विराटनगर, साउन २ मोरङको कानेपोखरी नगरपालिका ५ जहदा स्थित श्री जनजागृती सामुदायिक वनमा फेला परेको एक थान भरुवा बन्दुक बरामद गरिएको छ । मंगलबार दिउँसो वनका कर्मचारीहरुले नयाँ विरुवा रोप्न जंगल फाँड्ने क्रममा आधा लोड भएको एक थान भरुवा बन्दुक फेला परेको थियो । उक्त बन्दुक देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । घटनास्थललमा इलाका… Continue reading भरुवा बन्दुक बरामद
Category: समाज
साढे बीस किलो गाँजासहित तीन पक्राउ
मोरङ, साउन २ मोरङको कानेपोखरीबाटसाढे बीस किलो लागुऔषध गाँजासहित मंगलबार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। कानेपोखरी गाउँपालिका ४ धम्कुवा बस्ने बमबहादुर लिम्बुको घरमा लुकाई छिपाई राखेको बीस किलो पाँच सय ग्राम गाँजा प्रहरीले बरामद गरेको हो। लिम्बुको घरमा गाँजा लुकाएको भन्ने भन्ने विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीको टोलीले उनको घर तलाशी गर्दा… Continue reading साढे बीस किलो गाँजासहित तीन पक्राउ
छोराको कुटाईबाट बाबुको मृत्यु
विराटनगर, साउन २ सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ९ सानो खाम्दिङमा छोराको कुटाईबाट ४५ वर्षीय फुर्वा शेर्पाको मृत्यु भएको छ। सोमबार १८ बर्षका छोरा तेन्जी शेर्पाको कुटाईबाट घाईते भएका उनको मंगलबार दिउँसो आफ्नै घरमा मृत्यु भएको प्रहरी चौकी केरुङले जनाएको छ। फरार रहेका तेन्जी शेर्पालाई प्रहरीले मंगलबार साँझ दुधकुण्ड नगरपालिका १० स्थित सोल्मासा जंगलबार पक्राउ गरी जिल्ला… Continue reading छोराको कुटाईबाट बाबुको मृत्यु
जिउँदो सालकसहित दुई पक्राउ
चितवन, साउन २ चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ बजारबाट जिउँदो सालकसहित मंगलबार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा पाल्पाको बगनास गाउँपालिका–३ बस्ने ३५ वर्षीय प्रेमबहादुर थापा र गोरखा आरुघाट गाउँपालिका–६ बस्ने २८ वर्षीय टेकबहादुर गुरुङ रहेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । मुग्लिङ बजारको बाटो हुँदै सालकको ओसारपसार… Continue reading जिउँदो सालकसहित दुई पक्राउ
जलवायु अनुकूलता बचाइराख्नुपर्नेमा जोड
विराटनगर, साउन १ प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कृषि उत्पादनमा जलवायुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले यसको अनुकूलता बचाइराख्नुपर्ने बताएका छन्। नेपाल जैविक समाजद्वारा आज यहाँ आयोजित ‘समृद्धिको यात्रामा दिगो विकासका लागि शिक्षा, अनुसन्धान र नविनतम प्रविधिको महत्व’ विषयक एक दिने कार्यशाला गोष्ठीमा उनले भने, “जलवायु परिवर्तनले कहिले खडेरी, कहिले सुख्खा जस्ता… Continue reading जलवायु अनुकूलता बचाइराख्नुपर्नेमा जोड
एक सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थप, पाँच हजार मेगावाटको अनुमतिपत्र प्रदान
काठमाडौँ, साउन १ आर्थिक वर्ष २०७४÷७५ मा साना ठूला गरी कूल १५ आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा १०० मेगावाट विद्युत् थप भएको छ । विद्युत् विकास विभागका अनुसार नेपाल विद्युत् प्राधिकरणको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना नै सो आवमा सम्पन्न भएको सबैभन्दा ठूलो आयोजना हो । दार्चुलामा आयोजनास्थल रहेको सो आयोजना निर्माण शुरु भएको… Continue reading एक सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थप, पाँच हजार मेगावाटको अनुमतिपत्र प्रदान
रोम विधान अनुमोदन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
विराटनगर, साउन १ जिल्लास्थित अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सञ्जालले आज संयुक्त रुपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (रोम विधान) अनुमोदन गरी अन्तर्राष्ट्रिय कानूनको सम्मान प्रकट गर्न सरकारको ध्यानाकर्षण गराएको छ । इन्सेकका पूर्वाञ्चल संयोजक सोमराज थापाले प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत प्र्रधानमन्त्रीसमक्ष सो ध्यानाकर्षण गराएको हो । “पुनःस्थापित प्रतिनिधिसभाले २०६३ साल साउन ९ गते… Continue reading रोम विधान अनुमोदन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
धरानका मेयर सुब्बाको निधनप्रति प्रधानमन्त्रीद्वारा दु : ख ब्यक्त
