NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

भेनेजुएला अट्याकपछि किन डराईरहेका छन् ट्रम्प ?

बुधबार पुस २३ , २०८२
Reading Time: 1 min read
A A
भेनेजुएला अट्याकपछि किन डराईरहेका छन् ट्रम्प ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२३ पुष , काठमाण्डौ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरोलाई त पक्राउ गरेर अमेरिका ल्याए । तर अहिले उनी स्वयं भने डराइरहेका छन् । यसैका कारणले आफूमाथि तेस्रो पटक महाअभियोग लाग्ने हो कि भन्ने डर ट्रम्पलाई छ ।

उनले रिपब्लिकन सांसदहरूलाई आफूले सन् २०२६ को मध्यावधि चुनाव नजिते आफूमाथि महाभियोग लाग्ने दाबी गरेका छन् । विपक्षी डेमोक्र्याटहरूले आफूलाई महाभियोग लगाउने चिन्ता उनले व्यक्त गरेका हुन् ।

LS Auto

ट्रम्पले वाशिंगटनमा आयोजित एक कार्यक्रममा भने, ‘हामीले मध्यावधि चुनाव जित्नुपर्छ किनभने यदि हामीले मध्यावधि चुनाव जितेनौँ भने, यो केवल हुनेछ– मेरो मतलब, तिनीहरूले मलाई महाभियोग लगाउने कारण खोज्नेछन् । मलाई महाभियोग लगाइनेछ।’

ट्रम्पले सांसदहरूलाई मतदाताहरूको आक्रोशलाई बुझेर जीवनयापनको लागत, स्वास्थ्य सेवा र अन्य मुद्दामा आफ्ना नीतिबारे जानकारी गराउन आग्रह गरेका थिए । उनले भने, ‘उनीहरू भन्छन् कि जब तपाईं राष्ट्रपति पद जित्नुहुन्छ, तपाईं मध्यावधि हार्नुहुन्छ। म चाहन्छु कि तपाईंले मलाई जनताको दिमागमा के भइरहेको छ भनेर व्याख्या गर्न सक्नुहुन्छ।’

ट्रम्पले रिपब्लिकनहरूलाई स्वास्थ्य सेवामा डेमोक्र्याटहरूको सन्देशलाई बलियोसँग जवाफ दिन र लचिलो हुन सल्लाह दिए । सो अवसरमा उनले पार्टीभित्रका मतभेदप्रति गुनासो पनि गरेका थिए ।

अमेरिकामा सन् २००६ देखि हरेक बहालवाला राष्ट्रपतिले मध्यावधिमा सदनको नियन्त्रण गुमाउँदै आएका छन् । ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लगाइएका एक मात्र राष्ट्रपति हुन् ।

तर दुवै पटक सिनेटबाट उनलाई दोषी ठहर गरिएन । पहिलो पटक सन् २०१९ मा शक्तिको दुरुपयोग र कांग्रेसको काममा अवरोध पु¥याएको आरोपमा उनीमाथि महाभियोग लगाइएको थियो।

दोस्रो पटक सन् २०२१ मा क्यापिटल हिलमा भएको आक्रमणलाई प्रोत्साहन दिएको (राजद्रोहको उक्साहट) आरोपमा महाभियोग लगाइएको थियो । दुवै अवस्थामा हाउस अफ रिप्रिजेन्टेटिभ्सले महाभियोग पारित गरे पनि माथिल्लो सदन सिनेटमा आवश्यक दुई–तिहाइ बहुमत नपुगेकाले उनलाई पदबाट हटाउन सकिएको थिएन् ।

अमेरिकामा राष्ट्रपतिलाई पदबाट हटाउन त्यति सजिलो छैन । तर पनि ट्रम्पलाई डरले सताइरहेको हो । मिडटर्म चुनाव हारेपनि ट्रम्पले तत्कालै पदबाट हट्नु पर्दैन । तर यसले कंग्रेसमा रिपब्लिकन पार्टीको पकडलाई कमजोर बनाउन सक्छ ।

जसले गर्दा राष्ट्रपतिलाई कानून ल्याउन र ठूला निर्णय लिन अप्ठ्यारो पर्ने छ । यदी प्रतिनिधि सभामा डेमोक्रेट्सले बहुमत ल्याए उनीहरुले महाभियोगको प्रक्रिया शुरू गर्ने अधिकार पनि प्राप्त गर्नेछन् ।जसलाई लिएर नै ट्रम्पको धड्कन बढेको हो ।

अमेरिकामा मिडटर्म चुनाव राष्ट्रपतिको चार वर्षको कार्यकालको बीचमा हुने गरेको छ । यो चुनाव नोभेम्बर महिनमा हुन्छ। मिडटर्म चुनावमा प्रतिनिधि सभाका सबै ४३५ सिटहरुमा मतदान हुन्छ, उता सीनेटको भने लगभग एक–तिहाई सिटमा चुनाव हुन्छ ।

मिडटर्म चुनावमा ३४ राज्यहरुमा राज्यपालहरुको पनि चुनाव हुन्छ । केही राज्यहरुमा दुई दुई कार्यकाल हुने राज्यपाल पनि चुनिन्छन् । साथै राज्य विधानसभाहरु र स्थानीय निकायहरु जस्तो मेयर र नगर परिषदको चुनाव पनि हुन्छ । यसैकारण मिडटर्म चुनावलाई अमेरिकामा सत्ताको एउटा ठुलो राजनीतिक परीक्षा मानिन्छ ।

Tags: #भेनेजुएला अट्याक##भेनेजुएला अट्याकपछि ट्रम्प#ट्रम्पलाई महाअभियोग लाग्ने पिर

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.