×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

राज्यले हाम्रो क्षमता लिएर हाम्रा लागि केहि गरोस् : सञ्जीब भगत

२८ फाल्गुन २०७४

किशोर विश्वकर्मा
विराटनगर, फागुन २८
कामगर्ने इच्छा ,चाहना र लगनशिलता हुने हो भने केही कुराले छेक्दैन भन्ने उदाहरण बनेका छन् विराटनगर हाटखोला स्थित मोरङ कारागार पूर्व निवासी सञ्जीब भगत । विक्रम सम्वत २०५७ सालमा अध्यन गर्दैगर्दा अचानक ‘स्पाइनल कड इन्जुरी’ का कारण अचानक कम्मर मुनीको भागचल्न छाडेपछी उनको जिवनमा ठुलै बज्रपात प¥यो ।

सोही समयदेखी अहिले सम्म उनलाई भित्र बाहिर गर्न समेत समस्या भएकाले उनको दैनिकी ओछ्यानमै सुरुभएर ओछ्यानमै अन्त्य हुने गरेको छ । सुरु सुरुमा त उनलाई आफ्नो जिवननै बेकार लागेपनि आफु जस्तै अन्य अपाङ्गता भएका व्यक्तिहरुलाई सम्झेर मन बुझाएको उनले नेपाल टाईम्सलाई बताए ।

Advertisement

‘स्पाइनल कड इन्जुरी’ का कारण कम्मर मुनीको भाग ‘सेन्सलेस’ भएर आफ्ने अध्यनलाई बिचमै स्थगित गरेका भगतले पुन : निरन्तरता दिएर स्नातकतह सम्मको अध्यनपुरा गरेका छन् ।

स्नातक तहको अध्यन सकिसके पछी तत्कालिन ‘मेरो मोवाइल’ कम्पनीको सम्पर्कमा पुरेर भगतले घरमै सुतिसुति ( कम्मरमुनीको भाग नचल्ने भएकाले ) उक्त कम्पनीको रिचार्ज कार्ड र सिम बिक्रि गर्ने काम गर्न थाले ।

उक्त काम गर्दा त्यति बेला उनले आवश्यकता अनुसारको आय आर्जन गर्न सफल समेत भएका थिए । त्यसपछी उक्त कम्पनी बिक्रिभएर एनसेलमा परिणत हुँदा र बजारमा डिलरहरु रहँदा समेत उनको आम्दानी राम्रै थियो ।

तर जब सरकारले डिलरहरु हटायो त्यसपछी भने भगतलाई निकै कठिनाई भयो । परिवारको एक्लो छोरो त्यसमाथि पनि अपाङ्गताको शिकार बन्नुपरेपछी र हुदै गरेको आम्दानी समेत गुमाउनु परेपछी उनको जिवनथप कष्टकर बन्नपुगेको थियो ।

त्यसपछी एनसेल कम्पनीकै मास्टरकार्ड होल्डर बनेर अहिले उनले २ प्रतिशत कमिसन बेसमा काम गरिरहेका छन् । अहिले सवैले उस्तै प्रकृतिको काम गरिदिएकाले खासै आम्दानी नहुने उनी बताउँछन् । उनले भने ‘ अहिले छर छिमेक धेरैले रिचार्ज र सिम बेच्नथाल्नुभयो । पहिले त निकै राम्रो थियो तर अहिले खासै आम्दानी छैन ।’

प्रयाप्त आम्दानी नभएपनी उनले हार भने खाएनन् । उनले यतिबेला ई–सेवामार्फत विभिन्न अन्लाइन कामहरु र छरछमेककाद विद्यार्थीलाई ट्यूसन समेत पढाउने गरेका छन् ।

भगतले विवाह समेत गरेका छन् र परिवारको दैनिक गुजारा समेत चलाउदै आएका छन् । उनले २०६७ सालमा प्रेम विवाह गरेका हुन् । सुरुमा मोवाइल फोन मार्फत श्रीमती दिक्षा साथि भएको र आफ्नो सवै कुरा थाहा पाएर उनले आफुलाई स्वीकार गरि विवाह भएको भगतले बताए ।

हाल उनको परिवारमा आमा, श्रीमती र एक जनादिदिको छोरा छन् भने बाबुको करीब १ वर्ष अघि दुर्घटनामा निधनभएको भगतले जानकारी दिए । अहिले जेनतेन आर्थिक श्रोत जुटाएर श्रीमतीलाई उनले पशल समेत खोलिदिएका छन् । त्योपनि खासै राम्रो नचलेकाले श्रीमतीको कतै रोजगारी भए हुन्थ्यो भन्ने उनको चाहना छ ।

उनले राज्यले दिएको रातो अपाङ्गता परिचयपत्र समेत लिएका छन् । जस मार्फत सरकारले दिने सामाजिक सुरक्षाभत्ता लिने गरेको भएपनी त्यो प्रयाप्त नभएको उनको भनाई छ । उनले राज्यले अपाङ्गताको प्रकार र अवस्था हेरेर सामाजिक सुरक्षाभत्ता बृद्धि गरेर ५ हजार रुपैयाँ पु¥याईदिए आफुहरु जस्तै अपाङ्गता भएका व्यक्तिहरुलाई केही सहज हुने उनको भनाई छ ।

संविधानले सवैलाई समान अधिकार दिएको भएपनि अपाङ्गत भएका व्यक्तिहरुका सवालमा राज्य उदासिन बनेको जस्तो आफुलाई लाग्ने गरेको भगतले सुनाए ।

उनले अपाङ्गता भएका व्यक्तिहरुका लागि सवै सरकारि तथा गैर सरकारि कार्यालय अपाङ्गमैत्री हुनुपर्ने, ह्वील चियरमा हिँड्दा गर्मी समयमा निकै समस्याहुने गरेकाले छहारीका लागि सडक किनारमा प्रशस्त बोट विरुवा लगाउनुपर्ने, सडकहरु अपाङ्गमैत्रीहुनुपर्ने, सडकमा जताततै निर्माण सामग्रीले यात्रागर्न कठिनाई हुनेगरेकाले बैकल्पीक व्यवस्था गरिनुपर्ने तथा अपाङ्गता भएका व्यक्तिहरुको क्षमता हेरेर राज्यले अबसर दिनुपर्ने, अस्पतालमा निशुल्क उपचार गर्न पाउनुपर्ने लगायतका माग समेत नेपाल टाईम्स् मार्फत राखे ।

उनले अपाङ्गता भएका व्यक्तिहरुका सवालमा काम गर्ने विभिन्न संघ सस्थाहरु अधिकार मुखि भन्दा पनि ‘डलर’ मुखि भएको आरोप लगाएका छन् । भगतले आफ्नो यस्तो अवस्थाभएको लामो समय भएपनीसिबिआरले ह्वील चियर दिनु बाहेक अन्य कुनै संघ संस्था सम्पर्कमा समेत नआएको गुनासो पोखे ।

Advertisement

उनले अपाङ्गता भएका व्यक्तिहरुका सवालमा राज्यले केही गर्न चाहन्छ भने आफुहरु सँग भएको योग्यता र क्षमतालिएर सरकारले आफुहरुलाई पनि केहीदियोस भन्ने चाहना रहेको उनले सुनाए ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top