रतुवामाईमा कर्मचारीहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

विराटनगर, मंसिर १४ रतुवामाई नगरपालिका नगरकार्यपालिकाले आयोजना गरेको चार दिने कर्मचारीहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई कम्प्युटर, व्यक्तिगत घटनादर्ता तथा सामाजिक सुरक्षा प्रणाली सम्बन्धी तालिम दिइएको हो । तालिमको सहजिकरण रतुवामाई नगरपालिकाका सुचना प्रविधी शाखाका अधिकृत उजितनारायण राजवंशी र दमक नगरपालिकाका सुचना प्रविधी शाखाका अधिकृत समिप चुडालले गरेका थिए ।… Continue reading रतुवामाईमा कर्मचारीहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

निर्माण सम्पन्न भएपनि विराटनगर बस टर्मिनल अझै सञ्चालनमा आउन सकेन (भिडियो रिपोर्टसहित)

विराटनगर, मंसिर १४ गएको साउन महिनाको पहिलो सातानै निर्माण सम्पन्न भएपश्चात विराटनगर महानगरपालिकालाई हस्तानान्तण गरेर सञ्चालनमा आउने भनिएको अत्याधुनिक सुविधा सम्पन्न विराटनगर बस टर्मिनल अझै सम्म पनि सञ्चालनमा आउन सकेको छैन । वस टर्मिनल निर्माण अघि सामान्य वर्षामै हिलाम्मे र वर्षा नहुदा धुलाम्ये हुने विराटनगर बसपार्क यतिबेला निर्माण सम्पन्न भएर मुहारनै फेरिए पनि विराटनगर महानगरको… Continue reading निर्माण सम्पन्न भएपनि विराटनगर बस टर्मिनल अझै सञ्चालनमा आउन सकेन (भिडियो रिपोर्टसहित)

राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता

काठमाडौँ,मंसिर १४ राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले भेटवार्ता गरेका छन । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता रहेको थियो । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग… Continue reading राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता

जनस्तरबाट ब्यापक विरोध भएपछि हट्यो जोरविजोर प्रणाली

काठमाडौँ, मंसिर १४ जनस्तरबाट ब्यापक विरोध भएपछि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा लागू गरिएको जोरविजोर प्रणाली सरकारले फिर्ता लिएको छ । एशिया प्यासेफिक समिटका क्रममा सवारी आवागमन चुस्त बनाउन तथा सुरक्षाका कारण बिहीबारदेखि आइतबारसम्मका लागि भन्दै जोर विजोर प्रणाली लागू गरेको थियो । तर, गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज बिहान ११ः३० बजेबाट लागू… Continue reading जनस्तरबाट ब्यापक विरोध भएपछि हट्यो जोरविजोर प्रणाली

बालक अपहरणको ४५ मिनेटभित्रै हत्या !

काठमाडौं  : गोंगबु प्रयासमार्गस्थित स्वस्तिका गेस्टहाउसमा गाडीचालकका रुपमा महेन्द्र एस्केले नियुक्ति पाएको एक महिना मात्र भएको छ । उनले पाएको १३ हजार तलबमा चित्त बुझेको थिएन ।  होटेल साहुसँग उनको विवाद पनि हुँदै आएको थिए ।  उनको प्रतिशोध र आपराधिक मानसिकताको सिकार बने होटेल साहुका ८ बर्षीय छोरा प्रयास कुँवर । प्रहरीका अनुसार महेन्दले चार… Continue reading बालक अपहरणको ४५ मिनेटभित्रै हत्या !

जापानमा एक हजार नेपाली ईन्जिनियरलाई रोजगार

भक्तपुर  : जापानी कम्पनीले नेपाली आईटी ईन्जिनियरहरुलाई विद्यावारिधीसँगै जापान काम गने अवसर दिने भएको छ । जापानस्थित ह्युमन रिसोसि{या कम्पनी लिमिटेडले त्यसका लागि नेपालका तीन वटा ईन्जिनियरिङको पढाई हुने कलेजहरुसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ । ईन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक, नेम कलेज काठमाडौं नेपाल ईन्जिनियरिङ कलेज चाँगुनारायणसँग समझदारी पत्रमा हस्ताक्षर… Continue reading जापानमा एक हजार नेपाली ईन्जिनियरलाई रोजगार

सैनिक भर्नामा अनियमितता : ३ अधिकृतसहित ११ बर्खास्त

काठमाडौँ : नेपाली सेनाको भर्ना प्रक्रियामा अनियमितता गर्ने ३ अधिकृतसहित ११ जना बर्खास्त भएका छन् । अन्य १६ अधिकृतसहित १६२ जना दोषी ठहर भएका छन् । २०७३ देखि ०७५ सम्म विभिन्न पदमा भर्नाका क्रममा अनियमितता भएको भन्दै २३ अधिकृतसहित १ सय ८७ जनाविरुद्ध कोर्ट मार्सल सुरु गरेकोमा सैनिक अदालतले उनीहरुलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने… Continue reading सैनिक भर्नामा अनियमितता : ३ अधिकृतसहित ११ बर्खास्त

उधारो मै खटिए सुरक्षाकर्मी

काठमाडौँ : एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका विशिष्ट पाहुना काठमाडौँ आउनेक्रम बढेसँगै उपत्यकामा ठूलो संख्यामा सुरक्षा निकाय परिचालन गरिएको छ । सम्मेलन र विशिष्ट पाहुनाको सुरक्षाका लागि सुरक्षा निकायले तोकेरै बजेट माग गरे पनि सरकारको आश्वासन र उधारोका भरमा सुरक्षाकर्मी खटिएका छन् ।,यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

हत्या गर्ने हुँ म भन्दै डिएसपीलाई फोन आएपछि…

दोलखा : जिल्ला प्रहरी प्रमुख डिएसपी बासुदेखि पाठकको मोबाईल फोन सेटमा मंगलबार बिहान १० बजे अपरिचित मोबाईल नम्बरबाट फोन आयो । डिएसपीले फोन उठाएपछि उताबाट आवाज आयो, डिएसपी साप नमस्कार । डिएसपीले नमस्कार भन्दै सोधे, को बोल्नु भएको होला ? उताबाट जबाफ आयो, मेरो नाम तस्विर तामाङ हो । सोमबार दिउँसो ठुलोपातल गाउँमा एउटी महिलाको… Continue reading हत्या गर्ने हुँ म भन्दै डिएसपीलाई फोन आएपछि…

विमा दाबी गर्न आफ्नै गाडीमा आगो !

