रेखालाई हेर्न ओलीलाई बालेनले देखाए ऐना

१७ भाद्र, विराटनगर । लुम्बिनी प्रदेशकी एमाले प्रदेशसभा सांसद रेखा शर्मालाई पक्राउ नगरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाएपछि उनको मुद्दा चर्चामा आएको छ । सांसद शर्माविरुद्ध तीन महिनाअघि नै जिल्ला प्रहरी परिसर, काठमाडौंमा बालबालिकाविरुद्धको कसुर मुद्दामा जाहेरी दर्ता भएको छ । तर, अनुसन्धानमा प्रहरीले ढिलाइ गरेपछि बालेनले प्रधानमन्त्रीमाथि… Continue reading रेखालाई हेर्न ओलीलाई बालेनले देखाए ऐना

बालेनको प्रशंसामा गीत गाउँदा कर्मचारीको सरुवा : के भन्छ पोखरा महानगर ?

३ भदौ, विराटनगर । पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखामा कार्यरत सातौं तहकी अधिकृत चन्द्रावती वाग्ले अहिले चर्चामा छिन् । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको प्रशंसा गर्दै गाएको गीतका कारण दर्शक-स्रोतामाझ परिचित बनेकी उनी सरुवाको विषयले झन् चर्चित बनिन् । महानगरले हालैमात्र उनलाई सामाजिक महाशाखाबाट वडा नम्बर २३ मा सरुवा गरेको छ । आफूलाई बालेनको प्रशंसामा गीत… Continue reading बालेनको प्रशंसामा गीत गाउँदा कर्मचारीको सरुवा : के भन्छ पोखरा महानगर ?

बालेनले खोले संघ सरकारमाथि फायर, भने सरकारको इज्जत गर्दिनँ

२५ चैत,काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले संघ सरकार र राजनीतिक दलका नेताहरूप्रति फेरि आक्रोष पोखेका छन् । उनले आज विहानै सामाजिक संजालमार्फत आफ्नो आक्रोश पोखेका हुन् । बालेनले देशकै प्रशासनिक केन्द्रका रूपमा रहेको सिंहदरबार परिसरको फोहोर नउठाउने बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले आजदेखि सिंहदरबारको फोहोर नउठाइने बताएका हुन् । मेयर… Continue reading बालेनले खोले संघ सरकारमाथि फायर, भने सरकारको इज्जत गर्दिनँ

काठमाडौंमा किन जल्यो बालेनको पुत्ला ?

१५ असोज, काठमाण्डौ । गएको स्थानीय तहको निर्वाचनमा अनपेक्षित रुपमा विजय हासिल गरी काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेन्द्र शाह बालेनको शुक्रबार काठमाडौंमा पुत्ला दहन गरिएको छ। यसअघि बालेनले काठमाडौंमा सुरु गरेको अनाधिकृत संरचना हटाउने अभियान र टुकुचाको उत्खनन्को प्रशंसा गर्नेहरुले नै उनको पुत्ला दहन गरेका छन् । बांगेमुढाको सामुदायिक भवन भत्काएपछि स्थानीयले बालेनको पुत्ला दहन… Continue reading काठमाडौंमा किन जल्यो बालेनको पुत्ला ?

फुटपाथमा व्यापार गर्न नदिन बालेन वचनबद्ध

१३ असोज, काठमाण्डौ। काठमाडौं महानगरपालिकाका सडकका फुटपाथमा महानगरले एक दिन पनि व्यापार संचालन गर्न नदिने भएको छ । नेपालीहरुको महान चाड बडादशैंको अवसरमा अन्य समय भन्दा अधिक व्यापार व्यवसाय हुने भएपनि काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न नदिएको भन्दै दशैंसम्म फुटपाथ खुला गरिदिन व्यवसायीबाट माग भईरहेको अवस्थामा महानगरका मेयर बालेन्द्र साह बालेनले आज एक विज्ञप्ति जारी… Continue reading फुटपाथमा व्यापार गर्न नदिन बालेन वचनबद्ध

बालेनको एक्शनको कमाल, राजस्व ३० प्रतिशत बढ्यो

७ असोज, काठमाण्डौ । संघीय राजधानी रहेको काठमाडौं महानगरमा गएको वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट नयाँ जनप्रतिनिधि आएपछि चालु आर्थिक वर्षको असोज ५ गतेसम्ममा ३० प्रतिशतले राजस्वमा बृद्धि भएको छ । काठमाडौं महानगरले १ अर्ब ६७ करोड १४ लाख ६ हजार ९८३ रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष असोज ५ सम्ममा १ अर्ब २८… Continue reading बालेनको एक्शनको कमाल, राजस्व ३० प्रतिशत बढ्यो

