×

NEPAL TIMES UPDATES

Playing
आजदेखि यी ठाउँमा चल्दैछ डोजर, पहिला सुकुम्वासी पहिचान अनि व्यवस्थापन|| Nepal Times
May 01, 2026
Playing
ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?|| Nepal Times
May 01, 2026
Playing
दलीय भागबन्डाका नियुक्तिमा बालेनको कैँची, क–कसको जान्छ जागिर ? || Nepal Times
Apr 30, 2026
Playing
बालेन सरकारलाई सुकुम्बासीकै सहयोग,बस्ती खाली गर्न चटारो, कहाँको अवस्था कस्तो छ ? || Nepal Times
Apr 30, 2026
Playing
नेताहरूलाई डण्डा बर्साएर कस्तो कांग्रेस बनाउन खोज्दैछन् गगन ? || Nepal Times
Apr 30, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-17-2083 || Nepal Times
Apr 30, 2026
Playing
मेलामा गएको जिप भयानक दु र्घ ट नामा, १८ जनाको घटनास्थलमै मृ त्यु || Nepal Times
Apr 30, 2026
Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026
Playing
खामेनीले अमेरिकालाई हप्काए, परमाणु र क्षेप्यास्त्रमा सम्झौता नहुने|| Nepal Times
Apr 30, 2026
Playing
द्व*न्द्व, नाका*बन्दी र महँगो ऊर्जाः कता जाँदैछ विश्व बजार?|| Nepal Times
Apr 30, 2026

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

१८ बैशाख २०८३

१८ वैशाख, काठमाण्डौ।

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको भारी मूल्य बढाएको छ भने पेट्रोल र डिजेलमा केही मूल्य घटाएको छ । जनतालाई केही राहत दिएजस्तो देखिएपनि ग्यासमा गरिएको मूल्यबृद्धिले सर्वसाधारणमाथि आर्थिक भार बढेको छ। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले यही शुक्रबारदेखि लागु हुने गरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिशिलिन्डर १५० रुपैयाँ बढाइएको जनाएको छ ।

Advertisement
Advertisement

समायोजनपछि अब खाना पकाउने एलपी ग्यासको मूल्य १४।२ केजीलाई २१६० रुपैयाँ पर्नेछ । त्यस्तै ७।१ केजी ९आधा सिलिन्डर० को १०८० पर्नेछ । निगमले पेट्रोल र डिजेलको मूल्य भने घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ घटाइएको जानकारी दिएको छ ।

त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ४६ ले बढाइएको उल्लेख छ । समायोजनपछि पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः पहिलो वर्गमा २१४.५०, दोस्रो वर्गमा २१६ र तेस्रो वर्गमा २१७ रुपैयाँ कायम गरिएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा २२२.५० दोस्रो वर्गमा २२४ र तेस्रो वर्गमा २२५ पुगेको छ ।

उपभोक्तालाई केही राहत दिएजस्तो देखिए पनि खाना पकाउने एलपी ग्यासमा भने उल्लेख्य वृद्धि गरिएको छ। प्रति सिलिन्डर १५० रुपैयाँले बढेसँगै ग्यासको नयाँ मूल्य २१६० रुपैयाँ पुगेको छ, जसले घरायसी खर्चमा थप भार पार्ने देखिन्छ। यस्तै, हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर ७ रुपैयाँ वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँमा प्रति किलोलिटर ४६ अमेरिकी डलरले मूल्य बढाइएको छ।

यो मूल्य समायोजनले एकातिर यातायात क्षेत्रमा केही राहत दिए पनि ग्यास र हवाई इन्धनको मूल्यवृद्धिले समग्र बजार मूल्यमा दबाब पर्ने संकेत देखिएको छ। विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै गएको छ । कच्चा तेलको अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट क्रुडको भाउ बिहीबार बिहान प्रति ब्यारेल १२५ डलरभन्दा माथि पुगेको छ ।

यसको असर नेपालसहित विश्वभर गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहहरूमा नौ सैनिक नाकाबन्दी अझ लम्ब्याउने विषयमा विचार गरिरहेको अवस्थामा तेलको मूल्यमा यस्तो उछाल आएको हो । जुन महिनाको डेलिभरीको ब्रेन्ट कच्चा तेल सम्झौता पहिले नै युद्धकालीन उच्च स्तरमा पुगेको थियो ।

तर बुधवार दिउँसोसम्म यसले १२ प्रतिशतभन्दा धेरैले बढेर १२५ डलर नाघ्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज नाकाबन्दी जारी रहने बताएका छन् । होर्मुजमा आवागमन पुनः खोल्नका लागि प्रयास जारी राखेको अमेरिकाले स्वतन्त्र रूपमा आवागमनमा अवरोध भएमा होर्मुजमा आक्रमण गरेरै भएपनि जहाजलाई वारपार गराउने बताएको थियो ।

नाकावन्दी लगाएर आफूलाई झुकाउने अमेरिकी प्रशासनको नीतिविरूद्ध चट्टानी अडान राख्दै इरानले हर्मुज घाँटीमा सिमित जहाजको आवागमनलाई मात्र अनुमति दिएपछि तनावले थप उचाइ लिने देखिएको छ। ट्रम्प निकट एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भनेका छन्, “इरानलाई प्रमुख जलमार्गमा उसको प्रभाव वा नियन्त्रण अन्त्य गर्न बाध्य पार्ने उद्देश्यका साथ राष्ट्रपति ट्रम्पले विभिन्न कूटनीतिक र नीतिगत विकल्पहरू अघि सार्नुहुनेभएको छ। ”

ती अधिकारीले भने, “योजना अन्तर्गत अमेरिकाले इरानको बन्दरगाहमा नाकाबन्दी जारी राख्नेछ र राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगीहरूसँग इरानमाथि दबाब बढाउने प्रयास गर्नुहुनेछ, यसले इरानी इन्धनको स्वतन्त्र प्रवाहलाई अवरोध गर्ने प्रयासको मूल्य चुकाउन सकिने विश्वास राष्ट्रपति ट्रम्पको रहेको छ।”

त्यस्तै अमेरिकी मापदण्ड वेष्ट टेक्सास इन्टरमिडियट डब्ल्यूटीआई० ३ प्रतिशतभन्दा बढीले बढेर ११० डलरभन्दा माथि पुगेको छ । अमेरिकामा इन्धन चार वर्षयताकै महँगो भएको बेलामा विश्व बजारमा कच्चा तेल मूल्य बढिरहेको छ । यसैबिच अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता असफल भएपछि तेल आपूर्तिको मुख्य मार्ग मानिने स्ट्रेट अफ होर्मुज अझै प्रभावकारी रूपमा बन्द रहेको छ ।

ट्रम्प र उनका प्रमुख सल्लाहकारबीच भएको बैठकपछि इरानी बन्दरगाहहरूमा अमेरिकी नौ सैनिक नाकाबन्दी जारी राख्ने तथा होर्मुज जलमार्ग लामो समयसम्म बन्द गर्ने तयारी भइरहेको छ ।

Advertisement

भर्खरको समाचार

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

सम्बन्धित खबरहरु

Scroll to Top