विराटनगर,साउन १ धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधनप्रति प्रधानमन्त्री केपी शर्मा आलीले श्रद्धान्जली ब्यक्त गरेका छन् ।सुब्बाको निधनप्रति प्रधामन्त्री ओलीले ट्वीटरमार्फत श्रद्धान्जली ब्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन् “ असल जनप्रतिनिधि र इमानदार नेताको छवि भएका धरान उपमहानगर पालिकाका प्रमुख तारा सुब्बाको निधनको अप्रत्यासित खवरले मर्माहत भएको छु।यस दुःखद् घडीमा उहाँ प्रति… Continue reading धरानका मेयर सुब्बाको निधनप्रति प्रधानमन्त्रीद्वारा दु : ख ब्यक्त
जंगली च्याउ खाँदा एकै वडाका तीनको मृत्यु
दाङ, साउन १ जंगली च्याउ खाँदा एकै वडाका तीनजनाको मृत्यु भएको छ । आज बिहान घोराही उपमहानगरपालिका–१९ पाँचपोखरी निवासी ४० वर्षीय चित्रबहादुर घर्तीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए । सोमबार बेलुका नजिकैको जंगलबाट च्याउ ल्याएर खाएपछि गम्भीर बिरामी परेका घर्तीलाई उपचारका लागि बेलुकै घोराहीस्थित राप्ती उपक्षेत्रीय… Continue reading जंगली च्याउ खाँदा एकै वडाका तीनको मृत्यु
धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन
विराटनगर,साउन १ धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ। निमोनिया भएपछि काठमाण्डौँको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराईरहेका सुब्बाको उपचारका क्रममा मंगलबार दिउसो १ बजे निधन भएको उनका पिएसओ देवहाङ राईले जानकारी दिए। उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो। उपमहानगर प्रमुख सुब्बाको फोक्सोमा पनि इन्फेक्सन देखिएको चिकित्सकले बताएका छन्। सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा… Continue reading धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन
गत आर्थिक वर्षमा चितवनका छब्बीस गैँडा मरे
चितवन, साउन १ चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार जुधेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र बुढो भएर ती गैँडा मरेका हुन् । गतवर्षको साउनमा आएको बाढीका कारण बगाएर र दलदलमा भासिएर चार वटा गैँडा मरेका थिए । त्यसैगरी बच्चा जन्माउन नसकेर… Continue reading गत आर्थिक वर्षमा चितवनका छब्बीस गैँडा मरे
यी हुन आजदेखि खारेज भएका जिल्ला स्थित कार्यालयहरु
विराटनगर,साउन १ साउन १ गतेदेखि जिल्लाका बिभिन्न सरकारी कार्यालयहरु खारेज भएका छन् । सरकारले सार्बजनीक गरेको खारेज हुने जिल्लाका कार्यालयको सूची अनुसार निम्न कार्यालयहरु साउन १ गते मंगलबार देखि खारेज भएका छन् । – जिल्ला शिक्षा कार्यालय – जिल्ला पशुसेवा कार्यालय –जिल्ला प्राविधिक कार्यालय – जिल्ला कृषि विकास कार्यालय – जिल्ला वन कार्यालय – जिल्ला… Continue reading यी हुन आजदेखि खारेज भएका जिल्ला स्थित कार्यालयहरु
विराटनगरमा आजदेखि नयाँ ट्राफिक ब्यवस्था, चालकका लागि ड्रेस, बजार क्षेत्रमा बस रोक्न निषेध
विराटनगर,साउन १ विराटनगर महानगरपालिकाले मंगलबारदेखि लागू हुने गरी नयाँ ट्राफिक ब्यवस्था लागू गरेको छ । मेनरोडमा यसअघि मोटरसाइकलमा लाग्दै आएको वान वे अब हटेको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख शिव पोखरेलले यसअघि बुधहाटचोकदेखि जलजलाचोकसम्म मोटरसाइकलमा लाग्दै आएको एकतर्फी सवारी सञ्चालन नियम हटाइएको बताए । प्रहरी निरीक्षक पोखरेलले दुईचक्के सवारीसाधनका लागि वान वे हटाइए पनि… Continue reading विराटनगरमा आजदेखि नयाँ ट्राफिक ब्यवस्था, चालकका लागि ड्रेस, बजार क्षेत्रमा बस रोक्न निषेध
नेपाल–भारत सीमावर्ती अधिकारीको बैठक : मिलेर जाने सहमति
नेपालगन्ज, असार ३२ भारत नानपारामा साेमबार बसेको नेपाल–भारत सीमावर्ती अधिकारीको संयुक्त बैठकमा परस्पर हितका विषयमा मिलेर जाने सहमति भएको छ । बैठकमा दुवै मुलुकको तर्फबाट साझा सवाल उठान भएको र त्यसका प्रभावकारी पहल गर्ने सहमति भएको बताइएको छ । बैठकमा सीमावर्ती क्षेत्रमा हुने लागुऔषधको प्रयोग, मानवबेचबिखन, अवैध हातहतियारको ओसारपसार, अपराधिक गतिविधि नियन्त्रण, सीमा स्तम्भ, मानसरोवर तीर्थ… Continue reading नेपाल–भारत सीमावर्ती अधिकारीको बैठक : मिलेर जाने सहमति
नेपाल–भारत जल यातायात सञ्चालनका लागि संस्थागत संरचना गठन गर्न सहमति
