×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

मनसुनपछिको विपद् : २९ दिनमा ८८ जनाको मृत्यु, ३२ बेपत्ता

२८ असार २०७७

२८ असार, काठमाडौँ ।

मनसुन सक्रिय भए पछिको २९ दिनमा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ । सबैभन्दा बढीपहिराले क्षति पु-याएको छ । प्राप्त विवरणअनुसार मुलुकका विभिन्न १९ जिल्ला धेरै प्रभावित भएको छ । मनसुन सक्रिय भएपछिको २९ दिनमा ती जिल्लामा बाढी र पहिरोबाट ८८ जनाले ज्यान गुमाएका छन् । अझै ३२ जना बेपत्ता छन् । बेपत्ताहरुको खोजी र राहत तथा पुनस्र्थापनको काम जारी रहेको गृहमन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement

प्राप्त विवरणअनुसार मुख्यगरी म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लम्जुङ र गुल्मी जिल्लामा बढी मानवीय क्षति भएको छ । विपद्बाट मानवीय क्षति बेहोर्ने अन्य जिल्लामा झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुला रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सबैभन्दा बढी म्याग्दीमा पहिरोमा परेर २७ जनाले ज्यान गुमाएका छन् भने सबैभन्दा बढी पहिरोमा परेर सिन्धुपाल्चोकमा २० जना हराइरहेका छन् । तराइका विभिन्न जिल्ला भने डुबान र कटानको समस्याबाट प्रभावित भएको छ ।

मनसुन सक्रिय भएको दिन जेठ ३१ गते पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा अकल्पनीय रुपमा पहिरो जाँदा नौ जनाले ज्यान गुमाएका थिए । जङ्गलमाथिबाट भेलपहिरो खसेको थियो ।

असार ८ गते पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा फेरि अर्को विपद्को घटना दोहोरिँदा चार जनाले ज्यान गुमाए । बझाङमा असार २० गते त्यसैगरी पहिरो खस्दा सात जनाले ज्यान गुमाएका छन् ।

त्यहाँ अझै एकजना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ । बझाङ र पर्वतको भेलपहिरो अकल्पनीय रहेकाले त्यहाँको पहिरो अध्ययन गर्न प्राविधिक समूह नै पठाइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । उनका अनुसार यसपटकको अपत्यारिलो ठाउँको पहिराले कहालिलाग्दो क्षति पु¥याएको छ । त्यसपछि बिहीबार र शुक्रबार मुलुकका विभिन्न स्थानमा पहिरो खस्दा धेरै जनधनको क्षति भयो ।

म्याग्दीमा २७ को मृत्यु

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार जिल्लाको धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिकामा गरी पहिरामा परेर २७ जनाको मृत्यु भएको छ । अझै चारजना बेपत्ता छन् । बेपत्ता भनिएका तीनजना सम्पर्कमा आएको ढकालले जानकारी दिए ।

“अहिलेसम्म प्रभावित ८९६ जनालाई सुरक्षित स्थानमा सारिएको छ । राहत सामग्री, त्रिपाल, खाद्यान्न, लत्ताकपडा, कम्बल आवश्यक मात्रामा हेलिकप्टरबाट पु¥याइसकिएको छ, हराइरहेकाको खोजी जारी छ”, प्रजिअ ढकालले भन्नुभयो ने। उनका अनुसार ५० बोरा चामल, आवश्यक मात्रामा नुन, तेल, मसला, चाउचाउ, पाल, कम्बल ब्ल्याङ्केट सबै पु¥याइसकिएको छ । म्याग्दीमा घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्धार गरी केहीलाई काठमाडौँ र पोखरा पठाइएको र सात जनाको बेनीमा उपचार भइरहेको छ ।

सिन्धुपाल्चोकमा अझै २० बेपत्ता

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित जम्बुबजार र भोटेकोसी गाउँपालिकामा बाढी र पहिरोका कारण तीन जनाको मृत्यु भएको र अझै २० जना बेपत्ता भएको प्रजिअ उमेशकुमार ढकालले जानकारी दिए । उनका अनुसार प्रारम्भिक विवरणमा ५२ घर बाढी र पहिरोले क्षति पु¥याएको छ ।

यहाँको प्रभावित क्षेत्रमा ६५ घर परिवारलाई पुग्ने राहत सामग्री तथा लत्ताकपडा जिल्लाबाट पठाइएको र खाद्यान्न भने स्थानीय पालिकाले व्यवस्थापन गरेको उनले जानकारी दिए। अहिले पनि सबै सुरक्षाकर्मीले त्यहाँ उद्धार जारी राखेका छन् । काठमाडौँबाट समेत उद्धार टोली पुगेर जम्बुबजारमा हराइरहेकाको खोजी जारी छ । हराएका भनिएका एक जना भने सम्पर्कमा आएको उनले जानकारी दिए ।

कास्कीमा सातको मृत्यु, १३ घाइते

कास्कीको सराङकोट, हेम्जा र पैतेडाँडामा शुक्रबार पहिरोले जनधनको क्षति पु¥याएको थियो । कास्कीमा सातको मृत्यु भएको र १३ जना घाइते रहेको प्रजिअ ज्ञानप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार सराङ्कोटमा पाँच, हेम्जामा एक र पैतेडाँडामा एक जनाको मृत्यु भएको थियो ।

जाजरकोट नौ जनाको मृत्यु

जाजरकोटबाट प्राप्त विवरणअनुसार नौ जनाको मृत्यु भएको छ । प्रजिअ जनकराज पन्तले राससलाई दिएको जानकारीअनुसार त्यहाँको बारेकोट गाउँपालिका–४ लगायत स्थानमा पहिरो जाँदा नौ जनाको मृत्यु भएको हो ।

अझै छ जना बेपत्ता नै छन् । उनीहरुको खोजी जारी रहेको र राहत तथा पुनस्र्थापनको काम चलिरहेको छ ।

अन्य जिल्लामा पनि मानवीय क्षति

प्राधिकरणबाट प्राप्त विवरणअनुसार विपद्मा परेर गुल्मीमा पाँचको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । यस्तै लम्जुङ्मा चारको मृत्यु भएको छ । रुकुम पश्चिम र दार्चुलामा दुई÷दुई जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी, सल्यान, कालीकोट, सुर्खेत, झापा र चितवनमा एक÷एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

Advertisement

म्याग्दीमा चार, बझाङ्मा एक, जाजरकोटमा छ, गुल्मीमा एक, सिन्धुपाल्चोकमा २० जना अझै बेपत्ता रहेको सम्बन्धित जिल्लाका प्रजिअले जानकारी दिए ।रासस

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top