विराटनगर : विराटनगर काँकडभिट्टा रुटमा थपिएका नयाँ गाडीसँग प्रतिस्पर्धा गर्न नसक्दा मोरङमा एक ब्यक्तिले आफ्नै गाडीमा आगो लगाएका छन् । गाडी नचलेपछि ऋण तिर्न नसकेको रामेछाप मन्थली नगरपालिका– ५ का शम्भु कार्कीले बा ३ ख ८०७४ नम्बरको आफ्नै माईक्रो बसमा आगो लगाएका हुन् । चालक समेत रहेका कार्कीले सहचालकको सहयोगमा मंगलबार राती ग्रामथान गाउँपालिका– ५… Continue reading विमा दाबी गर्न आफ्नै गाडीमा आगो !

नयाँ शहरका लागि स्थानीयबासीले दिए ८५ बिघा जग्गा

रंगेली : रंगेली नगरपालिका– ६ का स्थानीयबासीले ८५ बिघा जमिन उपलब्ध गराएका छन् । सरकारले हुलाकी राजमार्ग अन्तर्गत रहेको रंगेली बजारलाई नयाँ शहरका रुपमा विकास गर्ने लक्ष्य लिएता पनि साविक रंगेलीलाई ओझेलमा पार्दै योजना अन्यन्त्रै लैजाने चलखेल सुरु भएपछि स्थानीयले सो जग्गा उपलब्ध गराएका हुन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

५३ वर्षपछि सडक कालोपत्रे

विराटनगर : विराटनगर महानगरपालिकाको एउटा सडक ५३ वर्षपछि कालोपत्रे भएको छ । विराटनगर महानगरपालिका–३ साईबाबा चोक पुर्व जाने भुमी मार्ग ५३ वर्षपछि कालोपत्रे भएको हो । विस। २०२० सालको नक्सामा रहेको सडक कालोपत्रे भएको थिएन ।तर सहरी विकास परियोजना अन्तर्गत करिब ६ सय मिटर कालोपत्रे भएको हो । कालोपत्रे भएपछि मेयर, उपमेयर र वडाअध्यक्ष बोलाएर… Continue reading ५३ वर्षपछि सडक कालोपत्रे

राजधानीमै बालकको अपहरणपछि हत्या

काठमाडौं : राजधानीमै अर्का बालकको अपहरण र हत्या भएको छ । , आजको नयाँ पत्रिकामा यो खबर छ । गोंगबुस्थित प्रयासमार्गमा स्वस्तिका गेस्टहाउसका सञ्चालक प्रवीण कुँवरका ८ बर्षीय छोरा प्रयासको उनकै चालक महेन्द्र एसकेले हत्या गरेका हुन् । महेन्द्रले प्रयासलाई अपहरण गरी गाडीभित्रैै हत्या गरेर खोलामा शव फालेका थिए । महेन्द्रलाई पक्राउ गरेर अनुसन्धान गरेपछि घटनाको वास्तविकता… Continue reading राजधानीमै बालकको अपहरणपछि हत्या

मंसिर २९ गतेभित्र कटहरी खुल्ला दिसामुक्त क्षेत्र हुने

विराटनगर, मंसिर १३ मोरङको कटहरी गांउपालिकाको वडानम्बर ५ र ६ लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति सहित सरोकारवालाको उपस्थितिमा ती दुई वडालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । गांउपालिकालाई मंसिर २९ गतेभित्र खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिने तयारी छ । जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश… Continue reading मंसिर २९ गतेभित्र कटहरी खुल्ला दिसामुक्त क्षेत्र हुने

अरुण–३ आयोजनामा स्वदेशी सामग्री प्रयोग गर्न उद्योगीको आग्रह

विराटनगर, मंसिर १३ नेपाल सरकारको सवैभन्दा ठूलो परियोजना अरुण–३ जल विद्युत आयोजनाको निमार्णमा स्वदेशी सामाग्रीको प्रयोग गर्न यस क्षेत्रका उद्योगी ब्यवसायीले आग्रह गरेका छन । आयोजनाको कार्यलाई थप प्रभावकारी वनाउन आयोजनाले आज प्रदेश न १ का उद्योगी, व्यापारी, इन्जिनियर तथा परियोजनासंंग सम्विन्धित व्यक्तिहरुसंग गरेको छलफलमा सहभागिले यस्तो सुझाव दिएका हुन । नेपाल सरकार लगानी वोर्डको… Continue reading अरुण–३ आयोजनामा स्वदेशी सामग्री प्रयोग गर्न उद्योगीको आग्रह

१८५ नगरपालिकामा नयाँ शहर बन्दै, नेपाल-चीन नाकामा अत्याधुनिक शहर

काठमाडौं,मंसिर १३ देशभरका १८५ ओटा नगरपालिकामा नयाँ शहर बन्ने भएको छ । त्यसका लागि अध्ययनको काम भइरहेको शहरी विकासमन्त्री मोहम्मल इस्तियाक राईले जानकारी दिए । विकास समितिको आजको बैठकमा मन्त्री राईले त्यस्ता शहरहरुले हिमालदेखि तराईसम्मलाई समेट्ने भन्दै हिमालका लुक्ला, स्याप्रुबेंसी, जोमसोम, सिमिकोट र मार्तडीमा समेत अत्याधुनिक शहर बन्ने जानकारी दिए । मन्त्री राईले नेपाल-चीन जोड्ने… Continue reading १८५ नगरपालिकामा नयाँ शहर बन्दै, नेपाल-चीन नाकामा अत्याधुनिक शहर