काठमाडौँ, साउन १ नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत संरचना गठन गर्ने सहमति भएको छ । जल यातायात सञ्चालन सम्बन्धमा नेपाली पक्ष र भारतीय पक्षबीच भएको वार्तामा अध्ययन टोलीहरुको स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा संस्थागत संरचना बनाउने सहमति भएको हो । वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नेपाल तथा भारतबीच जारी… Continue reading नेपाल–भारत जल यातायात सञ्चालनका लागि संस्थागत संरचना गठन गर्न सहमति
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
राजविराज, साउन १ पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको सोमबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको लहान नगरपालिका–८ बस्ने ५० वर्षीय रामशरण चौधरी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। दुर्घटनामा घाइते भएका चौधरीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै… Continue reading दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेतीलाई सिफारिस
काठमाडौँ, असार ३२ सरकारले गणतन्त्र भारतका लागि नेपाली राजदूतमा निर्वाचन आयोगका पूर्वप्रमुख नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ । यसैगरी मलेसियाका लागि नेपाली राजदूतमा पूर्वराजदूत उदयराज पाण्डेलाई सिफारिस गर्ने निणर्य गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उनीहरुलाई ती देशका राजदूतमा सिफारिस गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका… Continue reading भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेतीलाई सिफारिस
चार बलात्कारी रंगेहात पक्राउ
उदयपुर, असार ३२ एक महिलालाई राति सिरहाको लहान बजारबाट अपहरण गरी गाडीमा लग्दै बलात्कार गर्ने चारजनालाई प्रहरीले त्रियुगा नगरपालिकाको लालपताबाट रंगेहात पक्राउ गरेको छ । स्कार्पियो गाडीबाट गएराति ११ बजे समातिएका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेका ती अभियुक्तहरुमा लहान नगरपालिका–७ बस्ने २४ वर्षीय अमित गुप्ता, सोही स्थान… Continue reading चार बलात्कारी रंगेहात पक्राउ
मोरङ पूर्ण खोप सुनिश्चितता जिल्ला घोषित
विराटनगर,असार ३२ मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।जिल्ला समन्वय समिति मोरङ र जिल्ला जनस्वास्थय कार्यालय विराटनगरको आयोजनामा आज विराटनगरमा भएको कार्यक्रममा मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो । मोरङ जिल्ला पूर्ण खोप सुनिश्चतता गर्ने ५५ औ जिल्ला भएको छ । जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले… Continue reading मोरङ पूर्ण खोप सुनिश्चितता जिल्ला घोषित
विराटनगरको साप्ताहिक हटिया ब्यवस्थापन सुरु
विराटनगर,असार ३२ विराटनगरका सडकमा साप्ताहिकरुपमा लाग्दै आएको हाटबजारलाई व्यवस्थित बनाउने अभियानको शुरुवात वार्ड नं ४ वाट शुरु गरिएको छ । कञ्चनबारी पश्चिम नोवेल हस्पिटल जाने सडकमा शुक्रवार हाट लाग्दै आएको थियो । हाटलाई व्यवस्थित गर्न सडक छेउमा रहेको खाली जग्गालाई मिलाउने काम आइतवार देखि शुरु गरिएको छ । व्यवस्थित वजारका लागि सडको छेउमा रहेको झण्डै… Continue reading विराटनगरको साप्ताहिक हटिया ब्यवस्थापन सुरु
महानगरलाई नेकपाको ध्यानाकर्षण, महानगरको कामप्रति नेकपा असन्तुष्ट
विराटनगर,असार ३२ जनप्रतिनिधि निर्वाचित भएको १ वर्ष पुगे पनि विराटनगर महानगरपालिकाले कुनै परिवर्तनको महसुस नगरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले महानगरपालिकाका प्रमुख भीम पराजुलीको ध्यानाकर्षण गराउँदै आईतबार ज्ञापनपत्र बुझाएको छ । महानगरपालिकामा पुगेको नेपाल कम्युनिष्ट पार्टी विराटनगर समितिले करको दायरा बढाएको, विकास निर्माणमा उल्लेख्य प्रगति नगरेको र नगरबासीले धूलो तथा हिलोका कारण सास्ती पाइरहेको भन्दै पराजुलीको… Continue reading महानगरलाई नेकपाको ध्यानाकर्षण, महानगरको कामप्रति नेकपा असन्तुष्ट
सौराहा–पोखरा सुविधासम्पन्न बस सञ्चालन गरिने
चितवन, असार ३२ सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधासम्पन्न पर्यटक बस सञ्चालनमा ल्याइने भएको छ । पोखरा जगदम्बा ट्राभल्सले भोलि मंगलबारदेखि दैनिक सौराहाबाट पोखराका लागि एउटा र पोखराबाट सौराहाका लागि एउटा बस सञ्चालन गर्न लागेको हो । ट्राभल्सका अध्यक्ष केशव अधिकारीका अनुसार २१ जनाको क्षमता भएको सो बसको एकतर्फी भाडादर रु एक हजार ५००… Continue reading सौराहा–पोखरा सुविधासम्पन्न बस सञ्चालन गरिने
