महामारीको रुप लिदै डेंगु, यस्ताे हुन्छ लक्षण र राेकथामकाे विधि

१५ भदौ, काठमाडौं । ४ महिनाको अवधिमा ४२ जिल्लाको ४ हजार ६ सय ११ मा देखिएको डेंगुले यस बर्ष महामारीको रुप लिएको छ। प्रत्येक बर्ष मनसुनको समयमा देखिने डेंगुले यस बर्ष भने महामारीको रुप लिएको हो।

जलवायु परिवर्तनको कारण पहिलो पटक १५ बर्ष अघि चितवनमा देखिएको डेंगुले अहिले ६ वटा प्रदेशको ४२ जिल्लामा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। साथै मन्त्रालयले आफुले मात्र डेंगु नियन्त्रण गर्न नसक्ने बताएको छ।

बिहीवार बसेको स्वास्थ्यमन्त्रालयको आपतकालिन बैठकमा स्वास्थ्य सचिव पुष्प चौधरीले मन्त्रालयले अब एक्लै डेंगु नियन्त्रण गर्न नसक्ने बताएकी हुन्। चौधरीले मन्त्रालयको काम डेंगु नियन्त्रण गर्नुभन्दा पनि मापदण्ड बताउने र गर्ने रहेको र यो काम स्थानिय तहको रहेको बताएकी छिन्।

Advertisement

सरकारले गत आर्थिक बर्ष २०७५/७६ मा मात्र डेंगु नियन्त्रणको लागि ७ करोड ९३ लाख खर्च गरेको थियो जबकी हरेक बर्ष सरकारले करोडौं रुपैंया नियन्त्रणमै गरेको थियो। करोडौं रकम खर्चिरहेको अवस्थामा डेंगु भने घट्नुको सट्टा बढ्दै गएको छ।

ईपिडिमियोलोजीको बर्षको तथ्यांक

Advertisement

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको ६ वर्षको तथ्यांकको अनुसार आर्थिक वर्ष २०७०/७१ मा ३ सय ४ जनामा डेंगुको संक्रमण देखिएको थियो । यस्तै आर्थिक वर्ष २०७१/७२ मा बिरामीको संख्या घटेको थियो तर आर्थिक वर्ष २०७२/७३ मा फेरी बिरामीको संख्या बढेको सरकारी तथ्यांक छ ।

यस्तै आर्थिक वर्ष २०७१/७२ मा १ सय ३४ जनामा डेंगु देखिएको थियो भने २०७२/७३ मा १ हजार ५ सय २७ जनामा डेंगु देखिएको थियो । आर्थिक वर्ष २०७२/७३ मा डेंगुका बिरामीको स‌ंख्या अघिल्लो वर्षभन्दा ११ गुणा बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७३/७४ मा २ हजार १ सय ११ जनामा डेंगु रोग लागेको थियो भने आर्थिक वर्ष २०७४/७५ मा बिरामीको संख्या ८ सय ११ जना थिए ।

आर्थिक वर्ष २०७३/७४ मा भन्दा २०७४/७५ मा बिरामीको संख्यामा कमी आएको भएपनि आर्थिक वर्ष २०७५/७६ मा डेंगुका बिरामी ११ गुणाले बढेका छन् । आर्थिक वर्ष २०७५/७६ मा ३ हजार ४ सय २४ जनामा डेंगु रोग देखिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ ।

कसरी सर्छ डेंगु ?

डेंगु ज्वोरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ । डेंगु कहिले पनि एउटा मानिसबाट अर्को मानिसमा सर्दैन । यो तब मात्र सर्छ जब एउटा लामखुट्टेले संक्रमित मानिसलाई टोक्छ र त्यो लामखुट्टेमा भाइरस बिकास भएर लामखुट्टेले त्यसपछी अर्को स्वस्थ मानिसलाई टोक्दा यो रोग सर्ने हो । डेंगु भाईरसको चार प्रजाति छन् ।

एक पटक एउटा मानिसलाई एक प्रजातिको डेंगु भाईरसको संक्रमण भएपछि जीवनभर त्यसै प्रजातिको डेंगु रोग भने लाग्दैन, तर यदी अन्य प्रजातिको डेंगु रोग लाग्यो भने त्यो पहिलेको तुलनामा बढी खतरनाक हुन्छ । कुनै व्यक्तिलाई डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि धेरै जसो ४-७ दिन भित्र मा रोगको लक्षण देखिन्छ। एउटा डेंगु रोगबाट सङ्क्रमित व्यक्तिको रगत चुसेको ८-१२ दिन पछी लामखुट्टे पनि संक्रमित हुन्छ र त्यो जीवन भर संक्रमित रहन्छ ।