विदेशी पाहुना आउँदा जोर–विजोर प्रणाली, सर्वसाधारणलाई सास्ती (तस्वीरसहित)

काठमाडौं, मसिंर १३ उपत्यकामा चल्ने सवारीसाधनहरुमा जोर–विजोर प्रणाली लागु गरिएपछि बिहीवार सर्वसाधारणले सास्ती भोग्न बाध्य भएका छन् । सामान्य दिनको तुलनामा करीव आधाको सङ्ख्यामा गाडी सञ्चालन भएपछि विशेष गरी सार्वजनिक सवारीसाधन प्रयोगकर्ता बढी मारमा परेका छन् । अन्तरराष्ट्रिय गैर सरकारी संस्था युनिभर्सल पिस फेडरेसनको आयोजनामा शुक्रवारदेखि शुरु हुने ‘एशिया प्यासिफिक समिट २०१८’का लागि विभिन्न मुलुकबाट… Continue reading विदेशी पाहुना आउँदा जोर–विजोर प्रणाली, सर्वसाधारणलाई सास्ती (तस्वीरसहित)

नक्कली नागरिकता लिने दुई भारतीय पक्राउ, पासपोर्ट बनाउन खोज्दा खुल्यो पोल

वीरगञ्ज, मंसिर १३ जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानी लिन पेश गरेको नागरिकता नक्कली भएको आरोपमा पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई मङ्गलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–९ बस्ने दिनेशकुमार साह र अरविन्दकुमार सर्राफ रहेका छन् । साहले नक्कली नागरिकताको आधारमा राहदानी लिन खोज्दा तथा सर्राफले झुठो विवरण पेस गरी २०६३ सालमा लिएको नागरिकताको… Continue reading नक्कली नागरिकता लिने दुई भारतीय पक्राउ, पासपोर्ट बनाउन खोज्दा खुल्यो पोल

छुरा प्रहारबाट मनी ट्रान्सफरका सञ्चालक घाइते

इनरुवा,मंसिर १३ सुनसरीको इटहरी उपनगरपालिका–९ हटियालाइनमा सञ्चालित एक्टिभ मनी ट्रान्सफरका सञ्चालक अपरिचित व्यक्तिको छुरा प्रहारबाट बुधबार घाइते भएका छन् । मनी ट्रान्सफरमै आएका दुई अपरिचित व्यक्तिले सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरी फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिए । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र… Continue reading छुरा प्रहारबाट मनी ट्रान्सफरका सञ्चालक घाइते

भानु कलेजका उत्कृष्ट विद्यार्थी सम्मानित

विराटनगर, मंसिर १३ विराटनगर जेसीसले विराटनगरको भानु कलेजका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । जेसीज सप्ताह –२०१८ को पाँचौँ दिन बुधबार विराटनगरको जेसी वाल सदन स्कुलको प्राङ्गणमा भएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । राष्ट्रिय परिक्षाबोर्डले हालसालै प्रकाशित गरेको कक्षा ११ को नतीजामा उत्कृष्ट हुने विज्ञान संकाय तर्फका छात्र सन्दिप यादव, व्यवस्थापन संकायतर्फका छात्र सुमित… Continue reading भानु कलेजका उत्कृष्ट विद्यार्थी सम्मानित

सरकार भूकम्प पिडितको रोदन सुनेन

काठमाडौं : ‘भूकम्पले त पीडा दियो दियो सरकारले थप पीडा नदिओस्’ प्रतिनिधिसभाको बिकास तथा प्रबिधि समितिमा बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद यज्ञराज सुनुवारले भन्नुभयो ‘दाताहरुले शर्त राखी रकम दिने प्रक्रिया गलत छ, जसले जे भन्छ ती सबै मापदण्ड मान्न सकिँदैन ।’,यो खबर आजको नेपाल समाचारपत्रमा छ । सांसद् सुनुवारले स्थानीय तहलाई जिम्मेवारी दिए… Continue reading सरकार भूकम्प पिडितको रोदन सुनेन

पाँच महिनादेखि १७ सय कर्मचारी जम्मेवारीविहीन

काठमाडौं : देशमा नयाँ संरचना लागू भएसँगै स्वास्थ्य मन्त्रालयअन्तर्गतका करिब एक हजार ७०० कर्मचारी पाँच महिनादेखि जिम्मेवारीविहीन फाजिल छन्।, यो खबर आजको कान्तिपुर दैनिकमा छ। अध्ययन र योजनाविना संरचना बनेपछि सबै कर्मचारी दरबन्दीमा अटेका छैनन्। विशेषज्ञ डाक्टर, प्राविधिक र प्रशासनिक कर्मचारी जिम्मेवारीविहीन हुँदा देशभरकै स्वास्थ्य सेवा प्रभावित भइरहेको छ। वीर अस्पतालमा पनि ४२ कर्मचारी दरबन्दीविनै काम… Continue reading पाँच महिनादेखि १७ सय कर्मचारी जम्मेवारीविहीन

वाईडबडी विवाद टुंगिएपछि थप ३ जहाज खरिद गरिने

काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एयरबस ३३० सिरिजको वाइडबडी जहाज प्रक्रिया विवाद अन्त्य भएपछि नयाँ खरिद प्रक्रिया अगाडि बढाइने भएको छ। हाल खरिद प्रक्रियाको विषयलाइ लिएर संसदीय समितिहरुले छानबिन गरिरहेकाले यसको टुंगो लागेपछि मात्रै निगको व्यापारिक योजनाअनुसार नयाँ जहाज खरिद प्रक्रिया अगाडि बढाइने भएको छ। छानबिनको टुंगो लागेपछि व्यापारिक योजना अनुसार खरिद प्रक्रिया… Continue reading वाईडबडी विवाद टुंगिएपछि थप ३ जहाज खरिद गरिने