घरेलु मदिरा बरामद
विराटनगर,असार ३२ इलाका प्रहरी कार्यलाय रानीले अवैध मदिरा बरामद गरी आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाएको छ। उक्त कार्यालयको टोलीले शनिबार अपरान्ह विराटनगर–१३ भट्टीमोड एरियामा चेकजाँच गर्नेक्रममा घरेलु मदिरा बिक्रि गरेको तथा बिना ईजाजत मदिरा बेचेको भेटिएपछि ती पसलहरुबाट ४७७ लिटर घरेलु मदिरा, २०० थान विभिन्न खालका मदिरा बनाउने भाँडावर्तन र ४२ बोतल बिभिन्न ब्राण्डमा मदिरा… Continue reading घरेलु मदिरा बरामद
अवैध रुपमा गिट्टी ढुवानी गर्ने टिपर नियन्त्रणमा
विराटनगर,असार ३२ मोरङको सुन्दरहरैचा नगरपालिका ७ बेलाछीबाट प्रहरीले अवैध रुपमा गिट्टी ढुवानी गर्ने दुई वटा टिपरलाई नियन्त्रणमा लिएको छ। प्रहरी चौकी गछियाबाट खटिएको टोलीले भ्याट बिल लगायतका आवश्यक कागजपत्र नबोकी गिट्टी ढुवानी गर्दै गरेको अवस्थामा ना ६ ख ६०२ र को १ ख ५७२४ नम्बरको टिपरलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो। बरामद सवारी साधनहरु आवश्यक… Continue reading अवैध रुपमा गिट्टी ढुवानी गर्ने टिपर नियन्त्रणमा
पाँच सय चक्की नाइट्रोसनसहित दुई पक्राउ
विराटनगर असार ३२ प्रहरीले शनिबार पाँच सय पिस नाइट्रोसन ट्याब्लेटसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान–१५ बस्ने वर्ष ३६ को धनकुमार राई र सोही ठाउँका २२ वर्षीय बिसन श्रेष्ठ रहेका छन। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले शनिबार बिहान उनीहरुलाई विराटनगर–१५ स्थित जोगबनी नाकाबाट पक्राउ गरेको हो। भारतीय जोगबनीबाट को १४ प… Continue reading पाँच सय चक्की नाइट्रोसनसहित दुई पक्राउ
बेपत्ता भएकी युवतीको हत्या !
भीमदत्तनगर, असार ३२ छ दिनदेखि परिवारको सम्र्पकमा नरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट गत मंगलबार अत्तरिया बजारमा किनमेलका लागि गएकी थिइन् । सामान किनमेलमा गएकी छोरी सम्र्पकमा नआएपछि आइतबार परिवारका अन्य सदस्यले गुलरिया प्रहरीमा खबर गरेका थिए ।… Continue reading बेपत्ता भएकी युवतीको हत्या !
भुरा माछाको विक्रीका लागि मत्स्य मेला
विराटनगर,असार ३१ मोरङको कटहरीमा मत्स्य मेला–२०७५ आयोजना गरिएको छ । कटहरी–१ स्थित महेशपुरमा आयोजना गरिएको मेलाको सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदघाटन गरे। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन संचालक समितिले आयोजना गरेको मेलामा माछा सहित अन्य कृषि उत्पादका स्टल राखिएका छन । मेलामा माछाका विभिन्न प्रजाति प्रदर्शन गरिनुका भुरा माछाको विक्रि वितरण स्टल समेत राखिएको… Continue reading भुरा माछाको विक्रीका लागि मत्स्य मेला
बन्दीपुरमा रू ५६ करोडको लागतमा केबुलकार निर्माण गरिने
तनहुँ, असार ३१ तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड कन्सट्रक्सन लिमिटेड र स्थानीय व्यापारी ताराप्रसाद उपाध्यायको लगानीमा बन्दीपुर केबुलकार निर्माण प्रक्रिया अगाडि बढेको हो । ठूलढुंगाबाट बराल चोकसम्म सञ्चालन हुने केबुलकार रू ५६ करोडको लागतमा निर्माण हुने उक्त केबुलकारका अध्यक्ष रहेका उपाध्यायले जानकारी दिए। केबुलकारका लागि… Continue reading बन्दीपुरमा रू ५६ करोडको लागतमा केबुलकार निर्माण गरिने
सानीभेरी कर्णाली प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका
रुकुम, असार ३१ रुकुम पश्चिमको सानीभेरी गाउँपालिका कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ । शनिबार औपचारिक कार्यक्रमबीच जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले सानीभेरीलाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरेका हुन्। उनले कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको भन्दै बधाई दिँदै यो कार्य अत्यन्तै सराहनीय पक्ष भएकाले… Continue reading सानीभेरी कर्णाली प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका
सप्तकोशी नदीको वहावमा कमी, २९ वटा ढोका खोलिए
