विराटनगर, फागुन २१
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विराटनगर प्राइम राउण्ड टेबल नम्बर १० ले गल्स अन व्हिलसको आयोजना गर्ने जनाएको छ । राउण्ड टेबल नम्बर १० ले आज पत्रकार सम्मेलन गरी अन्तराष्ट्रिय महिला दिवसका दिन फागुन २४ गते गल्स अन व्हिलसको आयोजना गर्ने जनाएको हो ।
सेफ्टी सेनेटरी प्याडको प्रायोजनमा हुने कार्यक्रममा १ सय वटा स्कुटी सहभागी गराउने आयोजकले जनाएको छ । रजिष्ट्रेशन फि १ हजार ५ सय लाग्ने कार्यक्रममा जानकारी दिइएको थियो ।
जैन भवनबाट सुरु हुने कार्यक्रम पुन जैन भवनमा नै गएर समापन हुनेछ । स्कुटी चलाउने महिला प्रतियोगीहरुले विराटनगरका विभिन्न स्थानमा पुगी रमाइला खेलहरुबाट अंक प्राप्त गर्नेछन् ।
यस्तै यो रेस नभई निश्चित समय र दुरीका आधारमा बढी अंक ल्याउने प्रतियोगी विजेता घोषित हुने आयोजकले जनाएको छ । प्रथम हुनेले ६८ हजार मूल्य बराबरको वालपुलको ३ सय लिटरको फ्रिज प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमिक रुपमा २६ हजार ८ सयको वासिङ मेसीन र १३ हजार ५ सयको माइक्रो वेभ प्राप्त गर्ने छन् ।