ज्यान गएपछि उद्धार अनुमति

काठमाडौं : घटना १ : मंसिर ५ गते। बिहान साढे ६ बजे डोल्पाबाट पर्यटक उद्धारको अनुरोध आयो। हेलिकप्टर कम्पनीले आवश्यक कागजात पुर्याएर गृहमन्त्रालयको अनुमति माग्यो। तर गृहका कर्मचारीले सम्बन्धित सीडीओको अनुमति नपाएको भन्दै दिउँसो ३ बजे मात्र अनुमति दियो। हेलिकप्टर पुग्दा पर्यटकको मृत्यु भइसकेको थियो। गृहको ढिलाइका कारण क्यानेडेली नागरिक र्यान्डल फेरिस बेकरले ज्यान गुमाए।… Continue reading ज्यान गएपछि उद्धार अनुमति

चिकित्सक कमिशनको लोभमा, बिरामी मर्कामा

विराटनगर : चिकित्सकले औषधिका रुपमा औषधिका रुपमा आहारपुरक खाद्य पदार्थ (डाईटरी सप्लिमेन्ट) तथा न्युट्रास्युटिकल्स( मल्टिभिटामिन र मल्टिमिनरल) पुर्जामा लेखेर बिरामीलाई आर्थिक भार दिने गरको पाईएको छ । जानकारहरुका अनुसार भारतबाट आयाल हुने आहारपुरक खाद्यपदार्थ (डायटरी सप्लिमेन्ट) तथा न्युट्रास्युटिकल्स( मल्टिभिटामिन र मल्टिमिनरल) मा औषधिको रुपमा प्रयोग नहुने ( नट फर मेडसिन युज) उल्लेख गरिएको हुन्छ ।… Continue reading चिकित्सक कमिशनको लोभमा, बिरामी मर्कामा

सर्वेन्द्र खनाल आफ्नो‘भाञ्जे ज्वाँई’ भन्दै ५० जनालाई ठगी गर्ने ओझा पक्राउ

विराटनगर : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल आफ्नो‘भाञ्जे ज्वाँई’ भन्दै दुई वटा कम्पनी खोलेर ५० कर्मचारीलाई ठगी गरेको आरोपमा मोरङ प्रहरीले गुणराज ओझालाई पक्राउ गरेको छ । विराटनगर– ४ स्थित चितनारायण माझि, परमेश्वर ढुङ्गाना र इश्वर ढुङ्गानाको घर भाडामा लिएर नक्कली विद्युत परियोजना र विजनेश म्यानेजमेन्ट गु्रप खोलेर ५० जनालाई कर्मचारीलाई तलब नदिई ठगी गरेको… Continue reading सर्वेन्द्र खनाल आफ्नो‘भाञ्जे ज्वाँई’ भन्दै ५० जनालाई ठगी गर्ने ओझा पक्राउ

१३१ वर्ष पुरानो झोलुङ्गे पुल संरक्षण गरिने

बेनी,मंसिर १२ म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र हाँडेभिर जोड्न म्याग्दीखोलामाथि बनाइएको १३१ वर्ष पुरानो ऐतिहासिक झोलुङ्गे पुलको संरक्षण र मर्मत गरिने भएको छ । विस १९४४ मा स्थानीय प्रविधि र स्रोत साधन प्रयोग गरी बनाइएको उक्त झोलुङ्गे पुल जीर्ण बनेपछि बेनी नगरपालिकाले सो पुलको मर्मत र संरक्षण गर्न लागेको हो । तत्कालीन समयमा बागलुङ गलकोटका… Continue reading १३१ वर्ष पुरानो झोलुङ्गे पुल संरक्षण गरिने

१ अर्ब १८ करोडमा जनकपुरधाम सिंगारिदै, दुई वर्षमा काम सक्ने सम्झौता (भिडियोसहित)

काठमाडौं ,मंसिर १२ प्रदेश नं. २ को राजधानी जनकपुर अबको दुई वर्षमा सफा सुग्घर र हेर्न लायक हुने भएको छ । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनिएको जनकपुरको स्वरुप परिवर्तन हुन लागेको हो । जनकपुरको अहिलेको स्वरुप परिवर्तन गर्नका लागि जनकपुरधाम सरसफाई तथा पोखरी सम्बद्र्धन आयोजना अघि बढाउने सम्झौता भएको छ । खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी… Continue reading १ अर्ब १८ करोडमा जनकपुरधाम सिंगारिदै, दुई वर्षमा काम सक्ने सम्झौता (भिडियोसहित)

आठ लाख भूकम्प पीडितका घरकाे बीमा गरिँदै, ५०० प्रिमियम तोकियो

काठमाडौं,मंसिर १२ सरकारले राष्ट्रिय बीमा कम्पनी मार्फत आठ लाख भूकम्प पीडितहरूका घरको बीमा गर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बीमाको फाइल मन्त्री परिषद्मा पुगिसकेको बताएको छ। प्रतिघर ५०० रुपैंया प्रिमियम लिएर ५ लाख रुपैयाँको जोखिम वहन गर्न लागिएको हो । जसको कुल प्रिमियमको ५० प्रतिशत सरकारले व्यहोर्नेछ भने बाँकी ५० प्रतिशत लाभग्राहीबाट असुलिने व्यवस्था… Continue reading आठ लाख भूकम्प पीडितका घरकाे बीमा गरिँदै, ५०० प्रिमियम तोकियो

दैलेखमा जीप दुर्घटना : ५ जनाको मृत्यु

दैलेख,मंसिर १२ दैलेखको ठाटीकाँध गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जीपमा सवार आठमध्ये पाँच जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । आज बिहान सुर्खेतदेखि ठाटीकाँध गाउँपालिकाको बाहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप ठाटीकाँधको पीपलचौतारा धामीगाउँ नजिक दुर्घटनामा पर्दा तीन जनाको घटना थलमै… Continue reading दैलेखमा जीप दुर्घटना : ५ जनाको मृत्यु