विराटनगर,असार ३१ अघिल्लो दिनको तुलनामा सप्तकोशी नदीको वहावमा केही कमी आएको छ । शनिवार राती २ लाख ३० हजार २ सय ६० क्युसेक प्रतिसेकण्ड वहाव मापन गरिएको कोशीमा पछिल्लो मापन अनुसार वहाव २ लाख २१ हजार ३ सय ३५ रहेको छ । कोशी ब्यारेजका २९ वटा ढोका खोलिएका छन् । कोशीको तिव्र वहाव राजबास स्थित… Continue reading सप्तकोशी नदीको वहावमा कमी, २९ वटा ढोका खोलिए
सर्पको डसाइबाट मृत्यु
सुरुङ्गा, असार ३१ विषालु सर्पको डसाइबाट आज झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ६ बुट्टाबारी निवासी ४५ वर्षीय पिताम्बर ढकाल रहेका छन् । ढकाललाई आज बिहान गोठमा खोले पकाउने क्रममा गोमन सर्पले डसेको प्रहरीले जनाएको छ । सर्पले डसेलगत्तै उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले… Continue reading सर्पको डसाइबाट मृत्यु
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
उर्लाबारी, मोरङ, असार ३१ मोरङको उर्लाबारी–८ स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा गए राति कारको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा८च ३०९७ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको ज९प ७८१८ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँका २५ वर्षीय रवि रायलाई उपचारका लागि झापास्थित बी एण्ड सी अस्पताल लैजाने… Continue reading कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
राउटेलाई पहिलो पटक परिचयपत्र,राउटे भन्छन् परिचयपत्र हैन खाद्यान्न देउ
सुर्खेत, असार ३१ पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ । कर्णालीप्रदेश अन्तर्गतको दैलेख जिल्लाको गुराँस गाउँपालिका–८ स्थित पातले खोलामा बसोबास गर्दै आएका राउटे समुदायका नागरिकलाई गाउँपालिकाले पहिलो पटक स्थायी परिचयपत्र वितरण गरेको हो । स्थायी परिचयपत्रका आधारमा राउटे समुदायले अबदेखि सामाजिक सुरक्षाभत्ता पाउने उक्त गाउँपालिकाका अध्यक्ष… Continue reading राउटेलाई पहिलो पटक परिचयपत्र,राउटे भन्छन् परिचयपत्र हैन खाद्यान्न देउ
प्रदेश १ का इन्धन ट्यांकरहरुमा सेक्युरिटी लकिंग सिस्टम लागू
विराटनगर,असार ३१ नेपाल आयल निगम प्रदेश एक कार्यालयले भारतबाट इन्धन ओसार्ने ट्यांकरहरुमा सेक्युरिटी लकिंग सिस्टम लागू गरेको छ । निगमको प्रदेश कार्यालय परिसरमा शनिबार आयोजित कार्यक्रमकाबीच लकिंग सिस्टम प्रणालीको उदघाटन गरिएको हो । इण्डियन आयल कर्पोरेशन र नेपाल आयल निगमका पदाधिकारीको उपस्थितिमा लकिंग सिस्टम प्रणाली लागू गरिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य… Continue reading प्रदेश १ का इन्धन ट्यांकरहरुमा सेक्युरिटी लकिंग सिस्टम लागू
सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, खतराको संकेतस्वरुप रातो बत्ती बालियाे
इनरुवा, असार ३१ पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेपछि केशी ब्यारेजको २९ वटा ढोका खुल्ला… Continue reading सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, खतराको संकेतस्वरुप रातो बत्ती बालियाे
जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी
बुटवल, असार ३० कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी भइरहेको बताएका छन्। आज तिलोत्तमा नगरपालिपाकाको मणिग्राममा गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पूर्जा वितरण समारोहमा उनले भने, “कृषि भूमिको संरक्षण हुनेगरी कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी सरकारको छ ।” मन्त्री खनालले जग्गा व्यवस्थापन सम्बन्धी आवश्यक नीति बनाएर कित्ताकाटमा देखिएको… Continue reading जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी
हनुमन्ते सफाइमा डुबान बस्तीबाट पाँच टन फोहर संकलन
भक्तपुर, असार ३० भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २० आंै हप्ता मध्यपुरथिमिको डुबान क्षेत्रबाट पाँच टन फोहर संकलन गरिएको छ । आज हनुमन्ते सफाइ अभियानकै अभियन्ता टोलीले दुई दिनसम्म आएको बाढीबाट डुबानमा परेको मध्यपुरथिमिको राधेराधे क्षेत्रको बस्तीको सरसफाइ गरेको छ । बस्ती डुबानमा पर्दा बगेर आएर थुप्रिएको फोहर संकलन गर्नुका साथै डुबानमा परेका… Continue reading हनुमन्ते सफाइमा डुबान बस्तीबाट पाँच टन फोहर संकलन
मेयर पराजुलीद्वारा महानगरको विकास निर्माणबारे जानकारी, यस्ता छन् महानगरका प्रगती र याेजना
