×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

२१ फाल्गुन २०८२

२१ फागुन काठमाण्डौ ।

देशैभर मतदान जारी रहँदा आजै रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका सिद्धार्थनगर नगरपालिका–७ बस्ने ४८ वर्षीय महेन्द्र यादव बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका यादवलाई आज सिद्धार्थनगर–६ स्थित गल्लामण्डीबाट प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

Advertisement
Advertisement

चितवन जिल्ला अदालतले २०८१ फागुन २५ गते यादवलाई बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरेको थियो । अदालतले निजलाई ३० लाख रुपैयाँ साँवा र सोहीबमोजिमको जरिवाना तिर्नुपर्ने फैसला सुनाएको थियो । अदालतको फैसलापछि बिगो, जरिवाना र कैद भुक्तान नगरी फरार रहेका यादवलाई उपस्थित गराउन चितवन जिल्ला अदालतले आदेश दिएको थियो ।

यादव आँप चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका थिए । यता निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १९५ जनालाई पक्राउ गरिएकामा बुधबार साँझ १०३ जनालाई छाडिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले साइबर कसुर र सामाजिक सञ्जालको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका ३४ जनामध्ये १७ जनालाई छाडिएको र १७ जनालाई हिरासतमा राखिएको जानकारी दिए ।

यसैगरी, निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा पक्राउ परेका १६० जनामध्ये आज रातिसम्ममा ८६ जनालाई छाडिएको र बाँकी ७४ जनालाई हिरासतमा राखिएको उनले बताए । यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका उम्मेदवारलाई बधाई दिएको भनेर भिडियो बनाउने एक जनालाई पनि पक्राउ गरिएको छ ।

निर्वाचन सुरक्षा व्यवस्था देशभर नै चुस्त रहेको र उच्च मनोबलका साथ प्रहरी टोली निर्वाचनस्थलमा तैनाथ रहेका प्रवक्ता काफ्लेले बताए । ’कतैकतै होक्स बम देखिए पनि गम्भीर सुरक्षा चुनौती कतै पनि देखिएको छैन। निर्वाचन सुरक्षामा आवश्यकताका आधारमा कुकुर, ड्रोनसहितको टोली परिचालन गरिएका छन्। आधुनिक प्रविधिमार्फत निर्वाचनको सूक्ष्म निगरानीसमेत भइरहेको छ’, उनले भने ।

यसबीच राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ । परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा भएको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको समीक्षा गर्दै निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सुरक्षा व्यवस्था भएको निष्कर्ष निकालेको हो ।

यसबीच सुरक्षा अधिकारीहरूले निर्वाचन बिथोल्ने गतिविधि भएमा गोलीसमेत प्रहार हुने चेतावनी दिएका छन् । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार केन्द्रीय सुरक्षा समिति बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ब्रिफिङ लिइएको थियो।

यसक्रममा ७७ वटै जिल्लमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सुरक्षा तयारी अवस्थामा छ । निर्वाचन गराउनका लागि नेपाली सेनाबाट ७९ हजार ७ सय २७ सुरक्षाकर्मी, नेपाल प्रहरीबाट ७० हजार, सशस्त्र प्रहरीबाट ३४ हजार ५ सय ७६, गुप्तचरबाट १ हजार ९ सय २१ जना परिचालन गरिएको छ ।

त्यस्तै, निर्वाचन प्रहरी पनि १ लाख ४९ हजार ९० जना खटिएका छन्। झापा, सर्लाही, दोलखा, बाजुरा, रौतहट, महोत्तरीलगायत संवेदनशील जिल्लामा थप सुरक्षाकर्मी खटाइएको छ। दोलखामा यसपटक माग भएभन्दा पनि बढी सुरक्षाकर्मी परिचालन भएका छन्। झापा र सर्लाहीमा विशेष सुरक्षा रणनीति अपनाइएको छ।

झापा र सर्लाहीमा सादा पोसाकमा सूचना संकलनका लागि पनि पर्याप्त मात्रामा प्रहरी खटाइएको छ। ७७ वटै जिल्लाको शान्ति सुरक्षाको अवलोकन गर्नका लागि आज बिहानैदेखि हवाई गस्ती गरिएको छ । हवाई गस्तीसहित हेलिकोप्टर स्ट्यान्डबाई राखिएको छ र सुरक्षामा कुनै कसर बाँकी नराख्ने गरी तयारी छ ।