विराटनगरका २ सय ९५ औद्योगिक ग्राहकको लाइन काटियो

विराटनगर,मंसिर १२ लामो समयदेखि विद्युत महसुल तिर्न अटेरी गर्ने विराटनगरका २ सय ९५ औद्योगिक ग्राहकको लाइन काटिएको छ ।नेपाल विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्रले साढे २ महिना अवधिमा निजी ट्रान्सफर्मर राखेर विद्युत सेवा लिँदै आएका औद्योगिक ग्राहकको लाइन काटेर कारवाही गरेको हो । वितरण केन्द्र प्रमुख राजीव सिंहका अनुसार ६० दिनको महसुल बुझाउन बाँकी रहेका… Continue reading विराटनगरका २ सय ९५ औद्योगिक ग्राहकको लाइन काटियो

पेट्रोलियम पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा

वीरगंज,मंसिर १२ नेपाल र भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३९ दशमलब दुई किलोमिटर भू–भागमध्ये २१ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ । तीव्र गतिमा बाँकी काम भइरहेकाले बढीमा तीन महीनाभित्र काम सम्पन्न… Continue reading पेट्रोलियम पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा

न्यायिक क्षेत्रमा अनियमितता र भ्रष्टाचार गर्न कसैलाई छुट छैन : महान्यायाधिवक्ता खरेल

विराटनगर,मंसिर१२ महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्याययिक क्षेत्रमा अनियमितता र भष्टा«चार गर्न कसैलाई छुट नभएको बताएका छन् । उनले न्याययिक क्षेत्रको सरकारी सेवामा कार्यरत जो सुकैलाई सरकारले प्रदान गरेको सेवा सुविधा अपुग भए सरकारसंग माग गर्न सुझाव दिए । जिल्ला अदालत सरकारी वकिलको कार्यालयको भवन शिलान्यास कार्यक्रममा बुधवार विराटनगरमा आयोजित कार्यक्रममा संचारकर्मीसंग कुराकानी गदै महान्यायाधिवक्ता खरेलले भने‘न्याययिक… Continue reading न्यायिक क्षेत्रमा अनियमितता र भ्रष्टाचार गर्न कसैलाई छुट छैन : महान्यायाधिवक्ता खरेल

डिआइजीसहित तीन जनाको मृत्यु हुने गरी भएको दुर्घटनाका चालक कारागार चलान

काभ्रे,मंसिर १२ मण्डनदेउपुर नगरपालिका–६ भाङ्गेटारमा गत कात्तिक १० गते प्रहरी नायब महानिरीक्षक ९डिआइजी० सुशीलकुमार भण्डारीलगायत तीन जनाको मृत्यु हुने गरी भएको दुर्घटनाका जिप चालक प्रदीप बोगटीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । यसअघि उनलाई २७ दिन हिरासतमा राखी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीको संयोजकत्वको छानबिन समितिले अनुसन्धान गरिएकामा मङ्गलबारदेखि पुर्पक्षमा राखेर… Continue reading डिआइजीसहित तीन जनाको मृत्यु हुने गरी भएको दुर्घटनाका चालक कारागार चलान

अब बर्खा र हिउँदमा दूधको मूल्य फरक–फरक, कात्तिकदेखि फागुनसम्म ७ रुपैयाँ कम

काठमाडौँ : उत्पादित दूध खपत हुन नसकी खेर जाने स्थिति ‘मिल्क होलिडे’ लाई दीर्घकालीन सोचका साथ समाधान गर्न हिउँद र वर्षामा दूधको फरक मूल्य निर्धारण गर्ने गृहकार्य अघि बढाइएको छ । हिउँदमा दूध बढी उत्पादन हुने तर उपभोग घट्ने भएका कारण डेरी उद्योगले खरिद गर्न नसकी पछिल्ला वर्षहरुमा मिल्क होलिडे देखापर्न थालेको छ । मन्त्रालयमातहतको… Continue reading अब बर्खा र हिउँदमा दूधको मूल्य फरक–फरक, कात्तिकदेखि फागुनसम्म ७ रुपैयाँ कम

२ उपसचिवसहित ११ कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोड रुपैयाँबराबरको सेयर नामसारीमा किर्ते गरेको अभियोगमा कम्पनी रजिस्ट्रारको कार्यलयका २ उपसचिवसहित ११ कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । उनीहरुविरुद्ध विशेष अदालतमा मंगलबार मुघा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

प्रहरीकै मिलेमतोमा तस्करी

धनगढी : केही दिनअघि एक घुमुवा प्रहरी र धनगढीका विभिन्न पसलमा अवैध बाटोबाट सामान ओसार्ने एजेन्टबीच भएको फोन संवाद सार्वजनिक भयो । घुमुवा प्रहरी हवल्दार गेहन्द्र बोहरा र तस्करीका समान ओसार्ने एजेन्ट सावन गुप्ताबीच भएको कुराकानीको उक्त अडियोले प्रहरी सेटिङमा करोडौँका सामान तस्करी भइरहेको पुष्टि गरेको छ ।,यो समाचार आजको नागरिक दैनिकमा छ ।

झुटो समाचार भनेर सम्पादक पक्राउ

काठमाडौं :  झुटो समाचार लेखेको अरोपमा पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्द पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले सम्पादक चन्दलाई तारकेश्वर नगरपालिका मनमैजुबाट पक्राउ गरेको हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ । मंसिर ८ गते पुर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल गृह जिल्ला चितवन गएका बेला उक्त अनलाईनले स्थानीयले खुकुरी प्रहारको प्रयास… Continue reading झुटो समाचार भनेर सम्पादक पक्राउ