पोथी जातको लामखुट्टेलाई फूल पार्नको लागि रगतमा प्रचूर मात्रामा पाइने प्रोटिनको आवश्यकता पर्ने भएकोले पोथी लामखुट्टेले मात्र रगत चुस्ने गर्दछ । भाले जातको लामखुट्टेले बोटबिरुवाको रस चुसेर जीवन यापन गर्दछ । सामान्यतया एउटा पोथी लामखुट्टेले उसको १४-२१ दिनको जीवनमा जम्मा ३०० वटा अण्डा पार्न सक्छ । एकपटक डेँगुको विषाणु बोकेको लामखुट्टेले यसका प्रत्येक अण्डामा डेँगुका विषाणु सार्ने गर्दछ ।

त्यस प्रकारका हरेक अण्डाबाट नयाँ लामखुट्टेको जन्म हुँदा प्रत्येक नवजात लामखुट्टेले डेँगुको विषाणु बोकेको हुन्छ र त्यसले अर्को स्वस्थ मानिसलाई टोकेमा उक्त व्यक्ति यो रोग बाट सँक्रमित हुन्छ । डेंगु भएको व्यक्तिलाई लामखुट्टेले टोक्दा सो व्यक्तिको रगतमा भएका डेंगुका भाइरसहरु लामखुट्टेमा सर्छन् । डेंगुबाट संक्रमित एडिस नामको लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग एकबाट अर्कोमा सर्छ । त्यसपछि व्यक्तिमा डेंगु वा Dengue Hemorrhagic Fever का लक्षणहरु देखिन सक्छन् वा कुनै खाले संक्रमण नदेखिन पनि सक्दछन् । संक्रमित व्यक्तिबाट एक हप्तापछि लामखुट्टेले एउटा स्वस्थ मानिसलाई रोग सार्न सक्दछ ।

लक्षणहरु

डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५-७ दिनसम्म रहन सक्छ । ज्वरोको साथसाथै निम्न लक्षणहरु पनि देखा पर्दछन् :

– असाध्यै टाउको दुख्ने ।
– आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ।
– ढाड जोर्नी तथा मांसपेशीहरु दुख्ने ।
– शरीरमा विमिरा आउने ।
– धेरै ज्वरो आई माथिका लक्षणहरु मध्ये दुई वा दुईभन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ ।
– वाक्वाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोश हुने आदि लक्षणहरु पनि देखा पर्न सक्छ ।

मृत्युदर

सामान्य डेँगुमा मृत्यु हुने सम्भावना ज्यादै न्यून हुन्छ। २००४ देखी २०१९ सम्मा आउँदा नेपालमा डेंगुको कारण १५ जनाको मात्रा मृत्‍यु भएको छ। Dengue Haemorrhagic Fever (DHF) and Dengue Shock Syndrome (DSS): कुनै उपचार नगरेको खण्डमा ५०% सम्म बिरामीको मृत्यु हुन सक्छ। समयमा राम्रो उपचार पाएको खण्डमा मृत्युदरलाई १-२% सम्म झार्न सकिन्छ।

रक्तश्रावको खतरा हुने अवस्थाहरु

– लामो समयसम्म वेहोस भएमा
– जलवियोजन र वेहोस भएमा
– कलेजोमा खराबी उत्पन्न भएका
– दुखाई कम गराउने ब्रुफेन, निमेसुलाइड तथा एस्पिरिन जातका औषधीको प्रयोग गरेमा
– ग्यास्ट्राइटिसको समस्या भएका बिरामीमा
– रगत पातलो बनाउने औषधीको सेवन गरिरहेका बिरामीमा
– शरीरमा कुनै प्रकारको चोटपटक लागेमा

विश्वब्यापी अवस्थाहरु

विगत केहि दशक देखि विश्व भरी नै डेंगु रोगको संक्रमण अत्यधिक रुपमा बढ्दै गैरहेको छ । बितेको ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइन्छ । विश्वको आधा भन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेका छन् : १२८ भन्दा बढी मुलुकका ३.९ अर्ब मानिसहरु यस रोगको जोखिमको क्षेत्रमा बसोबास गर्दछन् । प्रत्येक वर्ष झन्डै ३९ करोड डेंगु रोगको संक्रमण हुने गर्दछ भने २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गर्दछ ।

रोकथामका उपायहरु

– पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ
– पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नु पर्छ ।
– कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top