विराटनगर, असार ३० विराटनगर महानगरपालिकाले रु ३७ लाखको लागतमा वीरेन्द्र सभागृह मर्मत र महानगरपालिकाको सभाहल निर्माण कार्य सम्पन्न गरेको छ । महानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विगत एक वर्षको अवधिमा गरेका कार्य सम्बन्धमा सो जानकारी दिइएको हो । महानगरका प्रमुख भीम पराजुलीले सभागृह छेउमा रहेको इको पार्कको निर्माणकार्य सम्पन्न भई आगामी केही दिनभित्र उद्घाटन गरिने… Continue reading मेयर पराजुलीद्वारा महानगरको विकास निर्माणबारे जानकारी, यस्ता छन् महानगरका प्रगती र याेजना
दुई दिनसम्म पश्चिमका केही स्थानमा भारी वर्षा हुने
काठमाडौँ, ३० असार अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आज र भोलि (आइतबार) देशको पश्चिमी तथा अन्य केही स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको हो । आज दिउँसो देशभरि नै सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको… Continue reading दुई दिनसम्म पश्चिमका केही स्थानमा भारी वर्षा हुने
पोखरा महानगरपालिकाका महाशाखा प्रमुख पौडेल मृतावस्थामा भेटिए
तनहुँ, असार ३० पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव आज बिहान करीब ८ बजेको समयमा तनहुँमा भेटिएको छ । भिमाद नगरपालिका वडा नं ६ स्थित सेतीनदी किनारमा तैरिरहेको अवस्थामा पौडेलको शव भेटिएको हो । असार ९ गते बिहान घरबाट हिँडेका पौडेलले महेन्द्र पुलस्थित सेती नदीमा हाम फालेको प्रहरीले निष्कर्ष निकालेको थियो । हराइरहेका पौडेल २१… Continue reading पोखरा महानगरपालिकाका महाशाखा प्रमुख पौडेल मृतावस्थामा भेटिए
१६ महिना बितिसक्दा पनि अग्नीपिडितले राहत पाएनन्
विराटनगर,असार ३० तेह्रथुमको आठराई संक्रान्ति बजारमा आगलागी भएको १६ महिना वितिसक्दा पनि अग्नीपिडितहरुले सरकारीस्थरबाट अझैसम्म पनि राहत पाउन सकेका छैनन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले आगलागी स्थलको निरिक्षण गरी घोषणा गरिएको १ करोड रुपैयाँ अहिले सम्म नआउदा अग्नीपिडितहरुले राहत पाउन नसकेका हुन् । आगलागीस्थलको निरीक्षण गर्दै पूर्वप्रधानमन्त्री दाहालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट १ करोड… Continue reading १६ महिना बितिसक्दा पनि अग्नीपिडितले राहत पाएनन्
पूर्वराज्यमन्त्री आलमको निधनप्रति प्रमद्वारा दुःख व्यक्त
काठमाडाैँ, असार ३० प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसांसद एवं पूर्वराज्यमन्त्री मो मुस्ताक आलमको उपचारका क्रममा गंगालाल हृदय केन्द्रमा शुक्रबार निधन भएकामा दुःख व्यक्त गरेका छन्। उनले दिवंगत आलमप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै शोकसंतप्त परिवारमा समवेदना व्यक्त गरेका छन्। रासस
माछा मार्ने क्रममा महिलाको मृत्यु
मोरङ, असार ३० मोरङको मिक्लाजुङ गाउँपालिका ५ स्थित धानखेतिमा शुक्रबार माछा मार्ने क्रममा एक महिलाको मृत्यु भएको छ । मौवाखोला गाउँपालिका १ बस्ने २७ बर्षिय शर्मिला राई माईत आएको समयमा स्थानीय सोल्टी खोलामा माछा मार्ने क्रममा खोलाको पानीमा डुबेर गम्भीर भनेकी थिईन । उनको उर्लाबारी मंगलबारेमा उपचारको क्रममा दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले… Continue reading माछा मार्ने क्रममा महिलाको मृत्यु
कुटपिटबाट बृद्धाको मृत्यु, कुटपिट गरी लुटपाट गर्ने पक्राउ
विराटनगर, असार ३० धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ परेवादिनमा शुक्रबार एक बृद्धाको कुटपिटबाट मृत्यु भएको छ । घरमा कोही पनि नभएको समयमा बिहान अन्दाजी १० बजे ६० बर्षिय नरमाया लिम्वुलाई सोही ठाउँ बस्ने १९ बर्षिय रोहित लिम्वु र १६ बर्षिय शुक्रराज लिम्वुले कुटपिट गरी बृद्धाको साथमा भएको डेढ तोला सुनको गहना लुटेर भागेका थिए । घटनाको… Continue reading कुटपिटबाट बृद्धाको मृत्यु, कुटपिट गरी लुटपाट गर्ने पक्राउ
११ किलो सालकको खपेटासहित एक पक्राउ
विराटनगर, असार ३० पाँचथरको हिलिहाङ गाउँपालिकाबाट प्रहरीले ११ किलो सालकको खपेटासहित शुक्रबार बिहान एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मेची राजमार्गमा इलाका प्रहरी कार्यालय अमरपुर पाँचथरबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा मे १ ज १४३९ नम्बरको बोलेरो गाडीमा सवार रहेका हिलिहाङ गाउँपालिका ३ बस्ने ५३ बर्षिय फुपुठिले शेर्पालाई ११ केजी सालकको खपेटा,… Continue reading ११ किलो सालकको खपेटासहित एक पक्राउ