तयार भयो आधुनिक कृषि बजार

विराटनगर : विराटनगरका उपभोक्तालाई लक्षित गरी निर्माण सुरु गरिएको एकीकृत तरकारी तथा फलफुल थोक बजार तयार भएको छ । कटहरी गाउँपालिका–१ महेशपुरमा आधुनिक फलफुल तथा तरकारी बजार तयार भएको हो । निर्माण कार्य पुरा भैसकेको सो बजार केही दिनपभत्र ठेकेदारले हस्तान्तरण गर्ने छ । ठेकेदारले हस्तान्तरण गरेपछि उपभोक्ता समिती गठन गरेर सञ्चालन थ.गरिने पुशुपंक्षि मन्त्रालयका… Continue reading तयार भयो आधुनिक कृषि बजार

ट्राफिक चेकजाँचका क्रममा कटहरीमा कुटपिट

विराटनगर, मंसिर १२ मोरङको कटहरी गाउँपालिकाका वडाध्यक्ष कपुरलाल माझीले प्रहरीबाट आफूहरु कुटिएको गुनासो गरेका छन् । प्रहरीसंग भएको विवादलाई लिएर न्याय माग्न जिल्ला प्रशासन कार्यालय मोरङ पुग्दा आफूहरुमाथि कुटपिट भएको वडाध्यक्षसहित स्थानीयले आरोप लगाएका हुन् । मंगलबार जनप्रतिनिधिसहित जिल्ला प्रशासन कार्यालयमा छलफल गर्न पुगेका कटहरी १ का वडाध्यक्ष कपुरलाल माझी सहित एक दर्जन भन्दा बढीलाई… Continue reading ट्राफिक चेकजाँचका क्रममा कटहरीमा कुटपिट

काठमाडौं उपत्यकामा जोर विजोर नम्बर प्रणाली लागू

विराटनगर,मंसिर ११ यही बिहिबारदेखि आइतबारसम्म काठमाडौं उपत्यकामा जोर विजोर नम्बर अनुसार गाडी चल्ने भएका छन् । शुक्रबारदेखि सोमबारसम्म काठमाडौमा हुने एसिया प्यासिफिक समिट कार्यक्रममा सवारी जाम नहोस् भनेर जोर विजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक गाडी चलाउने तयारी भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंसिर १३ गते बिहिबार र मंसिर १५… Continue reading काठमाडौं उपत्यकामा जोर विजोर नम्बर प्रणाली लागू

सामाजिक सुरक्षा घोषणाको खुशीयालीमा दिपावली

विराटनगर, मंसिर ११ संयुक्त ट्रेड युनियनहरुले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू भएपछि मंगलबार विराटनगरमा ¥याली निकालेका छन् । विराटनगरको बस पार्कबाट निस्केको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गर्दे ट्राफिक चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।¥यालीमा सहभागीहरुले मजदुर एकताका नारा लगायका थिए । कार्यक्रममा बोल्दै विभिन्न ट्रेड युनियनमा आवद्ध मजदुर नेताहरुले सरकारले सामाजिक सुरक्षा… Continue reading सामाजिक सुरक्षा घोषणाको खुशीयालीमा दिपावली

हजारौको उपस्थितिमा सामाजिक सुरक्षा योजनाको शुभारम्भ

काठमाडौँ, मंसिर ११ योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको प्रधानमन्त्री के पी शर्मा ओलीले विधिवत रुपमा शुभारम्भ गरेका छन् । नयाँ युगको शुरुवात भन्दै काठमाडौंको प्रज्ञा भवनमा मंगलबार हजारौ श्रमिक, रोजगारदाता, सरकारी तथा गैरसरकारी पदाधिकारीका बीच सामाजिक सुरक्षा योजना पहिलो पटक सार्वजनिक गरिएको हो । सरकारले मंसीर ११ लाई ऐतिहासिक दिनका रुपमा मनाउन प्रत्येक बर्ष सामाजिक… Continue reading हजारौको उपस्थितिमा सामाजिक सुरक्षा योजनाको शुभारम्भ

संघीयताको प्रशासनिक र वित्तिय हिसाबले पुर्णता नपाए नेपाली जनताले फेरी दुःख पाउनेछन् : रक्षामन्त्री पोखरेल

विराटनगर,मंसिर ११ उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले लैङ्घिक हिंसा अन्त्यका लागि ठोस र प्रभावकारी योजना बनाएर अघि बढेको खण्डमा मात्र सार्थक बन्न सक्ने बताएका छन् । विराटनगरमा बुधवार आयोजना गरिएको लैङ्घिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भुमिका बिषयक दुई दिने कार्याक्रमलाई सम्बोधन गदै रक्षामन्त्री पोख्ररेलले लैङ्घिक हिंसा अन्त्यका लागि कानूनी व्यवस्था निर्माणका लागि… Continue reading संघीयताको प्रशासनिक र वित्तिय हिसाबले पुर्णता नपाए नेपाली जनताले फेरी दुःख पाउनेछन् : रक्षामन्त्री पोखरेल

लैङ्घिक हिंसा अन्त्यका लागि ठोस र प्रभावकारी योजना बनाउन आवश्यक: पोखरेल

विराटनगर, मंसिर ११ उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले लैङ्घिक हिंसा अन्त्यका लागि ठोस र प्रभावकारी योजना बनाएर अघि बढेको खण्डमा मात्र सार्थक बन्न सक्ने बताएका छन् । विराटनगरमा बुधवार आयोजना गरिएको लैङ्घिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भुमिका बिषयक दुई दिने कार्याक्रमलाई सम्बोधन गदै रक्षामन्त्री पोख्ररेलले लैङ्घिक हिंसा अन्त्यका लासि कानूनी व्यवस्था निर्माणका… Continue reading लैङ्घिक हिंसा अन्त्यका लागि ठोस र प्रभावकारी योजना बनाउन आवश्यक: पोखरेल

