×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

९ पार्टीबिच आज एकता, ओलीपछि प्रचण्डसंग झलनाथको वार्ता, जान्छन् कता ?

२० कार्तिक २०८२

१९ कार्तिक , काठमाण्डौ ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका ९ वटा पार्टीहरूबिच आज एकता घोषणा हुँदै छ । एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबिच काठमाडौँको भृकुटीमण्डपमा आज दिउँसो १ बजे एकता घोषणा हुने माओवादी केन्द्रका नेता अग्नि सापकोटाले जानकारी दिएका छन् ।

जसमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता हुन लागेको हो ।

गोपाल किराँती भने माओवादीसँगै मिसिएर एकतामा सहभागी भएका छन् । एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने बताइएको छ । पार्टीको चुनाव चिह्न पाँच कुने तारा राख्ने दलहरूबिच सहमति भएको छ ।

यसअघि हिजो नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको थियो । यद्यपि यो एकताको विरोध गर्दै माओवादी केन्द्रका नेता जनार्दन शर्मा समूहले छुट्टै अभियान घोषणा गरिसकेका छन् ।

उता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत पनि एकता प्रक्रियामा सामेल नहुने भएका छन् । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने जनार्दनसहित एमालेका पूर्वउपाध्यक्ष भीम रावलसहित दुवै पार्टीमा असन्तुष्ट रहेका नेतालाई पनि एकता प्रक्रियामा आउन आह्वान गरिरहेका छन् ।

वाम दलहरुबीच एकता र विभाजनको श्रृंखला चलिरहेका बेला झलनाथ खनालले भने केपी ओली र प्रचण्ड दुवैसंग संवाद सुरु गरेका छन् । अहिले केहीबेरमा प्रचण्ड र खनालबीच भेटवार्ता हुँदैछ।हिजो बेलुका भने उनले एमालेका अध्यक्षसँग भेटवार्ता गरेका थिए ।

भेटमा वाम एकताको कुरा गर्ने खनालले बताएका छन् । ‘वाम दलहरु एकताबद्ध हुनैपर्छ । त्यसका विषयमा आज प्रचण्डसँग पनि छलफल गर्छु,’ खनालले भने । गुण्डुमा भएको वार्तामा खनालसहित एकीकृत समाजवादीका नेताहरू एमाले फर्कनेबारे नै कुरा भएको भनिएको छ ।

माओवादी केन्द्र सहितका घटकहरुसँग पार्टी एकता गर्ने माधवकुमार नेपालले निर्णय लिएपछि खनाल सहितका नेताहरू असन्तुष्ट छन् । एकता प्रक्रिया नै अस्वीकार गरेका पूर्वप्रधानमन्त्री खनाललाई हिजो ओलीको सचिवालयले छलफलका निम्ति गुन्डु बोलाएको थियो ।

‘केपी ओलीको टीमकै सदस्यहरू लिन आउनु भएको थियो । वार्ता गर्न भनेर लिनै आएपछि गुन्डु जानुभएको हो,’ खनाल निकट एक नेताले भने, ‘कुराकानी सकारात्मक छ भन्ने बुझिएको छ ।’ खनालले एमाले फर्कन चार शर्त राखेका छन् ।

उक्त सर्तमा ओलीले छलफल गर्न सकिने बताएपछि फेरि भेट्नेगरी खनाल डल्लु फर्किएका छन् । माओवादीसँग एकता गर्न तयार नभएको र घनश्याम भूसालको नेतृत्वमा हुन लागेको पुनर्गठन प्रक्रियामा समेत सामेल नभएकी रामकुमारी झाँक्री लगायत नेताहरू भने निशर्त एमाले फर्कने तयार भइसकेका छन् ।

यसबीच महेश बस्नेतले रामकुमारी झाँक्रीको समूहले आज एमालेमा फर्किएको घोषणा गर्ने दाबी गरेका छन् । उनका अनुसार झाँक्रीसहित किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत एकीकृत समाजवादीका १०० भन्दा बढी नेता–कार्यकर्ता एमालेमा फर्किने तयारीमा छन् ।

यता सचिव योगेश भट्टराईले पार्टी फर्कन लागेकाहरूलाई सुझाव दिएका छन् । उनले अमुक नेतालाई जिताउनै पर्ने पूर्वशर्त स्वीकार गर्ने या नगर्ने यो विवेकको विषय भएको बताएका छन् ।यसअघि महासचिव शंकर पोखरेलले सार्वजनिक रूपमै एमाले फर्कने भए पार्टीको नीति र नेतृत्व स्वीकार गर्नुपर्ने र प्रश्न उठाउन नपाइने बताएका थिए ।

योगेश भट्टराईले आफ्नो अभिव्यक्ति त्यतै लक्षित गरेका हुन् । ‘नीति र नेतृत्व स्वीकार गर्नु पर्ने शर्त पनि सुनियो। नीति र नेतृत्वलाई अस्वीकार गरेर सहकार्य कसरी हुन्छ र? यो भनिरहनु पर्ने विषय नै होइन। जबज हाम्रो सिद्धान्त हो, नीति हो। तपाईं हाम्रो साझा प्रयत्नले यसलाई थप परिष्कृत र समृद्ध बनाउने हो। प्रतिस्पर्धाबाट छानिएको नेतृत्व हाम्रो एकताको आधार हो,’ उनले भनेका छन्।

पार्टीको ११ औं महाधिवेशनको मिति घोषित रहेको बताउँदै महाधिवेशनपूर्व नीति र नेतृत्वको बहस गर्ने वैधानिक अभ्यास पाँचौ महाधिवेशनबाटै स्थापित गरिएको उनले बताएका छन्।
यता माओवादीका नेता जनार्दन शर्मा पनि आफूले पार्टी छाड्न नसक्ने बताउँदै आएका छन् ।

तर, एकीकरण भएको खण्डमा सोही पार्टी नाम र चुनाव चिह्न एक वर्षसम्म प्रयोग गर्न नपाइने कानुनी व्यवस्था छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा १० (७)मा एकीकरण वा गाभिनुअघि प्रयोग गरिएको दलको नाम र चुनाव चिह्न एक वर्षसम्म कसैले नपाउने उल्लेख छ ।

यता, घनश्याम भुसाल पक्षले पुनर्गठनको लागि पत्रकार सम्मेलनको तयारी गरिरहेको छ ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top