महानगरमा नमूना विद्यालयका लागि एक वर्षको तलबभत्ता दिनेछु ः भीम पराजुली मेयर, विराटनगर महानगरपालिका
विराटनगर,असार २९ (विराटनगर महानगरपालिकामा भीम पराजुलीले जनप्रतिनिधीका रुपमा मेयरको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको छ । यो एक वर्षमा विराटनगरमा के कस्ता कामहरु महानगरले गर्याे र अबका योजना के छन लगायत विषयवस्तुमा केन्द्रित रहेर हाम्रा सम्वाददाताले महानगरका मेयर भीम पराजुलीसँग गरेको कुराकानीमा आधारित) शिक्षा र भौतिक पूर्वाधारको विकासलाई मैले विराटनगरको पुर्नउत्थानसँग जोडेर हेर्ने गरेकोछु… Continue reading महानगरमा नमूना विद्यालयका लागि एक वर्षको तलबभत्ता दिनेछु ः भीम पराजुली मेयर, विराटनगर महानगरपालिका
पानी ट्यांकीमा डुबेर मृत्यु, परिवारद्वारा किटानी जाहेरी
भक्तपुर, असार २९ सूर्यविनायक नगरपालिका–३ बालकोट नयाँ बस्ती बस्ने २३ वर्षीय सुभाष चौलागार्इंको हिजो पानी ट्यांकीभित्र डुबेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने पदमबहादुर सुनुवारको नयाँ घर कम्पाउण्ड पछाडि रहेको रिजर्भ ट्यांकीमा डुबेको अवस्थामा स्थानीयवासीले उद्धार गरी मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिले जानकारी दिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा… Continue reading पानी ट्यांकीमा डुबेर मृत्यु, परिवारद्वारा किटानी जाहेरी
अझै तीन दिन देशभर वर्षा
काठमाडौँ, असार २९ मनसुन वर्षाको प्रभाव देशभरि नै रहेकाले अझै तीन दिनसम्म देशका अधिकांश भेगमा बदली र वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे आज विज्ञप्ति जारी गर्दै देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । आज दिउँसो देशभरि नै… Continue reading अझै तीन दिन देशभर वर्षा
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी असारबाट सञ्चालन हुने, ५० प्रतिशत काम सम्पन्न
विराटनगर,असार २९ सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आगामी वर्षको असारदेखि सञ्चालनमा ल्याउने भएको छ । देशको दोस्रो अन्तराष्ट्रिय विमानस्थलको रुपमा चिनिन लागेको गौतम बुद्ध विमानस्थललाई सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने तयारी गरेको हो । अंग्रेजी क्यालेन्डरअनुसार विमानस्थल सन् २०१९ को जुलाइमा सपन्न गर्ने तयारी भएको हो ।… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी असारबाट सञ्चालन हुने, ५० प्रतिशत काम सम्पन्न
बडिविल्डीङ र फिटनेस सेन्टरहरुलाई पनि करको दायरामा ल्याइने
विराटनगर,असार २९ अब प्रदेश १ का बडिविल्डीङ र फिटनेस सेन्टरहरुलाई पनि करको दायरामा ल्याइने भएको छ । मोरङमा १७ सहित प्रदेश १ मा ३५ बटा बडिविल्डीङ र फिटनेस सेन्टर भएपनि करको दायरामा नआएकोले मोरङ बलिविल्डङ एण्ड फिटनेस एसोसिएसनले करको दायरामा ल्याउन पहल गर्ने भएको हो । विराटनगरमा मात्र २५ लाख देखि ५ करोड लगानी गरेर… Continue reading बडिविल्डीङ र फिटनेस सेन्टरहरुलाई पनि करको दायरामा ल्याइने
बाजुरामा ४ रिक्टरको भूकम्प, सतर्क रहन भूकम्पविद्काे आग्रह
बाजुरा, असार २९ बाजुरामा आज बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ । भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गरे । भूकम्प गएपछि सदरमुकामका बांसिन्दाले होहल्ला मच्चाएका थिए । रासस
बरामद सामान भन्सार बुझाईयो
मोरङ, असार २९ प्रहरीले लत्ताकपडासहित एक महिलालाई पक्राउ गरी बिहीबार विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अबस्थामा सुनसरीको ईटहरी उप–महानगरपालिका १३ बस्ने ३६ बर्षिय अनितादेवी महतोलाई बुधबार अन्दाजी ७४ हजार मूल्य बराबरको लत्ताकपडा सहित एक महिलालाई पक्राउ गरेको थियो । लत्ता कपडासहित… Continue reading बरामद सामान भन्सार बुझाईयो
बिर्तामोडबाट ५ जुवाडे पक्राउ
झापा, असार २९ झापाको बिर्तामोड नगरपालिका ५ स्थित जात्रुबारीको एक घरबाट नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले स्थानीय चन्द्र बहादुर कार्कीको घरमा तास खेलिरहेको अबस्थामा बिहीबार दिउँसो घरधनी कार्कीसहित सोही ठाउँका ४९ बर्षिय टेकराज खड्का, ३५ बर्षिय पर्शुराम चौधरी, २५ अशोक राजवंशी राजबंशी र… Continue reading बिर्तामोडबाट ५ जुवाडे पक्राउ