पत्रकार महासंघलाई आरती स्ट्रिपको २ लाख सहयोग

विराटनगर, मंसिर ११ नेपाल पत्रकार महासंघ मोरङको भवनलाई थप व्यवस्थितगर्न आरति स्ट्रिप प्रालिले आर्थिक सहयोग गरेको छ । पत्रकार महासंघमा थप पुर्वाधार निमार्णका लागी महासंघले काम अगाडी ढढाएपछि आरती स्ट्रिपले सहयोग गरेको हो । नेपाल पत्रकार महासंघद्धारा आयोजित एक कार्यक्रमका बिच आरती स्ट्रिपले आर्थिक सहयोग हस्तान्तरण गरेको हो । कार्यक्रमा उधोग संचालक समितिका उपाध्यक्ष सन्जिव… Continue reading पत्रकार महासंघलाई आरती स्ट्रिपको २ लाख सहयोग

मापसे गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्यो

काठमाडौँ,मंसिर ११ पछिल्लो समय काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷७५ को तुलनामा चालु आवमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइएको छ । आव २०७४÷७५ मा ३२६ महिलाले मापसे सम्बन्धी चेतनामूलक कक्षा लिएका थिए । चालु आवको चार… Continue reading मापसे गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्यो

वैदेशिक रोजगारीमा साउदी पुगेकै दिन जेल !

काठमाडौं : बराहक्षेत्र नगरपालिका २ सुनसरीका भुपाल बस्नेतके सकेसम्म स्वदेशमै केहि काम गरौँ भन्ने सोच थियो । सोही सोचले गर्दा उनले पहिलोपटकको वैदेशिक रोजगारी त्यागे पनि । वैदेशिक रोजगारीबाट खासै प्रगति हुने नदेखेपछि साउदी अरेबियाबाट घर फर्केका बस्नेतले गाउँमै उद्यमका लागि अनेक प्रयत्न गरे । तर, उनले सोचे अनुसार देशको अवस्था कहाँ छ र ?… Continue reading वैदेशिक रोजगारीमा साउदी पुगेकै दिन जेल !

काठमाडौं–तराई फास्ट ट्रयाक : मुअब्जा नपाए काम रोक्ने चेतावनी

काठमाडौं : काठमाडौं–तराई जोड्ने दू्रतमार्ग (फास्ट ट्र्याक) निर्माणका क्रममा अधिग्रहण भएको जग्गाको उचित मुआब्जा नपाएको भन्दै ललितपुरको लितपुरको खोकना र बुङमतीका बासिन्दाले काममा अवरोध गर्ने चेतावनी दिएका छन्। स्थानीयले सरकारबाट उचित मुअब्जा नपाएको गुनासो गरेका छन्।, आजको नागरिक दैनिकमा यो खबर छ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा सोमबार खोकना र बुङमतीका स्थानीय बासिन्दाले फास्ट ट्र्याक… Continue reading काठमाडौं–तराई फास्ट ट्रयाक : मुअब्जा नपाए काम रोक्ने चेतावनी

विश्वकै पुरानो रेल प्रविधि नेपालमा, ३५ किलोमिटर पार गर्न डेढ घण्टा

काठमाडौँ : ‘हाइस्पिड’ रेल सञ्चालनमा जापान, चीन र फ्रान्सबीच तीब्र प्र्रतिस्पर्धा छ ।जापानले हालसम्म सबैभन्दा तीव्र गतिमा गुड्ने रेल सञ्चालनमा ल्याएको छ । सो रेल प्रतिघन्टा ६०३ किलोमिटर गुड्छ । फ्रान्सले प्रतिघन्टा ५७४ किलोमिटर र चीनले ५०१ किलोमिटर गुड्ने रेल चलाइसकेका छन् । प्रतिघन्टा न्यूनतम २०० किलोमिटरको गतिमा गुड्ने रेल चलाइसकेका छन् । प्रतिघन्टा न्यूनतम… Continue reading विश्वकै पुरानो रेल प्रविधि नेपालमा, ३५ किलोमिटर पार गर्न डेढ घण्टा

पाहुनाको सुरक्षाका लागि प्रदेशका गाडी झिकाइयो

काठमाडौँ : युनिभर्सल पिस फेडेरेसनको आयोजनामा राजधानीमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा आउने विदेशी पाहुनाको सुरक्षाका लागि भन्दै प्रहरी प्रधान कार्यालयले प्रदेशस्थित प्रहरी कार्यालयहरुबाट धमाधम गाडी झिकाउन थालेको छ । प्रधान कार्यालयमा रहेका गाडी अपुग भएपछि जिल्लामा दैनिक सुरक्षामा प्रयोग भइरहेको गाडी झिकाउन लागिएको हो ।,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सबै श्रमिकलाई पेन्सन

काठमाडौं : निजी क्षेत्रमा कार्यरत श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरण (पेन्सन)को व्यवस्थासहित सरकारले योग्दानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गरेको छ । यसको औपचारिक सुरुवात सरकारले मंगलबारदेखि गर्दै छ ।, आजको कान्तिपुर दैनिकमा  खबर  छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट बृद्ध अवस्था, औषधि उपचार, स्वास्थ्य तथा… Continue reading सबै श्रमिकलाई पेन्सन

मेयरले दिए गाडी किन्ने रकम अस्पताललाई

टीकापुर : कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईँ फेरि एकटक चर्चामा आएका छन् । बेला—बेला विभिन्न जनमुखी काम गरेर चर्चामा आईरहने उनी यसपटक नगरपालिकाले गाडी किन्न छुट्याएको बजेट सामुदायिक अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेर चर्चामा आएका हुन् ।, ।, आजको नागरिक दैनिकमा यो खबर छ । तेस्रो नगरसभाले गाडी किन्न छुट्याएको ७५ लाख रुपैयाँ… Continue reading मेयरले दिए गाडी किन्ने रकम अस्पताललाई

निर्मला पन्तका बुबालाई ‘साईकोटिक डिस्अर्डर’

काठमाडौँ – निर्मला पन्तका बुबा यज्ञराजमा तनावका कारण हुने मनोवैज्ञानिक समस्या देखा परेको छ । उनलाई अहिले ‘एक्युट एन्ड ट्रान्जिएन्ट साइकोटिक डिस्अर्डर’ को लक्षण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पन्तको अहिले शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।,यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