बालेनले ४५ लाई पत्र काटे, ९ वटाले मात्रै कर तिरे

२८ भदौ , काठमाण्डौ । काठमाडौं महानगरपालिकाले ४५ वटा संस्थालाई राजश्व बुझाउन पत्र काटेकोमा ९ वटा संस्थाले मात्रै महानगरलाई राजश्व बुझाएका छन्। महानगरले केही समयअगाडि मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन ती संस्थाहरुलाई पत्राचार गरेको थियो। तर, हालसम्म ९ वटा संस्थाले मात्रै महानगरलाई कर बुझाएको महानगरको राजश्व विभागले जनाएको छ। महानगरलाई कर बुझाउनेमा काठमाडौं फन… Continue reading बालेनले ४५ लाई पत्र काटे, ९ वटाले मात्रै कर तिरे

बालेनले भने फोहोरको रासमा कुहिएको राजनीति नगर्नु

३० साउन, काठमाडौं । सिसडोल–बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले काठमाडौं उपत्यकाको फोहोरमाथिको अवरोध र आन्दोलन फिर्ता लिएका छन् । मन्त्रिपरिषद्को निर्णय निर्देशन र सहरी विकास मन्त्रालयले कार्यान्वयन गर्न दुई महनाभित्र सबै समस्या समाधानको संयुक्त प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेसँगै आन्दोलन फिर्ता लिएका हुन् । यसका लागि मन्त्रालयका पदाधिकारीहरूले प्राविधिक टोलीसँग संयुक्त हस्ताक्षर गरेका छन् ।… Continue reading बालेनले भने फोहोरको रासमा कुहिएको राजनीति नगर्नु

चौतर्फी आलोचनापछि आफनै तलब बाट यमबुद्धको सालिक बनाउने बालेनले गरे घोषण

२५ असार ,काठमाडौं । काठमाडौँ महानगरपालिकाले र्‍यापर यमबुद्धको सालिक बनाउन बजेट छुट्टाएकोमा चौतर्फी विरोध भइरहेको छ । विरोधका स्वरहरु बढ्न थालेपछि मेयर बालेन शाहले यमबुद्धको सालिक आफ्नै तलबबाट बनाउने बताएका छन् ।शाहको प्रस्तावमा आगामी आर्थिक वर्षको बजेटमा यमबुद्धको सालिक निर्माण गर्न १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर सरकारी पैसामा शाहले आफू निकटको सालिक… Continue reading चौतर्फी आलोचनापछि आफनै तलब बाट यमबुद्धको सालिक बनाउने बालेनले गरे घोषण

प्रधानसेनापतिलाई भेटे बालेनले

१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेका छन् । सपथ लिएर पदभार ग्रहण गरेलगत्तै बालेन शर्मालाई भेट्न सैनिक मुख्यालयमा पुगेका थिए । भेटमा बालेनले विपद् व्यवस्थापन तथा राष्ट्रिय सुरक्षामा सेनाले गरेको योगदानको प्रशंसा गरेका छन् । प्रधानसेनापति शर्माले भने मेयर बालेनलाई कार्यकालको सफलताको कामना गरेका छन् ।

काठमाण्डौमा बालेनको अग्रता बढेको बढ्यै

२ जेष्ठ ,काठमाण्डौ ।काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगिरहनुभएको छ । शाहले ३ हजार २ सय ५३ मतको अग्रता लिइरहेका छन । अहिलेसम्मको गणनामा शाहले ६ हजार ९ सय ७८ मतसहित अग्रता कायमै राखेका छन । नेकपा एमालेका केशव स्थापितले ३ हजार ७ सय २५ मत प्राप्त गरेका छन । गठबन्धनबाट… Continue reading काठमाण्डौमा बालेनको अग्रता बढेको बढ्यै

काठमाडौंको मेयरमा बालेनलाई १३ सय मतको अग्रता

१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाइ रहेका छन् । आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार बालेनले २८२० पाएका छन् । त्यस्तै नेकपा एमालेका केशव स्थापितले १५०७ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४४९ मत पाएकी छन् । शनिबार सुरु गरिएको मत गणनामा हाल… Continue reading काठमाडौंको मेयरमा बालेनलाई १३ सय मतको अग्रता

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.