बैठकले संवेदनशील क्षेत्रमा हेलिकोप्टरबाट पेट्रोलिङ गर्ने, निर्वाचन विरोधी गतिविधि हुन सक्ने विषयमा सम्भावित सूचना संकलन गर्ने, कानुनविपरीतका गतिविधि भए÷गरेको पाइएका कानुनबमोजिम तुरुन्त कारबाही गर्नेलगायत निर्णय गरेको छ। यस्तै, बैठकले निर्वाचनको सुरक्षा व्यवस्थापन चुस्तदुरुस्त बनाइएकाले सबैलाई निर्वाचनमा ढुक्क भएर मतदानमासहभागी हुन आह्वान गरेको छ ।

यता गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम)को बुधबार निरीक्षण गरेका थिए । सो प्रणालीमार्फत जनशक्ति पालिकास्तरसम्म कसरी परिचालन भएको छ, निर्वाचनमा खटिएका सबैको जानकारी प्राप्त गर्न सकिनेछ।

यसले घटना र निर्वाचन विरोधी गतिविधिलाई नियमन गर्न सहज हुने जनाइएको छ। प्रहरी जनशक्ति, निर्वाचन प्रहरी जनशक्ति, मतदान स्थल र मतपेटिकाको अवस्था, मतगणना उम्मेदवारी विवरण र मतदाताको विवरण लिन सकिन्छ । मतदान स्थल र मतपेटिकाको अवस्थाको स्थलगत र संख्यात्मक अवस्थाबारे जानकारी लिइनेछ।

निर्वाचनको हरेक गतिविधिको मनिटरिङ गर्नका लागि इलेक्सन म्यानेजमेन्ट सिस्टम सफ्टवेयरको विकास गरिएको हो । यसबीच निर्वाचन हुने अन्तिम समयमा देशैभरि केही हिंसात्मक गतिविधि पनि देखिए। निर्वाचन विरोधी समूहले निर्वाचन बिथोल्नका लागि धार्मिक साम्प्रदायिकता भड्काउने गतिविधि पनि बढाएका छन्।

पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। चुनावका बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरूलाई पक्राउ परेका छन् । धार्मिक सद्भाव भड्काउने गतिविधि गरेका थिए। प्रहरीका अनुसार उनीहरूको साथबाट ९ थान सुतली बम, केही तारलगायत सामग्री पनि बरामद भएका छन् ।

यस्तै, काठमाडौंको बूढानीलकण्ठमा शंकास्पद बस्तु फेला परेको छ। कोही उम्मेदवार नगदसहित पक्राउ परेका छन् भने केही मतदान कर्मचारीको जिम्मेवारी खोसिएको छ। विभिन्न ठाउँमा बम राखिएको हल्ला फैलाइएको थियो। यस्तै केही ठाउँमा झडप पनि भएको छ ।

नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले निर्वाचन गतिविधि गर्ने व्यक्तिलाई कानुनी कारबाही गरिने बताएका छन्। मतपत्र च्यात्ने, खोस्ने, मतपेटीका खोस्नेलगायतका गतिविधि गर्ने व्यक्तिविरुद्ध कडा बल प्रयोग हुने उनले जानकारी गराएका छन्।

उनका अनुसार निर्वाचन आचारसंहिताविपरीत काम गर्नेहरू कानुनी कारबाहीमा पर्नेछन् । ‘निर्वाचन हातमा लिने, धम्क्याउने, आफ्नो पक्षमा पार्न उत्तेजित बनाउने गतिविधिहरू गरेको अवस्थामा कानुनले दिएको अधिकार प्रयोग गर्दै बल प्रयोग हुन्छ,’ आईजीपी कार्कीले भने,‘ नेपाल प्रहरी निर्वाचन स्थलको क्लोज क्षेत्रमा छ। शंकास्पद गतिविधि भएमा, बुथ कब्जा भयो भन्ने लागेमा उक्त बुथमा निर्वाचन रोकिनेछ। केन्द्रीय सुरक्षा योजनाअन्तर्गत नै ४ वटै सुरक्षाकर्मी खटिएका छन्।’

आवश्यक पर्दा एक अर्को संगठनलाई सघाउने गरी सबै सुरक्षाकर्मी स्टान्डवाई अवस्थामा रहेको आईजीपी कार्कीले बताए । आज मतदान गर्न जाँदा मतदाता परिचय पत्र नभएको खण्डमा त्यसबाहेक विभन्न पाँच प्रकारका परिचय पत्र देखाएर मतदान गर्न सकिनेछ ।

आयोगका अनुसार मतदाता परिचयपत्र नभएको खण्डमा आफ्नो नागरिकताको प्रमाणपत्र अथवा राष्ट्रिय परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एउटा कागजात हुँदा पनि मतदान गर्न पाइन्छ ।

Advertisement

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top