डिजेल चोरी प्रकरण : अनुसन्धान लम्बिँदा चलखेलको आशंका

विराटनगर : बरौनी स्थित इण्डियन आयल कर्पोरेशन(आईओसी) बाट विराटनगरस्थित नेपाल आयल निगम (एनओसी)को डिपोले खरिद गरेर ल्याएको डिजेल ट्यांकरबाटै चोरी भएको प्रकरणमा अनुसन्धान लम्बिंदै जाँदा अनुसन्धानको पक्रियामाथि अनशंका ब्यक्त हुन थालेको छ । को १ ख ५९६५ नम्बरको ट्यांकरमा कतैपनि नक्कल गर्न नसकिने ताला– चाबी प्रयोग गरिएको थियो । तर डिजेल बोकेको सो ट्याङ्करबाट २४८४… Continue reading डिजेल चोरी प्रकरण : अनुसन्धान लम्बिँदा चलखेलको आशंका

विराटनगरको विकास निर्माणमा गुणस्तरीयतालाई ध्यान नदिएको गुनासो (भिडियो रिपोर्टसहित)

टेकराज बन्जरा विराटनगर, मंसिर ११ विराटनगर महानगरले अब्यबस्थित रुपमा विकास निर्माणका कामहरु गरेको भन्दै स्थानीयवासीले असन्तुष्टि ब्यक्त गरेका छन् । अहिलेको विकास निमार्णले आफूहरु आजित बनेको उनीहरुको भनाइ छ । अब्यबस्थित रुपमा सुस्त गतिले सडक तथा नाला निर्माण भएको तथा महानगरको काम गुणस्तरीय र सन्तोषजनक पनि नरहेको उनीहरु बताउछन् । विराटनगर –१० निवासी सुरेश मुखियाले काम… Continue reading विराटनगरको विकास निर्माणमा गुणस्तरीयतालाई ध्यान नदिएको गुनासो (भिडियो रिपोर्टसहित)

सिके राउतका ३ कार्यकर्ता पक्राउ

सप्तरी,मंसिर १० राजविराजमा प्रदर्शनको तयारी गरिरहेका सिके राउतसँग सम्बन्धित तीन स्थानीय व्यक्ति आज अपराह्न पक्राउ परेका छन् । पूर्वसांसद महेशप्रसाद यादवसहित तीन जना पक्राउ परेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । रिमालका अनुसार यादवसँगै राजविराज –७ का नारायण यादव र विष्णुपुर गाउँपालिका –१ का महेश यादव पनि पक्राउ परेका छन् । उनीहरुलाई स्थानीय शिव… Continue reading सिके राउतका ३ कार्यकर्ता पक्राउ

दक्षिण एशियाली युवा सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दे अनुपमा

विराटनगर, मंसिर १० दक्षिण एशियाली युवा सम्मेलन २०१८ मा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दे एस ए एस एस सद्भावना दुत रहेकी विराटनगरकी अनुपमा वास्तोला श्रीलंका तर्फ प्रस्थान गरेकी छिन् । श्रीलंकाको कोलोम्बोमा यही २८ नोभेम्बरदेखि डिसेम्बर १ सम्म हुने उक्त कार्यक्रममा युवा नेतृत्व र दिगो विकासका लक्ष्यका विषयमा छलफल हुनेछ ।अन्तर्राष्ट्रिय युवा समितिले आयोजना गरेको… Continue reading दक्षिण एशियाली युवा सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दे अनुपमा

विराटनगर वडा नम्बर ३ मा पुस १ देखि प्लाष्टिक प्रतिबन्ध

विराटनगर, मंसिर १० विराटनगर महानगरपालिकालाई प्लाष्टिकमुक्त महानगर बनाउन पहल सुरु गरिएको छ । विराटनगरको वडा नम्बर ३ बाट प्लाष्टिकमुक्त अभियानको सुरुवात गरिने भएको हो । विराटनगर महानगरपालिकाको आयोजनामा भएको प्लाष्टिकजन्य वस्तु तथा प्लाष्टिकको झोला नियमक तथा नियन्त्रण अभियान मार्फत अभियानको सुरुवात गरिन लागिएको हो । अन्तरक्रिया कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष विनोद बस्नेतले पुस… Continue reading विराटनगर वडा नम्बर ३ मा पुस १ देखि प्लाष्टिक प्रतिबन्ध

तोकिएको समयभन्दा १३ महिनाअघि नै बन्यो सुन्दर भवन, ठेकदारलार्इ १ करोड ८२ लाख पुरस्कार

काठमाडौं,मंसिर १० धैरै आयोजना एकसाथ ओगट्ने र लामो समयसम्म आयोजनाको काम नसक्ने नेपाली ठेकदारको रोग नै भइसकेको छ । तर उपत्यका विकास प्राधिकरणको भवन तोकिएको समयभन्दा १३ महिनाअघि नै सकिएको छ । ६ तले भवनको निर्माण जिम्मा दानफी, समानान्तर र कमलजित जेभीले लिएका थिए । यी ठेकदारले २०७३ पुस २४ गते निर्माणको जिम्मा लिएका हुन्।… Continue reading तोकिएको समयभन्दा १३ महिनाअघि नै बन्यो सुन्दर भवन, ठेकदारलार्इ १ करोड ८२ लाख पुरस्कार

झापामा आगलागीमा परी एकै परिवारका ४ जनाको मृत्यु

विराटनगर,मंसिर १० झापाको शिवसताक्षी—७ लालझोडामा आईतवार राती अचानक घरमा सल्केको आगलागीमा परि २ नाबालकसहित एकै परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३४ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती २९ वर्षीय राधिका, ४ वर्षीया छोरी चन्द्रा र ५ महिनाका छोरा टिकारामको मृत्यु भएको हो । आगलागीमा परी छिमेकी घरकी ३७ वर्षीया गीता ढुङ्गेल घाइते… Continue reading झापामा आगलागीमा परी एकै परिवारका ४ जनाको मृत्यु