बोलेरो दुर्घटनामा पाँचको मृत्यु
चौतारा, असार २९ सिन्धुपाल्चोकको किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नंको बलेरो जीप बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना हुँदा घटनास्थलमा पाँच जनाको मृत्यु भएको छ । अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए । मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोटाङका ६५ वर्षीय भीमबहादुर तामाङ, ६० वर्षीया… Continue reading बोलेरो दुर्घटनामा पाँचको मृत्यु
भीषण वर्षाका कारण कैयौँ बस्ती डुबानमा, अझै तीन दिन देशभर वर्षा हुने
विराटनगर, असार २८ आगामी तीन दिनसम्म देशभरि नै बद्ली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे विज्ञप्ति जारी देशभर हल्कादेखि मध्यम खालको वर्षा हुने र पूर्वका केही स्थानमा भने भारी वर्षा हुनसक्ने सम्भावना पनि औँल्याएको हो । आज देशभरि नै बद्ली रही मध्य र पश्चिमका… Continue reading भीषण वर्षाका कारण कैयौँ बस्ती डुबानमा, अझै तीन दिन देशभर वर्षा हुने
एक करोड ७६ लाख ११ हजार ९०६ रोपनीमा रोपाइँ हुन बाँकी, चामलको परनिर्भरता बढ्न सक्ने सम्भावना
काठमाडौँ, असार २८ असार महिना सकिनलाग्दा समेत उत्साहजनक रुपमा रोपाइँ हुन नसक्दा आगामी वर्ष पनि चामलको परनिर्भरता बढ्ने देखिएको छ । असार २८ सम्म आइपुग्दा अझै एक करोड ७६ लाख ११ हजार ९०६ रोपनी जग्गामा रोपाइँ हुन सकेको छैन । पर्याप्त जमीनमा सिँचाइ सुविधा नपुगेकाले अधिकांश किसान धान रोप्न आकासे पानीको पर्खाइमा हुन्छन् । नेपालमा धान… Continue reading एक करोड ७६ लाख ११ हजार ९०६ रोपनीमा रोपाइँ हुन बाँकी, चामलको परनिर्भरता बढ्न सक्ने सम्भावना
भक्तपुरका कैयाैँ बस्ती डुबानमा, ३ को मृत्यु, १५ घर ढले
भक्तपुर, असार २८ अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्रमा विनाश निम्त्याएको छ । बाढीले कतिपय बस्ती डुबानमा पारे भने पहिरो र बाढीका कारण मानवीय क्षतिसमेत भए । घर, टहरा, गोठ, पशुपक्षी र चौपाया बगाइएको मात्र हैन हजाराैँ बासिन्दा बिचल्लीमा परेका छन् । राति ३ बजेदेखि बस्तीमा पानी पस्न थालेको र… Continue reading भक्तपुरका कैयाैँ बस्ती डुबानमा, ३ को मृत्यु, १५ घर ढले
मधेसी स्वास्थ्यकर्मी फोरमले गर्याे रक्तदान
विराटनगर, असार २८ मधेसी स्वास्थ्यकर्मी फोरमले ११ औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मधेसी स्वास्थ्यकर्मी फोरमले बिहिबार विराटनगरमा गरेको रक्तदान कार्यक्रममा २८ पिन्ट रगत संकलन भएको संस्थाका अध्यक्ष राजकुमार दासले जानकारी दिए । कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश सांसद जयराम यादव, संघीय समाजवादी फोरम मोरङका अध्यक्ष राजकुमार यादव लगायतले अझै… Continue reading मधेसी स्वास्थ्यकर्मी फोरमले गर्याे रक्तदान
डुबेर दुई जनाको मृत्यु
उर्लाबारी, असार २८ मोरङको मिक्लाजुङ गाउँपालिका–९ मा पानीमा डुबेर आज दुई जनाको मृत्यु भएको छ । उर्लाबारी–१ बस्ने १९ वर्षीय दिलकुमार लिम्बूको साथीहरुसँग जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । यसैगरी सोही ठाउँको राम्री खोलामा डुबेर मिक्लाजुङ–९ महेश चोक बस्ने ७२ वर्षीय वृद्ध भीमबहादुर माझीको पनि मृत्यु भएको छ । बिहान घरबाट… Continue reading डुबेर दुई जनाको मृत्यु
नौ करोडको ७५ लाखको लागतमा खानेपानी आयोजना
कञ्चनपुर, असार २८ शुक्लाफाँटा नगरपालिका–८ मा रु नौ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना निर्माणको कार्य शुरु गरिएको छ । आयोजनाको बोरिङ गर्ने कार्य शुरु गरिएको छ । खानेपानी आयोजनाबाट नगरपालिकाको वडा नं ८ र ९ का एक हजार सात सय घरधुरी लाभान्वित हुने वडा नं ८ का वडाध्यक्ष बहादुर महराले बताए । चुरे फेदको… Continue reading नौ करोडको ७५ लाखको लागतमा खानेपानी आयोजना
अझै तीन दिन देशभर वर्षा हुने, सजक रहन माैसमविद्काे अाग्रह
काठमाडौँ, असार २८ आगामी तीन दिनसम्म देशभरि नै बद्ली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे विज्ञप्ति जारी देशभर हल्कादेखि मध्यम खालको वर्षा हुने र पूर्वका केही स्थानमा भने भारी वर्षा हुनसक्ने सम्भावना पनि औँल्याएको हो । आज देशभरि नै बद्ली रही मध्य र पश्चिमका अधिकांश… Continue reading अझै तीन दिन देशभर वर्षा हुने, सजक रहन माैसमविद्काे अाग्रह