुंगो नलागेका कारण केही दिन लम्बिन सक्ने पनि आँकलन गरिएको छ ।

जेन–जी समूहले आफ्नो तर्फबाट केही नाम प्रधानमन्त्री कार्कीलाई बुझाएको छ । मन्त्रिपरिषद् विस्तारबाहेक प्रधानमन्त्री कार्की दुईवटा निर्णय भने तत्काल नै गर्ने तयारीमा छिन् । जेन–जी आन्दोलनको क्रममा २३ र २४ भदौमा भएका घटनामाथि छानबिन गरी दोषीमाथि कारबाही सिफारिस गर्न उच्चस्तरीय न्यायिक आयोग बनाउने तयारी भएको छ ।

यो न्यायिक आयोगमा विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नाम चर्चामा आएको छ । उनी नेतृत्वको आयोग तीन सदस्यीय रहनेछ । सदस्यहरुको नाम समेत लगभग टुंगो लागिसकेको छ ।

Tags: #ओली शक्तिशाली शासक#सुशीलालाई चाहिएन शक्तिशाली विभाग

लोकप्रीय

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२

विचार

थप समाचार

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने
ताजा समाचार

अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ?
ताजा समाचार

अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ?

आइतवार अशोज ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: UKको फाइटर जेट पोल्याण्डमा तैनाथ, अफगानिस्तानमा फेरि निहुँ खोज्दै Trump || Nepal Times

World News: UKको फाइटर जेट पोल्याण्डमा तैनाथ, अफगानिस्तानमा फेरि निहुँ खोज्दै Trump || Nepal Times

00:16:33

World News: Russia–भियतनामबीच गोप्य सम्झौता, पाक–चीनको प्रस्तावविरुद्ध भिटो || Nepal Times

00:21:52

World News: Americaमाथि व्यापार नाकाबन्दी, Russiaमा शक्तिशाली भूकम्प || Nepal Times

00:19:53

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

ओलीले शक्तिशाली शासक बन्न खिचेका ३ विभाग ८ वर्षपछि फिर्ता

आइतवार अशोज ५ , २०८२

हालका पोस्टहरू

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.